साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ५३ सम्पन्न

  • २५ माघ २०८१, शुक्रबार ०८:३६ मा प्रकाशित
  • साप्ताहिक झिल्का लेखन अभ्यासको ५३ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ ।
    साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ६७ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे । यो उत्साहपूर्वक सहभागिताका लागि सम्पूर्ण सहभागीहरूमा संयोजक म्यामराज राईले हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

    शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर नभएमा उत्तम मानिन्छ ।

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ५३ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-

    १,
    फैलिए सुगन्ध जगतैभरि
    रहरमा स्पर्श भएर
    फूल, काँडा सरोबरी ।
    २,
    चोरीऔॅंलाले मलाई करारमा
    बाँकी औॅंला हेर !
    को परिरहेछ दरारमा ?
    ३,
    सञ्जाल बन्यो धोक्रो
    मोहर पनि हुनसक्छ
    जगन्नाथ आफैँ खोक्रो ।
    ✍️म्यामराज राई
    भोजपुर

    १,
    बिर्सिए सवैले भेष
    कहाँ रहन्छ मित्र
    तिम्रो मौलिक देश ?
    २,
    यो खुल्ला आकाशमुनि
    चिसो छ साथी
    ताप बालेर धुनी ।
    ३,
    मैले तिमीलाई भेटाएँ
    दिलमा सम्हाली राख्दा
    हजुर आफैलाई हराएँ ।
    ✍️ध्रुव श्रेष्ठ
    खोटाङ

    १,
    फेरि भ्यालेन्टाइन आयो
    नव प्रेम जोडीहरूमा
    हर्ष, उमङ्ग छायो ।
    २,
    भ्यालेन्टाइन डेको नाममा
    कोही कतै नलागून्
    नराम्रो गलत काममा ।
    ३,
    कत्तिको जोडी छुटिन्छ
    यहि मौका छोपी
    अझ इज्जत लुटिन्छ ।
    ✍️हिरामाया श्रेष्ठ
    गजुरी – १, धादिङ

    १,
    फैलियोस् सुगन्ध सधैँभरि
    जीवन रहुँन्जेल वास्ना
    नमेटियोस् कसै गरी।
    २,
    फेरि झिल्का लेखेँ
    वरिपरि भएका सारा
    जब मैले देखेँ ।
    ३,
    बस्छु म रमाएर
    सदा आफू यहाँ
    खुसी निकाल्छु धेर।
    ✍️अर्जुन प्रसाद चौलागाई
    रामेछाप:-सुनापति-१ (हालः-अमेरिका,बोस्टन)

    १,
    फैलियोस् सुगन्ध जगत्भरि
    चलिरहोस् अटुट जीवनमा
    मेटाउन प्यास पानीसरि ।
    २,
    चलोस् सुगन्धकै वासना
    पलपल साटिरहन पाइरहूँ
    कर्म तप साधना ।
    ३,
    पाउ राख्न भकारी
    सुगन्धित जीवनको अन्तसम्म
    फैलिनुमै छ हितकारी ।
    ✍️देव मगर
    तिनाउ-१,कचल,पाल्पा

    १,
    सुगन्धको बास्ना चलाउनु
    देशैभरि सबैको पहुँचमा
    नेपाली विश्वमा कहलाउनु।
    २,
    कर्म गर्दागर्दै धर्म
    सबैलाई बराबर मान
    कसैमाथि नपरोस् मर्म!
    ३,
    भ्रष्टाचारीहरूले गरे जालझेल
    देशमा हुँदारहेछन् पटमूर्ख!
    सत्ताधारीले गरेका मेल।
    ✍️ वेदु न्यौपाने

    १,
    उत्याउलो हाम्रो समाज
    जातीय विभेद सधैँ
    दुष्टले जमायो राज।
    २,
    सबैमा कुराको पोको
    कुरैकुरामा ज्यान पाल्ने
    सबैमा भयो धोको।
    ३,
    कसरी गराउँछौ उपचार
    नागरिक अचेल देशमा
    व्यवस्था आफै बिमार।
    ✍️सुरेशकुमार पाण्डे
    दाङ घोराही १८

    १,
    मनमा डरको छाया
    बाँच्ने आधार रहेछ
    हित्तचित मिलेको माया।
    २,
    विचारले खोज्छ किनार
    जहाँ भेटिन्छ सान्त्वना
    त्यहीँ नयाँ सन्सार।
    ३,
    मनभरि छ विचार
    सुख र दु:खका
    छल्किन्छन् शब्दका धार।
    ✍️सतीश पण्डित
    भानु -६, चुँदी तनहूँ (हाल चनपा ६ मातातीर्थ)

    १,
    बेच्न सक्तैनन् दुख
    पैसाको पछाडि लागिरहन्छन
    किन्न सक्तैनन सुख ।
    ✍️केपि गौतम

    १,
    मनमा चोट लाग्दा
    भविष्य अन्धकार हुन्छ
    परिवारदेखि टाढा भाग्दा।
    २,
    परदेशिन पर्‍यो कमाउन
    एक्लै हुँदा बाहिर
    कहिले सकिन रमाउन।
    ३,
    मनको घाउ चर्किॅंदा
    लाग्छ सधैँ आफ्नो
    प्यारो गाउॅं फर्किँदा।
    ✍🏻अन्मोल मुस्कान
    तकदाह छाउनी, दार्जिलिङ

    १,
    बुझ्दैन केही कुरा
    सम्झाउन खोज्छु तर
    पछाडिबाट हान्छ छुरा ।
    २,
    यो कलियुग हो
    फुर्सद छैन सोच्न
    मान्छे छ को ?
    ३,
    चीनमा छ खासा
    कस्तो भो समाज
    दुनियाँको हेर तमासा !
    ✍️दीप गोले तामाङ
    रौतहट

    १,
    कोपिला नटिपौँ फूलको
    ढकमक फुल्न दिउँ
    समिक्षा गरौँ भुलको।
    २,
    लेकमा फुल्यो धॅंगेरो
    मौरी भॅंवरा रसमा
    भुरभुर गर्दैछ भॅंगेरो ।
    ✍️चुडामणी देबकोटा
    पुरानोनैकाप काठमाण्डौ

    १,
    बिर्सन सकिन्न माया
    तिमी पहिलो प्रेम,
    जतिसुकै लाग दायाँबायाँ ।
    २,
    सकिन मैले भुल्न
    तिमी परिवर्तन भयौ,
    थालेपछि अर्कोतिर डुल्न।
    ✍️शंकर कार्की
    मकवानपुर

    १,
    हातैमा छ डाडु
    जसरी बाढे पनि
    अघि आउँछन् साढु ।
    ✍️प्रेम थापा “मन”
    बागलुङ

    १,
    आफ्नै हुन्छन् कथा
    कथाकै थुप्रो बोकेर
    बित्ने गर्छन् बेथा।
    २,
    समाज कता जाँदैछ
    विकृति र विसङ्गति
    कसले खनी खाँदैछ।
    ३,
    विकासको बाटो खन्ने
    मुखिया छन् देशमा
    समृद्धि आयो भन्ने।
    ✍️होमप्रसाद नेउपाने
    धरान,सुनसरी

    १,
    जतिसुकै घृणा गर
    म हिम्मत बढाउँछु
    कहिल्यै हट्दिन पर।
    ✍️भोज विवश मगर
    गैंडाकोट -३ नवलपरासी पूर्वे

    १,
    बाँधिएका छन हात
    समाजमा चलेको रीति
    वर्ग विभाजित जात!
    २,
    संस्कृति, संस्कार, धर्म
    मानिसले टाउको समाती
    भन्छन् जीवनको कर्म !
    ३,
    मठ ,मन्दिर पाठ
    जति धर्म अपनाऔॅं
    जानुपर्ने  छ मसानघाट !
    ✍️रबि पौडेल
    दक्षिण भारत पाण्डेचरी

    १,
    कस्तो लाग्यो डर
    मनले मनलाई डरायो
    चाहियो तिम्रो भर।
    २,
    तिम्रो कस्तो चाल
    सबैलाई आफ्नो बनायो
    यस्तै छ माल।
    ३,
    तिम्रो हाम्रो कुरा
    भन्नु कसैलाई मिलेन
    सुने हान्छ छुरा ‌।
    ✍️निमा छिरिङ भोटिया
    जलढका कालेबुङ, भारत

    १,
    सधैँ वैरभाव किन ?
    क्षणभङ्गुर छ जिन्दगी
    सामुछ मर्ने दिन !
    २,
    नगर्नु झुटो तर्क
    सजिलो हुँदैन मृत्यु
    पुर्‍याउँछ दम्भले नर्क !
    ३,
    सर्वत्र छायो अत्याचार
    न्याय बिक्रीमा छ
    रुँदै बस्छ सदाचार ।
    ✍️ऋजु दिल्पाली (राजेन्द्र घिमिरे)
    इटहरी १ सुनसरी

    १,
    जुँगा छोपेर गर्‍यो
    तिमीले बहस हामीसँग
    त्यसैले जालमा पर्‍यो ।
    २,
    बिर्सेर आफ्नो औकात
    उडान भर्न खोज्दा
    बाँधिदियौँ तिम्रा हात l
    ३,
    सुन्दैनौँ तिम्रो बिन्तीभाउ
    जबसम्म लगाउन छोड्दैनौ
    कड्किॅंदै जुँगामा ताउ l
    ✍️बाबुराम गौतम
    गुल्मी

    १,
    नाकमा कालो नपोत्नु
    अरूमा हिलो नछेप्नु
    जीवन बन्छ सुन्दर।
    ✍️कमला देवकोटा
    पाल्पा

    १,
    बिमारीको खाना जाउलो
    शरीरको शक्ति कमले,
    उपचारमा गयो ताउलो ।
    २,
    अनिलले ल्यायो तापमा,
    महॅंगीले पार्‍यो पीरमा,
    ठग्नेहरू पर्लान् महापापमा ।
    ✍️जी.वि.
    प्यूठान (हाल – घोराही -१४ दाङ )

    १,
    चिसो बढ्दैछ ज्यानमा
    राहत नपाउने पीडित
    कोही छैन ध्यानमा ।
    ✍️राज बहादुर बडुवाल
    कनकसुन्दरी-५,जुम्ला

    १,
    आफनै गाउँ राम्रो
    जतासुकै गए पनि
    स्वर्ग नेपाल हाम्रो।
    २,
    विदेश जान्छन् खुरुरु
    चाडपर्व जब आउॅंदाखेरि
    मोबाइलमा रुन्छन् धुरुरु।
    ✍️सविता भट्टराई
    जनकपुरधाम

    १,
    आस्थावान्लाई सहज लाग्दछ
    मैलो बेकार मनको
    कुबुद्धि सबै भाग्दछ ।
    २,
    असम्भवमा कृपा माताको
    पक्का गहिरो सम्बन्ध
    गाँसिन्छ यहाँ नाताको ।
    ३,
    सुकर्मसँग भाग्य जाग्दछ
    दिव्य ज्ञानीले जगमा
    तनको माया त्याग्दछ ।
    ✍️कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी

    १,
    देख्थे बाक्लो बोक्रो
    अझै छोडेको रहेनछ
    पल्लाघरे साइलोले कोक्रो ।
    २,
    बोकेर हिॅंड्दा धोक्रो
    गाह्रो भयो एकदमै
    त्यसैले फुल्यो घोक्रो।
    ३,
    नबुझी गर्दा काम
    अगाडि बढ्न मुस्किल
    हुन्छ उल्टै दुर्नाम ।
    ✍️दीपा गुरुङ ‘समभाव’
    दुबेकोल खोटाङ

    १,
    जनता ढाँटने काम
    गर्छ जो जसले
    आखिर हुन्छ बदनाम ।
    २,
    माया अनौठोको हुने
    एकदिन बोल्न नपाउँदा
    मन धेरै रुने।
    ३,
    बुढेसकालमा डर लाग्ने
    छैन कोही साथमा
    सहारा कोसँग माग्ने ?
    ✍️राज कुमार राजभण्डारी खोटाङ्गे
    ऐसेलुखर्क ३ खोटाङ हाल भक्तपुर

    १,
    जाडोमा उराठ लाग्यो,
    वनभोज खेल्ने सल्लाहले,
    मनमा जाँगर जाग्यो।
    २,
    मुटुमा माया अल्झियो,
    तिम्रो तस्बीर देखेर,
    सम्झनाको घाउ बल्झियो।
    ३,
    एकान्त जुनेली रात,
    आयो तिम्रो याद,
    दिलमा पऱ्यो घात।
    ✍️देव स्याङ्देन
    कालेबुङ

    १,
    काँडालाई फूल भनेर
    अँगाल्छ दुनियाँ कठैबरी 
    पागलपनको प्रेमी बनेर ।
    २,
    मायामा नहोस् खोट
    बिछोडको पीडा बोकी
    खप्न नपरोस् चोट ।
    ✍️विवश पारदर्शी
    झापा

    १,
    उसले यस्तै सिकायो
    काम केही गरेन
    आफ्नो कुरा बिकायो ।
    २,
    कुरा बुनेर माल
    सुन्छौ कुरा गफी
    यस्तै छन् चाल ।
    ३,
    फुलाङ्गो रोपेर खाली
    आफैँ बिगार्ने काम
    हाम्रो बेकामे ताली ।
    ✍️रामप्रसाद पुरी
    बादेल, खोटाङ

    १,
    कुरेर बस्छन् वर्षभरि
    मान्छन् माघीको पर्व
    मनाउॅंदै रमाइलो गरी ।
    २,
    पाए मिठो खान्छन्
    मिलेर एकजुट भई
    नपाए अन्तै जान्छन् ।
    ✍️सुनगाभा पोखरेल
    कपिलवस्तु

    १,
    पत्थरमा खोजेँ पालुवा
    आफैँलाई निराश बनायो
    माटो थिएन बालुवा ।
    २,
    जीवन आफ्नो थियो
    दोष अरूलाई थोपर्दा
    भाग्यले धोका दियो ।
    ३,
    बेलैमा बुझ्नुपर्ने कुरा
    काम आफूले नगरे
    हुँदैन सपना पुरा ।
    ✍️पुष्पा राई
    खोटाङ

    १,
    माघीमा खाइयो ढिक्री
    मेला र महोत्सवमा
    धेरै भयो बिक्री ।
    २,
    हुन्छ माइतीको आस
    माघ महिना चेलीबेटीलाई
    जबसम्म हुन्छ सास ।
    ✍️धनमाया चौधरी
    कैलाली

    १,
    सम्बन्धमा भयो वारपार
    समस्या बुझ्न नसकेर
    भयौँ दुई किनार।
    २,
    शङ्का हुन्छ मायामा
    अन्यथा सोच्नु पर्दैन
    रुखको शीतल छायामा।
    ✍️खडक आर सि मिलन
    छेडागाड नगरपालिका २ साल्मा जाजरकोट

    १,
    घृणामा पनि आउँछ
    मन च्यातेर हेर्दा
    तिम्रो तस्बिर पाउँछ।
    २,
    बाँच्ने कोसिस गर्दैछु
    भित्ताको तस्बिर हेरेर
    लामो स्वास फेर्दैछु।
    ३,
    जत्ति नै कुरा
    गरे पनि भए
    सपना सबै अधुरा।
    ✍️कला ढकाल
    झापा

    १,
    बादल फाटेर घाम
    गाउँ सहरमा सबैले
    गर्न सजिलो काम !
    ✍️आर्त अकुलीन

    १,
    फाट्दैमा एउटा पानो
    सकिन्न जिन्दगीको किताब
    न भइदिन्छ सानो !
    २,
    सपना ठुलो पालौँ
    लागिरहौ निरन्तर कर्ममा
    समय खेर नफालौँ !
    ३,
    जो हाँस्नसक्छ हारमा
    तिलाञ्जली दिॅंदै आँसु
    मानिन्छ महान् संसारमा !
    ✍️वसन्त अनुभव
    दाङ

    १,
    धनीको घरमा मगमगाएको
    झोपडीको हालत खराब
    जाडोले रातभरि जगमगाएको।
    २,
    ठुलाबडा बाफिलो भोजनमा
    शितलहरमा कठ्याङ्ग्रिएको झोपडी
    अभावभित्र नमिठो रोदनमा।
    ३,
    पुग्दैनन् कन्दरामा आँखाहरू
    मौसमका पीडाहरू खपिरहेका
    जर्जरमा पर्छन् पाखाहरु।
    ✍️घनश्याम पन्त
    हरिवन सर्लाही

    १,
    हे ! प्यारो मित
    वैरभाव किन व्यर्थै
    लगाऊ मिठो प्रीत।
    २,
    सकिन्छ राम्रो गर
    अरूले गरेको काममा
    भाजो हाल्न नसर।
    ३,
    सोचौँ सबैको हित
    एकाअर्कामा हातेमालो गर्दै
    गाऔॅं एकताको गीत।
    ✍️अरुण कुमार भुजेल
    गोरूबथान, कालेबुङ, भारत।

    १,
    मानिएको सही श्रम
    उपासना शब्दहरू पनि
    राखनुहोस् सृजना क्रम ।
    २,
    सम्भावना छ अपार
    यी झिल्का कविताहरू
    लेख्नुहोस् दुई, चार ।
    ✍️संगमानंद पत्रकार
    चूरु-राजस्थान, भारत

    १,
    हिउँदको मौसममा वनमा
    एकान्त प्रेमी मान्छे
    आनन्द छाउँछ मनमा ।
    २.
    मनको पीडा बुझ्ने
    कोही छैन संसारमा
    आँसुले परेली रुझ्ने ।
    ३.
    बिर्सन खोज्दा विगत
    भइदिन्छ झन् ताजा
    प्रयास गर्नु फगत
    ✍️साबित्री प्याकुरेल
    धादिङ

    १,
    उसैको सङ्कट हर्छ
    ईश्वरको विश्वास गरी,
    जसले पूजा गर्छ ।
    २,
    निरोगी हुन्छ ज्यान
    फलार खाएर मात्रै
    स्वस्थानीको लिऔॅं ज्ञान ।
    ३,
    निभाउन सकिन्छ अभिभारा
    ईश्वरमा ध्यान लगाऔॅं ,
    कष्ट मेटिन्छ सारा।
    ✍️सीमा कार्की समर्पण
    मेल चोक पर्सा।

    १,
    आफ्नो जिम्मेवारी
    अब निभाइदेऊ मलाई
    नगर धेरै मनपरि ।
    २,
    पन्चेबाजा घरमा बजाएर
    यसपालिको हिउॅंद बोलाउॅंछु
    सिउॅंदोमा सिन्दूर लगाएर ।
    ३,
    जन्मघर लाइ छोडेर
    जाँदैछु म यसपालि
    पराईसॅंग नाता जोडेर ।
    ✍️जानुका बास्कोटा
    काठमाण्डौं

    १,
    आउँछ अविश्वासको भेल
    बुझ्नुपर्छ है सबैले
    परिवारमा हुँदा बेमेल |
    २,
    आफू अनुशासनमा रहनुपर्छ
    सम्बन्ध दिगो बनाउनलाई
    दुईचार कुरा सहनुपर्छ |
    ✍️सरिता सेढाई
    धादिङ

    १,
    गर्दै गर्दा राज
    अपर्झट बिग्रेको देखियो
    काम र काम ।
    २,
    नेताका कुरा मिठा
    सुन्दा दुनियाँलाई बनाउने
    चाहिने पैसाका बिटा ।
    ३,
    पराईभन्दा पनि जवानी
    बढी डर आफ्नैको
    गल्ति जब जानीजानी ।
    ✍️ईश्वर साउद(भिक्षु)
    रामारोशन गाउँपालिका ६ सुदुरपश्चिम अछाम

    १,
    आँखाले परेली बाट्यो
    तिम्रो बाटो हेर्दाहेर्दै
    उमेरले नेटो काट्यो !
    ✍️मन्दिरा सेढाई    
    मलेखु, धादिङ

    १,
    बनको काँडा तिखार्नु
    पर्दैन भन्दछ सबैले
    शब्दहरू धेरै निखार्नु ।
    २,
    पर्दछ मन डुलाउनु
    आकाश पाताल घुमेर
    झिल्कामा मन भुलाउनु  ?
    ✍️मोती सुब्बा

    १,
    झुलुक्क झुल्कियो झिल्का
    साहित्यिक आनन्द दिलाउँदै
    बेथिति जतिसक्दो मिल्का ।
    ✍️लक्ष्मी रिजाल
    कञ्चनरूप- १२, प्रगतिटोल, रूपनगर, सप्तरी, मधेस प्रदेश, नेपाल

    १,
    पुजन गरौँ ईशको
    तर्न भव सागर
    हटाई विष रिसको।
    ✍️तोया नाथ चापागाईं
    दमक, झापा, नेपाल

    १,
    फैलियो बासना एकताको
    जुट्नुपर्छ नारी जगत्मा
    फाल्नुपर्छ दुष्कर्म व्यथाको।
    २,
    प्रकृतिकी साधना नारी
    उठौँ जागौँ एकतामा
    फाल्नु कुकृत्यका झारी ।
    ३,
    नारी सचेतना फैलाउन
    हातेमालो गर्दै बढ्नु
    जीवन बुटी पैलाउन।
    ✍️टिकाराम पुन टिपु
    सल्यान

    १,
    आउॅंछन् जान्छन् जीवनमा
    दुखका दिनहरू महोदय !
    नलागोस् खोट तनमा ।
    २,
    आत्तिनु हुन्न कहिले
    दुखको बेला मानिस
    होसियार हुनु पहिले ।
    ✍️बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा

    १,
    नामको लागि हैन
    जनताको कुभलो चिताए
    स्वतन्त्र निष्ठावान् बनिॅंदैन ।
    २,
    जनतासॅंग काम गर्नु
    खान लाउन पुगोस्
    सबैको आँखामा पर्नु ।
    ३,
    जातपात कतै नभनी
    नभनी सानो ठुलो
    बेइज्जती, बेइमानी नगनी ।
    ✍️भोलामान बर्देवा ‘बैरागि माइलो’
    धरान – ८, सुनसरी

    १,
    मानवता असल कर्म
    दुखीको सेवा गर्नु
    हो ठुलो धर्म ।
    २,
    गरेर अरूलाई गाली
    नकारात्मक सोच राखी
    नपारौँ दिमाग खाली।
    ३,
    अतिले हुन्छ खती
    बेलामा होस पुराई
    सुधारौँ आफ्नो मति ।
    ✍️जयनारायण नेपाल
    इलाम ,हाल सूर्य विनायक न पा २ बालकोट ,भक्तपुर

    १,
    सोच्छ देख्न पाइन्न
    जताततै धुवाँ, धुलो
    फोहोर चीज चाहिन्न
    २,
    वातावरण सफा गरौँ
    खाली पाखा डाँडामा
    रुख बिरुवा भरौँ ।
    ३,
    लालीगुराँस छन् पाखाभरि
    डाँफे, मुनाल नाच्दै
    अब नेपाल स्वर्गसरि ।
    ✍️शशीश्री आचार्य
    बौद्ध कुमारीगाल काठमाडौं

    १,
    किन अचम्म लाग्छ ?
    सदा सदाको समय
    कोसिस सॅंगसॅंगै भाग्छ।
    २,
    गर्नु सम्मान आदर
    सानाठुला सबैलाई हामीले ,
    नगर्नु कसैलाई अनादर ।
    ✍️दुर्गा आचार्य
    मोरङ

    १,
    पहरा त्यो रसायो ,
    फूल फुल्यो बगैचामा ,
    चमेली फूल बसायो ।
    २,
    तारे भीरको खर ,
    गाईभैँसी भोकै छन् ,
    काट्न लाग्छ डर ।
    ✍️बुद्धिप्रसाद सापकोटा
    गैँडाकोट ७,नवलपुर

    १,
    बदलियो संसार धेर
    सामन्जस्य नहोला त्यसै
    आफूलाई बदलेर हेर।
    ✍️कोपिला अधिकारी

    १,
    चञ्चल बेलगाम मन
    जान्छ उडेर दूर
    छोडेर एक्लो तन।
    २,
    नेता करोडौँको गाडीमा
    युवा भाग्य खोज्दै
    पुगेका छन् खाडीमा।
    ३,
    सभ्य बन्ने रहरमा
    मानवता हराएको देख्छु
    आजभोलि हाम्रो सहरमा।
    ✍️ बिके मुखिया
    दार्जिलिङ,भारत।

    १,
    जहाँ इन्कार सत्यको ,
    घर समाज राष्टमा,
    सजिलै देखिन्छ फत्यको।
    २,
    भन्छन् कलियुगको अन्त्य,
    हुन्छ झुटको खेतीले ,
    कथा रहेन दन्त्य।
    ३,
    भोग्दै जानु पर्दा,
    ज्ञानको भकारी भरिने,
    सङ्घर्षले निखारिने गर्दा।
    ✍️मनोहरी पौडेल
    गैडाकोट १

    १,
    चुसाइ दुःखको कारण
    चुसाहाको मुख नटाल्दा
    हुन्न दु:खको निवारण ।
    २,
    नहोला दिन एकनास
    अजर हुँदैन जस्तोसुकै
    अनित्य जीवन खास ।
    ✍️कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे

    १,
    मार्‍यो यो मायाले
    अॅंध्यारोमा तर्साउॅंछ भन्छन्
    सधैँ आफ्नो छायाले।
    २,
    मिठो बोल सधैँभरि
    एकमुठ्ठी सासको चोला
    पाइन्न घरी घरी ।
    ३,
    देउ सम्पत्ति हुँदा
    मर्दासँगै जादैन केही
    यो कालले छुँदा ।
    ✍️दुर्गा भट्टराई
    मोरङ

    १,
    छैन हावा बलमा
    जुन जनताले खेलेको
    फसेका छन् दलदलमा ।
    २,
    असत्य साँचो हुँदैन
    जनताको शिर नुहेको
    गलत कामले छुँदैन ।
    ३,
    दलभित्र सन्तुष्टि रहेन
    सत्तामा पुग्दा कुर्लनु
    विनासत्ता स्वाद भएन ।
    ✍️प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।

    १,
    काँडा जस्तो फूल
    हुँदैन जीवनमा कहिल्यै
    त्यसैले नगर्नु भूल ।
    २,
    हुँदैन छल्न ढाट्न
    लामो छ जीवन
    गाह्रो हुन्छ काट्न ।
    ३,
    सधैँ आफन्तको हेला
    जीवनको काम छैन्
    कालको परोस् फेला ।
    ✍️ललिता गिरी
    सिन्धुली

    १,
    सुगन्धको बास्ना हरायो
    कसरी भनौँ सगरमाथामा
    नेपालको झण्डा फर्फरायो।
    २,
    चोर्न पल्केको बिरालो
    दुधको कराई खाली
    त्यही लाग्छ पिरालो ।
    ३,
    काम छैन सज्जनको
    कसैले पनि बुझ्दैनन्
    पीडा भरिएको मनको।
    ✍️लक्ष्मण देउवा
    डोटी

    १,
    स्वस्थानीको भाव साह्रो
    बुझौँ बुझाऔॅं अर्थ
    स्थानको महिमा साह्रो ।
    २,
    सारा स्वजन सान
    लडौँ देश खातिर
    गाऔॅं मुक्ति गान।
    ✍️हरिगोपाल न्हुच्छेँप्रधान
    काभ्रे, साँगाबजार बनेपा १४

    १,
    तराई पहाड हाम्रो
    प्रकृतिले सुन्दरता खन्याउनाले
    नेपाल स्वर्गभन्दा राम्रो ।
    २,
    ढिँडो सिस्नो खाऊँ
    कर्म जता गरेपनि
    नेपाली भन्न पाऊँ ।
    ३,
    गुन्यु चोली लाउँदा
    गर्वले फुल्छ छाती
    नेपाली भन्न पाउँदा ।
    ✍️शान्ता पौडेल भट्टराई
    टङ्कीसिनवारी, मोरङ

    १,
    लौरो बनाउन रोपेको
    उम्रेछ विषाक्त वृक्ष
    हतियार बन्दै खोपेको।
    २,
    अपमान नसहेकै राम्रो
    हावाले पात हल्लाउँछ
    कपटीको बोली चाम्रो।
    ३,
    खै ! कता हराए
    चाँदी जस्तो हिमाल ?
    भन्दै आमा कराए !
    ✍️राजेश्वरी राजोपाध्याय
    ललितपुर

    ::::::::जय झिल्का साहित्य ! ::::::::::