
साप्ताहिक झिल्का लेखन अभ्यासको ५० औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ ।
साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ७७ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे । यो उत्साहपूर्वक सहभागिताका लागि सम्पूर्ण सहभागीहरूमा संयोजक म्यामराज राईले हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।
शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर नभएमा उत्तम मानिन्छ ।

साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ५० मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-
१,
छायाँ उभिरहेछ दोबाटोमा
तिमीलाई कुर्छ हिजोआज
डोब बिर्सेर माटोमा ।
२,
सञ्जाल फुल्यो कुबाटोमा
होहल्लाको भिड खोज्दै
सकलीभन्दा नकलीको पाटोमा ।
३,
अहङ्कारले अहङ्कारीलाई खान्छ
कर्मानुसार प्रतिफल भागमा
डोर्याउॅंदै भाग्यले लान्छ ।
✍️म्यामराज राई
…
१,
हरायौ आज छाडेर
जिउँदै जलाई यसै
चिहान मुनि गाडेर ।
२,
बितेका समय बित्यो
अभागी जिन्दगी मेरो
झुठो कसमले जित्यो।
३,
राख्नेछु आफ्नै नाम
सङ्घर्ष गरेर आफैले
सेवालाई सम्झेर काम ।
✍️शब्दको खेलाडी ( बिसु हाङ राई)
विराटनगर
…
१,
मुटु दुःख्छ पोलेर
मलाई सबैले सोध्छन्
देखाउन नमिल्ने खोलेर।
२,
सबै बिगार्यो हल्लाले
राम्रो काम गरौँ
सबै मिलेर सल्लाले ।
३,
कर्मको फल राम्रो
मिहिनेत गर्नुपर्छ भन्ने
बानी छैन हाम्रो ।
✍️ललिता गिरी
सिन्धुली, हाल काठमाडौं
…
१,
सुटुक्कै मलाई ढाँटेर
किन जाने टाढा
नौ डाँडै काटेर !
२,
नयाँ वर्ष आयो
बितेको पल छोडेर
भविष्यमा झनै रमायो !
२,
राजनीति छताछुल्ल भयो
सुधारको कुरा नगरौँ
सुखको सपना गयो !
✍️अच्युत घिमिरे
सर्पाङ, भुटान
…
१,
देशमा बसेर बसाल
मिलेर नियम नीति
सत्तामा चढेर नखसाल ।
२,
एकोहोरो माया लगायौ
आफ्नै दुनो सोझ्याएर
बस्न नदिकन भगायौ!
३,
सुनसान रातमा बोलेको
अत्तोपत्तो थिएन हेर्दा
आफै मन खोलेको!
✍️ बेदु न्यौपाने
…
१,
न्याय नापेर गरिन्छ
विचित्रको लोकतन्त्र हाम्रो
भ्रष्टले कुर्सी भरिन्छ ।
✍️ ताराप्रसाद चापागाईँ
…
१,
राखेर सोच शिरमा
चलाउ हात पाखुरी
नभए पर्लाऊ पिरमा ।
✍️चिरञ्जीवी श्रेष्ठ
धनकुटा
…
१,
टाँसेर मनमा यादहरू
उमारेर गुलाफको फूल
आउँछन् किन उन्मादहरू ?
२,
बोलेर झुटा कुरा
कतिदिन टिकाउने हो
हातमा काँचका चुरा ।
✍️होमप्रसाद नेउपाने
धरान,सुनसरी ।
…
१,
अनेकौँ गर्ने लिला
शक्तिशाली बनेपछि सबैको
एउटै बन्ने आधारशिला ।
✍️भगवती दवाडी
…
१,
लेखेको भावीले मेटिँदैन
आस्था नराखी जगमा
प्रभु दया भेटिँदैन।
२,
अतुलनीय माताको ममता
संसारमा तुलना छैन
पालनहार पिताको क्षमता ।
३,
परमात्माबाट आत्मा लखेटिँदैन
कुकर्म पुण्यमा नमिल्ने
अकाट्यझैँ कहिल्यै फेटिँदैन।
✍️कार्की डिबी माकुम
सुनवल -४, नवलपरासी
…
१,
सधैँ हुन्छ आरपार
अपरादको साथि पनि
मोन हुन्छ सरकार।
२,
नैतिक पतन भयो
राम्रोमा थियो पचेन
नराम्रो खोज्दै गयो।
३,
लगाए विकासमा ताला
भिरमा देशलाई लगे
बनेर विदेशी गोठाला।
✍️सुरेशकुमार पाण्डे
दाङ घोराही १८
…
१,
जीवनमा आउने बाधा
देखाएर जान्छ बाटो
तत्काल समाधान आधा ।
२,
तिमी अगाडि हुन्छौ
दुनियाको वास्ता नगर
सफलताको शिखर छुन्छौ ।
✍️ पुष्पा राई
बादेल, खोटाङ
…
१,
वचनले दुख्छ मन
प्रिय बोल मिठो
कठिन भयो सहन |
२,
हाल्यौ सिन्दुरको धर्को
मलाई छाडेर अब
नहेर्नु राजा अर्को |
✍️सरिता सेढाई
धादिङ
…
१,
किन गन्हायो राजनीति?
सत्तामा बस्नेले यहाँ
बिगारेर हो रीति।
२,
सपार्छौ तिमीले कहिले?
आफूबाटै शुरू नगर्दा
बिग्रिरहन्छ यहाँ जहिले।
३,
मौका छ अझै
नेतृत्वले कुरा बुझ्दा
मिल्दथ्यो यहाँ सहजै।
✍️अर्जुन प्रसाद चौलागाई
हाल:-अमेरिका,बोस्टन।
…
१,
विदेश जानुको साटो
दाजुभाइ हो बनाऊ
आफ्नै देशको माटो ।
२,
खेतको फराकिलो पाटोमा
खेती गर्न जानेदेखि
सुन फल्छ माटोमा ।
३,
लगानी लाग्छ कम
मेहनत गर्नुपर्छ हामीले
अल्छी नगरी हरदम ।
✍️हिरामाया श्रेष्ठ
गजुरी १ धादिङ
…
१,
भित्रिने नयाँ साल
सुखद रहोस् सबैको
जिन्दगीको सर्वपक्षीय हाल ।
२,
शीतको थोपा चुहिदैँछ
प्रचण्ड त्यो गर्मी
आजकल कता कुहिदैँछ ।
३,
सोचेजस्तो केही हुन्न
सीमा नाघे पनि
किन नेतृत्वलाई छुन्न ।
✍️त्रिलोचन भण्डारी
मेचीनगर, झापा
…
१,
भाग्य बदलौँ कर्ममा
देश बनाउन कराउनेले,
मलम लगाइदिऔॅं मर्ममा ।
✍️सुस्मिता अधिकारी
काठमाण्डौं
…
१,
अब अलमलमा नपरौँ
यो दलाल सत्ताको
सङ्घीयता खारेज गरौँ ।
✍️दीप गोले तामाङ
रौतहट
…
१,
कसको भर पर्ने
छन् स्वार्थी अवसरवादी
आफ्नै पेट भर्ने !
२,
बलिको बोको पार्छन्
सुको दामका लागि
यहाँ मर्छन्, मार्छन् ।
३,
क्रोध डाह पर्चन्ड
छ मानव आकृति
प्रवृत्ति दैत्य मुसन्ड !
✍️वसन्त अनुभव
घोराही, दाङ
…
१,
कसैलाई उचाल्छ शृङ्गारले
घमण्ड तिरस्कार संस्कार
कसैलाई खसाल्छ अहङ्कारले।
२,
जिन्दगी भोग्दाका कथाहरू
हाँसो खुसीका पलपल
बल्झी रहन्छन् व्यथाहरू ।
३,
चढ्दो, बढ्दो जवानी
फूलबारीमा फुल्ने फूल
बिस्तारै हुन्छन् खरानी।
✍️घनश्याम पन्त
हरिवन सर्लाही
…
१,
मन कसरी खोल्यौ ?
दुनियाँको माझमा भन
के भनेर बोल्यौ ?
✍️निमा छिरिङ भोटिया
जलढका कालेबुङ
…
१,
भयो जवान लक्का
मेहनत गर्न जाने
सफल भइन्छ पक्का।
२,
सरेर सधैँ अगाडि
हुँदैन अरूको भर
नहट कहिल्यै पछाडि ।
३,
काम नगर अलपत्र
सोच राख राम्रो
दुख पाइन्छ नत्र ।
✍️भोज विवश मगर
गैंडाकोट -३ नवलपरासी पूर्व
…
१,
देशको बेहाल देख्दा
नकाँपोस् हात कहिल्यै
विकृति विरुद्ध लेख्दा ।
२,
जसलाई हो रोजेको
उपलब्धीका लागि नै
हो मैले खोजेको ।
✍️प्रेम थापा “मन”
बागलुङ
…
१,
बुझेर संसारको सार,
हाँस्दै खेल्दै रमाउँदै
लगाऊ प्रभु पार !
✍️आर्त अकुलीन
…
१,
देश कसरी बन्छ
हिजोआज न्याय पनि,
पैसामा किनिन्छ भन्छ।
२,
लोभले खायो नैतिकता
दया भन्ने हरायो ,
कहाँबाट खोजौ दूरदर्शिता।
✍️शंकर कार्की
मकवानपुर।
…
१,
नरुनु धकेर कहिल्यै
रुवाउने आफ्नैले रहेछ
विचार पुराएनौ पहिल्यै।
२,
आँसु पुछ्ने हात
आफ्नेले लडाउँछ यहाँ
मिलेर गर्छन् घात।
✍️चुडामणी देबकोटा
पुरानोनैकाप, काठमाण्डौ
…
१,
सोचेर गर्नु बात
धेरै बाठो हुँदा
खाइन्छ आफै लात।
२,
भ्रष्टाचार हुन्न गर्नु
धन कमाऊ परिश्रमले
जेल किन पर्नु ?
✍️राज कुमार राजभण्डारी खोटाङे
ऐसेलुखर्क – ३, खोटाङ (हाल भक्तपुर )
…
१,
गाँसेर यादहरूको माला
सधैँ बाटो कुरिरहेछु
ओढेर मायाको टाला ।
२,
भाग्य पनि कस्तो
नहुने रहेछ हेर
आफैँले सोच जस्तो ।
३,
उठ्न सकेन देश
गिराउने र उठाउने
गर्दैमा फुल्यो केश ।
✍️दीपा समभाव
दुबेकोल खोटाङ्ग
…
१,
भ्रष्टाचारको बढ्दैछ लठारो
पापीहरूको बस्ती चलोस्
हानौँ सबैले झटारो।
२,
वेदनाका खेती छाटेर
बाँचौँ अब सबै
एकार्कामा पीडा साटेर।
✍🏻अन्मोल मुस्कान
तकदाह छाउनी, दार्जिलिङ।
…
१,
स्वतन्त्रताको नक्कली आवरणभित्र
बादशाह बन्न चाहनेहरूको
देखिॅंदैछ नाङ्गो चित्र !
२,
लगाइ नक्कली ताज
लिन पिर्के सलामी
छैन यिनलाई लाज ।
३,
नखोज पतनको बाटो
बैलैमा होशियार बन
सम्झेर देशको माटो ।
✍️जयनारायण नेपाल
इलाम ,हाल सूर्यविनायक २, बालकोट भक्तपुर
…
१,
मनको घाउ मेटाऊ
मुटु दुखेको देख्दैन
तिमीलाई कहाँ भेटाऊ ।
२,
अर्थ नबुझेर बोल्छौ
दुःखको भुमरीमा परी
थाहा पाएर ओकल्छौ ।
३,
सुहाएन भन्यौ आज
फुकेन सम्झनाको गाँठो
अनेक कोशिस राज ।
✍️अम्बिका अधिकारी
झापा बिर्तामोड
…
१,
रातो पिरो डल्ले,
स्वादिष्ट अचार खाएर,
रिमझिम मष्तिष्क हल्ले।
२,
सबैको चोखो भावना,
सार्थक बनोस् जीवन,
नयाँ वर्षको शुभकामना।
३,
गरौँ राम्रो कर्म,
बाँचुन्जेल यस धरतीमा,
यही मनुष्यको धर्म।
✍️देव स्याङ्गदेन
कालेबुङ
…
१,
सपनाको दुनियाँ आउँछ
सत्यले जित्यो भने
मनको दिन ल्याउँछ ।
२,
स्वार्थको बादलले ढाकेर
आजको मनुष्य चोलामा
बस्नुहुन्न मन पाकेर ।
३,
सर्वत्र शान्तिको खोजीमा
रह्यो अवकाशको समय
जीवनको आशा गोजीमा ।
✍️नन्दलाल आचार्य
बेलका-२, सिद्धार्थटोल, गल्फडिया, उदयपुर, कोसी प्रदेश, नेपाल ।
…
१,
गन्तव्य भेदन अभियान
निरन्तर बढ्दै अगाडि
दिऔॅं सबैले मन।
२,
लक्ष चुम्ने अभियानमा
लाग्नु उत्तम कर्म
बाँडेर शुभकामना जगमा।
✍️हरिगोपाल न्हुन्छेँप्रधानल
काभ्रे, साँगा बनेपा १४ ।
…
१,
ऊ बोकेर झोला
हिॅंडेको छ बिहानै
कताको साइत होला ।
२,
हातमा बन्दुक बोकेर
कता हिड्यौं साइँला
ढोकामा ताल्चा ठोकेर ।
✍️साबित्री प्याकुरेल
धादिङ
…
१,
राजनीतिक गन्दगीको खेल
भ्रष्टाचारीहरूले सोझा जनतालाई
पारेका छन् ओझेल ।
२,
पहिले पहिले फसायौ
छलकपट गरेर मलाई
तिमीले मायामा बसायौ।
३,
अहङ्कारी आफै जल्छ
खेतबारीमा मेहनत नगरे
कहाँ फल फल्छ ।
✍️केसर बोहरा ‘सङ्घर्ष’
सुदूरपश्चिम अछाम (हाल भारत)
…
१,
न्याय हराएको देश
बिनाकसुर राम्रोलाई लगाउॅंछन्
यहाँ मुद्दा, केस ।
२,
उदायो झिल्का घाम
दिन बित्यो त्यसै,
छैन कुनै काम।
✍️बेल तामाङ थोकर
मकवानपुर
…
०१,
बालेनको भयो जय
तीस वर्षसम्मको शासनले
नेताहरूको भयो भय ।
०२,
न्याय मरेको देश
भर छैन बोलीको
नानाथरी गर्छौ भेष ।
०३,
पहिले कुरा आँटको
नजित्दासम्म कुरा एक
पत्याउन सकिन्न ढाँटको।
✍️सोमनाथ लुइटेल “रवि पाल्पाली”
पाल्पा।
…
१,
डल्ले खुर्सानी खाऔॅं
ग्यास्टिक निर्मुल पारी,
शरीर स्वस्थ बनाऔॅं ।
२,
पाइन्छ खुर्सानी जहाँतहीँ
चनाखो पार्छ जिब्रोलाई,
खाने गरौँ कहिलेकहीँ ।
३,
खुर्सानीको अचार बनाई
बिक्री गरौँ पसलमा,
हुन्छ राम्रो कमाई ।
✍️सीमा कार्की समर्पण
मेलचोक पर्सा
…
१,
नहुँदा आत्मिक चिनाजानी
हेर्दा रहेनछन् कसैले
भयो दु:खद कहानी।
२,
कस्ले खोज्छ गुण
जाउ उतैतिर जता
चल्ने गर्छ भनसुन ।
✍️हिरालाल न्यौपाने
बानपा ८ कोटमौला सल्यान
…
१,
आफ्नै बेहोसीले आज
आफैँभित्र द्वन्द्व गर्छौँ
अर्कोलाई भिराउन ताज ।
२,
माया दोहोरी लाउँदैछु
घुम्तीमा ढिलाइ हुनाले
पख्नोस् बिस्तारै आउँदैछु ।
३,
मेट्नलाई मनको तिर्सना
रहरमा सबैलाई सुम्पिनु
लेखेर भावना सिर्जना ।
✍️रामप्रसाद पुरी
बादेल, खोटाङ
…
१,
ओहो ! मौसम कस्तो
गरिबको दीन , दुखी
जीवन भयो सस्तो ।
✍️नागेन्द्रप्रसाद यादव ।
…
१,
विचित्र छ संसार
यसको गरिमा बुझ्नलाई
सकिँदै गरेर पार।
२,
समय आउँछ पर्खिँदैन
बुझेर सदुपयोग गरौँ
फेरि फर्किन्छ फर्किँदैन।
३,
धर्म संस्कार नभुल्नु
मानमर्यादा संस्कृति बिर्सिँदै
विसङ्गतितिर कहिले नझुल्नु।
✍️विकास क्षेत्री अञ्जान
कैजले, बिजनबारी, दार्जिलिङ।
…
१,
जन्मदिनको खुशियाली मनाउने
आमालाई के थाहा ?
बुढेसकालमा तिनैलाई गनाउने ।
२,
आफू भोकै बसी
बच्चाको पेट भर्न
चहार्ने आमा खसी ।
✍️धनमाया चौधरी
कैलाली
…
१,
थुक्छ दुनियाँ सारा
आज आफ्नै छोरो
बन्यो परिवारको हत्यारा।
२,
किन हुन्छ बारम्बार
हत्या हिंसा देशमा
कारण खोज सरकार ।
✍️अनिता भण्डारी
ताप्लेजुङ
…
१,
तिमी हामी भेटौँ
माया हुन्छ गाढा
रिसलाई चाहिँ रेटौँ ।
२,
बेलीचमेलीको बास्ना मिठो
रमाइलो आफ्नै गाउँ
म नेपाली ठिटो ।
३,
बागमतीमा विश्रजन मलमूत्र
छैन पापधर्मको चेतना
निकालौँ सोच्छ सूत्र ।
✍️शशीश्री आचार्य
बौद्ध कुमारीगाल काठमाडौं
…
१,
मुटुमा गडेको किल
सम्झना उहि निष्ठुरीको
नयन डिल टिलपिल।
२,
मानव धनको दास
धनकै पछि दगुर्दै
जीवनको हुन्छ अवकाश।
३,
आधा आकाश नारी
सम्मानपुर्ण ब्यवहार गरौँ
सुख समृद्धिको सवारी ।
✍️बिमल पोखरेल
धरान -१७,पटनाली
…
१,
मानिस छाया जस्तो
जात पुकारे हेला,
किन जाग्न ढिलो ?
२,
जातजातिको कुरामा अछुत
हेला गर्दा बनेको
देशप्रेमी हुन् सपूत ।
३,
कसरी सम्झाउने समाज
महिला, पुरुष जन्मेको
अछुत हुँदैन आज ।
✍️भोलामान बर्देवा
धरान – ८, सुनसरी
…
१,
न्याय मरेको देश
न्यायको पर्खाइमा मरे
अदालतमै छन् केस ।
२,
सोर्स फोर्स चाहिन्छ
उजुरी गर्न यहाँ
न्याय कहाँ पाइन्छ?
✍️देव मगर
तिनाउ-१, कचल, पाल्पा
…
१,
जिन्दगीमा नखाऔॅं ठगी
सुकर्म गरौँ बाँचुन्जेल
नबनाऔँ कवै गन्दगी।
✍️सरस्वती श्रेष्ठ
रुपन्देही बुटवल।
…
१,
हुँदैन मन जलाउनु
अरूको सफलता देखेर
मिहिनेतले जीवन फलाउनु।
२,
रिस हुन्छ प्रचण्ड
जुन व्यक्तिको मनमा
गर्दछ त्यसले घमण्ड ।
✍️खडक आर सि मिलन
छेडागाड नगरपालिका २ साल्मा जाजरकोट
…
१,
आफूलाई सर्वेसर्वा ठान्छन्
नीतिबिनाको भो राजनीति
विरोध गर्नेलाइ हान्छन्।
२,
युवाहरू सकिए देशमा
खाड़ी लगी बेच्नेहरू
हिँड्दैछन् सुकिलो भेषमा।
✍️अरुण कुमार भुजेल
गोरूबथान,कालेबुङ, भारत।
…
१,
पुस, महिना मिनपचास
भेडा सरह बादल
झुरूप्प ढाकेको आकाश ।
२,
लाग्दैछ पुस घमाइलो
कुनैदिन हिउँ फुरुरु
गर्छन् सबै रमाइलो ।
✍️मोती योन्जन सुब्बा
दार्जिलिङ।
…
१,
वर्षातमा खोसियो गास
आश्वासनको पोको बाँडेर
नेताले हाले घाँस ।
२,
हिउँदमा पालको बास
चिसोले कठाङ्ग्रिने भए
राज्य नभएको आभास ।
✍️राज बहादुर बडुवाल
कनकासुन्दरी -५,जुम्ला
…
१,
हिॅंड्छ खोलो भनेको,
फोहोर फाल्यो मूलमा
सामन्तले प्रजातन्त्रलाई खनेको ।
✍️लोक बहादुर छेत्री लामिछाने
मोदी गा पा वडा नं २ देउपुर, पर्वत
…
१,
आज घाम हरायो
पानी पर्ने लक्षण
मौसम चिसो गरायो ।
✍️मन्दिरा सेढाई
मलेखु, धादिङ
…
१,
दुखमा दुखै मिसायौ,
एकैछिन कुराकानी गर्न,
डिलैमा भारी बिसायौ ।
२,
माया गर्छु भनेर,
मलाइ झुक्याएर गयौ,
हिॅंड्यौ पैसा गनेर।
३,
स्वार्थले तिमी पोतिएर,
बद्लिने भए तिमी,
चन्द्रको ज्योति हेर ।
✍️शैलेन्द्र पण्डित
तनहु
…
१,
झुल्क्यो पूर्वमा घाम
अनेक खुल्छन् सपना
लिएर नयाँ आयाम ।
२,
हुन्छन् कुरा हजार
कामकाज ठप्प पारेरै
तताउँछन् व्यर्थ बजार
✍️शुक्रराज कुँवर
धरान १०
…
१,
दृश्य सुन्दर लाग्छ
कोसिस गर्नुपर्छ सफल
अवश्य दुर्गति भाग्छ ।
२,
पाए ज्ञानको ज्योति
आज सुन्दर देख्दाखेरि ,
मन भयो अति ।
✍️श्रीकृष्ण धामी
बझाङ नेपाल
…
१,
नगरेसम्म अलिकति टसल
बन्दैन कसैको पनि
जिन्दगी सोचेझैँ असल l
२,
हुँदैन सम्बन्धको जाबिता
नराखेसम्म एकले अर्कोप्रति
विश्वास अनि मानिता l
३,
गरेर अनवरत पहल
झिल्काको सानो घरलाई
बनाउनुछ आलिसान महल l
✍️बाबुराम गौतम
गुल्मी
…
१,
युवा फर्केर आऊ
देशमा श्रम बगाएर
ढिडो पिठो खाऊ।
✍️दुर्गा भट्टराई
मोरङ
…
१,
नजर फसाउने रूप
लगाई मन्त्र मोहनी
मन चोर्छौ खुप।
२,
जीवनको यो कालखण्ड
परिवर्तन ल्याउँछ उमेरले
नगर रूपको घमण्ड।
✍️कोपिला अधिकारी
सिरानचोक ७, गोरखा
…
१,
सङ्घर्ष जीवनको पाटो
आफैले गोरेटो खनेर
पत्ता लगाउने बाटो ।
२,
हरियो पाखा पहरा
हाम्रो देशको गौरव
हिमाल पर्वत छहरा।
✍️दुर्गा आचार्य
मोरङ
…
१,
व्यस्त सत्ताको काम
पद जोगाउन समस्या
लाग्दैन आङमा घाम ।
२,
शक्तिको पछाडि भक्ति
यहीँ समस्याको मूलजरो
सरोकारवालाको घट्यो आशक्ति ।
३,
मनुज ईश्वरको अंश
बाँच्ने दैवको सहायताले
ऋषिमुनिका हामी वंश ।
✍️प्रद्युम्न चालिसे
भक्तपुर कटुञ्जे ।
…
१,
मनमा चाहेर पनि
केही काम हुँदैन
के गर्ने अनि ?
२,
निनन्याउरो अनुहार किन ?
के भएको हो ?
सोचमा छौ एकछिन ।
✍️रवि पौडेल
दक्षिण भारत पाण्डेचरि ।
…
१,
युवाबाट कुलत छोडाऊ
सटरबाहिर जहिले सुत्नेलाई
तातो कम्बल ओढाऊ !
२,
न्यानो तातो भएर
बसौँ जाडो भरी
आगो नजिक गएर।
✍️सविता भट्टराई
जनकपुरधाम
…
१,
बरफ जस्तो मन
किन गर्छन् मान्छे ?
लुकाएर कालो धन ।
२,
मान्छेको व्यवहार देखेर
छक्क पर्छु आफै
हिॅंड्छन् बाटो छेकेर।
✍️बुद्धिमान दनुवार ( सुरुङ्गेली कन्छो )
कनकाई ४ झापा
…
१,
पानीमा आगो बाल्छ
दुधको झिँगोझैँ गरी
टिपेर बाहिर फाल्छ !
२,
खुङ्खार अहङ्कार देखायो
घमण्डले मातिएर आज
मण्डलेको इतिहास लेखायो !
✍️विवश पारदर्शी
झापा
…
१,
गर्दैनन् केही लोकले
दुनो सोझ्याउने आफ्नै
मर्छन् निर्धो भोकले ।
२,
नेताको हातको टीका
लगाएर चलाउँछ मान्छे
आफ्नै ढङ्गले जीविका ।
✍️ कृष्णकुमार वैद्य
बनेपा ९, काभ्रे
…
१,
होली वाइन खाएनन्
छातीमा देश राख्नेले
कुर्सीमा मौका पाएनन् ।
२,
मनको दरार घटाऔॅं
राष्ट्रभक्त नेपाली मिलेर
आमाको लाज हटाऔॅं ।
✍️केशवप्रसाद ढकाल ‘प्रीतबीज’
सिरान्चोक-७, उपल्लो गोहोरे, गोरखा
…
१,
जाँदैछु मारेर रहर
समाज छैन राम्रो
जाँदैछु छोडेर सहर ।
२,
आफ्नाहरू आफ्ना भएनन्
आशा थियो आफन्तकै
उहाँहरू आफ्नै रहेनन् ।
✍️उपेन्द्र राज विश्वकर्मा
अछाम
…
१,
खेतबारी बाझो नराखी
परिश्रम गरेर सधैँ
बाँच्नेछु कसैलाई नढाँटी।
२,
पाटीको झोला नबोकी
पाइएन जागिर खान
दुईचार नेता नठोकी।
✍️कला ढकाल
झापा
…
१,
गर्छन् सत्ताको सौदाबाजी
जिउॅंदै मासी मरेकाहरू
दुश्मन भए पाजी ।
२,
न्यायले विवाद छिनेनन्
परचक्रीको गोठालो बने
जनतालाई कहिल्यै चिनेनन् ।
✍️ऋजु दिल्पाली
इटहरी -१, हलगडा सुनसरी ।
…
१,
नेपाल सुन्दर फूलबारी
विनाशबाट सदा बचाउन
मिलेर गरौँ रखबारी ।
२,
बोलेर तीखो वचन
चोट पार्दछ गहिरो
कसैलाई पनि नभन ।
✍️बद्री पोखरेल
बिराटनगर
…
१,
उठ जाग नारी
लाचार,कमजोर, विवश
नबन हिम्मत हारी ।
२,
बदलिनु पर्छ तक्दिर
अघि बढ्न तिमी
तोड्नु सबै जन्जिर।
३,
हुदैन आफैं चमत्कार
बुझ प्रगतिपथमा हिड्दा
आउँछ बाधा बारम्बार ।
✍️रुना कर्माचार्य दाहाल
चितवन
…
१,
न्याय पाउने आस
नेपालीमाथि कहाँ सम्भव
हुन्छ र खास ।
२,
कुरा एक काम
अर्कै गर्छन नेता
सार्न अघि नाम ।
३,
जिन्दगी एकै पल
भन्न त भन्छन्
तिर्खा मेटाउने जल ।
✍️ईश्वर साउद ‘भिक्षु’
रामारोशन गाउँपालिका ६ सुदुरपश्चिम अछाम
…
१,
शिरमा टोपी लाउने
संस्कृति, संस्कार जोगाउँदै
चिसोलाई टाढा भगाउने ।
२,
टोपी हाम्रो सान
शिरमा ढलक्क ढल्काउँदै
राखौँ यसको मान ।
३,
चिसोबाट जोगिने काइदा
मनन गरौँ सबैले
टोपी लगाउनुको फाइदा ।
✍️शान्ता पौडेल भट्टराई
टङ्कीसिनवारी , मोरङ
::::::::जय झिल्का साहित्य ! :::::::::