शिव शक्ति घ्यू उधोग प्रा लि.को सहयोगमा उपकार सेवा नेपाल द्वारा हस्तान्तरण।

  • १८ पुष २०८१, बिहीबार १०:५७ मा प्रकाशित
  • वीरगञ्ज : शिव शक्ति घ्यू उधोग प्रा लि द्वरा सहयोग प्राप्त १० सेट बेन्च डेस्क ,उपकार सेवा नेपालले ,श्री नेपाल रेडक्रस आधारभूत विद्यालय वीरगंज ३१ लक्ष्मीपुर लाई सहयोग गरियो ।

    यो प्रशंसनीय कार्य गर्नु भएकोमा विद्यालय व्यवस्थापन समिति र विद्यालय परिवारको तर्फबाट श्री उपकार सेवा नेपाल संस्थाका अध्यक्ष लगायत सम्पूर्ण सदस्यहरुलाई स्वागत एवं प्रशंसा पत्र सहित हृदय देखि धन्यवाद व्यक्त गरिएको छ।
    सो कार्यक्रमका प्रमुख अतिथि वी म न पा – ३१ का वडा अध्यक्ष: जितेन्द्र प्र यादव, बिशिष्ट अतिथि उपकार सेवा नेपाल संस्थाका अध्यक्ष : विद्या कुमारी सरावगी,सदस्य पदमा देवी सरावगी सुमन बगेडिया,अंकुर शर्मा र श्री शिव शक्ति घ्यू उध्योग प्रा लिका प्रशासकिय प्रमुख नवल किशोर सिंह, समाजिक अभियन्ता प्रकाश थारू तथा अतिथि वज सदस्य विरेन्द्र राय थारू , समाजसेवि बालेश्वर गौरो, प्रधानाध्यापक लक्षुमन प्रसाद साह शिक्षक शिक्षिका विद्यार्थी भाईबहिनि हरु पत्रकार समाजसेवी लगायतको उपस्थितिमा शिव शक्ति घ्यू उधयोग प्रा लि को आर्थिक सहयोगमा प्राप्त १० सेट बेन्च डेस्क हस्तान्तरण गरि सम्पन्न गरिएको छ।