साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ४९ सम्पन्न

  • २५ माघ २०८१, शुक्रबार ०८:१९ मा प्रकाशित
  • साप्ताहिक झिल्का लेखन अभ्यासको ४९ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ ।
    साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ६९ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे । यो उत्साहपूर्वक सहभागिताका लागि सम्पूर्ण सहभागीहरूमा संयोजक म्यामराज राईले हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

    शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर नभएमा उत्तम मानिन्छ ।

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ४९ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-

    १,
    चर्चा कमाउने लोभमा
    इज्जत नर्क पठाउॅंछन्,
    नेपथ्यलाई बनाउॅंदै क्षोभमा ।
    २,
    जिन्दगीलाई अर्थ्याएँ – भुइॅंचालो
    उनले भनिन् – महासागर
    खास रहेछ उकालोओरालो ।
    ३,
    स्थायी हुन्छ संसार
    बाँच्ने समय अस्थायी
    चाहिॅंदैन मलाई अहङ्कार ।
    ✍️म्यामराज राई

    १.
    छातीमा वीरताको गाथा
    मुटुमा छ नेपाल
    शिरमा प्यारो सगरमाथा !
    २.
    रङीविरङ्गी फूलको वाग
    साझा हाम्रो पुण्यभूमी
    छैन आपसमा रिसराग !
    ३.
    सुशितल कञ्चन जल
    खोला अनि नदीनालामा
    बग्छ हमेसा कलकल !
    ✍️वसन्त अनुभव
    घोराही, दाङ

    १,
    सुन्दर नेपाल राम्रो
    गौरवको गाथा सगरमाथा
    नेपाल देश हाम्रो।
    २,
    चन्द्र सूर्यको झण्डा
    फर्फराएको हेर्नू छ
    वैरीलाई हान्ने डण्डा ।
    ३,
    वीरताको गाथा गाएर
    गन्तव्य शिखर पुग्नुछ
    सगरमाथा शिखर धाएर!
    ✍️ बेदु न्यौपाने

    १,
    मुटुमा सजाउँछु सगरमाथा
    मन मस्तिष्कमा देश
    गाउँछु नेपाली गाथा। 
    २,
    विश्वको शिरपोस सगरमाथा
    ब्राह्मणकै सुन्दर देश
    हामीसँग छन् वीरगाथा।
    ३,
    सगरमाथा जस्तै निर्मल
    शरीररुपी भूमिमा बहन्छ
    सेताम्मे स्वच्छ जल।
    ✍️तेजप्रसाद खनाल(भावुक)
    लमही दाङ।

    १,
    नयाँ वर्ष आउनेछ
    सुन्नुहोस् पशुपतिनाथको कृपाले
    तिमीलाई खुशी ल्याउनेछ ।
    ✍️संगमानंद पत्रकार
    चूरु-राजस्थान, भारत

    १,
    बाध्यताको चपेटामा परी
    ज्यान फालिरहेका हुन्छन्
    हरपटक घरी घरी ।
    २,
    एकदुई हैन बारम्बार
    जिउनु छ कष्टसॅंग
    जुध्दै जुध्दै अपरम्पार
    ✍️हिरामाया श्रेष्ठ

    १,
    दु:ख मुस्कानले टाल्छ
    जहाँ आपसमा  विनासर्तको
    मायाले अँगालो हाल्छ।

    सत्यमा जिउनेले कमाउँछ
    इज्जत भन्ने कुरा
    लोभमा पर्नेले गुमाउँछ।

    रहिरहन्छ यो संसार
    मानिस केवल पाहुना
    सत्कर्म गरौँ बारम्बार।
    ✍️सतीश पण्डित
    भानु ६ चुँदी तनहू (हाल चनपा ६ मातातीर्थ )

    १,
    रोजगारबाट अवकाश भयो
    अब ढल्क्यो उमेर
    शरीरको रुपरङ्ग गयो ।
    २,
    उ दिनभरि सुत्छ
    धेरै सिधा नहुनु
    कुकुरले मुखैमा मुत्छ।
    ३,
    गोजीमा प्वाल पर्यो
    थाहा पायो उस्ले
    हेप्न सुरु गर्यो।
    ✍️चुडामणी देबकोटा
    पुरानोनैकाप काठमाण्डौ

    १,
    निद्रा लाग्दैन रातीमा
    बाध्यताको पहाड चढ्ने
    धड्कन बढ्दैछ छातीमा।
    २,
    सानो छ गगन 
    हाम्री आमाको अगाडि
    सन्तानप्रति विशाल मन,
    ✍️भुपेन्द्र राना मगर
    धादिङ

    १,
    बोकेको छ शान
    सगरमाथाले हाम्रो देशको
    भनेर सबैले जान।
    २,
    विश्वको शिर सगरमाथा
    मिलेर बसौँ सबै
    गरेर गौरवको गाथा ।
    ३,
    कोरेर शान्तिको मानचित्र
    बटुलौँ साहस सधैँ
    गाँसेर सम्बन्ध पवित्र ।
    ✍️अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन न. पा. ६ संखुवासभा ।

    १,
    विश्वको शिर सगरमाथा
    उच्चो  बनाइदिन्छ यसले
    सारा नेपालीको जीवनगाथा ।
    २,
    सगरमाथा शिर उचाली
    विश्वभरि नेपाली लम्किन्छ
    माया प्रेम अङ्गाली ।
    ३,
    जन्मे बुद्ध पुत्र
    विश्वभरि शान्ति छर्न
    एकताको बलियो सूत्र ।
    ✍️देव मगर
    तिनाउ-१,कचल,पाल्पा

    १,
    छलफल सधैँ चर्को
    सुन्दा सुन्दा अब
    लाग्न थाल्यो झर्को।
    २,
    सधैँ दोषारोपण गरेका
    कुर्सी मोहमा हेर
    कति यिनीहरू लडेका।
    ३,
    सत्तामा दलाली हुन्छन्
    चुनाव आउने बेलामा
    सुकुम्बासीका घरमा डुल्छन्।
    ✍️कला ढकाल
    झापा

    १,
    चाहिॅंदैन सुनको हार
    प्रिय ! साथ देउ
    बिन्ती एक्लो नपार |
    २,
    अग्नि साक्षी राखेर
    कसम खाई ल्यायौ
    डोलीमा घुम्टोले ढाकेर |
    ३,
    सॅंगै जीवन काटौं
    अब हातेमालो गर्दै
    मायाको डोरी बाटौं |
    ✍️सरिता सेढाई
    धादिङ

    १,
    चेतनाको बलेको राप,
    आखिर जिन्दगीको चौतारीमा
    घामझैँ खुसीले ताप !
    ✍️आर्त अकुलीन

    १,
    कति ठुलो सगरमाथा
    विश्वको सर्वोच्च चुचुरा
    गाउॅं सबले गाथा।
    २,
    किन मान्छौं झर्को
    भूल भयो होला
    यसैले तरकारी चर्को।
    ✍️निमा छिरिङ भोटिया
    जलढका कालेबुङ, भारत

    १,
    इतिहास नेपाली सान
    सकारात्मकको बाटोमा लाग्दै
    गराऔॅं आफ्नै पहिचान ।
    ✍️प्रेम थापा “मन”
    बागलुङ

    १,
    हिमालले मोहनी लगाउँछ
    छाडेर जानु सकिन्न
    स्वच्छ सुगन्ध मगमगाउॅंछ ।
    २,
    हिमाली हावा  सुरुरु
    बहन्छ सन्दक फालुटमा
    हिउँ पर्दछ फुरुरु ।
    ३,
    कल्कलाउँदो पानी पिउनु
    हरियाली डाँडा पखेरामा
    शान्तिको भोगाइ जिउनु ।
    ✍️मोती योन्जन सुब्बा   
    दार्जिलिङ

    १,
    घुम्टो ओढेकी आमा
    अटल अमर अजय
    नजिक भोटे , लामा ।
    ✍️धनमाया चौधरी
    कैलाली

    १,
    फसियो कर्मले हारेर
    कुसंस्कार फैलियो दुनिया
    लुटियो जालमा पारेर ।
    ✍️ताराप्रसाद चापागाईँ

    १,
    बनाऔं देश जुटेर
    स्वाभिमान राख्न जीवित
    असम्भव हुन्छ फुटेर ।
    ✍️राज बहादुर बडुवाल
    जुम्ला

    १,
    नेपालीको इज्जत हेरी
    विश्वभरि सम्मान चल्थ्यो
    आज बेकम्मा फेरि ।
    २,
    बाजेहरू शानले बाँचे
    यही देशमा रही
    सन्तान खाडीमा नाचे ।
    ३,
    नेता उस्तै पऱ्यो
    जनता भेडा भएपछि
    राज्यसत्ता तल झऱ्यो ।
    ✍️अन्जु श्रेष्ठ
    चैनपुर ७, संखुवासभा

    १,
    गर्नुपर्छ श्रमको काम
    काढेर मेहनतको पसीना
    राख्नुपर्छ देशको नाम।
    २,
    मेहनतको मिठो कमाइ
    देखासिकी गर्ने होइन
    खानुपर्छ सधैँ रमाइ ।
    ३,
    सकारात्मक सोच चाहिन्छ
    काममा निरन्तरता भए
    भविष्यमा सुख  पाइन्छ ।
    ✍️जयनारायण नेपाल
    इलाम ,हाल सूर्य विनायक २, बालकोट ,भक्तपुर ।

    १,
    सभ्य कार्यमा लागौँ
    मेहनतले फल पाईन्छ
    चेतनाको दियो बालौँ।
    २,
    बुझियो है प्रष्ट
    देश बिगार्ने त्यसैले
    विकासको बाधक भ्रष्ट ।
    ✍️भोज विवश मगर
    गैंडाकोट -३ नवलपरासी पूर्व

    १,
    सगरमाथ हाम्रो शिर
    विदेशीहरू हेर्न आउँछन्
    खुसी गोर्खाली वीर ।
    २,
    बेसक्याम्पबाट उकालो चढ्नु
    धेरै अप्ठ्यारो छ
    नडराइकन अघि बढ्नु ।
    ✍️रबि पौडेल
    दक्षिण भारत पाण्डेचरी

    १,
    गर्नुछ अनन्तको यात्रा,
    त्यै पनि फ़ेरि 
    गर्दैछु नानाथरी जात्रा ।
    २,
    नपुग्दा सानो मात्रा,
    देखापर्छन् लामो अक्षरको
    झन्झटिलो अफ्ट्यारो यात्रा।
    ३,
    फल्नलाई ठुलो काक्रा,
    चाहिदो रहेछ हेर
    बलियो फिजिएको थाक्रा।
    ✍️दीपा समभाव
    दुबेकोल खोटाङ

    १,
    जिन्दगीको के अर्थ
    मानिस बन्न नसक्दा
    बाँच्नु हुन्छ व्यर्थ।
    २,
    सबैजना छौँ अस्थायी
    स्थायी छ संसार
    त्यसैले बनौँ हाईहाई।
    ✍️अर्जुन प्रसाद चौलागाई
    रामेछाप:-सुनापति-१ (हाल:-अमेरिका,बोस्टन )

    १,
    जन्म थलो हाम्रो
    परायले जेसुकै भनून्
    स्वर्ग भन्दा राम्रो।
    २,
    संस्कृति जोगाऊँ यहाँ
    राम्रो संस्कार हामीले
    खोजेर पाइन्छ कहाँ!
    ✍🏻अन्मोल मुस्कान
    तकदाह छाउनी, दार्जिलिङ

    १,
    जालीले ताली पायो
    सज्जनको सुन्नै छाडे
    कस्तो समय आयो ?
    ✍️बिके मुखिया
    दार्जिलिङ भारत।

    १,
    खानु दु:ख खाए
    जताततै दु:खै दु:ख
    सुखको खोजीमा लाए ।
    २,
    यात्रा यस्तै भयो
    जिन्दगीको सदा मेरो
    दिनचर्या रुँदै गयो ।
    ३,
    आशा आफ्नैकाो लायो
    हिॅंडिरहेको थिए पछिपछि
    उसैले कालोबाद छायो ।
    ✍️ईश्वर साउद(भिक्षु)
    रामारोशन गाउँपालिका ६ सुदुरपश्चिम अछाम

    १,
    टोपी लगाउँछु शिरमा,
    देशको हालत देखेर
    परेको छु पिरमा।
    २,
    सामन्तले देश खाए
    जनता नाङ्गो पारेर
    नचिताएको धन कमाए।
    ✍️होमप्रसाद नेउपाने
    धरान,सुनसरी ।

    १,
    सङ्तको खराब लत ।
    अभिभावकको हुँदा हेपाइ,
    बिग्रियो जीवन त।
    २,
    अन्धविश्वास छ जीवन
    हारिसकेको मन त,
    बगरको डुङ्गा जीवन ।
    ✍️विजय आचार्य

    १,
    पेटमा चारो छैन
    दिनभर चारैतिर भौतारिँदा
    काम पाइएको हैन !
    २,
    मोबाइलमा लत बस्यो
    आजको मान्छे त
    मानमर्यादा बिर्सेर खस्यो ।
    ✍️नन्दलाल आचार्य
    बेलका-२, सिद्धार्थटोल, गल्फडिया, उदयपुर, कोसी प्रदेश, नेपाल ।

    १,
    मिठा मिठा बातले,
    फसाउँदो रहेछ धेरै,
    उठौं आफ्नै आँटले।
    २,
    चिप्ला चिल्ला खानेकुरा,
    हानिकारक भए जस्तै,
    चिप्लाहरू रैछन् छुरा।
    ३,
    गहिरो अर्थ भएमा
    खस्रा कुरा उपयोगी ,
    मनले शान्ति छाएमा।
    ✍️मनोहरी पौडेल
    गैडाकोट १

    १,
    चारैतिर भ्रष्टचारीको गोहो
    पहिल्याउने कोही छैन
    अहोरात्र सत्ताकै मोहो !!
    २,
    देश कल्पवृक्षको गाछी
    नेताको आलोपालो लुटाई
    जनता किनाराका साक्षी !
    ३,
    आएनन् सुखका दिन
    दिएनौ एउटा सपूत
    हे ! धरनी किन ?
    ✍️ऋजु दिल्पाली

    १,
    नेपालीहरूको राष्ट्रिय गान
    कहिल्यै मर्ने छैन
    हाम्रो अस्थित्व स्वाभिमान ।
    २,
    सगरमाथा हाम्रो शिर
    कहलिएको छ विश्वभरि
    नेपाली आमाका वीर ।
    ३,
    देशको अस्थित्व जोगाऔॅं
    भ्रष्टाचारी दलाली नेताहरूलाई
    हाम्रो देशबाट भोगाऔॅं ।
    ✍️केसर बोहरा ( सङ्घर्ष )
    सुदूरपश्चिम अछाम (हाल भारत )

    १,
    सपनीमा त्यसै आयौ
    मुटु ढकढक नगरी
    छायाँ बनि छायौ ।
    २,
    सगरमाथा शिखर हाम्रो
    बुद्ध जन्मेको देश
    मठमन्दिर स्तुपा राम्रो ।
    ३,
    गण्डकी कोशी सलल
    लालीगुराँसको बास्ना मिठो
    झर्ना सुन्दर खलल ।
    ✍️शशीश्री आचार्य
    बौद्ध कुमारीगाल काठमाडौं

    १,
    तिमी कठोर बन्यौ
    जनताबाट तिरस्कृत भएका
    देशको जरो खन्यौ ।
    २,
    मूर्खको सत्ता चढाई
    वेकामी कुरा धेर
    आफुले आफुलाई बढाई ।
    ✍️सहदेव के सी
    काठमाण्डौ, नेपाल

    १,
    कहिलेकाहीँ अन्तर मनमा
    ज्वारभाटा चल्छ विचारको
    भूकम्प जान्छ तनमा !
    २,
    जीवन, जीवन बनोस्
    पत्करझैँ नहोस् झरेको
    दुनियाँले आहा भनोस् ।
    ✍️विवश पारदर्शी
    झापा

    १,
    जिन्दगी अझै पढ्नु
    सफलताको झिनो आशामा
    केही माइल बढ्नु ।
    ✍️विष्णु पंगेनी(पाण्डे )
    वालिङ्, स्याङ्जा

    १,
    हिमाल पहाड तराई
    सबै मिलेर बसेका
    कोही छैन पराई ।
    २,
    वीरताको गाथाले भन्छ
    स्वभिमान छ शिरमाथि
    नेपाल उच्च गन्छ ।
    ✍️अम्बिका अधिकारी
    झापा बिर्तामोड

    १,
    दक्ष जनशक्ति विदेशमा
    वयोवृद्ध सरकार चलाउने
    कुर्सी कमिसनको रेशमा ।
    २,
    युवा भासिए मुग्लान
    रोजगार पाए स्वदेशमै
    रमाइलो आफ्नै बासस्थान ।
    ३,
    राखेर देश छातीमा
    नयन नभिज्ने देखिन्न
    विमानस्थलको लामो ताँतीमा।
    ✍️बिमल पोखरेल
    धरान-१७,पटनाली

    १,
    फकाउँदै लिएर भोट
    नेताले गर्यो बेइमानी
    जनतालाई दिएर चोट।
    २,
    पुर्खाको इज्जत बचाउन
    कम्मर कस्नुपर्छ सबैले
    भ्रष्टाचारी जतिलाई भगाउन।
    ✍️अरुण कुमार भुजेल
    गोरूबथान, कालेबुङ, भारत।

    १,
    समेटेर सुखदुखको पोको
    सङ्घर्ष गर्नुपर्छ हामीले
    बाडौँ माया चोखो।
    ✍️सुनगाभा पोखरेल
    कपिलवस्तु

    १,
    खुल्ला उड्ने चरी।
    गन्तव्यमा पुग्न नपाउॅंदै
    पापीको पिॅंजडामा परी ।
    ✍️वेल थोकर तामाङ
    मकवानपुर

    १,
    नहटेसम्म दम्भको जालो
    लाग्दैन कहिल्यै पनि
    नैतिक आचार उकालो l
    २,
    सगरमाथा विश्वको शिर
    दुनियाँमा कसैसँग पनि
    झुकेनन् नेपाली वीर l
    ३,
    नवोदित झिल्का काव्य
    एकबर्से प्रगति नियाल्दा
    उज्जर देखिन्छ भाव्य l
    ✍️बाबुराम गौतम
    गुल्मी

    १,
    तिम्रै प्यारो कालू
    भन छिटो प्यारी
    सिन्दुर कहिले हालु?
    २,
    जाँदैन बोलेको खेर
    ल्याउँदिन्न अरू कसै
    तिमी बाहेक हेर।
    ३,
    माया लाग्छ कति ?
    जीवन साथी बनाउन
    लाग्छ मन अति ।
    ✍️राज कुमार राजभण्डारी खोटाङे
    ऐसेलुखर्क ३ खोटाङ हाल भक्तपुर ।

    १,
    केवल मुखले राम्रो
    व्यवहार साह्रै कपटी
    दु:ख हेर्दैन हाम्रो ।
    ✍️देवकृष्ण काफ्ले

    १,
    सधैं बहस गर्ने
    टुङ्गो केहिमा नलगाई
    आफ्नै झोली भर्ने ।
    २,
    जताततै भ्रष्टाचारको जालो
    आँखामा छारो हान्दै
    भर्तीमा आफ्नै सालो।
    ✍️दुर्गा भट्टराई
    मोरङ

    १,
    तिमी राम्रो हुन्छौ
    अरूलाई नराम्रो भनेर
    सायद आकाश छुन्छौ ।
    २,
    जिन्दगीको एक पात्र
    अचानक अस्ताएर गयो
    केवल सम्झना अहोरात्र।
    ३,
    अब दुश्मनी सकोस्
    तिमीलाई गाह्रो होला
    सौम्य जिन्दगी बनोस् ।
    ✍️पृथक प्रकृति
    झापा

    १,
    सजायको मन्दिर छुन्छ
    घर सजाउनु बारबार
    स्वर्ग समान हुन्छ।
    २,
    जिउॅंदो देवता मानेको
    बुवा आमाको सेवा
    सधैं गर्न जानेको ।
    ✍️दुर्गा आचार्य
    मोरङ

    १,
    जँड्याहा एक्लो भयो
    शहरमा भट्टी खोलेर
    समाज कहाँ गयो?
    २,
    विचरा ! जँड्याहा पिउँछ
    साहुनीलाई महलमा सुताएर
    आफू सडकमा जिउँछ।
    ३,
    इज्जत जँड्याहाको देख्दैन
    प्रहरीले थुन्छ उसैलाई
    कसैको कलमले लेख्दैन।
    ✍️पशपती राई
    खोटाङ

    १,
    झिल्काले झल्यास्स पार्यो
    स्वाद दिँदादिँदै अहिले
    साहित्यको नदी तार्यो ।
    ✍️लक्ष्मी रिजाल
    रुपनगर, सप्तरी ।

    १,
    तराईकी हुँ चेली
    हिॅंड्ने बानी पर्यो ,
    दुःखमा मात्रै  खेली ।
    २,
    आँसुले मुहार धुन्न
    परिस्थितिले बनायो कठोर ,
    चोट पाउँदा रुन्न ।
    ३,
    खुसी कहिल्यै नआई
    हुर्के बढे हजुर ,
    दुःखको चिउरा चपाई।
    ✍️सीमा कार्की समर्पण
    मेलचोक पर्सा

    १,
    गरेर परिश्रमी हातले
    उमारेर माटोमा बिज
    गजव प्रियसीको साथले।
    ✍️श्रीबहादुर केसी शैलुङ्गे

    १,
    के छ माग्नलाई
    ए ! दलालहरू हो
    कहाँ पाइन्छ भाग्नलाई ।
    २,
    हाम्रो टाउको गनी
    ऋण लिन पाइॅंदैन
    नबस इमानदार बनी ।
    ✍️दीप गोले तामाङ
    रौतहट

    १,
    समाजको रित पुर्याएर
    चाहन्छौ भने मलाई
    आउ साइत जुराएर !
    ✍️मन्दिरा सेढाई     
    मलेखु, धादिङ

    १,
    खोइ ! आफ्नो जनम
    अक्षर रगतले लेखेको
    न्यायले खाँदैन कसम ।
    २,
    त्यसैले स्थिर छैन
    पटकौं पटक बनाएर,
    पाले गतिलो हैन ।
    ३,
    सामन्त संस्कार हट्दैन,
    परिस्थिति राम्रो बन्दैन
    जबसम्म दास डट्दैन ।
    ✍️लोकबहादुर क्षेत्री लामिछाने

    १,
    कर्म, धर्म हुने
    बनौं उपकारी जगमा
    सबैको मन छुने ।
    २,
    तनमा हाम्रो माया
    गरौँ चिन्तन सधैं
    पर्नेछ कालो छाया  ।
    ३,
    भूल कसले धुने
    मन मैलो भएमा
    आत्मा आफै रुने ।
    ✍️कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी

    १,
    राजनीतिमा चलखेल धेरै
    एकले अर्कोलाई लडाउने
    देशको सम्पत्ति मेरै ।
    २,
    भ्रष्टाचारको जरो गाढियो
    तलदेखी माथीसम्म हजुर
    तीन टाउके भाँडियो ।
    ✍️बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो  )
    कनकाई ४ झापा

    १,
    नेपाली जनता उठ
    देश डुब्न लाग्यो
    जतिवाद हैन एकजुट ।
    २,
    नेपाली जनता उठ
    देश  डुब्न लाग्यो
    पहाडदेखि तराईसम्म जुट ।
    ३,
    मेरो प्यारो देश
    नेताले बेचिसक्यो
    यस्तै पाराले हुन्छ शेष ।
    ✍️ प्रेम शर्मा “एकान्त प्रेमी”
    कालेबुङ

    १,
    देशको शिर सागरमाथा
    चिनारी गोर्खाको सान
    पढ्नु उसैको गाथा।
    ✍️बिबा तामाङ
    दार्जिलिङ।

    १,
    अस्थायी मानव चोला
    नचढौं अहङ्कारको डोली
    जीवन व्यर्थ होला।
    ✍️कोपिला अधिकारी
    सिरानचोक ७, गोरखा

    १,
    सुन्दर सपनाको सागर
    मनमा पिरलोको भारी
    चल्दै चलेन जाँगर !
    २,
    यता त्यता नेता
    जता मानिसको समष्टि
    ढाँटेर लिन्छन् बिजेता !
    ३,
    मनको घाउलाई उपचार
    राखेर मुस्कान दिलमा
    निको हुन्छ सदाबहार !
    ✍️अच्युत घिमिरे
    सर्पाङ, भुटान

    १,
    हजार उल्झनको बार
    पाइला बढाउदै जानु
    चुनौतीलाई गरी पार।
    २,
    खोज्छन् अनेकन् दाउ
    बाधा अवरोध गरी
    बढाउन छातीको घाउ।
    ३,
    समस्यासँग नजानु तर्केर
    हिम्मतको साथ लडनु
    आउॅंदैन फेरि फर्केर ।
    ✍️रुना कर्माचार्य दाहाल
    चितवन

    १,
    मनमा केही गुनेर
    असल खराब छुट्याउॅंदै
    शब्दको माला उनेर ।
    ✍️समुन्द्रा शर्मा

    १,
    चिन्तन मनन ध्यान
    मनुष्यको असली साथी
    उसले दिनेछ ज्ञान ।
    २,
    सनातन संस्कारले बनाउने
    समाजलाई असल चरित्रको
    नेपालीहरु सहृदयी जनाउने ।
    ३,
    आफै छन् सर्वत्रगामी
    सिद्धान्त आदर्श त्यागेर
    अरूलाई ट्याग पश्चगामी ।
    ✍️प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे

    १,
    प्रगति सङ्घर्षबाट हुन्छ
    कहिलेकाहीँ सोचेको नहुँदा
    साह्रै मन रुन्छ ।
    २,
    प्रकृतिलाई जित्न सकिन्न
    नसोचेरै हुने कुराले
    मन बनाउँछ खिन्न ।
    ✍️ललिता गिरी
    सिन्धुली

    १,
    झुपडीमा छ बसाइ
    मिहिनेतको कमाइले परिवार
    राखेको छु हँसाइ ।
    २,
    जमाना आयो कस्तो
    लुगा किनेर सिलाउनुभन्दा
    रेडिमेड बरु सस्तो ।
    ३,
    गर्दा उसले घात
    माया पाउने बेलामा
    रोएर बित्छन् रात ।
    ✍️शान्त भट्टराई

    १,
    रगतको नाता कुपात्र
    अधर्मी पात्रको स्वभाव
    नातानकुता भने सुपात्र।
    २,
    जराले थामेको भार
    हाँगाबिँगाले खोइ बुझेको
    माटो भए लाचार ।
    ३,
    चखेवीको सपना अपुरो
    रित्तो छ झुपडी
    जिन्दगी भयो अधुरो ।
    ✍️राजेश्वरी राजोपाध्याय
    ललितपुर

    ::::::::जय झिल्का साहित्य ! ::::::::::