टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १७० सम्पन्न

  • ६ माघ २०८१, आईतवार २२:०१ मा प्रकाशित
  • काठमाडौँ । साप्ताहिक ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १७० औँ शृङ्खला सम्पन्न भएको छ ।
    अभ्यासमा नेपाल लगायत विश्वका ६० जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
    टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १७० औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
    ~~~~~<•>~~~~~

    सहभागी टुक्काकारहरूका सुन्दर टुक्का कविताहरू-


    १.
    छाडिँदैन   जोरी   खोजे,  लगाइन्छ  तह
    चाहे गरोस् बिन्तीभाउ चाहे पोखोस् बह !
    ✍️
    वसन्त अनुभव
    वसन्तविहार टोल, घोराही
    ~~~~~~<•>~~~~~~
    २.
    जोरी खोज्ने जोसुकै रहुन्, छोडिँदैन हट
    आरिस किन गर्न पर्यो व्यर्थै छटपट ।
    ✍️
    होमप्रसाद नेउपाने
    धरान,सुनसरी ।
    ~~~~~~<•>~~~~~~
    ३.
    नखोज मसँग तिमीले पनि धेरै जोरी
    थाहा छैन र तिमी पनि हौ म जस्तै मोरी ।
    ✍️
    पवनकुमार बुढाथोकी
    काठमाडौँ
    ~~~~~~<•>~~~~~~
    ४.
    जोरी खोजेरै भनेको हो सारा कुरा मेरो
    विश्वभरिमै हक लाग्ने मात्रै हो र तेरो ?
    ✍️
    अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हालः-अमेरिका,बोस्टन।
    ~~~~~~<•>~~~~~~
    ५.
    मुर्खसँग किन खोज्छौ यहाँ जोरी ?
    उसले देख्दैन आफ्नै  कमजोरी ।
      ✍️
    कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी
    ~~~~~~<•>~~~~~~
    ६.
    हठ  गर्दै बस्ने  छैन  मर्द अघि  सर्छ
    काम गरिसकेपछि कस्ले दाम भर्छ ।
    ✍️
    वेदु न्यौपाने
    ~~~~~~<•>~~~~~~
    ७.
    भएको कानुनको कार्यान्वयन नगर्ने 
    समस्याग्रस्त घोषणा गर्न अघि नसर्ने ।
    ✍️
    कला ढकाल, झापा
    ~~~~~~<•>~~~~~~
    ८.
    हेक्का राख्नु नटुटोस् धैर्यको बाँध
    उत्रन्छौँ लगाइ खुकुरीमा साँध ।
    ✍️
    सतीश पण्डित
    भानु६ चुँदी तनहूँ
    हाल चनपा ६ मातातीर्थ
    ~~~~~~<•>~~~~~~
    ९.
    भावनामा म कहिले बहकिनँ
    अन्याय र अत्याचार सहदिनँ  ।
    ✍️
    दीप गोले तामाङ, रौतहट
    ~~~~~~<•>~~~~~~
    १०.
    अब भिडले कानुन हातमा लिने जस्ताे देखियाे
    आजका पत्रपत्रिकामा जताततै यही लेखियाे।
    ✍️
    नवराज भट्ट
    कञ्चनपुर
    ~~~~~~<•>~~~~~~
    ११.
    यो न्याय हो कि अन्याय यो मन अलमल हुन्छ
    दोषीलाई कारबाही हुन्न निर्दोषीलाई थुन्छ ।
    ✍️
    भुपेन्द्र राना मगर
    धादिङ
    ~~~~~~<•>~~~~~~
    १२.
    जस्ता छन् अरू त्यस्तै गर्न जान
    आफ्नो खुट्टा तान्नेको खुट्टा तान।
    ✍️
    गंगा खड्का
    बूढानीलकण्ठ ,काठमाडौँ
    ~~~~~~<•>~~~~~~
    १३.
    जोरी खोज्नेले प्रमाण खोजुन्
    अरूले असल बाटो रोजुन् ।
    ✍️
    प्रेम थापा “मन”बागलुङ
    ~~~~~~<•>~~~~~~
    १४.
    झगडाको मूल जरो पैसा रहेछ यसैमा हाई हाई
    अलिकति के कमाउनु पर्छ दुश्मन हुन्छन् दाजुभाइ ।
    ✍️
    चुडामणी देबकोटा, पुरानोनैकाप काठमाण्डौ
    ~~~~~~<•>~~~~~~
    १५.
    यथार्थ छ एकातिर, बल मिच्याइँ अर्कातिर तिम्रो
    हेर्ने आँखा खुल्ला राख, नबनाऊ है यति साह्रो चिम्रो ।
    ✍️
    राजेशराज गड्तौला
    कॅाडाघारी, काठमाण्डौ
    ~~~~~~<•>~~~~~~
    १६.
    मै हुँ भन्नेहरूलाई तह लाउने म गर्छु
    अरू काम त्यस्तै हो शासन गर्न अघि सर्छु ।
    ✍️
    बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा
    ~~~~~~<•>~~~~~~
    १७.
    असल  कर्म गरौँ है ,खोज्ने  होइन जोरी मात्रै
    किन होला मानिसको जातले कुरा काट्ने जात्रै ।
    ✍️
    भोज विवश मगर
    गैंडाकोट -३ नवलपरासी पूर्व
    ~~~~~~<•>~~~~~~
    १८.
    लुकेका छन् हेरर दाउ
    लगाउँछन् आखिर घाउ !
    ✍️
    आर्त अकुलीन
    ~~~~~~<•>~~~~~~
    १९.
    लुकेर   प्रहार  गर्नेलाई  , मैले  पनि  जाने
    बेला मौका पाएर, चार बाइस मुक्का हाने
    ✍️
    नागेन्द्रप्रसाद यादव
    ~~~~~~<•>~~~~~~
    २०.
    उखान टुक्का रचेर म सुसेली गाउँछु
    विरूद्वमा लाग्ने लाई तर पनि लाउँछु
    ✍️
    शालिक राम दाहाल
      चा न पा ३ झाैखेल भक्तपुर
    ~~~~~~<•>~~~~~~
    २१.
    सुरा पिएर जताततै नगर मुख छुरा
    भित्ताको नि कान हुन्छ भन्छ बुझी गर्नु कुरा ।    
    ✍️ बिबा तामाङ
    दार्जिलिङ
    ~~~~~~<•>~~~~~~
    २२.
    कुकर्मले आइलाग्छ पापको लड्डु हातमा
    एकदिन पक्कै मर्नुपर्छ को जान्छ साथमा !
    ✍️
    ऋजु दिल्पाली
    ईटहरी १ सुनसरी ।
    ~~~~~~<•>~~~~~~
    २३.
    हिम्मत  छैन  यहाँ  जोरीपारी  खोज्ने
    अधिकार  कहाँ  कसैलाई पो रोज्ने ।
    ✍️
    मोती .योन्जन’ सुब्बादार्जिलिङ।
    ~~~~~~<•>~~~~~~
    २४.
    आँखामा धूलो हालेर गर्दैछन् चोरी
    चोरको श्वर ठूलो गर्छ सिना जोरी ।
    ✍️
    बिके मुखिया
    दार्जिलिङ,भारत।
    ~~~~~~<•>~~~~~~
    २५.
    भए नभएका सबै आरोप लगाइ
    भुट्नुपर्छ यहाँ सबै जोरी खोज्नेलाई ।
    ✍️
    ज्ञानबहादुर क्षत्री
    सन्धिखर्क – २, अर्घाखाँची ।
    ~~~~~~<•>~~~~~~
    २६.
    हुनुपर्छ खुलेर नै विचारको  मन्थन
    निष्कर्षमा पुग्ने बेला धेरै हुन्छन् गन्थन ।
    ✍️
    दीपा गुरुङ समभाव
    दुबेकोल खोटाङ
    ~~~~~~<•>~~~~~~
    २७.
    असल पाखा खराब काखी च्याप्ने जमाना कस्तो
    झोले बनायो जन कमायो लोकप्रियता सस्तो ।
    ✍️
    राज बहादुर बडुवाल
    कनकासुन्दरी-५,जुम्ला
    ~~~~~~<•>~~~~~~
    २८.
    गरिब अलिक उँभो लागे चढ़न दिनु हुन्न
    कतैबाट मलाई बाह्र हातको टांगाले छुन्न ।
    ✍️
    रमेश दियाली
    शेल्पू सिटोंग दार्जिलिङ
    ~~~~~~<•>~~~~~~
    २९.
    आइलाग्नेलाई भन्थे त जाइ लाग्नु
    केही सीप नचले फर्किएर भाग्नु ।
    ✍️
    गुणनिधि घिमिरे अमेरिका
    ~~~~~~<•>~~~~~~
    ३०.
    चाहे जे गरुन् जस्ताेसुकै भनुन् आफ्नाे चल्छ शासनमा
    अरु कसकाे राज चल्छ म बसिरहेकाे आसनमा ।
    ✍️
    नाम केसर बाेहरा  ( सङ्घर्ष )
    सुदूरपश्चिम अछाम । हाल भारतबाट
    ~~~~~~<•>~~~~~~
    ३१.
    नियन्त्रण गर्न खोज्दा झनै बल्झिगयो
    महाशक्ति सम्झेको कागजी बाघ भयो ।
    ✍️
    कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे
    ~~~~~~<•>~~~~~~
    ३२.
    हाम्रो पनि दिन फिर्छ सधैँ यस्तै हुन्न
    त्यतिखेर चहादैँनौ तिम्रा करा सुन्न ।
    ✍️
    विवश पारदर्शी, झापा
    ~~~~~~<•>~~~~~~
    ३३.
    जाे जसले जनताको धन सम्पत्ति गर्छन् चाेरी
    ढाकछोप गर्न उसैले आखिरमा खाेज्छन् जाेरी ।
    ✍️
    राज कुमार राजभण्डारी खाेटाङ्गे
    ऐसेलुखर्क ३ खाेटाङ हाल भक्तपुर ।
    ~~~~~~<•>~~~~~~
    ३४.
    नगर कान्छी तिमी के के कुरा
    चलाउँछ अरूले फेरि छुरा ।
    ✍️ निमा छिरिङ भोटिया
    जलढका कालेबुङ भारत
    ~~~~~~<•>~~~~~~
    ३५.
    हठी स्वभाव भएर दु:ख झेल्नु पर्यो
    मै हुँ भन्ने घमण्डीको बल्ल सेखी झर्यो ।
    ✍️
    मन्दिरा सेढाई
    मलेखु, धादिङ
    ~~~~~~<•>~~~~~~
    ३६.
    नपाउनेले पाए खान्छन् एकैपटक अलकत्र
    के था यिनलाई पूजापाठ फूल अनि बेलपत्र ।
    ✍️
    सुनगाभा पोखरेल
    कपिलवस्तु
    ~~~~~~<•>~~~~~~
    ३७.
    गर्नेले ईर्ष्या र डाहा, लम्कन्छु अगाडि
    या जन्जिलरले बाधुन, हटिन्न पछाडि ।
    ✍️
    खुनराज काेईराला
    सिद्धलेक -३ गैरीगाउँ,धादिङ
    ~~~~~~<•>~~~~~~
    ३८.
    कति पाेखाैँ र तिमीसँग आफ्नो मनको बह
    हेर्दैनाै  हामीलाई  भइसक्यो  आँसुको दह ।
    ✍️
    रामप्रसाद पुरी
    बादेल, खाेटाङ
    ~~~~~~<•>~~~~~~
    ३९.
    रिस बाहेक छैन काम अरू
    नसक्ने गोरू खोस्रीखोस्री मरू !
    ✍️पुष्पा सुवेदी
       नेपालगन्ज,बॅाके।
    ~~~~~~<•>~~~~~~
    ४०.
    चाल पाएँ तिम्रो विचार नि गर्दिनँ अब बिन्तीभाउ
    आवश्यक पर्दा  प्रयोग गर्ने  बुझिसकेँ  तिम्रो दाउ ।
    ✍️
    पुष्पा राई, खाेटाङ ।
    ~~~~~~<•>~~~~~~
    ४१.
    जोरी खोज्नेहरूसँग टाढै बस्नुपर्छ
    हेरौँ  घमण्ड गर्नेहरूको कति झर्छ ।
    ✍️
    शोभा आचार्य गौतम
    काठमाडौँ
    ~~~~~~<•>~~~~~~
    ४२.
    अति गर्दा खति हुन्छ, धेरै नबन्नू बाठो
    ढाड नै भाँचिनसक्छ, देखेनौ यहाँ लाठो ।
    रवि श्रेष्ठ, सन्धिखर्क-१, अर्घाखाँची
    हाल : बुटवल, रुपन्देही, नेपाल !
    ~~~~~~<•>~~~~~~
    ४३.
    नाङ्लो ठटाई हात्ती भगाउने कस्तो होला चाल?
    उल्टो परे दाउ फेरि आफैँलाई पर्ला नि गाल।
    ✍️
    अरुण कुमार भुजेल
    गोरूबथान,कालेबुङ,भारत।
    ~~~~~~<•>~~~~~~
    ४४.
    चाहे होस् सधैँ रिस तिम्रो घाम भन्दा प्रचण्ड
    जोरी  खोज्न छोडिदैन  जसले  गर्छ  घमण्ड ।
    ✍️
    खडक आर सि मिलन
    छेडागाड नगरपालिका २ साल्मा जाजरकोट
    ~~~~~~<•>~~~~~~
    ४५.
    लुकाइन्छ सत्य कुरा लेखिन्छ झुटो इतिहास
    जो आउँछ जोरी खोज्न लगाइन्छ है उठिबास ।
    ✍️
    सुस्मिता अधिकारी, काठमाण्डौ
    ~~~~~~<•>~~~~~~
    ४६.
    जाेरी खाेज्न चाहने आउँछन् कति कति
    गरिखाँदा रिस गर्छन् बिग्रिएर मति ।
    ✍️
    ताराप्रसाद चापागाईँ
    धुनिबेसी
    ~~~~~~<•>~~~~~~
    ४७.
    मै खाउँ मै लाउँ आफैँ चलाउँ सत्ता
    भनी सोच राख्नेले खाँदै बस्नु भत्ता ।
    ✍️
    अम्बिका गिरी – विराटनगर
    ~~~~~~<•>~~~~~~
    ४८.
    पराइकाे इमानमाथि धूलाे र हिलाे पाेत्ने
    आफ्नाे खेतबारी बाँझो राखेर अर्कैको जोत्ने ।
    ✍️
    हरिगाेपाल न्हुच्छेँप्रधान
    काभ्रे,साँगाबजार बनेपा १४
    ~~~~~~<•>~~~~~~
    ४९.
    नसोच यो ढुङ्गालाई नै कसैले फुटाउँछ
    हल्लिएर आउँछ झरी, बाढीले लुटाउँछ ।
    ✍️
    नन्दलाल आचार्य
    बेलका-२, सिद्धार्थटोल, गल्फडिया, उदयपुर, कोसी प्रदेश, नेपाल ।
    ~~~~~~<•>~~~~~~
    ५०.
    नियतमा खोट हुनेहरूकै चल्छ लुकिछिपी बहस
    अति नै गर्न थालेपछि आफैँमा हुन्छ तहसनहस ।
    ✍️
    कबिताहरी
    सुन्दरहरैंचा नगरपालिका १ मोरङ
    ~~~~~~<•>~~~~~~
    ५१.
    कामचोर बन्नु है तिमी हाम्रा खातिर
    गर्छौँ पुरस्कृत बनाउँछौँ त माहिर ।
    ✍️ इन्दु श्रेष्ठ, चितवन
    ~~~~~~<•>~~~~~~
    ५२.
    सम्बन्धमा बादल छाए सम्बन्धलाई गोडौँला
    छोड्न परे बरु असल तह लगाई छौडौँला ।
    ✍️
    हन्नाह छेत्री
    दार्जिलिङ
    ~~~~~~<•>~~~~~~
    ५३.
    सहयात्रा गर्ने हौ भने  बदलिएर आऊ
    नत्र सुन्दैनौँ मृत्युपर्यन्त तिम्रो बिन्तीभाउ l
    ✍️
    बाबुराम गौतम, गुल्मी
    ~~~~~~<•>~~~~~~
    ५४.
    खेलिरहुन् न जोरी हजुर चिन्ता लिनु हुन्न
    सत्य माथि अडिग रहे कोही कसैले छुन्न।
    ✍️
    तोया नाथ चापागाई
    दमक,झापा,नेपाल
    ~~~~~~<•>~~~~~~
    ५५.
    जोरी खोज्ने पछि आफैँ पछारिन्छ्न् छु देखेकी
    घमण्ड गरे एक्लो भइन्छ यथार्थ लेखेकी ।
    ✍️
    सबिता खड्का, कैलाली
    ~~~~~~<•>~~~~~~
    ५६.
    भन्दै थिएँ अधिकार हाम्रो हो चारैतिर घेरौँ
    प्रमाणबिना तह लाउने कसले होला हेरौँ ।
    ✍️
    राधा आचार्य ,बुटवल,रुपन्देही
    ~~~~~~<•>~~~~~~
    ५७.
    बढ्दै छ चिसो पुस गएपछि पनि
    उत्पात भयो दिन  कष्टकर बनी ।
    ✍️
    ईश्वर साउद(भिक्षु)
    रामारोशन गाउँपालिका ६ सु,प,अछाम
    ~~~~~~<•>~~~~~~
    ५८.
    देशमा खाँडो जगाउन युवाहरू जुटी देखाऊ
    निरङ्कुशता धेरै भयो देशप्रेमी नाम लेखाऊ ।
    ✍️
    घनश्याम पन्त, हरिवन सर्लाही
    ~~~~~~<•>~~~~~~
    ५९.
    शासन सत्ता चलाउनुपर्छ मस्तीमा
    स्वार्थ विपरीत गएमा राख्छाैँ गस्तीमा । ।
    ✍️
    प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे
    ~~~~~~<•>~~~~~~
    ६०.
    कर्म नगरे माया केकाे, एकपटक सम्झाउनू
    सम्झाउदा पनि नमाने, अर्काेपटक थन्क्याउनू ।
    ✍️
    प्रमाेद नेपाल
    वीरगञ्ज । हाल: काठमाडौँ -५