
साप्ताहिक झिल्का लेखन अभ्यासको ५५ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ ।
साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ५२ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे । यो उत्साहपूर्वक सहभागिताका लागि सम्पूर्ण सहभागीहरूमा संयोजक म्यामराज राईले हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।
शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर नभएमा उत्तम मानिन्छ ।

साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ५५ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-
१,
हिउॅंदको जवानी चढ्यो
आगो कति ताप्नु !
ज्याकेटको भाउ बढ्यो ।
२,
असल कर्म गर
टाढाको हुन्न शत्रु,
मुख बाइरहन्छन् वरपर ।
३,
सरस्वतीको आशीर्वादमा शिक्षा
लिन्छन् मेहनतमा शिष्यले
उपहारमा पाउॅंछन् तितीक्षा ।
✍️म्यामराज राई
भोजपुर
…
१,
नघोटेसम्म यी हाड
चिसो हुन्छ चुल्हो
लाग्दैन मुखमा माड !
२,
चिन्ता अनि तापले
नछाड्ने भयो कहिल्यै
लक्ष्मीको यो श्रापले !
३,
भाग्यले दिएन साथ
सराप्दै छु जिन्दगी
ठोक्दै आफ्नो माथ !
✍️वसन्त अनुभव
घोराही- १४, वसन्तविहार
…
१,
ढुक्कसँग श्रम गरेमा
काम लाग्छ आखिर
आफैलाई दुख परेमा।
२,
यस्तै छ जिन्दगानी
तर चल्नुपर्छ जसोतसो
सहेर घाम पानी ।
३,
सबै साथीसङ्गी भुलिन्छ
सहकार्य गर्न नसके
अझै महॅंगी चुलिन्छ ।
✍️भोज विवश मगर
गैंडाकोट -३ नवलपरासी पूर्व
…
१,
शिशिरले बिदा लिएर
नौलो पालुवा फेर्दैछ
वसन्तले दस्कत दिएर ।
२,
छाउँदै उत्साह उमङ्ग
हरियाली छ बनजङ्गलमा
प्रकृतिले भर्दछ रङ्गविरङ्ग ।
३,
श्रीपञ्चमीको मौसम आयो
अन्न ख्ववारा गर्न
खेतीमा उत्साह छायो।
✍️मोती योन्जन सुब्बा
दार्जिलिङ
…
१,
चढ्दैछ हिउॅंदको जवानी
कति हिटर ताप्नु?
शरीरलाई गर्छ हानी।
२,
कर्ममै हुन्छ फल
अपराधिक कार्यले गर्दा
नराम्रो हुन्छ हरपल।
३,
सिकौँ असल हुन
मरेपछि जाँदैन केही
बाँचुन्जेल पर्दैन रुन।
✍️अर्जुन प्रसाद चौलागाई
हाल:-अमरिका, बोस्टन।
…
१,
काम पुजा मित्र
सुख्ख कहाँ खोज्छौ
फल्छ त्यो पसिनाभित्र।
२,
पोरखले चिनायो संसार
भयो साहित्येको खेती
किताबका बने दरबार।
३,
सबैका आफ्नै विचार
तिमी कस्तो देख्छौ
देख्छु सरकार बिमार।
✍️सुरेशकुमार पाण्डे
घोराही – १८, दाङ
…
१,
खुसीले दिऊँ बधाई
थपिए सात सङ्ग्रह
शुभेच्छा टुक्का कवितालाई।
✍️ ताराप्रसाद चापागाईँ
धुनिबेसी
…
१,
चिसोले कठ्याङ्ग्रियो हात
चिसो हरायो भनेको
मौसमले गर्यो घात।
२,
कसका गोरु बलिया
जुधाउॅंथ्यौँ स्कूलको चौरमा
हामी आफैँ हलिया।
३,
गोरु घुमाउॅंथ्यौँ खलोमा
अहिले थ्रेसर ट्र्याक्टर
जिन्दगी गयो हलोमा।
✍️चुडामणी देवकोटा
पुरानो नैकाप काठमाडौँ
…
१,
दिनभर काडेर पसिना
खुवाउनु छ बालबच्चालाई
केही मिठा मसिना।
२,
रिसराग वैरभाव त्यागेर
आत्मा शुद्ध राखी
भगवानलाइ भजौँ एकफेर।
✍️सरिता सेढाई
धादिङ
…
१,
पुर्खाका धरातल धस्किॅंदैछ
नयाँ पिॅंढीमा यहाँ
अर्कै पहिरन पस्किॅंदैछ।
२,
नभत्काऊँ बुबाको घर
पुरानोको महत्व बुझेर
नयाँको हुँदैन भर।
✍🏻अन्मोल मुस्कान
तकदाह छाउनी, दार्जिलिङ
…
१,
दुखीहरूको सेवा गर्नु
स्वर्ग जाने तरिका
मात्र घाटमा सर्नु ।
२,
सबैको गुजारा चल्छ
मेहनत गर्दै जाँदा
बिउले धेरै फल्छ।
३,
पैसाले हुँदैन सान
देखिने काम नगरे
हुँदैन कहिल्यै मान।
✍️नवराज भट्ट
कञ्चनपुर
…
१,
छैन यिनको काम
नगरी भात पच्दैन
यी दलालहरू छलछाम ।
२,
संसार म घुम्दैछु
त्यो लक्ष्यमा पुग्न
शिखर म चुम्दैछु।
३,
देशलाई धोका दिॅंदैछ
नालायक देशद्रोही भ्रष्टाचारीहरू
जीवनभर सुविधा लिॅंदैछ ।
✍️दीप गोले तामाङ
रौतहट
…
१,
हिउँदमा पानी परेन
किसानको मनमा प्रकृतिले
वास्तवमा खुसी भरेन।
२,
न्यानो नभई चिसो
समयमा नुहाउन नसकेर
शरीरमा मयालको लिसो।
✍️राज कुमार राजभण्डारी खोटाङ्गे
ऐॅंसेलुखर्क – ३, खोटाङ हाल भक्तपुर
…
१
चिसो मात्र बढ्दैछ
लाउने लुगा नभएकोले
खोकी झन् गढ्दैछ।
२
पानी पर्नै सकेन
हिउँदे बाली सुकेर
बजार भाउ कसेन।
३
एकताको सन्देश बोकेर
विश्वमा हिॅंड्ने नेपाली
हत्या हिंसा रोकेर ।
✍️कला ढकाल
झापा
…
१,
अभाव पानीको भयो।
सुक्खा लाग्यो पानी,
दुनियाँ बिचल्लीमा गयो।
२,
गर्मी मौसम लाग्दै ।
विषालु किराको डर,
लामखुट्टे आउँछन् जाग्दै।
✍️टिकाराम पुन
सल्यान
…
१,
साहित्यको एक कला
जगमगाउँदै अघि बढोस्
झिल्काको हरेक शृङ्खला ।
✍️प्रेम थापा “मन”
बागलुङ
…
१,
भाग्य पक्कै चम्किन्छ
दाहिने प्रभुको साथमा
अहङ्कारी मानिस गम्किन्छ ।
२,
परिन्छ माया जालमा
संसारमा समय आएपछि
अज्ञानी अज्ञानताको तालमा ।
३,
जगमा सुख फर्किन्छ
पर्दछ दुःख सहनु
आस्थावानको बाधा तर्किन्छ ।
✍️कार्की डिबी माकुम
सुनवल-४, नवलपरासी
…
१,
किन गर्यौ घात
भनेर भन्नु सक्छ
तिम्रो पर्यो हात।
२,
डुलाउॅंछु मनको कुनाभित्र
कसरी भनूँ तिमीलाई
कति राम्रो मित्र ?
✍️निमा छिरिङ भोटिया
जलढका कालेबुङ
…
१,
सुन्दर मेरो देश
हराभरा छ वरिपरि
नेपाली मेरो भेष ।
२,
सहिद मेरा पुर्खा
देशभक्त सन्तान हामी
बनौँ नयाँ पुर्जा ।
✍️नेत्रबहादुर श्रेष्ठ
ठुलो सिरुवारी, सिन्धुपाल्चोक -१३
…
१,
उमेरले जवानी छेकिन्न
गोठालोमा मात्रै नभेटौँ
समयको बाँध छेकिन्न ।
✍️खुनराज कोइराला
सिद्धलेक – ३, धादिङ
…
१,
चिसो मौसम बढ्दैछ ,
बाटोमा देखिने बटुवाको
मुटुभित्र के गढ्दैछ ?
२,
देश बनाउने रहरले
लागे युवा रमाएर
काट बिस्तारै जहरले।
✍️दुर्गा आचार्य
मोरङ
…
१,
चिसो चुलियो अब
दमको ख्याल राखौँ
वृद्धा आमाबा सब।
✍️बिबा तामाङ
दार्जिलिङ
…
१,
तराईमा बढ्यो शीतलहर
हिमालमा जाडो हिउँ
गुमराहमा जन कहर ।
✍️राज बहादुर बडुवाल
जुम्ला
…
१,
नगर घमण्ड धनको
लैजान्न मरेर जाँदा
चर्चा सफा मनको।
✍️मन्दिरा सेढाई
मलेखु, धादिङ
…
१,
परिवर्तन स्विकार्नै पर्छ
जसले समयलाई चिन्दैन
ऊ पछिपछि सर्छ ।
✍️डा. देवी पन्थी
…
१,
उठ्यो हातमा ठेला
शीतलहर पर्यो तराईमा,
तोरी उखल्ने बेला ।
२,
किसानले खेती लगाई
बेच्छन् बजारमा सुर्तीजन्य ,
तमाखु चुरोट बनाई ।
३,
आयु घट्छ हेर
हानी पुग्छ शरीरलाई,
धूम्रपान मद्यपान गरेर ।
✍️सीमा कार्की ‘समर्पण’
मेलचोक पर्सा
…
१,
उ मरेर गएछ
सन्तान हैन उस्को
सम्पति टुहुरो भएछ ।
✍️ध्रुव श्रेष्ठ
खोटाङ
…
१,
रगतको बगाए खोला
निरङ्कुश विरुद्ध लडेर
रणभूमिमा त्यागे चोला।
२,
सहिदले दिएको बलिदान
भ्रष्टाचारी घुसखोर नेताले
कहिल्यै राखेनन् मान ।
३,
जनताको निम्ति मरे
उदाहरणीय काम गरी
भवसागर सहजै तरे।
✍️अरुण कुमार भुजेल
गोरूबथान, कालेबुङ, भारत
…
१,
लेख्छु झिल्का कविता
कोही अल्लि सरल
कोहि तिता मीठा ।
२,
लेख्न रहर लाग्छ
फुर्दैन फुर्सदको बेला
समय हुँदा भाग्छ।
✍️सावित्री प्याकुरेल
धादिङ
…
१,
परिश्रम गरेको पल
आखिर सबैको लागि
मिठो हुन्छ फल !
✍️आर्त अकुलीन
…
१,
अहङ्कारको ज्वाला निस्केको
सत्ताबाट बिमुख भएपछि
भावनाट्य हेर जिस्केको ।
२,
सत्यलाई पन्छाएर मित्र
सकिन्न बढ्न अगाडि
आजको यो समाजभित्र ।
३,
अभिव्यक्ति र चरित्र
देखिन्छ सधैँ ढुलमुले
सिद्धान्त आदर्श पवित्र ?
✍️प्रद्युम्न चालिसे
भक्तपुर कटुञ्जे
…
१,
धन कमाउने चाहना
जिउनेआधार यही
सबैको एउटै सपना।
२,
इमान्दारितालाई देऊ साथ
धन बनोस् साथी
इज्जतले रहोस् माथ।
✍️सतीश पण्डित
भानु – ६, चुँदी तनहूँ (हाल चनपा ६ मातातीर्थ )
…
१,
झिल्का मन पर्छ
अरु भन्दा बेग्लै
कलम यसैमा सर्छ ।
२,
ऊ कुदेर आयो
छैनन् उसका कोही
माटो टिपेर लायो ।
३,
म कुरी बस्छु
तिमी आउनु है
भेट्न कम्मर कस्छु ।
✍️शशीश्री आचार्य
बौद्ध कुमारीगाल, काठमाडौँ
…
१,
पैतालामा माटो लाग्छ
हिँड्दा हिँड्दै जिन्दगीले
चौतारीको बास माग्छ।
२,
मनको हावा सुसाउँछ
याद आउँदा प्रियसीको
कोपिला त्यो टुसाउँछ।
✍️होमप्रसाद नेउपाने
धरान, सुनसरी
…
१,
एउटी केटी कालीकाली
आँखा झिमिकझिमिक पार्दै,
यतै आउन थाली ।
✍️बुद्धिप्रसाद सापकोटा
गैँडाकोट – ७, नवलपुर
…
१,
चिसोबाट बचौ सबै
स्वास्थ्यलाई न्यानो बनाई
नकारात्मक नसोचौ कबै ।
२,
जाडोको यौवन आएछ
जताततै चिसो बढ्नाले
जनजीवनमा कष्ट छाएछ ।
३,
हिमालमा हिउँ पर्छन्
जाडो धेरै भएमा
गरिब रोगी मर्छन् ।
✍️राधा चाम्लिङ
खोटाङ
…
१,
आउँदैन यो बारम्बार
मिहिनेत गर्नुहोस् पक्कै
पन्छाउन सकिन्छ हार।
२,
उद्देश्य एक लिनुपर्छ
सत्य साबित गरेर
अरूलाई दोष दिनुपर्छ।
✍️खडक आर सि मिलन
छेडागाड नगरपालिका २ साल्मा जाजरकोट
…
१,
जाग्दछ प्रेम मनमा
पराई लाग्दैन कोही
प्रेमी अति जीवनमा ।
२,
फुले ऐॅंसेलु काफल,
खुले अमृत ढोका,
प्राकृतिको दान बल ।
✍️भुपेन्द्र राना मगर
धादिङ
…
१,
हाँसिदेउ एकचोटि मुसुक्क
लजालु ओठ खोली
बसिदेउन मनमा टुसुक्क ।
२,
खुसी लाग्यो देखेर
भयो मन हल्का
तिमिलाई मैले भेटेर ।
✍️बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
कनकाई – ४, झापा
…
१,
अनमोल धन संस्कृति
जगेर्ना गरौँ सबैले
जगाएर चौतर्फ जागृति l
२,
निद्रा हराएको रात
पीडा पोख्न खोजेको
गरेन निष्ठुरीले बात l
३,
पोखेमा सुषुप्त कला
कालजयी बन्नेछन् पक्कै
झिल्काका हरेक शृङ्खला l
✍️बाबुराम गौतम
गुल्मी
…
१,
जनता विवश यहाँ,
राजनीतिको भुमरीमा परी
विकास गए कहाँ ?
२,
नेतालाई भेट्न साह्रो,
जब चाहिन्छ जनतालाई,
अनुमति पाउन गाह्रो।
✍️देव स्याङ्देन
कालेबुङ
…
१,
झिल्कालाई बधाई दिनुहोस्
आत्मा साथ गरी
एकार्कामा शुभकामना लिनुहोस् ।
२,
बधाई दिने सफल
आफ्नो मन मुटुमा
देशैभरि फैलिॅंदै पलपल ।
✍️भोलामान बर्देवा ‘वैरागी माइलो’
मादी – ५ सङखुवासभा (हाल धरान – ८, सुनसरी)
…
१,
जाडो धेरै बढ्दैछ
जतिसुकै लुगा भए
खोकी भने गढ्दैछ ।
२,
हाम्रो सुन्दर देश
हरियाली वरिपरि हुँदा
लाग्छ राम्रो भेष ।
✍️दुर्गा भट्टराई
मोरङ
…
१,
मनमा सधैँ डर
यो देशमा गणतन्त्रको
भएन कुनै भर ।
२,
थुनेर जनताको मुख
कठोर भई बस्दा
के होला सुख ।
३
अतिले हुनेछ खति
तोडेर स्वार्थको घेरा
सुधार आफ्नै मति ।
✍️जयनारायण नेपाल
इलाम (हाल सूर्य विनायक २, बालकोट ,भक्तपुर )
…
१,
अजम्बरी कोही छैन
संसारमा कर्मको खेती
नभोगी मर्ने हैन।
२,
घृणालाई मायाले बेर
अरूलाई भन्नुभन्दा पहिले
आफूलाई ऐनामा हेर।
३,
धनको पछिपछि नजर
कुकर्म गर्न मान्छे
रतीभर मान्दैन डर।
✍️रुना कर्माचार्य दाहाल
चितवन
…
१,
सबैजनाले पर्छ मनाउनु
वसन्त पञ्चमी उत्सव
पर्छ अज्ञानताले हटाउनु ।
✍️संगमानंद पत्रकार
चूरु-राजस्थान, भारत
…
१,
छ मान्छे विवश,
अन्याय सहन यहाँ ,
जानेरै छ सकस ।
२,
बसेर खान पर्ने,
विलासी भयो मानव,
प्रणाली कायम नगर्ने।
३,
हचुवा जिन्दगी यहाँ ,
चलाउॅंछन् दमनकारी बनी,
समानता आउँछ कहाँ ?
✍️मनोहरी पौडेल
गैडाकोट १
…
१,
प्रत्यक पाइलाको अर्थ
हुँदैन व्यर्थ जानु
नहोऊन् कटै अनर्थ।
२,
सेवा गरौँ निस्वार्थ
नराखौँ स्वार्थ कुनै
नहोऔॅं स्वार्थी किमार्थ ।
✍️हरिगोपाल न्हुच्छेँप्रधान
काभ्रे, साँगाबजार बनेपा – १४
…
१,
सरस्वती देवीको भक्ति
विशेष यो वसन्तपञ्चमीमा,
आओस् ज्ञानको शक्ति ।
✍️सुस्मिता अधिकारी
काठमाडौँ
…
१,
वसन्त बहार आयो
नाङ्गिएको वृक्षमा फेरि
नयाँ पालुवा पलायो ।
२,
ऋतुकाल हो वसन्त
सञ्चार नयाँ चेतनाको
राख्छ सदा जीवन्त ।
✍️कृष्णकुमार वैद्य
बनेपा ९, काभ्रे
…
१,
सरस्वतीले ज्ञान छर्ने
खुसी मनमा बोकेर,
शिक्षा सबै भर्ने ।
✍️श्रीकृष्ण धामी
बझाङ
…
१,
अभागी यो खप्पर
जता जाऊँ उतै
लाग्छ सधैँ ठक्कर ।
२,
छैन ऊ इमान्दार
मन दुख्छ साह्रै
सम्झिँदा कपटी व्यवहार ।
३,
छैन सरम लाज
पारदर्शी लुगा ज्यानमा
कता जाँदैछ समाज ?
✍️शान्ता पौडेल भट्टराई
टङ्कीसिनवारी, मोरङ
::::::::जय झिल्का साहित्य ! ::::::::::