
साप्ताहिक झिल्का लेखन अभ्यासको ५४ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ ।
साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ६१ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे । यो उत्साहपूर्वक सहभागिताका लागि सम्पूर्ण सहभागीहरूमा संयोजक म्यामराज राईले हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।
शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर नभएमा उत्तम मानिन्छ ।
साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ५४ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-
१,
छिटोमिठो सबैको बनोस्
बदरमा हैन सदरसॅंगै
वाह ! लोकले भनोस् ।
२,
भ्यागुतोको गर्जाइ कुवामा
संसारको शक्ति अथाह
निमेषमा बदलिन्छ धुँवामा ।
३,
हरकर्मको बन्छ बही
बनेर एउटा लेखाजोखा
रोजाइ परोस् सही ।
✍️म्यामराज राई
भोजपुर
…
१,
गरे असल काम
इज्जत अनि नामसँगै
कमाउन सकिन्छ दाम।
२,
कथा भयो दन्त्य
कहिले हुन्छ देशमा
भ्रष्टाचारको जरैदेखि अन्त्य ।
३,
देशमा सुख छाउँछ
विकास अनि समृद्धि
जहिलेदेखि जनताले पाउँछ ।
✍️भोज विवश मगर
गैँडाकोट -३, नवलपरासी पूर्व
…
१,
चन्द्रमा पनि लजाउँछिन्
हेरेर मुहार तिम्रो
निशाले सिट्ठी बजाउँछिन् ।
✍️मन्दिरा सेढाई
मलेखु, धादिङ
…
१,
परिश्रम जीवनको सार
जीवन बन्छ मिहिनेतले
नत्र भविष्य अन्धकार।
२,
जलाऔॅं श्रमले अन्धकार
सकिन्छ जित्न पक्कै
यो भौतिक सन्सार।
३,
फलको आस नगरी
श्रम गरे निरन्तर
चम्किन्छ नाम जीवनभरि।
✍️सतीश पण्डित
भानु – ६, चुँदी, तनहूँ (हाल चनपा ६ मातातीर्थ)
…
१,
चिसोमा सम्झना आउँछ
हरेक रात दिनमा
न्याउलीले गीत गाउँछ ।
✍️धनमाया चौधरी
कैलाली
…
१,
पर्दैन शृङ्गार गर्न
तिम्रो ओठमा लाली
प्राथमिकता पेट भर्न ।
२,
गर सदुपयोग समय
खन्न बरु खेतबारी
बनाउन जीवन सुखमय ।
३,
घटाउन आयात व्यापार
नगरी फजुल खर्च
बढाउन समृद्धिको आधार ।
✍️देव मगर
तिनाउ – १, कचल, पाल्पा
…
१,
देखायौ पीडाको चित्र
सहन साह्रै मुस्किल
वचनको घाउ मनभित्र।
२,
रहरहरू बोकेको थिएँ
आफ्नाले खुट्टा तान्दा
कठोर निर्णय लिएँ।
✍️चुडामणि देवकोटा
पुरानो नैकाप, काठमाडौँ
…
१,
फुट्यो आँसुको मुल
अर्कैले टिपेर सजायो,
मन परेको फूल ।
२,
सुकेर जाँदैछ खोला
बढ्नेछ पानीको अभाव
सबै काकाकुल होला ।
✍️भुपेन्द्र राना मगर
धादिङ
…
१,
वसन्तको आँगनमा फूल
दुःख कष्ट भागोस् ,
मनमा छैन भुल ।
२,
छैन मनमा हर्ष
महिना फेरियो पछि,
आयो नयाँ बर्ष ।
३,
काँटेपछि रगत रातो
धेरै घमण्डी नगर्नु ,
किन एक जातो ?
✍️श्रीकृष्ण धामी
बझाङ
…
१,
सबैभन्दा ठुलो नाम
गरे संसार चिनाउने,
पर्दैन कमाउन दाम।
२,
नगर घमण्ड कहिले
सबै जान्छन् एकदिन,
कीर्ति राख्नु पहिले।
✍️शङ्कर कार्की
थाहा – ३, मकवानपुर
…
१,
धेरै नबसौँ हाँसेर
खुसी मनमै राखौँ
पीडालाई सकभर नासेर।
२,
परिस्थितिले ज्ञान सिकाउँछ
बेसरी स्वार्थी नहुनु
यसले इज्जत बिकाउँछ।
✍🏻अन्मोल मुस्कान
तकदाह छाउनी, दार्जिलिङ
…
१,
गर्नु राम्रो काम
लोभलाई त्याग्न सके
संसारमा रहन्छ नाम।
२,
नदेखाऊ पिरको चित्र
समाधान गरिदिॅंदैन कसैले
लुकाऊ आफ्नै मनभित्र ।
३
नबगाऊ आँसुको धारा
दु:खलाई सुखमा बदल
तब पाउँछौ सहारा ।
✍️राज कुमार राजभण्डारी खोटाङ्गे
ऐसेलुखर्क – ३, खोटाङ (हाल भक्तपुर )
…
१,
देश बनाउन जुटौँ
आमा रुन्छिन् धरधरी
पुग्यो अब उठौँ ।
२,
पहरामा फुल्यो फूल
प्यासी भयो मन
फुटाऔॅं विकासको मूल ।
३,
हुन्न गफको तालमा
छोरा जन्मिए कुकृत्य
बेचिॅंदैछिन् त्यही जालमा।
✍️टिकाराम पुन टिपु
सल्यान
…
१,
मनको मिठो कुरा
कसरी भनूँ तिमीलाई
कसले हान्यो छुरा।
२,
कस्तो भयो भूल ?
किन भने त्यसलाई
कहाँको हौ मूल।
✍️निमा छिरिङ भोटिया
जलढका कालेबुङ
…
१,
सकारात्मक सन्देशयुक्त पढौँ
देशको मान राख्नलाई
सहमतिले अघि बढौँ ।
✍️प्रेम थापा “मन”
बागलुङ
…
१,
छायो सर्वत्र शीतलहर
माघको चिसो रात
उद्भिद प्राणीहरूमा कहर ।
२,
माघको महिना मिनपचास
भुईॅं कुहिरोको राजमा
ढाकेर तुसारोको रास ।
✍️मोती योन्जन सुब्बा
दार्जिलिङ
…
१,
नबस अँध्यारोमा पियारी
किन विमुख जीवनमा ?
राख्नुपर्छ यौवनलाई सियारी।
२,
आऊ दिलमा बस्नलाई
फुस्रो मुहारमा अन्धकार
लालीकिरिम पाउडर घस्नलाई।
३,
जाडोमा लुगलुगी कामेर
किन विरक्तिएकी मायालु
अङ्गालोमा कसौँला थामेर ।
✍️घनश्याम पन्त
हरिवन सर्लाही
…
१,
आगो लगाएर कम
कसरी हुन्छ साथीहरू
आगोकै अधिक दम !
✍️आर्त अकुलीन
…
१.
राखौँ सोच सकारात्मक
तब हट्छ हाम्रो
भित्री तहको नकारात्मक।
२.
कर्म गर्दाको बही
जस्ताको तस्तै बन्छ
खोज्न नजाऔॅं जहीँकहीँ।
✍️अर्जुन प्रसाद चौलागाई
हाल:-अमेरिका, बोस्टन।
…
१,
बर्बर आँसु झारेर
के पायौ तिमीले
मलाई एक्लै पारेर |
✍️सरिता सेढाई
धादिङ
…
१,
देख्छु आआफ्नै सन्सार
कसैले काट्नै नसक्ने
आफ्नै सोचको भन्सार ।
२,
उद्देश्य निश्चित हुनुपर्छ
निरन्तर लागिपरे साथी
बाधाअड्चन आफै टर्छ ।
३,
अर्कोको भर पर्दा
थाक्लान् ती पाइलाहरू
तलमाथि धेरै गर्दा ।
✍️दीपा गुरुङ समभाव
दुबेकोल, खोटाङ
…
१,
भन्दछु झुटो नबोल
व्यापार छ यसैको
राजनीतिमा चल्छ मोलतोल ।
२,
आफू नै नअघाएसम्म
छाडिँदैन कुनै पद
मान्नुपर्दैन कसैले अचम्म।
✍️होमप्रसाद नेउपाने
धरान, सुनसरी
…
१,
लगाएर मात्रै हुँदैन
मनमै नभएको प्रेमलाई
जबर्जस्तीको मायाले छुँदैन।
✍️सुनगाभा पोखरेल
कपिलवस्तु
…
१,
तराईमा चल्छ शीतलहर
बाढी पीडित प्रताडित
बन्ने प्रकृति कहर ।
२,
भेटिन छोडे ज्ञानी
कलियुग न पर्यो
कहाँ खोज्नु ध्यानी ?
✍️राज बहादुर बडुवाल
कनकासुन्दरी -५, जुम्ला
…
१,
आमाको न्यानो काख
भए पुग्छ मलाई
चाहिन्न सम्पत्ति लाख।
२,
बाबुको बलियो काँध
सुरक्षा कवच मेरो
विपत्तिको अभेद्य बाँध।
✍️बिके मुखिया
दार्जिलिङ, भारत
…
१,
देखेर सवार राजैको
सुरु गाउँदेखि सहरमा
जाऊॅं लाग्यो आजैको ।
२,
फूल पनि काँडा
लाग्छ हिजोआज मलाई
हुँदैछ संस्कृति छाडा ।
३,
भिर पाखामा हाम्रो
प्रकृतिको मुहान भेटिन्छ
प्रकृतिले भरिभराउ राम्रो ।
✍️ईश्वर साउद(भिक्षु)
रामारोशन गाउँपालिका ६ सुदुरपश्चिम अछाम
…
१,
छैन खाने चारो,
जनता आहत भइसके,
तात्न थाल्यो पारो।
२,
लुट्नसम्म जता लुटियो,
भोटको भयो खेती,
जनता आफै फुटियो ।
३,
जनता भयौ कस्तो,
छानेर नेता पाइएन,
भोटर भयौ सस्तो ।
✍️शैलेन्द्र पण्डित
तनहु – १, तनहुँ
…
१,
शितलहर बलवान् भयो
सहनु गाह्रो चिसो
बटुवारे एक गयो।
२,
नकारात्मक विचारले अशुद्ध
जिन्दगी धमिलो नबनाऔॅं
सकारात्मक सोचले चित्तशुद्ध।
✍️बिबा तामाङ
दार्जिलिङ
…
१,
नानाथरी भन्दै अलापेर
हुँदैन आफैँ नबढी
नेतालाई केवल सरापेर !
२,
जानेको बुझेको राम्रो
के हुन्छ जन्मभूमिप्रति
अहम् कर्तव्य हाम्रो !
३,
कामहरू थाती राखेर
नबसौँ हात बाँधी
अर्काको मुख ताकेर !
✍️वसन्त अनुभव
वसन्तविहार, घोराही
…
१,
इतिहास नियमित पढौँ
पुर्खाहरुको रगत पसिना
सम्झेर अघि बढौँ ।
२,
तिनीहरू समृद्धि भनिरहेका
आशामा गयो जीवन
विमानस्थलमा लास गनिरहेका ।
✍️रवि पौडेल
दक्षिण भारत
…
१,
मनमा चोट दिएर
हिॅंड्ने आँट बनाई
भाग्य अर्को लिएर।
२,
आँसुको भेल रोकिन्छ
सोचेको थिएन यसरी
अपत्यारिलो गरी ठोकिन्छ।
✍️दुर्गा आचार्य
मोरङ
…
१,
हे! प्यारो मित
वैरभाव किन व्यर्थै
लगाऊ मिठो प्रीत।
२,
सोचौँ सबैको हित
कसैको बिगार नगर्ने
बनाऔॅं एउटा रीत।
✍️अरुण कुमार भुजेल
गोरूबथान, कालेबुङ, भारत
…
१,
जाऊ अघि कुदेर
काम गर्नु धेरै ,
हुन्न बोली बोलेर ।
✍️जनक बिसी
दक्षिण भारत कोचिन
…
१,
पवित्र मन डगमगाउँछ
अहितकरी भावना आएकोमा
सुगन्धित फूल मगमगाउँछ।
२,
भवसागर शरणागति विधि
जगमा सदाचारिता भाव
मनुष्यको अमूल्य निधि ।
३,
दुःखी अज्ञानवश कराउँछ
आखिर पर्दछ सहनु,
विवेकहीन मानिस बरबराउँछ।
✍️कार्की डिबी माकुम
सुनवल-४, नवलपरासी
…
१,
समयको गरौँ सदुपयोग
गरेनौ भने जोकोहीको
जीवन हुन्छ बिजोग !
✍️सुरेश बि सि
…
१,
परिश्रमले अन्न उब्जाउॅंछ
दिॅंदैन ईश्वरले त्यसै
मेहनतले जीवन बचाउॅंछ ।
✍️जानुका बास्कोटा
काठमाडौँ
…
१,
दिन भयो राज
कुहिरो शित हटी
घाम लाग्यो आज।
२,
छोडि सातै काम
परालको गुन्द्री बिच्छ्याएर
बस्छु तापी घाम
✍️पुष्पा सुवेदी
नेपालगन्ज, बाँके
…
१,
कर्मले गोरेटो खनौँ
देखासिखी नगरी कसैको
आफ्नै भर परौँ ।
✍️विष्णु पङ्गेनी पाण्डे
वालिङ, स्याङ्जा
…
१,
गर्मी चढ्दैछ बिस्तारै
अनेक रोगले सताउँछ
बच्न गाह्रो साह्रै।
२,
रमाइलो थियो बालापन
जिम्मेवारी बढ्दै गयो
तनावमा छ जीवन।
✍️सावित्री प्याकुरेल
धादिङ
…
१,
एकनास हुँदैन उन्नति
आफै विचार गर्नुहोस्
सन्ध्यामा सुर्यको गति।
२,
यो मान्छेको जात
थोरै प्रगति गरेपछि
बिर्सन्छ आफ्नो औकात।
३,
बनाउँदैन आफ्नो घर
बिगार्छ घर अर्काको
कस्तो बैगुनी बाँदर।
✍️खडक आर सि मिलन
छेडागाड नगरपालिका – २, साल्मा, जाजरकोट
…
१,
सहनु पनि कति ?
दुराचारी नेताको कुकृत्य
भइसक्यो अब अति l
२,
खोलेर चेतको घडा
भ्रष्टाचारी नेताको विरुद्ध
हुनुपर्यो जनता खडा l
३,
देश बनाउन जागौँ
प्रतिगामी भ्रष्टको विरुद्ध
एकजुट भएर लागौँ ।
✍️बाबुराम गौतम
गुल्मी
…
१,
लगाउनु आफ्नो बल,
परिश्रम र सत्कर्ममा,
पाउनु मिठो फल।
२,
नगर्नु कसैलाई छल,
सद्बुद्धि र विवेकले,
समस्याको निकाल्नु हल।
३,
छेपारोको जस्तै चाल,
धन कमाउन अगुवाले,
बुन्छ चारैतिर जाल।
✍️देव स्याङ्देन
कालेबुङ
…
१,
तल बेँसी आऊ
माया मलाई भेट्न
अन्त्त कतै नजाऊ ।
२,
डाँडापारिको त्यो घाम
मलाई आज बोलायो
गरौँ उतै काम ।
३,
नेपाल देश राम्रो
सगरमाथा शिर भएको
संसारैले भन्छन् राम्रो ।
✍️शशीश्री आचार्य
बौद्ध कुमारीगाल, काठमाडौँ
…
१,
हुँदैन एकता जुटेर
विचार मिल्नु पर्छ
मर्दैन गोहो कुटेर ।
२,
जनताको मन नजलाऊ
सक्छौ सुकर्म गर
सक्दैनौ केही नचलाऊ ।
३,
इज्जत किन्न पाइॅंदैन
स्वाभिमानी नेपाली हौ
भ्रष्टचार गरेर खाइॅंदैन ।
✍️ऋजु दिल्पाली
इटहरी – १, सुनसरी
…
१,
जीवन सुखदुःखको खेल
आऊ हातेमालो गर्दै
तरौँ जोखिमको भेल।
२,
भो, नदुखाऊ घाउ
बरु दर्द घटाउने
मलम बनेर आऊ ।
✍️कोपिला अधिकारी
सिरानचोक – ७, गोरखा
…
१,
चल्दैछ यहाँ बतास
मान्छेको जात पर्यो
गर्छ सधैँ हतास ।
२,
सुधार गरौँ बानी
केही गर्नु छ ?
जीवन कर्कलाको पानी ।
३,
जीवन छ धराप
लुट्ने कहिलेसम्म अब
कति खानु सराप।
✍️दीप गोले तामाङ
रौतहट
…
१,
मान्छे मोबाइलमा अल्झिन्छन्
भेटघाट नजिक बनाउन
केवल स्क्रिनमा देखिन्छन्।
२,
सम्बन्ध सानो बनायो
प्रत्यक्ष भेटघाट छैन
यसैमा मान्छे रमायो।
३,
हरायो जिन्दगीको कथा
स्मृति स्क्रिनमै बन्द
हाँसो न व्यथा ।
✍️सतीश सिकारु
चुँदी, तनहूँ
…
१,
बरु यथार्थ लुकाऊ
मुखले ठिक पारेर
मेरो मन नदुखाऊ ।
२,
तिम्रो साथ हुँदा
दु:ख सबै भुल्थेँ
मायालु हातले छुँदा ।
३,
सपनीमा तिमीसँगै हुन्छु
ब्युँझिॅंदा साथमा हुन्नौ
आँशुले मुख धुन्छु ।
✍️शान्ता पौडेल भट्टराई
टङ्कीसिनवारी , मोरङ
…
१,
कसरी जाडो काट्ने ?
काम गरेर निरन्तर
बरियोको डोरी बाट्ने ।
२,
बिहानआगो तापेर
हरेक बेलुका चिसोबाट
बँच्न सिरक खापेर ।
३,
स्वस्थानी परमेश्वर माताको
बेलुका कथा सुनेर
भक्तिभाव मिठो आमाको ।
✍️भगवती दवाडी
झापा
…
१,
सुन्दर स्वच्छ पानी
देश नेपाल राम्रो
हाम्रो आँखाको नानी!
२,
झलमल आकाशमा तारा
धर्तीमा हावाहुरीले धुलो
उडाइ ल्यायो सारा।
✍️ वेदु न्यौपाने
…
१,
भन्दै धन पापी
मर्न खोज्छ मान्छे
धनकै धोक्रो थापी ।
२,
भुँडी पाल्ने देखी
त्यो फुँडी गाल्नेसम्म
चल्छन् धनै टेकी !
✍️विवश पारदर्शी
झापा
…
१,
नेपालीको बढ्यो सान
साहित्यकार गीता उपाध्यायले
पाउँदा पद्मश्री सम्मान l
✍️संगमानंद पत्रकार
चूरु-राजस्थान, भारत
…
१,
झिल्का लेखौँ साथी
निरन्तर अभ्यासले लेख्दा
पुगिन्छ धेरै माथि ।
✍️दुर्गा भट्टराई
…
१,
निमुखालाई धसेर भाला
देखिन्छ यहाँ सजिएको
अपराधीको गालामा माला ।
२,
जनताको आवाज थिचियो
राजनीति भागबन्डाको खेलमा
विकासनिर्माण जहिले मिचियो।
✍️रुना कर्माचार्य दाहाल
चितवन
…
१,
हाम्रो देशका नेताहरू
सधैँ रोइलो गर्छन्
छक्क पर्छन् अरू ।
✍️बुद्धिमान दनुवार ‘सुरुङ्गेली कान्छो’
कनकाई – ४, झापा
…
१,
वर्तमान अति प्यारो
फर्केर आउॅंदैन अतीत
नखोज्ने जानीजानी अप्ठ्यारो ।
२,
मित्रता सम्बन्ध गाँसेर
निभाउनु सक्नुपर्छ सदा
विकार छाडी बाँचेर ।
३,
साथ छुट्यो हाम्रो
तिम्रो भलो चाहन्छु
जीवन होस् राम्रो ।
✍️पृथक प्रकृति
झापा
…
१,
समाधान होइन बल
पाथीभरा विवादको समाधान
हुन्न गरेर छल ।
२,
सबथोक होइन दाम
समाजमा भाँजो हाली
नगर बलको काम ।
३,
गर निष्ठाको खेती
स्वार्थका लागि निहित
नचलाऊ जनतामा रेती ।
✍️जयनारायण नेपाल
इलाम (हाल सूर्य विनायक २, बालकोट, भक्तपुर )
…
१,
मनमा चल्छ बतास
सोचे जस्तै नभए
नहुनु आफैँ हतास ।
२,
सके काम चुन्न
लक्ष्यमा पुगिन्छ पक्कै
यात्रा अधुरो हुन्न ।
३,
खुसीले जोडेको नाता
बस्नु मर्यादा राखेर
ननाघ्नु कहिल्यै हाता ।
✍️रामप्रसाद पुरी
बादेल, खोटाङ
…
१,
आफ्नो मिसाऊ पसिना
बनाऔॅं देश बलियो
केही छाडौँ चिना।
२,
मातृत्व भूमिको माया
मनमा सजाएर राखौँ
बद्लिन्छ देशको काया।
✍️सुरेशकुमार पाण्डे
घोराही – १८, दाङ
…
१,
शीत राति झर्छ
नलाउँदा न्यानो कपडा ,
चिसोले मान्छे मर्छ ।
२,
बारीमा लगाएको बाली
जनावरले खान पाउँदैन,
काँडे तारको जाली ।
३,
सुर्ती हिउँदे बाली
सबैले लगाउँछन् तराईमा,
बस्दैनन् कोही खाली ।
✍️सीमा कार्की समर्पण
मेलचोक पर्सा
…
१,
वसन्तमा फूल फुल्छ
सुवास अति मोहक
चुलबुल मन भुल्छ ।
२,
सुभाव जगाऔॅं मनमा
सेवा गरौँ दु:खीको
सुकृति छाऔॅं भवमा ।
✍️हरिगोपाल न्हुच्छेँप्रधान
बनेपा – १४, साँगाबजार, काभ्रे
::::::::जय झिल्का साहित्य ! ::::::::::