
साप्ताहिक झिल्का लेखन अभ्यासको ५७ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ ।
साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ६३ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे । यो उत्साहपूर्वक सहभागिताका लागि सम्पूर्ण सहभागीहरूमा संयोजक म्यामराज राईले हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।
शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर नभएमा उत्तम मानिन्छ ।
साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ५७ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-
१,
माया अभिन्न अङ्ग
देखाउन चाहेर नदेखिने,
हृदयले पाउॅंदछ तरङ्ग ।
२,
हामीभित्र बन्छ संसार
तिमी ममा मिलेपछि
बिनाकपट गरे व्यवहार ।
३,
सागरदेखि सगरसम्म फैलियो
फूलको मगमग बास्नासरि,
विश्वासमा खुल्यो मियो ।
✍️म्यामराज राई
भोजपुर
…
१,
संसारलाई नियालेर हेर्दा
मन तरङ्ग भएछ
महिले सास फेर्दा ।
२,
हामी मिले घर
थोरै अगाडि पछाडि
हेर्दाहेर्दै भए पर ।
३,
मन शान्त राखौँ
प्रणय दिवसमा खाजा
मगाएर थोरै चाखौँ ।
✍️ वेदु न्यौपाने
…
१,
नक्कली फूलले नहान
मायाको पोको मनमा
माया सस्तो नठान ।
२,
मायाको सुन्दर संसार
पक्का प्यार गाँसिदेऊ
मजबुत बन्नेछ घरबार ।
✍️रचना शर्मा प्रतीक्षा
इमाडोल, ललितपुर
…
१,
अनायास रसाउछन नयन
तिम्रो सम्झनाले होला,
घाउ निको भयन।
२,
तड्पाउनु किन यति
के बिगारे तिम्रो ?
बिगार्यौ मेरो मति।
✍️कृष्ण शर्मा प्रतीक
मोदि – ७, पर्वत राम्जा (हाल दुबई )
…
१,
कसिलो बनोस् माया
जिन्दगी बनाउने दरो
हुन एकार्काको छाया ।
२,
दुई दिने चोला
चिन्ता गर्ने किन ?
कसलाई के होला ?
३,
रापिएको जिन्दगी प्रेमिल
कसिलो हुने गरी
बन्दैछ दिनप्रतिदिन शिथिल ।
✍️ईश्वर साउद ‘भिक्षु’
रामारोशन गाउँपालिका – ६, सुदुरपश्चिम अछाम
…
१,
चर्चा हुन्छ मायाको
औँठा छाप फरक
दायाँ र बायाँको ।
२,
कोइलीले गीत गाओस् ।
प्रेम सद्भाव भुवनमा,
झाँगिदै झाँगिदै जाओस् ।
३,
बुझ्नु पनि कसरी ?
बासुरीको धुन यहाँ,
सुनिॅंदैछ थरी थरी ।
✍️दीपा गुरुङ ‘समभाव’
दुबेकोल, खोटाङ
…
१,
मायामै अडेको संसार
देखाउन कति नमिल्ने
याद आइरहन्छ बारम्बार।
२,
मायाको पखेटा ठुलो
जति तन्काए तन्किने
सिगार्ने आफ्नै चुलो।
३,
माया बुझ्नु कसरी?
एकैनास भयो भने
याद घरी घरी ।
✍️अर्जुन प्रसाद चौलागाई
सुनापति – १, रामेछाप ( हालः-अमेरिका, बोस्टन )
…
१,
चर्चा सबैको हुन्छ
मानवले बुझ्दैन यहाँ
दु:खमा दिल रुन्छ ।
२,
मानवले लेख्छ कथा
कलमलाई थाहा हुन्न
लेखकभित्रको एउटा व्यथा।
३,
कलमको तागत हेर
पत्रिकामा तिम्रो चेहरा
नगर्नु पढ्नलाई बेर।
✍️सोमनाथ लुइटेल ‘रवि पाल्पाली’
पाल्पा
…
१,
हिॅंडौँ प्रेमको बाटो
आफ्नै देशमा फल्छ
सुन विदेशको साटो।
२,
भए युवा देशविहीन
देश पुग्यो भिरमा
सोचौँ त एकछिन।
३,
सपना भए पतन
पसिना बिक्न छाड्यो
सर्वमान भयो धन।
✍️सुरेशकुमार पाण्डे
दाङ, घोराही १८
…
१,
मर्छु बरु झुक्दिन
हुँ म नदी
पारिलो घामले सुक्दिन।
✍️देवी पन्थी
…
१,
हुँदैन बस्न नकारी
अप्ठ्यारो भए बोक्नुपर्छ
सबैले जिम्मेवारीको भारी ।
२,
असल काम गर्नेको
कमी छैन यहाँ
समाजमा नाम छर्नेको ।
✍️सरिता सेढाई
धादिङ
…
१,
प्रेम आफैँलाई गर्नु
आफ्नै भरोसा परेर
आफैँमा खुसी भर्नु ।
२,
खुसी खोसेर लिन्छन्
अरूमा नपर्नु भर
जीवनभरि पीडा दिन्छन् ।
✍️पुष्पा राई
खोटाङ
…
१,
भेटघाट लाखौँ हुन्छ
मेरो रोजाइ तिमी,
नछाडे मन रुन्छ।
२,
सबैलाई सम्झने भए
प्रेम दिवस गयो,
पर्खाइमा जिन्दगी गए।
✍️शंकर कार्की
थाहा – ३, मकवानपुर
…
१,
सहयोगी हात बढाऊ
मायाममता र दानले
इज्जत प्रतिष्ठा कमाऊ ।
२,
लुच्याइँ, फट्याइँ छोडेर
रोजौँ सद्गुण सेवा
जगमा मानवता जगाएर।
३,
धनले मात्र हैन
बन मनले धनी
नत्र नाम रहँदैन।
✍️सतीश पण्डित
भानु – ६, चुँदी, तनहूँ ( हाल चनपा ६ मातातीर्थ )
…
१,
अदृश्य हुन्छ माया
भरोसा छैन कसैको
माया होस् काया ।
२,
सबैलाई प्रेमले हेर
नबस भएर काँडा
प्रेमले छुनु एकफेर ।
✍️बिबा तामाङ
दार्जिलिङ
…
१,
छैन केही अमर
माया पिरतीको कुरा
छोडेर गर्छन् समर ।
२,
दुई दिनको चोला
मायामा रमाउन नजानी
दम्भमा जाकिएको होला ।
३,
मान्छेको जीवन खास
बाँच्न जाने सबैले
जाँदैन खेर विश्वास ।
✍️मोती योन्जन सुब्बा
दार्जिलिङ
…
१,
मन मुटु खोलिदेऊ
कति चुप बस्छौ ?
अब त बोलिदेऊ ।
२,
प्रेम दिवसको नाममा
देखावटी माया देखाउॅंछन्
नफस्नुहोस् यस्ता काममा ।
३,
गहभरि छ आँसु
देखावटी रूपमा मात्र
कसरी म हासूँ ?
✍️हिरामाया श्रेष्ठ
…
१,
कस्तो राम्रो दरबार
छाडा संस्कृतिले नेपालीको
बिग्रेको छ घरबार ।
२,
छैन यिनमा सास
लुटेरै देश सिध्यायो
कसरी गरौँ विश्वास ।
✍️ दीप गोले तामाङ
रौतहट
…
१,
परेली झिम्क्याई मुस्कुराउँथ्यौ
नजिक आउन खोजेपछि
तिमी भुतुक्कै लजाउँथ्यौ।
२,
बहाना बनाएर पधेँरामा
गाग्री मस्काएर बस्थ्यौ
मलाई पर्खिएर अँधेरामा।
३,
जवानीका अङ्गहरू चम्केका
हेराइमा मौनताको सीमा
मेरा नजरहरू लम्केका।
✍️घनश्याम पन्त
हरिवन, सर्लाही
…
१,
प्रेमको मिठो बहार
मिलेर दुई जोडी
सजाऊ हाम्रो संसार ।
✍️नेत्रबहादुर श्रेष्ठ
ठुलो सिरुवारी, सिन्धुपाल्चोक -१३
…
१,
कसैको शरण पर्दिन
सत्य वचन बोल्नलाई
म पछाडि सर्दिन ।
✍️भोज विवश मगर
गैंडाकोट -३, नवलपरासी पूर्व
…
१,
बुझिनसक्नु नेपालको राजनीति
देश विकाश नहुने
अचम्मको देखियो गतिविधि ।
२,
निराशमा गरिब, दुःखी
महॅंगी बढेको देखेर
विकास छैन जनमुखी ।
३,
भ्यागुतो उफ्रिन्छ पोखरीभित्र
संसार उसकै भनेर
देख्छ चारैतिर विचित्र ।
✍️बिपी लामिछाने
दमक, झापा
…
१,
तिमिले भन्छ्यौ माया।
मायाले खान पुग्दैन,
अॅंध्यारोमा सकियो छाया।
२,
स्वार्थी भयो दुनियाँ ।
सोझो औॅंला सकियो,
ब्रह्मलुट गर्दै ‘भुनियाँ’ ।
३,
छउन्जेल सबै मेरी
छैनन् गेडी जहाँ ,
हिॅंड्छन् बन्द गरी ।
✍️टिकाराम पुन टिपु
सल्यान
…
१,
मानिसको प्रेममा भङ्ग
प्रभु प्रेमले भर्नेछ
मानिस जीवनमा रङ्ग ।
२,
कुकर्मले बेकार हँसाउनु
सन्तोषी परम् सुखी
अनायासै किन कराउनु ।
३,
दण्ड आफ्नै ढङ्गले
चरित्र कस्तो हुनेछ
जस्तो यहाँ सङ्गले ।
✍️कार्की डिबी माकुम
सुनवल-४, नवलपरासी
…
१,
नगर तिमी कर
नजानेको त्यो गाँउमा
हुँदैन कुनै भर।
२,
धन हो मैला
नराख समातेर तिमी
अरूको धनको थैला।
३,
मनको मिठो कुरा
चिप्लो छैन मेरो
नचलाऊ तिमी छुरा।
✍️निमा छिरिङ भोटिया
जलढका कालेबुङ
…
१,
समर्पण र त्याग
मूल सिद्धान्त मायाको
समयको हो माग !
२,
दुई धड्कन एक
सफल हुन्छ मायामा
साना कुरा एकेक !
३,
काँडा होइन फूल
माया हो संसारमा
जीवन सृष्टिको मूल !
✍️वसन्त अनुभव
वसन्तविहार, घोराही
…
१,
प्रेम प्रगाढ बनाऔॅं
सम्बन्ध जीवन्त रहोस्
आपसमा खुसीयाली मनाऔॅं ।
२,
मायाले अडेको सन्सार
नबनाउनु कसैले पनि
धन कमाउने भन्सार ।
✍️राज कुमार राजभण्डारी खोटाङ्गे
ऐसेलुखर्क ३ खोटाङ ( हाल भक्तपुर )
…
१,
बाहिर घुम्न जाँदा
पेट हुन्न गडबढी ,
घरबाटै खाना लाँदा।
२,
कहिलेकाहीँ पिजा खाऔॅं
ठाउँ अनुसारको आभूषण,
पहिरिएर घुम्न जाऔॅं ।
३,
ईश्वरको गर्दा ध्यान
बढ्छ आत्मा शक्ति,
गुरुबाट लिँदा ज्ञान ।
✍️सीमा कार्की समार्पण
मेलचोक, पर्सा
…
१,
बन्नु सधैँ राम्रो
असल कर्म गर्नु
कर्तव्य हो हाम्रो।
२,
होइन कसैको संसार
गरेर काम नराम्रो
नबन यसरी लाचार।
✍️काजल न्यौपाने
भोजपुर
…
१,
जीवन चञ्चल छाया
सुन्दरता खोज्दा अड्किन्छ,
बगिरहने प्रवाहमय माया ।
२,
अश्रु खस्यो गालामा
मायाको न्यानोपन सम्झी,
आँखा पर्यो मालामा ।
३,
तिम्रो मौनताको मन
आँखाभरि पढ्न खोजेँ,
झल्झली देखेँ धन ।
✍️ नन्दलाल आचार्य
बेलका-२, सिद्धार्थटोल, गल्फडिया, उदयपुर, कोसी प्रदेश, नेपाल ।
…
१,
पाश्चात्य सभ्यताको उपहार
नेपालीको गलपासो भइदियो
झाँगिदै छ सदाबहार।
२,
मायाको परिभाषा बुझ्नुपर्छ
सम्बन्ध जुनी जुनीको
समर्पणको झरीमा भिज्नुपर्छ।
३,
एक अर्काको हात
सधैँ मिली रहोस्
दुख सुखमा साथ।
✍️सरस्वती श्रेष्ठ
रुपन्देही, बुटवल
…
१,
फेरि नगर्नु गर्यौ
पानीमाथि ओभानो बनी
भ्रम पनि छर्यौ ।
✍️प्रेम थापा “मन”
बागलुङ
…
१,
साँचो माया लगाउनेले
गर्दैन कहिल्यै घात
बाबा आमा पाउनेले ।
✍️सावित्री प्याकुरेल
धादिङ
…
१,
नेताले बेचिन्छ भन्दैछ
नेपाल, भारत राज्यको
उनन्तिसौँ प्रान्त बन्दैछ !
२,
नेपाली खेदाउने अठोटमा
षड्यन्त्र भारतीय भित्र्याउने
बहुमत पुर्याउन भोटमा !
✍️विवश पारदर्शी
झापा
…
१,
जीवन फूल भन्छन्
सोचेर पाइला चालौँ
आफ्नैहरू दुश्मन बन्छन्।
२,
पैसाले दुश्मन बनाउँछ
बन्द हुन्छ बोलीचाली
मूर्खले उपस्थिति जनाउँछ।
✍️चुडामणी देवकोटा
पुरानो नैकाप, काठमाडौँ
…
१,
माया पिरती लाउन
पर्दैन थियो उहिले
गुलाफ बोकेर धाउन।
२,
कस्तो समय आयो ?
प्रेम दिवस भन्दै
गुलाफ बोकी धायो।
३,
मायाले जितिन्छ काया
लगेमा कुप्रथा भित्र्याउँदै
रित्तिन्छ संसारमा माया।
✍️अरुण कुमार भुजेल
गोरूबथान, भारत
…
१,
भावनामा नजिक रहनु
साहित्यिक भाषामार्फत अब
मनको कुरा कहनु।
✍️मन्दिरा सेढाई
मलेखु, धादिङ
…
१,
फूल दिने दिवस
नौटङ्की भित्ता रङ्ग्याउने
एक्लिन पार्क्ने विवश ।
२,
प्यारो देशको माटो
सिॅंचिनु छ पसिना
खाएर खोले आँटो ।
३,
छैन चुस्नेको कमी
श्रम पसिना जनको
रमाउॅंछन् उल्टै जमी ।
✍️राज बहादुर बडुवाल
कनकासुन्दरी – ५, जुम्ला
…
१,
मायाले संसार जितिन्छ
मनमुटाउ भएमा घरको
सारा संस्कार मिचिन्छ l
२,
अन्त नलगाउनु नजर
अन्तर्भेद खुल्यो भने
परिवार बन्छ बगर l
३,
ल्याएर खुसीको बहार
जीवन सार्थक बनाऔॅं
सजाएर आफ्नै संसार l
✍️बाबुराम गौतम
गुल्मी
…
१,
बाहिर चिटिक्क टल्कने
लुकेको हुन्छ कहानी
भित्र आगो सल्कने ।
२,
मुखले ठिक्क पारेर
चिल्लो बोलीले चिल्याउॅंदै
पुर्याउॅंछ सधैँ टारेर ।
✍️राधा चाम्लिङ
खोटाङ
…
१,
गरिबको माया सस्तो
भनिदेऊ, ए हजुर !
धनीको मन कस्तो ।
२,
कसुर नयनको थियो
आखिर सजाय त
जिन्दगीले जिम्मा लियो ।
३,
धेरै अभाव भोगियो
मनको बह झिल्कामा
शब्द शब्दमा पोखियो।
✍️कला ढकाल
झापा
…
१,
प्रकृतिको सुन्दर रचना
गर्नुहुन्न कसैले खेलाँची
नहोस् देखावटी थपना ।
२,
नपार्नु दुनियाँ भयभीत
जिउने अवस्था बिथोली
सभ्य जिन्दगी विपरित ।
✍️कृष्णकुमार वैद्य
बनेपा ९, काभ्रे
…
१,
प्रेम सधैँ मनाउनु
हैन एकदिनको दिवस
प्रेमिल सदा जनाउनु ।
२,
देखावटी माया चाहिन्न
एकदिन फूल दिॅंदैमा
मायाको अर्थ पाइन्न।
✍️दुर्गा आचार्य
मोरङ
…
१,
सिरिर्र चल्यो बतास
साउती मार्यो कसैले
देखियो ऊ हतास ।
२,
भुनभुन गर्छ भमरा
फूल मुस्कुराउन थाले
झुले डाली लहरा ।
३,
जीवन कर्कलाको पानी
बुझ्न सकिएन भने
निरर्थक बालुवामा लगानी ।
✍️शुक्रराज कुँवर
धरान – १०
…
१,
जिन्दगीमा ठुलो माया
नभए जीवन अधुरो
निराशा आफ्नो छाया ।
२,
हुन्न केही डर
हुँदा आपनत्व साथमा
लाग्दैन अरूको भर।
३,
धनै हातको मैला
किन धेरै चाहियो ?
नराख लुकाएर थैला ।
✍️दुर्गा भट्टराई
मोरङ
…
१,
जताततै अत्याचार भयो
देवभूमि कसरी भनौँ ?
इज्जत स्वाभिमान गयो ।
२,
लोभले भयौ गोठालो
इसारा भुल्यौ भने
समाउँछ मालिकले कठालो ।
३,
भए पो जान्छ !
छैन लाज सरम
अब के लान्छ ?
✍️ऋजु दिल्पाली
इटहरी – १, हलगडा, सुनसरी
…
१,
मायाले मायाको चिनो,
दुःखमा साथ दिए,
पुग्छ बोले मसिनो ।
२,
खासमा संसार यस्तै ,
स्वार्थमा अडेको माया,
कर्कलाको पानी जस्तै।
३,
मिठा मिठा कुरा,
क्षणिक हुने किन?
जीवन बिताउदा अधुरा।
✍️मनोहरी पौडेल
गैडाकोट १
…
१,
गरेर देशमा शासन
सबै समान नहुने,
नियम भयो उल्लङ्घन ।
२,
लाएर छाप जातको
गरेर शासन सोझाको
गरौँ मानवीय बातको ।
३,
आस लाग्दै आयो
सबै शिक्षित भएर
सही धुन गायो ।
✍️भोलामान बर्देवा ‘वैरागी माइलो’
मादी – ५, सङ्खुवासभा ( हाल धरान – ८, सुनसरी )
…
१,
लागेर लामो लर्को
चोर औॅंला ठड्याइ
नगर गाली चर्को ।
२,
सधैँ महॅंगीको मार
कति बोक्ने जनताले ?
गरुङ्गो त्यो भार ।
३,
देखियो बुद्धि छोटो
भनाइ गराइ फरक
रहेछ विचार खोटो ।
✍️जयनारायण नेपाल
इलाम ( हाल सूर्यविनायक – २, बालकोट ,भक्तपुर )
…
१,
पिरतीको सुन्दर फूल
फुलेर आज चारैतिर
बहन्छ प्रेमिल मूल !
✍️आर्त अकुलीन
…
१,
अचम्मको छ कुरो
डुबे भने मायामा
हुन्छन् अति सुरो ।
२,
छर्नुपर्दैन मायाको बीउ
सदुपयोग भएन भने
बरु फाल्छन् जीउ।
✍️ कोपिला अधिकारी
सिरानचोक, गोरखा
…
१,
भन्छौँ प्रेम गरम
मत दोधारमा परे
हो कतै भ्रम ।
२,
बनाएर जान्छौँ उधारो
मायामा गोली मारी
दासी सिकारीले तारो।
✍️चन्द्रकली राना मगर
प्युठान
…
१,
मन नगरी दायाँबायाँ,
एकबारको सुनौलो जीवनमा,
लगाउनु चोखो माया।
२,
गरी भलो काम,
छोडी जाने संसारमा,
अमर राख्नु नाम।
✍️देव स्याङ्देन
कालेबुङ
…
१,
फूलको हत्या गरेर
मनाउॅंछन् पर्व प्रेमको
विकृति विसङ्गति छरेर।
२,
मौलिकता मासेर पहिचान
तेल पेलेर बालुवा
दगुर्नु नछामी कान।
✍️बिमल पोखरेल
धरान – १७, पटनाली
…
१,
सबथोक खोज्छन् राम्रो
आफ्नै मुखको बोली
हुन्छ तर चाम्रो।
२,
शब्दले आँसु झर्छ
तानतुन पारी फाटेको
मन आफैँले टाल्नुपर्छ।
३,
देखाउन फोस्रो हाँस्नुपर्ने
तिलाञ्जली दिएर आफ्नो
इच्छा बाँचेर गर्ने ।
✍️रुना कर्माचार्य दाहाल
चितवन
…
१,
सम्बन्धमा आउँछ दरार
दाजुभाइ आफ्नै फुटेमा
कसरी बन्छ घरबार ।
✍️बुद्धिमान दनुवार ‘सुरुङ्गेली कान्छो’
कनकाई – ४, झापा
…
१,
लड्नुपर्छ कुरीतिमाथिको समर
सभ्यताको जग बसालेर
बन्नुपर्छ अनन्तसम्म अमर ।
✍️हितमान छन्त्याल ‘सहोदर’
पोखरा , कास्की
…
१,
लोकगीतहरू धमाल गाउँदै
होलीमा नाच्न आउनु
बाँसुरीसँगै डम्फु बजाउँदै ।
✍️संगमानंद पत्रकार
चूरु-राजस्थान, भारत
…
१,
माया जिउने आधार
कर्तव्य पूरा गरेमा ,
लक्ष्य हुन्छ साकार ।
२,
बाँडेर सकिॅंदैन माया
रोकिॅंदैन कहिल्यै समय
सदैव घाम छाया ।
३,
विश्वास हृदयमा हुन्छ
निस्वार्थी मायाले सधैँ
धर्ती आकाश छुन्छ।
✍️सुस्मिता अधिकारी
काठमाडौँ
…
१,
जलेर छाती खरानी
मुटु जल्न सकेन
शीतले पखाल्यो बिहानी।
२,
सम्झनाहरू जब बल्झियो
जिन्दगी निरासित बन्छ
अतितसित आफैँ तर्कियो।
३,
रमाउँछौ हामी फगतमा
बलिदानको महत्व रहेन
सिमाना रङ्गियो रगतमा।
✍️दिल ठकुरी
…
१,
उनी जब आउॅंछे
गुराँस आफैँ हाँसे
कोइली गीत गाउॅंछे ।
२,
काफल के कम ?
फुल्छ तिम्रै साथमा
वसन्त अति मनोरम।
✍️हरिगोपाल न्हुच्छेँप्रधान
काभ्रे, साँगा बजार बनेपा १४
…
१,
मन हुन्छ प्रसन्न
कलकल बगेको पानी
पिउँछु जब टन्न ।
२,
बस्छु बाटो हेरेर
कतैबाट नहोस् धोका
राख्छु मायाले बेरेर ।
३,
कस्तो साथ पाएँ
चिन्न नसकेर आनीबानी
दु:ख हन्डर खाएँ ।
✍️शान्ता पौडेल भट्टराई
टङ्कीसिनवारी, मोरङ
…
१,
आमाको रोजाइ पक्का
जिन्दगी सफल बनाउन
जानिफकार हुँदा धक्का ।
२,
प्रसुती पीडा नबल्झाऊ
बेहोसमा पनि तिमीले
जिउँदै मुटु नसल्काऊ ।
३,
धित नमर्ने गीत
गाउँछन् उहिलेका कलाकार
अहिले नसुहाउने रित।
✍️राजेश्वरी राजोपाध्याय
ललितपुर
::::::::जय झिल्का साहित्य ! ::::::::::