बङ्गलादेशको अन्तर्राष्ट्रिय साहित्य समेलनमा नेपाली साहित्यकारको पनि सहभागीता

  • २९ पुष २०८१, सोमबार १५:५३ मा प्रकाशित
  • पौष २८, बङ्गलादेश
    बङ्गलादेशमा सम्पन्न अन्तराष्ट्रिय साहित्य सम्मेलन २०२५ मा नेपालबाट सातजना साहित्यकारहरूले सहभागिता जनाएका छन् । बङ्गलादेशको पबना जिल्लाको इसर्दीमा जनवरी १० र ११ मा उक्त समेलन सम्पन्न भएको थियो ।
    साहित्य तथा सामाजिक संस्था नुङ्गुरद्वारा आयोजित सो सम्मेलनमा नेपालसँगै भारत लगायतका विभिन्न देशका साहित्यकारहरूले सहभागिता जनाएका थिए ।

    नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदी र सम्मेलनका प्रमुख संयोजक प्रा. हसतनुजमानले संयुक्त रूपमा बङ्गला देशको झण्डा झण्डोत्तोलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए ।
    नेपालबाट सहभागी डा. धनप्रसाद सुवेदी, डा. टीकाराम उदासी, केशरी अम्गाई, शान्ता दाहाल, इन्द्रबहादुर चौधरी, राजकुमारी कुँवर र विमला खनालले कविता सुनाएका थिए ।

    उक्त सम्मेलनमा काव्य,कल्पना,भाव र अनुभूति , विश्वको सांस्कृतिक अन्तर सम्बन्ध र साना जातीय समूहको भाषिक र सांस्कृतिक सङ्कट समाधानका लागि हाम्रो उत्तरदायित्व विषयमा प्राज्ञिक विमर्श गरिएको थियो । त्यसैगरी विभिन्न पुस्तकको विमोचनसहित विभिन्न कलाकारले आफ्ना सांस्कृतिक कला प्रस्तुत गरेका थिए । सो अवसरमा विभिन्न विधामा योगदान पुऱ्याउने साहित्यकारलाई सम्मान गरिएको थियो ।

    सम्मेलनमा माणिक पण्डित, डा. साहिदा खातुन, प्रा. अब्दुद दाइन सरकार, प्रा. डा. मिर हुमायु कविर, प्रा. डा. शिखा सरकार, प्रा डा. शेख रजिकुल इस्लाम, हुमायु कविर घाली, प्रा. ङा फहजुल रहमान , प्रा. सुजिदुल इस्लाम, प्रा अकतर हुसैन, युनिस उदुम अहमद, लुफ्टर रहमान पन्जाब, लगायतको सहभागिता थियो ।

    कार्यक्रमको दोस्रो दिन विदेशी पाहुनालाई हार्डिङ ब्रिज, रविन्द्र कुटी विहार, पद्मा घाट, लालन साधुको समाधिस्थल आदि पर्यटकीय स्थलको भ्रमण गराइएको थियो । साथै नेपालका साहित्यकारहरूलाई ढाकाका विभिन्न पर्यटकीय तथा स्थलहरूको भ्रमण गराउने कार्यक्रम आयोजकले तयार गरेको छ ।