साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ५२ सम्पन्न

  • २५ माघ २०८१, शुक्रबार ०८:३२ मा प्रकाशित
  • साप्ताहिक झिल्का लेखन अभ्यासको ५२ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ ।
    साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ६१ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे । यो उत्साहपूर्वक सहभागिताका लागि सम्पूर्ण सहभागीहरूमा संयोजक म्यामराज राईले हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

    शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर नभएमा उत्तम मानिन्छ ।

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ५२ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-

    १,
    साधनामा बनेर मार्गदर्शक
    कालजयी सिर्जना जन्माए,
    इतिहास बन्दछ आकर्षक ।
    २,
    प्रतिस्पर्धी आफ्नो स्वयम्
    रणको जुनसुकै मैदानमा,
    बेकार प्रदर्शनको अहम् ।
    ३,
    हाँसउठ्दो जुँगाको लडाइले
    फाइदा तेस्रोलाई पुग्छ,
    नोक्सान गर्छ बलमिचाइले ।
    ✍️म्यामराज राई
    भोजपुर

    १,
    भन्दैन आफ्नो पराई
    भूकम्पको उत्पत्ति हुँदा,
    बस्छन् सबै डराई ।
    २,
    सानु कुनाकाप्चा नजाऔॅं
    भूकम्पको धक्काबाट बाच्न,
    खुल्ला ठाउँमा धाऔॅं ।
    ३,
    धनजनको नास गरायो
    दिएर कष्ट हामीलाई,
    भूकम्पले के पायो ?
    ✍️सीमा कार्की समर्पण
    मेलचोक पर्सा

    १,
    हरपल गरौँ साधना
    मनबाट मौलाउने गर्छन्
    भित्री मनका भावना ।
    २,
    ठुलो रुख ढल्छ
    अहम्ता गर्छ जसले
    स्वयम् चितामा जल्छ ।
    ✍️केसर बोहरा ( सङ्घर्ष )
    सुदूरपश्चिम अछाम (हाल भारत )

    १,
    जलिसक्यो जल्नु अति
    अब जल्नु छैन
    अब हेर्दैनन् रति।
    २,
    सधैँ हात जोड्नुपर्ने
    सरकार भयो नालायक!
    जनताले अब गर्ने ।
    ३,
    जनताको नासो हेर
    जनताले नै लिन्छन्
    नतिजाले देखायो धेर।
    ✍️ वेदु न्यौपाने

    १,
    क्षमता बेगर मच्चियो
    बेतालको मान्छे आज
    अन्यौल भई थच्चियो ।
    ✍️ ताराप्रसाद चापागाईँ
    धुनिबेसी

    १,
    समयले धेरै सिकायो
    मान्छेको झुटो वचनले
    सबै विश्वास बिकायो ।
    २,
    मनै भयो खाली
    लाग्न थाल्यो सबै
    किन हुन्छन् जाली ?
    ३,
    बिरालो बनी आउने
    दुःख दिन अरूलाई
    व्यर्थै किन धाउने ?
    ✍️पुष्पा राई
    खोटाङ

    १,
    फाटेको कपडा तुनिन्छ
    मुटुको घाउ भन
    अब कसरी पुरिन्छ ?
    २,
    नठोक मुटुमा किला
    सहुँ म कसरी ?
    देखायौँ विचित्रको लीला ।
    ३,
    सुनैसरि यो जीवन
    पित्तल भो अब
    टुटायौँ सम्बन्धको रिबन ।
    ✍️देव मगर
    तिनाउ-१, कचल,पाल्पा

    १,
    पङ्खा फिॅंजाएर चरा
    आकाशमा उडिरहेको बेला
    बाजले टिप्यो कठैबरा !
    २,
    अब हातहरू नकमाऊ
    बाँच्छ देश भने
    बरु हतियार समाऊ ।
    ३,
    फूलहरू फुल्न देऊ
    निमोठेर कलिलो कोपिला
    नफक्रॅंदै ज्यान नलेऊ ।
    ✍️ध्रुव श्रेष्ठ
    खोटाङ ।

    १,
    जातले नटुटोस् दिल
    हामी एक बनौँ
    गाड्दैनन् शत्रुले खिल।
    २,
    नेपाली हामी वीर
    झुक्दैनौँ कसैका सामु
    सगरमाथा हाम्रो शिर।
    ३,
    वीरहरूको गाथा अमर
    तिनैका सन्तान हौँ
    छ गर्वको स्वर।
    ✍️सतीश पण्डित
    भानु – ६ चुँदी, तनहूँ (हाल चनपा ६ मातातीर्थ)

    १,
    गरौँ सबैले साधना
    त्यसैको लागि सधैँ
    गर्नुपर्छ दिनहुँ वन्दना।
    २,
    आफन्तको भएमा लडाइ
    फाइदा अरुलाई पुग्छ
    आफ्नाको हुन्न बढाइ।
    ३,
    सिकौँ समयसॅंगै चल्न
    यसलाई काट्न खोज्दा
    सक्तैन कहिल्यै फल्न।
    ✍️अर्जुन प्रसाद चौलागाई
    हालः-अमेरिका,बोस्टन।

    १,
    नबसून् खाली हात
    उद्यमी बनून् सबै
    नलागोस् कहिल्यै मात।
    ✍️सतीश सिकारु
    चुँदी तनहूँ

    १,
    चेतना फैलाऔॅं समाजमा।
    वन्यजन्तु, जङ्गल जोगाउनु
    डढेलो नलगाउनु वनमा ।
    २,
    रुन्छिन् आमा हेरेर
    धिक्कार्छिन् फेरि आफैलाई 
    शासन सत्ता देखेर
    ✍️भुपेन्द्र राना मगर
    धादिङ

    १,
    मनोरन्जनको लागि खेला
    सस्तो सामान पाउन
    लगाइन्छन् अनेकौँ मेला।
    २,
    भन्छन् घुस नखाने
    भित्रभित्रै पैसा चल्छ
    टेबलमुनीबाट पोको लाने।
    ३,
    खोटा सिक्का चल्छन्
    गतिलोको भाउ छैन
    विद्वानले खुट्टा मल्छन्।
    ✍️नवराज भट्ट
    कञ्चनपुर

    १,
    खेती गरेर खान
    छँदैछ जमिन हाम्रो
    पर्दैन परदेश जान |
    ✍️सरिता सेढाई
    धादिङ

    १,
    जिन्दगी सङ्घर्षमा जिउनुपर्छ
    रुघाखोकीबाट जहिले बच्न
    पानी उमालेर पिउनुपर्छ !
    २,
    लगाउदा देखिन्छ चिटिक्कै
    भुवाको न्यानो कपडा
    लाग्दैन चिसो फिटिक्कै !
    ✍️हिरामाया श्रेष्ठ

    १,
    कुर्सी मोहमा परे
    घर झगडा देखाउँदै
    दाजुभाइ नै लडे ।
    २,
    युवा अब उठ्नुपर्छ
    पूव पश्चिम सबैतिर
    विकास गर्न जुट्नुपर्छ ।
    ३,
    गाउँघर शून्य हुँदैछ
    छोराछोरी सहर छिरेपछि
    बाआमाो मन रुँदैछ।
    ✍️कला ढकाल
    झापा

    १,
    जिन्दगीमा भयो दुख
    धैर्यता गरेँ मैले
    आउँदो रहेछ सुख।
    २,
    उ घमण्डी थियो
    सहनुमात्र गाह्रो रहेछ
    उपरवालाले सजायँ दियो।
    ३,
    यात्रामा दुख पाएँ
    पैसाले काम गरेन
    फुटपाथे खाना खाएँ।
    ✍️चुडामणी देबकोटा
    पुरानोनैकाप काठमाण्डौ

    १,
    मनमा लागे खिल
    भन्नु यहाँ साह्रो
    खिन्न रहन्छ दिल।
    २,
    सबैलाई आफ्नो चाहिन्छ
    यस्तै हुन्छ सबैको
    कसैले मात्र पाइन्छ।
    ३,
    जलेर खरानी भयो
    मनको हरेक चाहहरू
    जवानी उसै गयो।
    ✍️निमा छिरिङ भोटिया
    जलढका कालेबुङ, भारत

    १,
    तराई, पहाड, हिमाल
    मेचीदेखि काली हुँदै
    फैलिएको हाम्रो नेपाल ।
    २,
    अनेकतामा छ एकता
    विश्वमाझ परिचित हुनु
    हामी नेपालीको विशेषता ।
    ३,
    एकतामा हुन्छ बल
    विकासमा जुटौँ सबै
    नगरौँ कुनै अलमल ।
    ✍️शान्ता पौडेल भट्टराई
    टङ्कीसिनवारी, मोरङ

    १,
    बिर्सिदिनु बितेका कुरा
    साहस बढाउनु अगाडि
    सुल्झाउँदै काम अधुरा।
    २,
    मेटिँदैन भाग्यमा लेखेको
    कर्मले बनाउने भाग्यलाई
    उज्यालो भविष्य देखेको।
    ✍️होमप्रसाद नेउपाने
    धरान, सुनसरी

    १,
    नफुटोस्  मनको बाँध
    देशको विकास गर्नलाई
    थापौँ समृद्धिको काँध ।
    ✍️प्रेम थापा “मन”
    बागलुङ

    १,
    लुछाचुँडी ज्यान फाली
    शक्ति बाँडफाँड गर्दागर्दै
    सकेनन् राख्न सम्हाली।
    २,
    उधमशील हातहरूमा ताला
    राष्ट्रघाती सबैलाई घेरेर
    तर्नुपर्छ तिनका छाला।
    ३,
    एकतामा निरङ्कुशता जडेर
    शासक भनाउँदा नालायक
    जाँदैछन् गल्लीहरूमा सडेर।
    ✍️घनश्याम पन्त
    हरिवन सर्लाही

    १,
    झार्छन् आँसुको धारा
    बनावटी रुवाइ देखेर
    हाँस्छन् आफन्त सारा।
    २,
    इमानदारीलाई हाल्छन् जेल
    भ्रष्टाचारीको संरक्षण गर्नु
    देखाउँछन् नेताले खेल।
    ३,
    नाराबाजीले देश बन्दैन
    नेताको झोले बन्नेलाई
    कसैले राम्रो भन्दैन।
    ✍️राज कुमार राजभण्डारी खोटाङ्गे
      ऐसेलुखर्क ३ खोटाङ (हाल भक्तपुर )

    १,
    मन परेर खास
    बगैँचाको सौम्य फूल
    लाग्छ धेरै आस !
    ✍️आर्त अकुलीन

    १,
    लिउँ प्रभुको नाम
    क्रमशमा सधैँ जगमा
    बन्दै जानेछ काम ।
    २,
    दुष्टको नहुने नामोनिशान
    सफल बन्नकालागि नित्य
    गरौँ प्रभु गुणगान ।
    ३,
    दिव्य दान अङ्गदान
    त्यसैले नित्य गरौँ
    प्रभुको भक्ति रसपान ।
    ✍️कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी

    १,
    मालीको स्याहार फूलबारी
    शीत ताप बचाई
    प्रकोपको झट्का लघारी।
    ✍️कमला देवकोटा
    पाल्पा

    १,
    सास हुन्जेल आस,
    कसलाई नहोला हेर
    स्वर्गमा बस्न बास !
    २,
    धेरै हौसिॅंदा पनि
    कहाँ लाग्छ दाना ?
    ढल्नुपर्छ कुप्रो बनी ।
    ३,
    कस्को नहोला कमजोरी,
    फसाउन तत्पर हुन्छन्
    काली अनि गोरी ।
    ✍️दीपा गुरुङ समभाव
    दुबेकोल खोटाङ

    १,
    स्वार्थ झाङ्गिएर आयो
    हलचल भयो धरती
    सारा जगत् डरायो !
    २,
    जतासुकै हुन्छ धोका
    हरेक क्षत्रमा आत्मघाती
    भोका भेटिन्छ बोका ।
    ✍️विवश पारदर्शी
    झापा

    १,
    पुस जानै लाग्यो
    बढाएर चिसो धेरै
    दिनप्रतिदिन तातो जाग्यो ।
    २,
    पोल्नु पोल्यो पट्टाले
    कठाङ्ग्रिॅंदो चिसोले मेरा
    न्याय धपाउने सट्टाले ।
    ३,
    भन्नैपर्छ अब खबर
    अब पुस भन्दाभन्दै
    राख्न सकिॅंदैन शबर ।
    ✍️ईश्वर साउद(भिक्षु)
    रामारोशन गाउँपालिका ६ सुदुरपश्चिम अछाम

    १,
    दुःख नै खेपेर
    कति बस्छौँ नेपाली
    हामी सधैँ हेपिएर ।
    २,
    अब त जुट्नुपर्छ
    राष्ट्रियता खतरामा छ
    नेपाली हो उठ्नुपर्छ ।
    ३,
    सम्बन्ध हाम्रो नटुटोस्
    गद्दार नेताले गर्दा
    अस्तित्व हाम्रो नलुटोस्।
    ✍️दीप गोले
    रौतहट

    १,
    हात्तीले सिंह मुल्किन्छ
    अर्बौमा लाख तिरेर
    हात हल्लाउदै झुल्किन्छ ।
    २,
    ठगिएका जनता पिरमा
    न्यायालय पनि पक्षपाती
    जनताको लगानी भिरमा ।
    ✍️राज बहादुर बडुवाल
    कनकासुन्दरी -५, जुम्ला

    १,
    एकता दिवस मनाऔॅं
    वीरको गाथा गाउॅंदै
    पृथ्वी जयन्ती जनाऔॅं ।
    २,
    नेपाल एकीकरण गरेका
    एकतामा सबैलाई बाँध्दै
    गोर्खाबाट पृथ्वीनारायण झरेका ।
    ✍️बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा

    १,
    नौ शब्दको माला
    झिल्का नलेखी नपढी
    व्यर्थैमा जीवन जाला।
    २,
    जीवनमा हुन्छ घामपानी
    आलस्य गरेर बस्नेको
    बन्दैन सफल जिन्दगानी ।
    ✍️बिके मुखिया
    दार्जिलिङ भारत।

    १,
    समय एकदिन आउॅंला
    जिन्दगी  व्यर्थ  जाँदैन
    अवश्य मौका पाउॅंला ।
    २,
    नलेख्नु जहिले  घोचेर
    हेपाइको सीमा हुन्छ
    लाटो लठुवा सोचेर ।
    ३,
    लेख्दछु झिल्का कविता
    सबै आत्मीय सम्झेर
    चोखो अभिव्यक्ति भविता ।
    ✍️मोती योन्जन सुब्बा  
    दार्जिलिङ 

    १,
    दुख्छ मुटु मेरो
    गरिबलाई मात्रै आउँछ ,
    जताततै समस्याको घेरो ।
    २,
    पहिरिन जितको ताज
    सबैभन्दा पहिला त
    बनाउनुपर्छ असल समाज ।
    ✍️भोज विवश मगर
    गैंडाकोट -३ नवलपरासी पूर्व

    १,
    ओभानो आँखाको तालको
    सबैलाई सम्झना सहित
    शुभकामना नयाँ सालको ।
    ✍🏻अन्मोल मुस्कान
    तकदाह छाउनी, दार्जिलिङ

    १,
    चिसो भयो मौसम
    सिरकमा गुटमुटिए पनि
    त्यत्तिकै बढ्छ दम।
    २,
    देखा परेन घाम
    ठण्डी धेरै बढ्यो
    गर्न सकिएन काम।
    ✍️अरुण कुमार भुजेल
    गोरूबथान, कालेबुङ, भारत

    १,
    उचालेर स्याललाई उइ
    राजगद्दीमा राखेर सिॅंगारियो
    घोच्नुपर्यो सत्ताको सुई ।
    ✍️खुनराज कोइराला
    सिद्धलेक -३, धादिङ

    १,
    भाइचाराको डोरी तन्काउँदै
    लागौँ हामी राष्ट्रनिर्माणमा
    एकताको नारा घन्काउँदै ।
    ✍️मन्दिरा सेढाई    
    मलेखु, धादिङ

    १,
    हाम्रो राष्ट्रिय परिधान
    दौरासुरुवाल, कोट टोपीले
    राख्छ नेपालीको सान l
    २,
    गुन्युचोली अनि बर्को
    जस्तो सुन्दर संसारमा
    देखिन्न कतै अर्को l
    ३,
    ध्वजावाहक अग्लो हिमाल
    चन्द्र धरातलबाट पनि
    देखिन्छ अरे बबाल !
    ✍️बाबुराम गौतम
    गुल्मी

    १,
    जनताको अपार माया
    दिमागमा राख्नु सधैँ
    नगर्नु कहिले दायाँबायाँ ।
    २,
    लागेको दाग मेट्नु
    दीनहरूको सेवा गरी
    सद्भाव राखेर भेट्नु ।
    ३,
    समय  बलवान् हुन्छ
    कर्तव्यमा जुट्नु सधैँ
    निम्छरोको मन छुन्छ ।
    ✍️प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।

    १,
    लुगा फाटे सिलाउॅंला
    बिचमा दोमन नगर्नू,
    भड्केको मन मिलाउॅंला ।
    ✍️बिबा तामाङ
    दार्जिलिङ

    १,
    भनेर सधैँ ढाँटिन्छ
    दीर्घायु हुन्छ सोझोको
    ढाल्दा सोझो ढालिन्छ !
    २,
    छैन बोलीको भर
    बोल्छन् मुखमा आएको
    नमानी कसैको डर !
    ३,
    ठान्छन् ज्ञानको खानी
    संसारमा केवल आफूमात्र
    समझदार अनि ज्ञानी !
    ✍️वसन्त अनुभव
    घोराही, वसन्तविहार ।

    १,
    रहनु सदा इमानदार
    दुई दिने जिन्दगीभर
    खानुपर्दैन कहिल्यै हार ।
    २,
    रहोस् नयाँ भावना
    एकता दिवसको उपलक्ष्यमा
    सबैमा हार्दिक शुभकामना ।
    ✍️दुर्गा भट्टराई
    मोरङ

    १,
    मान्छेका रहर थरीथरी
    चाहँदैमा सबथोक पाइन्न
    दुराग्रह नराख मनपरि ।
    २,
    परनिर्भर भयौँ हामी
    अपार सम्पदा हुँदाहुँदै
    कहिल्यै भएन दामी ।
    ✍️कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे

    १,
    उत्साहा राखेर मनमा
    हिडौँ लक्ष्यमा सधैँ
    हरियाली होस् जीवनमा ।
    २,
    सियो बनेर छिरौँ
    इज्जत समालेर जहिले
    दुनियासामु आफू नगिरौँ ।
    ✍️जानुका बास्कोटा
    काठमाण्डौं

    १,
    खास नबुझीकन सत्य,
    बजाइदिन्छन् ताली परर,
    उम्कन्छन् गराई फत्य ।
    ✍️लोक वहादुर छेत्री लामिछाने
    मोदी गा पा वडा नं २ देउपुर, पर्वत

    १,
    नेपाली बनेर हेरौँ
    एकताको तागत बुझेर
    देशको बेथितिलाई फेरौँ ।
    ✍️सुस्मिता अधिकारी
    काठमाण्डौ

    १,
    देखेर साँगुरो बाटो,
    ठेलमठेल हिड्ने गर्दा,
    बल्ड्याङ्ग खाने लाटो ।
    २,
    भिडभित्र बज्छ ताली
    इमान जमान नभएर,
    किनिइन्छ पैसा फाली।
    ३,
    शासन शक्ति भिडभित्र,
    तछाडमछाड खोक्रा कर्म,
    चोख्याइन्छ उनका मित्र।
    ✍️मनोहरी पौडेल
    गैडाकोट १

    १,
    रहर गर्छ ‌मनले
    विश्वास दह्रो पार्न
    किन्न खोज्दै धनले !
    २,
    सुगन्ध थपिरहनु पर्दैन
    अचम्मको  हुन्छ  माया
    अरूले लत्याउँदा मर्दैन !
    ३,
    जीवनमा हाँसो चाहिन्छ?
    हुन्न मात्रै धनले
    ससाना कुरामा पाइन्छ !
    ✍️अच्युत घिमिरे
    सर्पाङ, भुटान

    १,
    एकता नेपालीको शान
    पृथ्वीनारायण हुन् दूरदर्शी
    मान   अथवा   नमान ।
    २,
    परिवर्तनको नाम  लायो
    थियो विविधतामा एकता
    विखण्डन अचेल आयो ।
    ३,
    पुङमाङ  सरकार  आज
    जनतालाई महॅंगीको भार
    ल्याएर भिरेको ताज ।
    ✍️रामप्रसाद पुरी
    बादेल, खोटाङ

    १,
    मान्छेले छाड्यो चिन्न
    मानवता अनि विवेक
    थाल्यो मनमोजी हिन्न ।
    ✍️विष्णु पंगेनी(पाण्डे )
    वालिङ् -स्याङ्जा

    १,
    तिमी परिकल्पना मेरो
    चिन्दिन नभन्नु होला
    नाम बिर्से तेरो ।
    २,
    सँगै जोडिएको नाम
    कसरी बिर्सनु म
    सुनौलो अक्षरको खाम ।
    ✍️धनमाया चौधरी
    कैलाली

    १,
    जिन्दगीको छैन निकास
    अनिवार्य गर्ने गरौँ
    मान्छेले सोचको विकास ।
    ✍️शंकर कार्की
    मकवानपुर।

    १,
    आज हुरीबतास चल्यो,
    सम्झिएर माया तिमीलाई,
    मेरो मुटु जल्यो।
    २,
    सुकेको पात झर्‍यो
    नेताको फोस्रो आश्वासनले,
    बिकासहरू सबै मर्‍यो ।
    ३,
    निरन्तर कलम चलाइ,
    ज्ञानको ज्योति छर्दै,
    समाजको होस् भलाइ।
    ✍️देव स्याङ्देन
    कालेबुङ।

    १,
    आमा म आउँछु
    आफ्नै राष्ट्रको गीत
    गाएर खुसी पाउँछु ।
    २,
    पीडा हुन्छ हजुर
    आफ्नो देश छोड्दा
    यादमा पशुपतिको गजुर ।
    ३,
    लालीगुराँस डाँडामा फुलेको
    बेँसी टार हुँदै
    पहाडको सुन्दरता खुलेको ।
    ✍️शशीश्री आचार्य
    बौद्ध कुमारीगाल काठमाडौं

    १,
    साहित्यले व्यस्त बनायो
    मनको बिकार पखालेर
    विभिन्न समस्या हटायो।
    २,
    सक्रिय जीवन बनायो
    भावलाई सबै पोखेर
    मनमा शुद्धीकरण जगायो ।
    ३,
    पिरती गहिरो लायो
    अनिवार्य आवश्यक जस्तै
    नशाझैँ मलाई छायो।
    ✍️भगवती दवाडी
    झापा

    १,
    साथी बिचमै छोडेर
    एक्लै लम्केर हिॅंड्छ्यौ
    मर्ला ठेस खाएर।
    २,
    मति बिग्रेका मित्र !
    कति स्वार्थी बन्छ्यौ ?
    देखाउॅंदै कुरूप चरित्र।
    ✍️हरिगोपाल न्हुच्छेँप्रधान
    काभ्रे, साागा बनेपा १४

    १,
    सनातन धर्म जगाउन
    यसपटक प्रयागराजमा महाकुंभ
    भक्तहरूमा अखण्डता ल्याउन ।
    २,
    अलौकिक महाकुंभ पर्व
    शाही स्नानबाट सुरु
    सबै गर्छौ गर्व ।
    ✍️संगमानंद पत्रकार
    चूरु-राजस्थान, भारत

    १,
    चिसो झनै बढ्दैछ
    तिम्रो याद मुटुमा
    अझै भित्र गढ्दैछ।
    २,
    म दोधारमा परे
    सबै निर्दोष भएपछि
    गल्ती कसले गरे ?
    ३,
    मित्रताको दूरी घटाऔँ
    हामी सबै मिलेर
    देशलाई अगाडि बढाऔँ ।
    ✍️खडक आर सि मिलन
    छेडागाड नगरपालिका २ साल्मा जाजरकोट

    १,
    सुखमा नहौसिनु व्यर्थ
    दु:ख अनि सङ्घर्ष
    हो जीवनको अर्थ ।
    २,
    आत्मबल हो शक्ति
    दुढ विश्वास नहुनेहरू
    गर्छन् केवल भक्ति।
    ३,
    पसिनाको कमाइ मीठो
    देखासिकी गर्नु  ब्यर्थ
    खाऔॅं आफ्नै सिधोपिठो ।
    ✍️जयनारायण नेपाल
    इलाम (हाल सूर्यविनायक – २, बालकोट, भक्तपुर )

    ::::::::जय झिल्का साहित्य ! ::::::::::