साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ५६ सम्पन्न

  • १२ फाल्गुन २०८१, सोमबार २०:२६ मा प्रकाशित
  • साप्ताहिक झिल्का लेखन अभ्यासको ५६ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ ।
    साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ७६ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे । यो उत्साहपूर्वक सहभागिताका लागि सम्पूर्ण सहभागीहरूमा संयोजक म्यामराज राईले हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

    शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर नभएमा उत्तम मानिन्छ ।

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ५६ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-

    १,
    कर्मठ पाखुरीमा सुतेर
    डाहा गर्छौ तिमी,
    फलदायी फल देखेर ।
    २,
    बोल्नु, गर्नु अलग
    दुई ध्रुव चुम्बकका,
    बनाऔॅं पहिले जग ।
    ३,
    बिनादोष टोक्नु किन ?
    बैगुनीलाई गुन लगाऔॅं,
    हुनसक्छ नसकेको सम्हालिन ।
    ✍️म्यामराज राई
    भोजपुर

    १,
    धनले मन तानेपछि
    मायाको के अर्थ ?
    तिम्रो चलखेल जानेपछि।
    २,
    रहेन भाग्यले जुराएको
    तिमीले बाटो मोडिहाल्यौ,
    व्यर्थै किन कुराएको।
    ✍️कृष्ण शर्मा ‘प्रतीक’
    मोदि – ७,पर्वत, (हाल: दुबई )

    १,
    तिमीले कुरा बुझिनौ
    म मात्र बोलिरहेँ
    कुनै जबाफ दिइनौ।
    २,
    जबाफको छ खाँचो
    मसँग केही छैन
    तिमीसँगै छ साँचो।
    ३,
    सिकौँ हुन कर्मठ
    काम पूरा हुनलाई
    गरेर हुन्न हठ।
    ✍️अर्जुन प्रसाद चौलागाई
    हाल:-अमेरिका, बोस्टन

    १,
    गर्नुछ आफ्नै कर्म
    पिछा नलाग्नु अरूको
    मानवता मान्छेको धर्म ।
    २,
    जीवन खुसी हुन्छ
    आफैमा रमाउन थाल्नु
    प्रार्थना तब सुन्छ ।
    ३,
    हरेक बाटोमा भेटिन्छ
    वास्ता नगर्नु कसैको
    अनावश्यक मन रेटिन्छ ।
    ✍️पुष्पा राई
    खोटाङ

    १,
    भ्रष्टाचार जताततै बढ्दैछ
    सदनमा बस्नेको मन
    कतातिर आज गढ्दैछ ?
    ✍️कला ढकाल
    झापा

    १,
    भयो जिन्दगी धराप
    वर्षदिन बोलिनन् श्रीमती
    लाग्यो उनैको सराप।
    २,
    पैसाले बनायो पराई
    तिमीले दिएको चिनो
    लगाई रहेछु नहराई।
    ✍️चुडामणी देवकोटा
    पुरानोनैकाप, काठमाडौँ

    १,
    सुनिॅंदैन दु:खीको आवाज
    सपथ खाएका हातहरू
    बिक्छ दौलतमा समाज।
    २,
    तिमी बहिरो नबनिदेऊ
    अन्यायीको आवाज सुन
    सत्य तथ्य भनिदेऊ।
    ३,
    सत्यका गाथाहरू देखिदेऊ
    बनेर दुर्बलका आवाज
    इतिहास तिमीले लेखिदेऊ।
    ✍️सतीश पण्डित
    भानु – ६, चुम्हदी, तनहूँ (हाल चनपा ६ मातातीर्थ )

    १,
    आफ्नै पर्नु भर
    सफल हुन्छ पक्कै
    हटाउनुपर्छ लाज डर ।
    २,
    फैलिन्छ भ्रष्टको जालो
    लोभ अनि लालचले
    गराउँछ मन कालो ।
    ३,
    निरन्तर मेहनत गरौँ
    सपना पुरा गर्न
    सधैँ अगाडि सरौँ ।
    ✍️भोज विवश मगर
    गैंडाकोट -३, नवलपरासी पूर्व

    १,
    बगेको खोला फर्किन्न
    जीवन छोटो रहेछ
    कसैसित बोल्दा झर्किन्न ।
    २,
    अल्छी नबन्नु कहिले
    गर्नेले साहित्य सिर्जना
    चेतना छर्दछ जहिले।
    ३,
    चिसोले बिरामी बनायो
    नौलो सिर्जना गर्न
    हालमा जाँगर हरायो ।
    ✍️भगवती दवाडी

    १,
    लगाम लगाएर जिन्दगीलाई
    गर्दैछु लामो यात्रा
    पीडाको ढोल बजाई।
    २,
    सुख मिल्ने आसमा
    उडिरहेछ यो मन
    बादल जस्तै आकाशमा।
    ✍️सरिता सेढाई
    धादिङ

    १,
    उनेर काव्य सारा
    चम्किन्छ कवि मन
    बनेर सुन्दर तारा।
    ✍️ताराप्रसाद चापागाईँ
    धुनिबेसी

    १,
    खै देशको माटो
    आमा चिनेनौ तिमीले
    भत्कायौ स्वाभिमानको बाटो !
    २,
    झुट्टा आरोप खेपेर
    सकिँदैन सहेर बस्न
    अन्याय अत्याचार चेपेर  !
    ३,
    जिन्दगी सधैँको फिका
    हैकमवादको दलदलमा बस्छु
    पिउॅंदै आँसुका ढिका !
    ✍️ऋजु दिल्पाली
    इटहरी – १, सुनसरी

    १,
    यस्तै छ चलन ,
    आफैँ गर्न नसकेपछि
    अनि हुन्छ जलन ।
    २,
    कर्म पथमा लाग्नुपर्छ ।
    सफलता पाउनु, नपाउनु
    भाग्यले निर्धारण गर्छ ।
    ३,
    अविरल रूपमा बगिरहन्छु ।
    कहिले खोला त ,
    कहिले नदी बन्छु ।
    ✍️दीपा गुरुङ समभाव
    दुबेकोल, खोटाङ

    १,
    लेखौँ सकरात्मक कुरा
    तब मात्र हुन्छ
    साहित्यकारको यात्रा पूरा।
    २,
    बुद्धि कहिल्यै नगिराऔॅं
    यद्यपि गिरेको भए
    आफ‌ैले सोचेर फिराऔॅं।
    ✍️राज कुमार राजभण्डारी खोटाङ्गे
    ऐसेलुखर्क ३, खोटाङ ( हाल भक्तपुर )

    १,
    हार गुहारको कथा
    सुन्दा लेख्छ मन
    मनभित्र दुखी व्यथा ।
    २,
    जितको हार भएको
    देखियो हिजोआज यहाँ
    दु:ख, कष्ट भोगेको ।
    ३,
    स्वाभिमानीको आयो कुरा
    गर्दागर्दै फरक भयो
    शिर पाउ पूरा ।
    ✍️ईश्वर साउद(भिक्षु)
    रामारोशन गाउँपालिका – ६, सुदुरपश्चिम, अछाम

    १,
    सेवा हो कर्म
    गर्नुपर्छ हामी सबैले
    पाइन्छ सधैँ धर्म ।
    २,
    देश हाम्रो आमा
    गरौँ सेवा सधैँ
    सपना बनाऔँ लामा ।
    ✍️नेत्रबहादुर श्रेष्ठ
    ठुलो सिरुवारी, सिन्धुपाल्चोक -१३

    १,
    भनेर मात्र नहुने
    अचम्म रहेछ मन
    अरूको कुराले नछुने ।
    ✍️प्रेम थापा “मन”
    बागलुङ

    १,
    बैगुनीलाई गुनले गालौँ
    पथभ्रष्ट व्यक्तिलाई उकास्न
    आजैदेखि कदम चालौँ ।
    २,
    सियो बनेर पस्छन्
    थोरै सम्हालिन सिकेपछि
    मर्यादामा छुरा धस्छन् l
    ३,
    जमाना छ उल्टो
    ज्ञान दिन खोज्नेलाई
    पारिन्छ छोपेर गुजुल्टो l
    ✍️बाबुराम गौतम
    गुल्मी

    १,
    कति भयो मैला
    नगरी कसरी भनूँ
    भरिएको छैन थैला।
    २,
    कति दिने धन
    भयो भनी तिमी
    हेरौँ होला मन।
    ✍️निमा छिरिङ भोटिया
    जलढका कालेबुङ, भारत

    १,
    कर्म गरौँ सेवा
    आश नगरे पनि
    पाइनेछ अवश्य मेवा ।
    २,
    मौसमको भर हुन्न
    छिनमै बदलिन्छन् फेरि
    पत्थरको मुटुलाई छुन्न ।
    ✍️राज बहादुर बडुवाल
    कनकासुन्दरी -५, जुम्ला

    १,
    दुष्टले थाप्दछ जाल
    त्यसैले सजग रहौँ
    बुझौँ उसको चाल।
    २,
    समय नआउने फर्केर
    आएका समस्या आफै
    कतै जाँदैन तर्केर ।
    ३,
    प्रभुलाई नबिर्सौँ कलीमा
    अहङ्कारीको रहन्छ ताल
    विश्वास किन बलीमा ।
    ✍️कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी

    १,
    रमाउन भनेर कमायो
    चालिस काटुन्जेल सम्ममा
    रोगै रोगले समायो !
    २,
    जीवन फक्रेको फूल
    जस्तै परिस्थिति आएपनि
    हाँस्न चाहिँ नभुल !
    ३,
    आँगनीमा बिस्कुन सुकाई
    बनाउँला परिकार भनी
    जिउनुपर्छ दुःख लुकाई !
    ✍️अच्युत घिमिरे
    सर्पाङ, भुटान

    १,
    झुल्के घाम उदायो
    यो उदाउँदो घामसँगै
    मलाई धेरैतिर कुदायो।
    २,
    घाम लाग्यो घमाइलो
    डाँडाकाँडा पनि देखिए
    अति सारै रमाइलो।
    ३,
    नपरोस् लुटेराका आँखा
    यो तपोभूमि नेपालको
    यति सुन्दर भिरपाखा।
    ✍️सतीश सिकारु
    चुँदी, तनहूँ

    १,
    आफैँ ढुकुटी भर
    अरूको भरमा नपरी
    स्वयम् परिश्रम गर ।
    २,
    आफू श्रम नगर्ने
    प्रगति र उन्नति
    अरूको देखेर जलिमर्ने ?
    ✍️विवश पारदर्शी
    झापा

    १,
    कागको फुल चोर्ने
    कोइलीको बुद्धि हेर
    आफ्नै घर फोर्ने।
    २,
    बकुल्लाको सेतो रूप
    व्यवहार छ कालो
    धक्कु लगाउॅंछ खुब।
    ✍️होमप्रसाद नेउपाने
    धरान, सुनसरी

    १,
    चलेको चलन राम्रो
    आफ्नो संस्कृति असल
    सरल भाषा हाम्रो।
    २,
    खुसीले गरौँ आराम
    कठिन छैन कुनै
    सजिलो हुन्छ काम।
    ✍🏻अन्मोल मुस्कान
    तकदाह छाउनी, दार्जिलिङ

    १,
    नशालु तिम्रा नयन
    हजारौँ मान्छेको भिडमा
    तिमी मेरो चयन ।
    २,
    मुसुक्क हाँसेको चित्र
    कुँदिएर बसेको अति
    हृदयको कोमल पत्रभित्र ।
    ३,
    धुम्म भयो गगन
    हरायो सपना सबै
    आएन कुनै लगन ।
    ✍️शुक्रराज कुँवर
    धरान – १०, सुनसरी

    १,
    बिताउॅंछु दिन गनेर
    ए प्यारो मान्छे !
    तिमी आउॅंछौ भनेर ।
    २,
    अकाशमा जून तारा
    पृथ्वीमा मात्रै तिमी
    मेरो एउटै सहारा ।
    ३,
    झिल्कामा तिमी आउॅंछौ
    सुस्तरी कानमा आई
    प्रीतिको गीत गाउॅंछौ ।
    ✍️ध्रुव श्रेष्ठ
    खोटाङ

    १,
    घाम लाग्ने सबेरै
    जमिन तात्यो छिटो
    तराईमा गर्मी धेरै।
    २,
    शितल कपडा लाऊ
    गर्मी रोक्नको लागि ,
    धेरै चिसो नखाऊ ।
    ३,
    घामले अनुहार जल्छ
    मध्यान्नमा काम गर्दा,
    शरिर हाम्रो गल्छ ।
    ✍️सीमा कार्की समर्पण
    मेलचोक, पर्सा

    १,
    हिमालमा धान झुलाउँछन्
    गरेछन् अहिले प्रगति
    तराईमा काँस फुलाउँछन् ।
    २,
    युवालाई विदेश डुलाउँछन्
    पारिवारिक समृद्ध ल्याउँदै
    वृद्धवृद्धालाई आश्रममा भुलाउँछन् ।
    ३,
    मान्छे नेपालमा भयो
    देश विकास गर्न
    पैसा विदेशमा गयो ।
    ✍️रामप्रसाद पुरी
    बादेल, खोटाङ

    १,
    सक्छौ भने तिमी
    फूल रोपी दिनु,
    सुन्दर हुन्छ जिमी ।
    २,
    फूलको बन माली ।
    सफलता तिम्रै हातको,
    दुनियाँमा बज्छ ताली ।
    ३,
    सके मण्डपमा सजाउॅंला
    एउटा फूल मेरो,
    नसके चितामा चढाउॅंला।
    ✍️टिकाराम पुन टिपु
    सल्यान

    १,
    कसैसँग छैन डाहा
    हिउँदमा सुकौरो खोला
    कसरी मार्ने पाहा  ।
    २,
    सत्यको विजय हुन्छ
    निस्वार्थ कर्म गर्नाले
    ईश्वरले अवश्य सुन्छ ।
    ३,
    बैगुनीलाई गुणले मार्नु
    देखासिकी नगरौँ भन्छु
    बिस्तारै पाइला सार्नु  ।
    ✍️मोती योन्जन सुब्बा  
    दार्जिलिङ

    १,
    तिम्रा लागि फूल
    साँचेर राखेको छु
    जताततै भमराको हुल ।
    २,
    माया प्रेमका कुरा
    मिठो हुन्छ हजुर
    बुढा हुन भुरा ।
    ३,
    म नेपालकी चेली
    मलाई डाँडाकाँडा प्यारो
    सुन्दिन विदेशको नालीबेली ।
    ✍️शशीश्री आचार्य
    बौद्ध कुमारीगाल, काठमाडौँ

    १,
    म छैन प्यासी
    मात्र भाइचारा हो
    फेरि नठान्नु दासी ।
    २,
    स्वतन्त्रता र स्वछन्दता
    अलग कुरा भए
    अनुशासनमा हुन्छ सुन्दरता  ।
    ३,
    नियम कानुन ऐन
    नपाए जनताले भन्छन्
    ठुल्ठुलालाई मात्र चैन ।
    ✍️प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे

    १,
    उसैले घात गर्छ
    जसलाई विश्वास गर्‍यो
    अनि मन मर्छ।
    २,
    जीवन घाम छाया
    मुखमा हुँदैन महोदय
    मनमा हुन्छ माया ।
    ✍️सावित्री प्याकुरेल
    धादिङ

    १,
    कर्म गरे  धर्म
    नगर्नु मन पोली 
    बुझिदिनु अरूको मर्म ।
    ✍️बिबा तामाङ
    दार्जिलिङ

    १,
    भावनामा नजिक रहनु
    साहित्यिक भाषामार्फत सबै
    मनको कुरा कहनु।
    ✍️मन्दिरा सेढाई   
    मलेखु, धादिङ

    १,
    जातपात सबै सहेर,
    एकदिन पर्खेर हेरौँ
    समान हुने भनेर ।
    २,
    खराब बानी लागेर
    सम्मान हुन गारो
    संविधान फितलो भएर ।
    ३,
    अब अवश्य बुझिसकेर
    साथ नदिएर सहनु
    अवश्य आँखा खोलेर ।
    ✍️भोलामान बर्देवा ‘बैरागी माइलो’
    मादी – ५, सङ्खुवासभा (हाल धरान – ८, सुनसरी )

    १,
    सबैको भलो चिताऊ
    छोटो छ जिन्दगानी
    हाँस्दै खेल्दै बिताऊ।
    २,
    खाडल खन्ने गर्छौ
    अरूलाई धराप थाप्दा
    आफै त्यसमा पर्छौ।
    ✍️अरुण कुमार भुजेल 
    गोरूबथान, भारत

    १,
    राखेमा सबैलाई दिलमा
    पक्कै मिल्छ आशीर्वाद
    पुगिन्छ सफलताको मञ्जिलमा ।
    ✍️सुरेश विश्वकर्मा
    डोटी

    १,
    जनतामा सुशासनको चाहना
    अद्भुत क्षमताका राजनेता
    युवालाई स्वीकार्ने आफ्नोपना ।
    २,
    अधोगति शासकमा देखियो
    आजित जनताहरू सडकमा
    युवाशक्तिको भविष्य लेखियो।
    ३,
    सडेको गिदीले भ्याएन
    शासन एक्काईसौं शताब्दीको
    सदनमा उँघेकोले सुहाएन।
    ✍️घनश्याम पन्त
    हरिवन सर्लाही

    १,
    रहुन्जेल पाखुरीमा बल
    हिम्मत जाँगर जुटाई
    माटोमा गर्नु मलजल।
    २,
    बगेको खोला फर्कन्न
    कर्ममा ढिलाई नहोस्
    समयले कहिल्यै पर्खन्न।
    ३,
    मानव रूपी चोला
    असल कर्म गर्नु
    जीवन सफल होला।
    ✍️सरस्वती श्रेष्ठ
    रुपन्देही बुटवल

    १,
    सृजना धर्तीमा रोपौँला
    भित्री मनको पीडालाई
    साहित्यिक भाषामा पोखौँला ।
    २,
    आँसु झार्नु हुँदैन
    साहसी बन्नु सिक्नुहोस्
    कसैको मानले छुँदैन ।
    ✍️राधा चाम्लिङ
    खोटाङ

    १,
    सितलु वरपिपल छाया,
    झरनाको कञ्चन पानीझैँ
    चोखो हाम्रो माया !
    ✍️आर्त अकुलीन

    १,
    बल हुन्जेल काम
    दु:ख नगरी बसे
    कसरी खान्छ माम ।
    २,
    असल काम गरौँ
    असाहयको सेवा गर्न
    कसैको भर नपरौँ ।
    ३,
    पढेर बनौँ महान्
    कोसिस गर धेरै
    तर नदेखाऊ बलवान् ।
    ✍️रमा गुरुङ
    सालुगडा सिलीगुडी

    १,
    अर्जन गरेको ज्ञान
    अक्षरमा सीमित भए,
    के रहन्छ मान ?
    २,
    कुरो मात्रै हरियो
    व्यवहार अन्धकारमा डुबेछ,
    खोक्रो आश्वासनमा परियो ।
    ३,
    साँघुरो दृष्टिकोणको साटो
    उदार दिल बनाए
    सफा बन्छ बाटो ।
    ✍️नन्दलाल आचार्य
    बेलका-२, सिद्धार्थटोल, गल्फडिया, उदयपुर, कोसी प्रदेश, नेपाल ।

    १,
    तिम्रो अत्याचार रोक,
    स्वतन्त्र बाँच्न देऊ,
    जनताको सपना बोक।
    २,
    अन्यायको बाटो नदेख।
    स्वाभिमान उठ्न देऊ,
    अधिकारको बाटो नछेक।
    ३,
    आवाज दबाइ नथिच।
    सत्यमाथि जित्न देऊ,
    निष्पक्षता फेरि नमिच।
    ✍️शैलेन्द्र

    १,
    वारि रह्यो वरपिपल
    पारि बसेका रहेछन्
    आफ्नै छायामा सितल।
    २,
    माया नौलो हुँदैन
    माया लाउन केहीले
    पनि जगत्मा छुँदैन ।
    ३,
    पर्छ पीर कतिको ?
    नौलो माया छउन्जेल
    छुरी धसे जतिको ।
    ✍️वेदु न्यौपाने

    १,
    अमिल्दो हुनुहुन्न जोरीपारी
    आपसमा मिलीजुली बोक्दा
    हलुँगो भइदिन्छ भारीतारी ।
    २,
    साँधमा बगेको पानीढलो
    वरपर सबैलाई आवश्यक
    नगरौं बेकारमा खिचल‍ो ।
    ✍️कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे

    १,
    तपाईले पढनुपर्छ धेरै 
    आइपुगेको छ इम्तिहान
    उठनुहोस् बिहान सबेरै ।
    ✍️संगमानंद पत्रकार
    चूरु-राजस्थान, भारत

    १,
    मनमा माया भएर
    मैले बोलाए इसाराले
    लसक्क छेउमा गएर।
    २,
    मलाई सकेनौँ बुझ्नलाई
    ढिलो भयो आखिर
    हिॅंड्ने बिलौना गाई।
    ✍️दुर्गा आचार्य
    मोरङ

    १,
    कर्म नै धन
    चलाउ पाखुरा माटोमा
    सधैँ लगाएर मन ।
    २,
    बुझ देशको माटोलाई
    नहिॅंड बिल्टुवा बनी
    सम्झ बारीको पाटोलाई ।
    ✍️दुर्गा भट्टराई
    मोरङ

    १,
    के लेखौँ भएको
    झिल्का कविता आज
    मन अन्तै गएको ।
    २,
    साँझै पर्‍यो आज
    हेर झिल्का कवितामा
    के होला राज ?
    ✍️बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा

    १,
    छैन टाढा भएको
    तिमी बदलिनु रहेछ,
    लाग्दैन दुख गएको।
    २,
    कुर्नुपर्ने समय कुरेर
    प्रतीक्षा धेरै गरे,
    आएन समय जुरेर।
    ✍️शङकर कार्की
    थाहा ३ मकवानपुर ।

    १,
    तिमीले बोलेको कुरा
    नबनोस् कसैको पनि
    मन रेट्ने छुरा।
    २,
    पीडा आँसुले धुन्छ
    व्यथा लुकाएर बाबा
    बिनाआँसु पनि रुन्छ।
    ✍️अनमोल राई

    १,
    गुट अनि  फुट
    होइन शक्ति आर्जन
    चाहना केवल ब्रम्हलुट ।
    २,
    बनेर पदका भोका
    नाटक, नौटङ्की देखाई
    नदेउ जनतालाई धोका ।
    ३,
    देखिन्छ निरङ्कुशताको गन्ध
    कारण सत्ता उन्मादको
    नबनोस्  बिष  मन्द !
    ✍️जयनारायण नेपाल
    इलाम,  (हाल सूर्य विनायक २, बालकोट ,भक्तपुर )

    १,
    हामी गोर्खाली वीर,
    आफ्नो स्वाभिमानमा जिउने,
    झुक्दैन कहिले शिर।
    २,
    खानु मिठो खीर,
    बाँचुन्जेल हाँसखेल गरौँ
    नराखी मनमा पीर।
    ✍️देव स्याङ्देन
    कालेबुङ ।

    १,
    आफूले आफैलाई चिनौँ
    अरूलाई बाटो देखाउन
    पहिले सत्मार्ग हिडौँ ।
    ✍️विष्णु पङ्गेनी पाण्डे  
    वालिङ्, स्याङ्जा

    १,
    पुष्पको सुवास पिऊँ
    जिन्दगी भाँचेर हैन
    हाँसेर आनन्द लिऊँ।
    २,
    मन्दिर मन्दिरमा पुगेर
    भेटिन्न ईश्वर ढुङ्गामा
    नियाल्छ साथ रहेर ।
    ३,
    पैसाले मान्छे बिगार्ने
    नपत्याए हेर सत्तामा
    बथान देखिन्छ दार्ने ।
    ✍️चूडा निर्भीक
    गोरखा

    १,
    जोगाएर राखौँ बन
    सुन्दर वरदान प्रकृतिको
    हाम्रो राष्ट्रको धन।
    २,
    यत्रतत्र फोहोर नफालौँ
    वातावरण स्वच्छ राख्ने
    सबैले बानी बसालौँ ।
    ✍️बिके मुखिया
    दार्जिलिङ, भारत

    १,
    तिम्रो आगमन बहार
    थामिदेउ हात मेरा
    जित्नेछ आँट संसार।
    २,
    कस्ले चोर्‍यो दिल
    बसमा छैन आजकल
    बेखबर कता मन्जिल।
    ✍️बिमल पोखरेल
    धरान -१७, पटनाली

    १,
    बाल्यकालको चञ्चले बानी
    राम्रो लाग्छ सबैलाई
    नौलो शब्दका खानी ।
    २,
    लाग्छ उसैसँग जाऊॅं
    निर्दोष आँसु तिम्रा
    काखमा राखी समाऊॅं ।
    ✍️धनमाया चौधरी
    कैलाली

    १,
    अरूको देखासिखी गर्ने
    फुर्तिफार्ती गर्दै यहाँ
    भ्रमको खेती छर्ने ।
    २,
    भौतिक खुसी खोज्ने
    तृष्णा मानिसले मेटाउन
    अनावश्यक वस्तु रोज्ने ।
    ३,
    देखाउन खोज्छन् फुर्ती
    बुझ्दैन्न मानिसको चाहना
    कहाँ हुन्छ पूर्ती ।
    ✍️रुना कर्माचार्य दाहाल
    चितवन

    १,
    गर्छन् किन तानातान ?
    आखिर कुरा नबुझेरै
    भैदिन्छ फेरि हानाहान।
    २,
    माया छ अपार
    गुन आमा हजुरको
    थपिदै जानेछ लगातार।
    ३,
    झुक्दैन सत्य कहिले
    अवश्य थाहा होला
    भेट्छ तथ्य जहिले ।
    ✍️खडक आर सि मिलन
    छेडागाड नगरपालिका – २, साल्मा, जाजरकोट

    १,
    धर्मलाई व्यापार बनाए,
    गहिरो ज्ञानविनाका यहाँ ,
    भाषणमा पैसा खन्याए।
    २,
    सबै राजा महाराजा,
    बन्न  छ प्रतिस्पर्धा  ,
    बजाइ  भजनमा बाजा।
    ३,
    ग्रन्थका महिमा घटे,
    नीति श्लोक फाट्टफुट,
    भजन बनाए रटे।
    ✍️मनोहरी पौडेल
    गैडाकोट १

    १,
    कहालीलाग्दो व्यथा झेल्दै
    बाँचेकी आमाको चिच्चाहट
    मार्नु डोजरले पेल्दै।
    २,
    घरमा एक्लै  हुँदा
    कुनियतले मामा आए
    चिच्याएँ उसले छुँदा
    ३,
    आगोको नजिक नपर्नु
    पग्लेर बिछट्टै होला
    ओरालो तिर नझर्नु ।
    ✍️राजेश्वरी राजोपाध्याय
    ललितपुर

    १,
    घामपछि बित्यो रात
    बुझौँ सबैले यसलाई
    सुखसॅंगै दुखको बात ।
    २,
    कर्मले जीवन सजाउनु
    भाग्य कुर्नु हुन्न
    सत्यमार्गले धन कमाउनु।
    ✍️भुवन विश्वकर्मा
    असम, भारत

    १,
    मिठो पाइरहूँ पोषण
    हुन्थ्यो भने उज्यालो,
    प्रजातन्त्रले गर्दैछ शोषण ।
    ✍️लोकबहादुर छेत्री लामिछाने
    मोदी गा पा – २, देउपुर, पर्वत

    १,
    वसन्तको सुगन्धमा फूल
    दुःख कष्ट हटोस्,
    मनमा छैन भुल ।
    २,
    दुई तीन चार
    सफलतामा छैन मेरो
    कदापि पनि हार ।
    ✍️श्रीकृष्ण धामी
    बझाङ

    १,
    तिम्रो सकियो पालो
    सिलाएर के गर्छौ ?
    थोत्रिएको पुरानो टालो ।
    २,
    कहिलेसम्म चाहिन्छ सत्ता ?
    खाएर बसे हुन्छ
    खान्छन् सबैले भत्ता ।
    ✍️जानुका बास्कोटा
    काठमाडौँ

    १,
    हात समाउन आऊ
    यति माया गर्दा
    किन खोज्छौ भाउ ।
    २,
    खुसीले रमाउनु पर्छ
    नत्र कतिपय रहरहरू
    मनमै गुम्सिएर मर्छ।
    ३,
    वचनको घेरा तोडी
    गर्नुहुँदैन गलत कर्म
    सही गन्तव्य मोडी ।
    ✍️ललिता गिरी
    सिन्धुली, हाल काठमाडौँ

    १,
    तरेलीमा परेली साँधौँ
    पवित्र प्रीति गाँठो
    निस्वार्थि बनेर बाँधौँ ।
    २,
    दुबो माला उनेर
    पहिराई दिनु सरकै
    नबस्नु हेला सहेर ।
    ✍️हरिगोपाल न्हुच्छेँप्रधान
    काभ्रे, साँगाबजार बनेपा १४

    १,
    गरेको दुःख देख्दैनन्
    रिस गर्छन् सफलताको ,
    सत्य हत्तपत्त लेख्दैनन् ।
    २,
    नदी बगिरहन्छ निरन्तर
    जोडिॅंदैनन् दुई किनार
    जानेको दूरीको अन्तर ।
    ३,
    बैगुनी सुध्रिन गाह्रो
    फाइदा मात्र लिएर
    दुःख दिन्छन् साह्रो ।
    ✍️सुस्मिता अधिकारी
    काठमाडौँ

    १,
    कुर्सी शक्तिको खेलमा
    बग्दैछ प्यारो देश
    आँसु आँसुको भेलमा ।
    ✍️कालिका त्रिपाठी पन्त

    १,
    तिम्रो बोली वचन
    छुराभन्दा रहेछ तिखो
    दुख्यो मेरो मन ।
    २,
    रहेछौ तिमी बेसारे
    आफ्नो स्वार्थपूर्तिका लागि
    गर्छौ कुरा चेपारे ।
    ३,
    बेइमानी आफूलाई जनाए
    जनताको रगत चुसेर
    शासकले महल बनाए ।
    ✍️ शान्ता पौडेल भट्टराई
    टङ्कीसिनवारी, मोरङ

    १,
    आँसुको ताल बन्यो
    यता मेरो जिन्दगी
    तिमी हाँस, भन्यो ।
    ✍️चन्द्रकाली मगर
    नौबहिनी – ३, प्युठान

    ::::::::जय झिल्का साहित्य ! :::::::::