साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ४७ सम्पन्न

  • २५ माघ २०८१, शुक्रबार ०८:१२ मा प्रकाशित
  • साप्ताहिक झिल्का लेखन अभ्यासको ४७ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ ।
    साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ५६ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे । यो उत्साहपूर्वक सहभागिताका लागि सम्पूर्ण सहभागीहरूमा संयोजक म्यामराज राईले हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

    शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर नभएमा उत्तम मानिन्छ ।

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ४७ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-


    १,
    मनको कुरो भन्नू,
    अग्रगामी पाइला बनाई
    समुद्रभन्दा नदी बन्नू ।
    २,
    पातको गति पहेँलपुर
    बालीबैँस निशानामा चलाऊ,
    जिन्दगी नहोला भरपुर ।
    ३,
    पूर्वबाट सूर्य उदाउॅंछ
    बतास पश्चिमबाट बहला,
    तिम्रो रामकहानीले हॅंसाउॅंछ ।
    – म्यामराज राई

    १,
    के मतलब कसैको ?
    यस्तै त हो
    जीवन घामपानी सबैको ।
    २,
    मृत्यु एक सत्य
    यस्तो बुझेर पनि
    किन हुनु अपहत्या ?
    ३,
    पाकेको फल स्वादिलो
    अचार भयो भने
    हुन्छ खाना रसिलो !
    ✍️दीपा समभाव
    दुबेकोल खोटाङ

    १,
    चाहिन्छ मनको सफा
    व्यवहारमा लागु होस्
    संविधानका सबै दफा ।
    २,
    कुरा बुझौँ साथी
    साँच्चै यो संसारमा ,
    मानवता सबैभन्दा माथि ।
    ३,
    अस्तित्वको खोजीमा लागौँ
    क्षणिक अन्तै नडुलेर
    आफ्नै पहिचानमा बाँचौँ ।
    ✍️भोज विवश मगर
    गैंडाकोट -३ नवलपरासी पूर्व

    १,
    देशमा विकास भएन
    उस्तै छ अवस्था
    लुट्ने बानी गएन ।
    २,
    लुटेराको शासन देशमा
    नयाँ पार्टी खोली
    आउँछन् जोगीको भेषमा ।
    ३,
    विकासमा युवा आऊ
    गाउँघर फर्केर सबै
    सुतेको सारा जगाऊ ।
    ✍️रबि पौडेल
    दक्षिण भारत पाण्डेचरी

    १,
    खुसी राखौँ मन
    सफा दिल हुँदा
    सुक्दैन आफ्नो तन।
    २,
    युवा विदेश गए
    देशमा बस्थे होलान्
    रोजगारी तिनको भए।
    ३,
    राखौँ सबैले पहिचान
    चिनारी भनेको यही
    भन्ने कुरा जान।
    ✍️अर्जुन प्रसाद चौलागाई
    हालः-अमेरिका, बोस्टन।

    १,
    जीवनमा आउँछ कष्ट
    हतास नहुनु कोही
    हाँसेर पारौँ नष्ट ।
    ✍️संगीता खरेल
    काठमाडौँ

    १,
    जवानीले ल्याय‍ो आधी
    तरङ्गित भए छालहरू
    राखौँला अँगालोमा बाँधी।
    २,
    सपनीमा तिमीलाई देख्दा
    लगाऔॅं पिरती भनी
    मैले प्रेमपत्र लेख्दा।
    ३,
    खुसी हुन्थ्यौ कति
    नदेखे पनि विपनामा
    बताऊ तिम्रो गति।
    ✍️सतीश पण्डित
    भानु – ६, चुँदी तनहूँ (हाल चनपा – ६ मातातातीर्थ)

    १,
    बगेको खोला फर्किँदैन
    नराख्नु काम भोलिको
    समयले तिमीलाई पर्खिँदैन।
    ✍️होमप्रसाद नेउपाने
    धरान,सुनसरी ।

    १,
    अमर हुन्छ नाम
    सत्कर्म मर्दैन बुझौँ
    गरौँ सधैँ सुकाम ।
    ✍️ ताराप्रसाद चापागाईँ

    १,
    भव्य, सभ्य हुनुपर्छ
    जन्मदिन झिल्का कविताको
    सबैको हित गर्छ।
    २,
    रचना देशको लागि
    लेखौँ सबैको हितमा
    बनौँ सबै सहभागी ।
    ३,
    बेइमानको नपरौँ भर
    चिनौँ चाल उसको
    नभत्काऔॅं चिनेर घर।
    ✍️सुरेशकुमार पाण्डे
    दाङ घोराही १८

    १,
    मनको भावनामा बगेर
    सुमधुर आवाज निकाल्नु
    कोइलीझैँ सदा बनेर ।
    २,
    हेर्नेछ सबैले त्यहाँ
    नयन उठाएर खोजी
    तिमी हुन्छौ जहाँ ।
    ३,
    तिमी आवाजको धनी
    मिठो लाग्छ सुन्दा
    अत्यन्तै मलाई पनि ।
    ✍️अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन न. पा. ६ संखुवासभा ।

    १,
    युवा फर्की आऊ
    देश डुब्नै लाग्यो
    छिटो किनारा लगाऊ ।
    २,
    नाममा विकास भएको
    जहीतही काम अधुरा
    छोड्दै हेर गएको ।
    ३,
    जन्मदिन पनि आएछ
    झिल्का कविताले त
    माया धेरै पाएछ।
    ✍️कला ढकाल
    झापा

    १,
    मनका कुरा खाेलेर
    इज्जत नष्ट होला
    झुटो कुरा बोलेर।
    २,
    डाँफे, मुनाल नाच्ने
    सुन्दर शान्त नेपालमा
    स्वाभिमानी भएर बाँच्ने।
    ✍️राज कुमार राजभण्डारी खोटाङे
    मध्यपुर ठिमी ५ संगम कोलोनी राधे राधे भक्तपुर ।

    १,
    खेल खेल्छन् खेलाडी
    होहल्ला छ जताततै
    एनपिएलको छ दहाडी ।
    ✍️नागेन्द्रप्रसाद यादव

    १,
    गर्नलाई सही कर्म
    आखिर कसैले पनि
    मान्न हुँदैन सर्म !
    ✍️आर्त अकुलीन

    १,
    मनमा नराख्नु कहिल्यै
    गलत विचारको भण्डार
    वारपार गर्नुपर्छ पहिल्यै।
    २,
    शङ्काले घर जलाउॅंछ
    औंला नदेखाउनु अरूलाई
    यसले संसारै ढलाउँछ।
    ✍️चुडामणी देवकोटा
    पुरानोनैकाप काठमाडौँ

    १,
    मन हुन्छ सबैको
    यसैले साथ देऊ
    नदुखाऊ तिमी कसैको।
    २,
    चारैतिर फैलियो नाम
    कति सुन्दर कामले
    राख यस्तै सुनाम ‌।
    ✍️निमा छिरिङ भोटिया
    जलढका कालेबुङ भारत

    १,
    सकारात्मक सन्देश दिँदै
    झिल्का लेखन अभियान
    बढ्यो विश्वमा फैलिँदै ।
    २,
    गर्छन् कुर्सीको खेल
    शान्ति भएन देशमा
    राजनीतिमा भयो झेल !
    ✍️अनिता भण्डारी
    ताप्लेजुङ

    १,
    जगाऔॅं ज्ञानको भोक
    सार्थक जीवन जिउनलाई
    हटाऔॅं मनको शोक ।
    २,
    खराब बानी त्यागौँ
    आलस्यता दूर भगाई
    हामी सबै जागौँ ।
    ३,
    काम गर्नु राम्रो
    देशको सेवा गर्नु
    कर्तव्य हो हाम्रो ।
    ✍️जयनारायण नेपाल
    इलाम  (हाल सूर्यविनायक २ बालकोट, भक्तपुर )

    १,
    ओजिलो भाव छरी
    झिल्काको प्रवर्धन गरौँ
    सबैले हातेमालो गरी l
    २,
    पढ्नेले आहा! भनोस्
    हामीले कोरेको झिल्का
    सबल सन्देशवाहक बनोस् l
    ✍️बाबुराम गौतम
    गुल्मी

    १,
    भन्छन् राष्ट्र मेरै,
    विकासमा छैन ध्यान,
    भ्रष्टाचार गर्ने धेरै ।
    २,
    तराई, पहाड, हिमाल,
    गौरव मेरो देशको,
    स्वच्छ मन विशाल ।
    ✍️भुपेन्द्र राना मगर
    धादिङ

    १,
    माया सबैमा हुन्छ
    चाहे पशु होस्
    दिलले दिललाई छुन्छ।
    २,
    वनपालेले जङ्गल फाँड्छन्
    विश्वास रहेन कसैको
    काठ आफन्तलाई बाँड्छन् ।
    ✍️नवराज भट्ट
    कन्चनपुर

    १,
    आफूलाई भन्छन् अगुवा
    नराम्रो काम गरेपछि
    कुलेलम ठोक्छन् भगुवा !
    ✍️प्रेम थापा “मन”
    बागलुङ

    १,
    बढाउन खोज्दा खोज्दै
    निराशा भएर गयो
    असफल कहाँ रोज्दै ।
    २,
    जीवन सजिलो चलाऊ
    अरूको डाहा गरेर
    मन किन बहलाऊ ?
    ✍️अम्बिका अधिकारी
    झापा बिर्तामोड

    १,
    चोटमा लगाउनु मलम
    मानहानि कसैको  भये
    रोक्दछु झिल्कामा कलम ।
    ✍️मोती योन्जन सुब्बा 
    दार्जिलिङ

    १,
    रोपेर आँगनमा काँडा
    फूलको आशा नगर
    आफन्त काट्छन् डाँडा ।
    २,
    अमूल्य मानव जीवन
    आइन्न फर्केर कहिल्यै
    अपाच्य वचन नभन ।
    ३,
    अन्तस्करण शुद्ध राख
    दिलमा विष भरेमा
    भइन्छ जलेर खाक ।
    ✍️हिरालाल न्यौपाने
    बागचौर नगरपालिका ८, कोटमौला सल्यान

    १,
    झिल्कालाई मलजल गरौँ
    वरपिपल सरह बनाउन
    माली बनेर लागिपरौँ।
    २,
    झिल्काले चेतना जगाउँदैछ
    समाजमा व्याप्त विसङ्गतिहरू
    कवितामार्फत बिस्तारै भगाउँदैछ।
    ✍️अरुण कुमार भुजेल
    गोरूबथान, कालेबुङ, भारत

    १,
    जिन्दगीको अनुपम पाटो
    सदैव सत्कर्ममा लागौँ
    खुल्दछ चौतर्फी बाटो ।
    ✍️विष्णु पंगेनी(पाण्डे )
    वालिङ्, स्याङ्जा

    १,
    जीवन कर्कलाको पानी ,
    राखेर खुसी रहन्न,
    सुख फुत्केर जानी।
    २,
    दुःखले माया गर्दा,
    दु:खै साथी बन्यो ,
    आत्तिन दुःख पर्दा।
    ३,
    दुःख सुख चक्रमा
    खुसी हुने रहेछ,
    पाएको जिन्दगी वक्रमा।
    ✍️मनोहरी पौडेल
    गैडाकोट १

    १,
    कति भन्नु मैले ?
    बुझाउनै सकिनॅं होला
    पछुतायौ नि ऐले ।
    २,
    जीवन जोशले चल्दैन
    सम्झाउॅदा पटक्कै नबुझ्ने
    काँचो दाउरा बल्दैन ।
    ३,
    छानो खरकै होला
    मनमा भएको मायाले
    पक्कै गगन छोला ।
    ✍️राजेशराज गड्तौला
    काँडाघारी, काठमाडौँ

    १,
    साप्ताहिक झिल्का लेखन
    सहभागी बनौँ सबै
    लगाएर तन मन।
    ✍️पुष्पा सुवेदी
    नेपालगन्ज, बॅाके।

    १,
    दैनिक गर्नुपर्छ काम
    हातमुख जोर्ने बाहना
    नगरे पाइॅंदैन माम।
    ✍️सुनगाभा पोखरेल
    कपिलवस्तु

    १,
    रिसको कारण अज्ञान
    अचम्मको हुन्छ यो
    यसको हुँदैन ज्यान ।
    २,
    अँध्यारोमा केही देखिन्न
    धेरै कुकृत्य मध्यरातमा
    गरिबीको कथा लेखिन्न ।
    ३,
    सौगातलाई भन्दैछन् घुस
    आफ्नै परिभाषा मान्छेको
    इतिहास केलाउॅंदा फासफुस ।
    ✍️प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।

    १,
    बालकबालिकालाई भने युवराज 
    उपहारको खजानाको साथ
    चाँडै आउॅंदैछन् सन्तकलाज ।
    ✍️संगमानंद पत्रकार
    चूरु-राजस्थान, भारत

    १,
    हाँसेर बोल्ने बानीले
    जोशमा होस गुमाउॅंदा
    दुख पाइन् नानीले !
    ✍️मन्दिरा सेढाई     
    मलेखु, धादिङ

    १,
    सत्ता हत्याउने दाउ
    जनता सधैँको रैती
    नेतालाई पुगेन भाउ !
    २,
    सतिले सरापेको देश
    कहिल्यै सुपुत्र बनेनन्
    धेरैको सेताम्मे केश !
    ३,
    समृद्धिको दिवा सपना
    भ्यागुताको धार्नी जोखाइ
    सत्ता समाल्ने जपना ।
    ✍️ऋजु दिल्पाली (राजेन्द्र घिमिरे)
    इटहरी १ हलगडा सुनसरी

    १,
    कर्मको ग‍ोरेटो राम्रो
    भविष्य फलोस् फुल‍ोस्
    कामना सन्तानमा हाम्रो ।
    ✍️समुन्द्रा शर्मा

    १,
    डुब्न लागेको घाम
    सम्झन्छु वृद्ध बाबुआमा
    पुकार्दै भगवान् राम !
    २,
    पुस, माघको जाडो
    गाह्रो भयो थेग्न
    भइदिन्छ रौँ ठाडो !
    ३,
    पर्खी बस्नु होला
    अवश्य फर्कनेछु म
    जब फर्कन्छ खोला ।
    ✍️वसन्त अनुभव
    दाङ

    १,
    जाडोले सुरुवात गर्‍यो
    सबैले ख्याल गर्नु
    हिमालमा हिउँ पर्‍यो ।
    २,
    आगो ताप्नु मुढाको
    शरीर न्यानो पार्छ
    कुरा सुन्नु बुढाको ।
    ✍️बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो  )
    कनकाई ४ झापा

    १,
    भोलिका कर्णधार देशका
    उज्यालो दिपक जगाउन
    सुहाउँदो एकै भेषका ।
    २,
    नटिप्नु काँचो कचिलो
    चुँडेर नफाल्नू, कसैले
    खाने पकाएर रसिलो ।
    ३,
    शीतको बढ्दै लहर
    अनाथ वृद्धवृद्धा रोगी
    बाआमालाई भयो जहर ।
    ✍️भगवती दवाडी
    झापा

    १,
    गइसक्यो मङ्सिरको मैना
    पोहोर साल लगाएको
    जाले रुमाल बैना ।
    २,
    आच्छु !  बनायो दाँतै
    शुरुवातमै यो मङ्सिरको
    सिरेटोले हल्लायो आँतै ।
    ३,
    आहा ! घामै घमाइलो
    पारिलो भिर पहराकै
    जाडोमा न्यानै रमाइलो ।
    ✍️कमल थापा
    दार्मा -६, सल्यान ।

    १,
    विद्धानहरूलाई कसैले छेकेनन्
    तर आमा, बाउ
    बनाउने शुत्र भेटेनन्।
    ✍️रमेश दियाली
    शेल्पू सिटोंग दार्जिलिङ

    १,
    समयको प्रगति नहेर्ने
    झिल्का कविताको कमाल
    देशले कोल्टो नफेर्ने ।
    २,
    कविले कवितामा लेखेको
    कसैले नबुझ्ने भयो
    विकास खोइ देखेको ?
    ३,
    समाजको एक फूलबारी
    कलम कापीको कमाल
    झिल्का कविताबाट जानकारी ।
    ✍️भोलामान बर्देवा ‘वैरागी माइलो’
    धरान – ८, सुनसरी

    १,
    अनुभवको खानी रहेछ
    जीवन भन्नु मान्छेको
    हन्डर ठक्कर सहेछ ।
    ✍️पुष्पा राई
    बादेल, खोटाङ

    १,
    सुख शान्ति साट्न
    झिल्का कविता लेखी
    सक्छौँ दुःख बाट्न !
    २,
    हातेमालो गरी अब
    पारौ देशै झिलिमिली
    लक्ष्यमानै टेकौँ सब ।
    ✍️विवश पारदर्शी
    झापा

    १,
    झिल्का कविता राम्रो
    समाजका विसङ्गति हटाउॅंदै
    हिॅंड्नु कर्तव्य हाम्रो ।
    ✍️दुर्गा भट्टराई
    मोरङ

    १,
    लक्ष्यमा दौडदा दौडदै
    लगाउन सकिँदैन पार
    पोखरीमा पौडदा पौडदै ।
    २,
    प्रेममा भएँ काकाकुल
    पाएपछि मैले धोका
    हान्यो मुटुमा सुल ।
    ३,
    क्यानभासमा तिम्रो तस्वीर
    थिएँ सजायको मैले
    तर रहेनछ तक्दिर ।
    ✍️डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा.पा. -६ , दोलखा ।

    १,
    जीवन सधैँ चल्छ
    आज प्रगति देख्दाखेरी
    दुनियाँ किन जल्छ।
    ✍️सानु जोशी
    सुदुर पश्चिम दार्चुला

    १,
    स्वतन्त्रतामै फुल्छन् फूल
    पराधीनता स्वीकार्य हुँदैन
    यथास्थितिमा रमाई नभुल।
    ✍️देव मगर
    तिनाउ, पाल्पा।

    १,
    अजर रहन काम
    गरौँ सेवा समाजको ,
    राखौँ मिलेर नाम ।
    २,
    राम्रो कार्य गरौँ
    धनकै लागि भनेर ,
    कहिल्यै पछि नपरौँ ।
    ३,
    शब्दको फूल चुनेर
    पोख्छु आफ्नो भावना ,
    झिल्काको डोरीमा उनेर।
    ✍️सीमा कार्की समर्पण,
       मेलचोक पर्सा

    १,
    पिर नलिनेले हँसाउँछ
    बाँच्न सिकाउँछ उसैले
    सबैलाई मित बनाउँछ।
    २,
    तेल रहेसम्म बलेका
    हामी यस धरामा
    निमित्त मात्र बनेका ।
    ३,
    परिश्रमीले रोटी कमाउँछ
    दयालु बनेमा सबै
    प्रभु मन पलाउँछ।
    ✍️कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी

    १,
    तराई ,पहाड ,हिमाल
    प्राकृतिक सौन्दर्यको गहनाले
    सिॅंगारिएको हाम्रो नेपाल ।
    २,
    वीर, वीराङ्गनाको देश
    गर्भदेखि नै हामीलाई
    बहादुर बनाएको परिवेश ।
    ३,
    हातमा खुकुरी उचाली
    शत्रुमाथि जाई लाग्ने
    हामी वीर नेपाली ।
    ✍️रुना कर्माचार्य दाहाल
    चितवन

    १,
    उदाउॅंदो सूर्यको खोजीमा
    रित्तिॅंदैछन् हाम्रा गाउॅं ,
    धन भर्न गोजीमा ।
    ✍️सुस्मिता अधिकारी
    काठमाडौँ

    १,
    खुसी हुन सिकौँ
    हर्ष या विष्मातमा
    रमाउन समय झिकौँ ।
    २,
    मन पर्छ झिल्का
    खुसी मिल्छ लेखेर
    नआए सिधै मिल्का ।
    ✍️धनमाया चौधरी
    कैलाली

    १,
    भ्रष्टाचार मौलाउँदैछ दैनिक
    आवाज उठाउनु अपराध
    चलन अहिले सामाजिक।
    २,
    स्वदेशी उत्पादन कुहाई
    आयात विदेशी सामान
    अर्बौं रुपैयाँ बुझाई ।
    ३,
    धेरै बिरालो भयो
    मरेन मुसा एउटै
    देश ओरालो गयो।
    ✍️बिमल पोखरेल
    धरान-१७, पटनाली

    १,
    परिस्थितिले पछ्याउँदै लाँदा
    आँखा चिम्लेरै हिॅंड्नुपर्ने
    विषाक्त हावा खाँदा।
    २,
    दुईदिन मिठो खाएको
    आज हावामै विष
    उपहारमा चोट पाएको।
    ३,
    वचनले किन मारेको ?
    सङ्घर्ष गरेकै छु
    जिउँदै बर्खी बारेको !
    ✍️राजेश्वरी राजोपाध्याय
    ललितपुर

    ::::::::जय झिल्का साहित्य ! :::::::::