पञ्चाङ्ग लेखन अभ्यास शृङ्खला- १२६

  • ७ पुष २०८१, आईतवार २३:०४ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग:एकसय छब्बिसौंअभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन हार्दिक अनुरोध छ:
    अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१२६—————————-

    विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
    मिति:- २०८१/०९/०१
    पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ।
    ……………………………………….
    प्रशिक्षक:-
    ……………
    सोमनाथ लुइटेल
    गुणनिधि घिमिरे
    सुशीला पौडेल

    ………………………
    भाषा शुद्धीकरण:-
    ———–
    पुष्पा सुवेदी नेपाल
    भवानी घिमिरे
    जमुना आचार्य
    पशपती राई

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-

    सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================

    अक्षर सङ्ख्या:- [बराबरी]
    अनुप्रास :- आफुखुसी
    स्थायी :- अनिवार्य

    पञ्चाङ्ग:०१
    अरु सुखले बसेको देख्छन् यहाँ।
    सम्झाउँदा नि डसेको देख्छन् यहाँ।
    राम्रो गर्दा नराम्रो देख्ने मान्छे हुन्
    खुसीमा आँसु खसेको देख्छन् यहाँ।
    बाध्यताले नै कसेको देख्छन् यहाँ।
    -सुशीला पौडेल

    पञ्चाङ्ग:०२
    अन्याय र अत्याचारमा मर्नु हुन्न,
    दुनियाँ स्वार्थी हुन्छ पर सर्नु हुन्न।
    समाजमा विकृति आएको छ यस्तो ,
    आफू गिर्ने काम कहिल्यै गर्नु हुन्न,
    फेसनको नाम इज्जत हर्नु हुन्न।

    -दुर्गा आचार्य
    मोरङ

    पञ्चाङ्ग:०३
    अति भयो केही त कुरा बोल न
    त्यो मनमा के छ अब त खोल न
    पक्कै मुटु छ ढुङ्गा त छैन माया
    कहिलेकाँही त मिठास घोल न
    कति हार्छौ तिमी प्रेमले गोल न।
    -शोभा आचार्य गौतम
    काठमाडौँ
    पञ्चाङ्ग:०४
    अब त अतिनै भो बोल्नु पर्छ
    मन भित्रका बह खोल्नु पर्छ
    भन्दै नभनेमा के थाहा हुन्छ ,
    बिस्तारै मनोभाव छोल्नु पर्छ
    घात गर्नेलाई त पोल्नु पर्छ ।।
    -धनमाया चौधरी कैलाली

    पञ्चाङ्ग:०५
    भन्दैछ शिशिरले खुसी हुँदै म आएको छु ।
    जनजीवन तर्साउँदै सर्वत्र छाएको छु।
    मेरो हाे साम्राज्य यहाँ के काे कमि छ र म मा ?
    आजभोलि पानी हैन सक्दाे हिउँ खाएको छु
    बृद्ध, बाल , कमजोरलाई ङ्याक्न पाएकाे छु।

    भवानी घिमिरे
    सर्लाही ।


    पञ्चाङ्ग:०६
    इमान जमान व्यवहारमा मूल भै गिरेकाे साथी
    जनतामा जताततै समस्या शूल भै पिरेकाे साथी
    जालझेल राजनैतिक खेल सप्रिएकाे छ हजुर
    विधिसम्मत व्यवस्था नचल्दा भुल भै तिरेको साथी
    नेता उपाधि लामखुट्टे पात्लाे झुल भै छिरेको साथी ।
    प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।

    पञ्चाङ्ग :०७
    प्राण हुनेको एक दिन हरण पक्कै
    थाहा हुन्न पाइने नयाँ वरण पक्कै
    सुकर्म गरौं फलको चिन्ता होला किन ?
    सेवामा समर्पित प्रभु चरण पक्कै
    आत्मा शान्ति तन प्रभुको शरण पक्कै।
    कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी

    👉पञ्चाङ्:०८
    भाँजो पार्ने झिँजामिजा जिलाएर आऊ
    गर्न सक्ने सबैकुरा मिलाएर आऊ
    सफलताको योग फेरि फेरि आउँदैन
    जोडजाड टुक्राटाक्रि सिलाएर आऊ
    यथार्थले झूटलाई बिलाएर आऊ ।

    ✍️अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹

    पञ्चाङ्ग:०९
    जति दियो नि उति नै पाइन्छ माया
    मागेर हैन दिएर लाइन्छ माया
    न अपेक्षा हुन्छ न त स्वार्थ भेटिन्छ
    बरु आफ्नै बलि पो चढाइन्छ माया
    खानु परे बिष आफैं खाइन्छ माया।
    -पशपती राई खोटाङ ।

    पञ्चाङ्ग:१०
    तिमी पिउने पानी बन्नु प्रिया।
    मेरो आँखाको नानी बन्नु प्रिया।
    जीवन राम्रो गरि बिताउन,
    सधैं मायाको खानी बन्नु प्रिया
    दुष्टको लागि हानी बन्नु प्रिया।
    ह्यारिस