‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १५९ सम्पन्न

  • २६ कार्तिक २०८१, सोमबार १८:५६ मा प्रकाशित
  • काठमाडौँ । साप्ताहिक ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १५९ औँ शृङ्खला सम्पन्न भएको छ ।
    अभ्यासमा नेपाल लगायत विश्वका ५२ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
    टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १५९ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    टुक्कामाथि टुक्काको १५९ औँ शृङ्खलामा सहभागी टुक्काकारहरूका सुन्दर टुक्काहरू-

    ~~~~~<•>~~~~~
    १)
    देखाउनु छ समाजमा आनबान सान
    ऋण काढेर तिहारमा  गर्नैपर्‍यो दान ।
    -वसन्त अनुभव
    घोराही, दाङ
    २)
    तिहारमा दान सान इज्जतकाे कुराे 
    देखावटी गर्दा गर्दै खाेक्राे भयाे चुराे । 
    -ताराप्रसाद चापागाई
    ३)
    सिस्नुपानी देउसी भैलो तिहारमा खेलियो 
    राजनीति सत्तामा खेल खेल्दा दशा झेलियो ।
    -बेदु न्यौपाने
    ४)
    इज्जत जान्छ भनेर नदेखाऔँ फोस्रो सान
    आफ्नो गच्छे अनुसार गरौँ तिहारमा दान ।
    -अर्जुन प्रसाद चौलागाई
    अमैरिका, बोस्टन
    ५)
    ऋण काढेर दान, गर्नुपर्छ नै हेर
    तिहारपछि साहु आउँछ उत्तिखेर ।
    -एवाइ प्रभात
    खाल्स छेन्ताङ सहिदभुमि धनकुटा
    ६)
    यसै त बडादशैँको ऋण काँधमाथि बोझ बनेको थियो
    फेरि लैजा है केटा ऋण भन्दै साहुले केही रकम दियो ‌।
    -कबिताहरी 
    सुन्दरहरैंचा नगरपालिका १ मोरङ
    ७)
    तिहारमा प्रतिष्पर्धा एकअर्को डाहमा 
    घर घरको अर्थ व्यवस्था रुने आहमा ।
    -कार्की डिबी माकुम 
    सुनवल-४, नवलपरासी
    ८)
    यो समाजमा जसरी पनि राख्नुपर्छ मान
    इज्जतको कुरो छ गरेँ ऋण काढेर दान ।
    -भुपेन्द्र राना मगर
    ९)
    भन्छन् बाउ बाजेदेखी मानेर ल्याएको चलन
    ऋणमाथि ऋण थपिँदा हुन्छ मनमा जलन ।
    -अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन न. पा. ६ संखुवासभा ।
    १०)
    काग र कुकुर, गाई ,गोरु गरियो हजुर पूजा
    ऋण काढियो दारु मासु गरियो जिउनार भुजा ।
    -नवशिला
    बेलबारी – २, नवदेव मार्ग, लालभित्ती, मोरङ।
    ११)
    सयपत्री र मखमली बारीमा छ फुलेको
    परदेशी भाइलाई सम्झेर मन डुलेको ।
    -कला ढकाल, झापा
    १२)
    सयपत्री मखमली सेलरोटी हाम्रा पौराणिक चलन
    तिहारमा दिदीले केही शर्त राख्दा राक्षसलाई जलन ।
    -चुडामणी देबकोटा 
    पुरानोनैकाप काठमाण्डौ
    १३)
    गलामा फूलको माला होस् त निधारमा सप्तरङ्गी टीका
    मनाउँन पाउन सबैले तिहार नहोस् कसैको फिका ।
    -अनिता भण्डारी, ताप्लेजुङ
    १४)
    सान देखाउने आदतले पारिसक्यो शुन्य
    ऋणको भारले थिचेपछि केकाे मिल्छ पुन्य ?
    -त्रिलाेचन भण्डारी 
    मेचीनगर, झापा
    १५)
    तिहार बहिनी मानेर टीका लगाउने
    उसैलाई प्रेमिका  बनाएर भगाउने ।
    -नवराज भट्ट
    कञ्चनपुर
    १६)
    हुनेले त देखाउलान्, दान गरी आफ्नो सान
    नहुनेको कसरी  रहला, समाजमा मान ।
    -राजेशराज गड्तौला
    काँडाघारी, काठमाण्डौ
    १७)
    घाँटी  हेरेर सबैले चाडपर्व मनाऔँ
    फजुल खर्च गरेर भड्किलो नबनाऔँ ।
    -सतीश पण्डित
    भानु६ चुँदी तनहूँ
    हाल चनपा ६ मातातीर्थ।
    १८)
    आफ्नो गच्छे अनुसार पर्व मनाऔं 
    देखासिकी गरी खराब नबनाऔँ ।
    -दुर्गा भट्टराई
    १९)
    चाडपर्वमा फजुल खर्च गरी नदेखाउँ सान मान 
    ऋण परी भविष्यमा कमन्डलु बाेकी माग्नुपर्ला दान ।
    -राज कुमार राजभण्डारी खाेटाङ्गे
    मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर 
    २०)
    वर्ष दिनको चाडपर्वमा खुसी भई रमाउनुपर्छ 
    जे छ त्यसमा सुखसङ्ग आनन्दित हर्षित हुनुपर्छ ।
    -सबिता खड्का, कैलाली
    २१)
    चाडपर्व मनाई संस्कृतिलाई जाेगाउनु
    दसैँ तिहार मनाउँदा ऋण नबोकाउनु ।
    -प्रमाेद नेपाल
    वीरगञ्ज । हाल का म न पा ५
    २२)
    दम्भले फुल्छन् सम्झेर सबैतिर खुला
    जो भ्रष्टचारी फेरि उसैका फूर्ति ठूला ।
    -प्रेम थापा “मन”बागलुङ
    २३)
    देखासिकी लौ गरि खानु
    मरेपछि के छ र  लानु ?
    -बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा
    २४)
    आजकलको जमानामा कस्ले पत्याउछ यहाँ रिन
    सही  मान्छेले त  मान्नुपर्दछ सधैँभरि हेर्नुस् घिन !
    -पवनकुमार बुढाथेाकी
    काठमाडौं
    २५)
    दशा ग्रह पन्छाउन परेशानी किन ?
    हिचकिच मान्नुहुन्न जाबो दान दिन !
    -विवश पारदर्शी 
     झापा,
    २६)
    अरूको देखासिकीमा पाउनु छ सम्मान
    ऋण काढेरै भए पनि गर्नुपर्‍यो दान ।
    -डम्बर थामी ‘अनुपम’ 
    कालिन्चोक गा. पा. -६, दोलखा ।
    २७)
    जहाँ पनि हुने खाने बढप्पन देखाउने देखिन्छ लर्काे
    तर आफैँले बुझ्नुपर्छ देखासिकी छाेडेर, नगर्नु  चर्को ।
    -रामप्रसाद पुरी, बादेल, खाेटाङ
    २८)
    ऋण काढेर देखासिकी नैं नगरौँ
    संस्कृति जोगाउन सबै अघि सरौँ ।
    -बिबा तामाङ
    लाटपञ्चर सिटोङ खरसाङ
    २९)
    वर्ष दिनमा मनाइने रमाइलो चाड
    भाँडभैलो नगर्नु पिएर रक्सी र जाँड ।
    -बिके मुखिया
    दार्जिलिङ,भारत
    ३०)
     रित्याई ढुकुटी गर्छौ झुटो पिर
    संस्कृति भाडेर पार्छौ ठाडो शिर ।
    -हरिगाेपाल न्हुच्छेँ प्रधान 
    काभ्रे, साँगा बजार बनेपा १४
    ३१)
    हर्ष र उमङ्ग पटक्कै छाएन यसपालिको तिहारमा 
    सत्तरङ्गी फूलका माला राताे टीका भएन याे निधारमा ।
    -नाम केसर बाेहरा ( सङ्घर्ष )
    सुदूरपश्चिम अछाम । हाल भारत ।
    ३२)
    दान गरी ठूलो बन्ने छैन मलाई चाहा
    दुनियाँको बाल भएन छि: भनुन् कि आहा !
    -मन्दिरा सेढाई, मलेखु, धादिङ
    ३३)
    बाँडेर न्यायमा जोगिए जस्तो पुण्यमा जोगिँदैन 
    लुटेको धनले मनमा शान्ति कहिल्यै भोगिँदैन । 
    -सुस्मिता अधिकारी ,काठमाडौँ
    ३४)
    घाँटी हेरी  देउसीलाई गर्नू दान
    नदेखाऊ तिमीले आडम्बरी सान ।
    -भगवती दवाडी
    ३५)
    भित्रिँदैछ चाडपर्व वर्षैपिच्छे थरिथरिका 
    आफ्नो चलन बिर्सिइकन खोज्छन् नयाँ तरिका ।
    -सुनगाभा पोखरेल 
    कपिलवस्तु १बैरिया
    ३६)
    तिहार एक ठूलो पर्व
    खुसीले सबै गरौँ गर्व !
    -आर्त अकुलीन
    ३७)
    ऋण काढेर भए पनि  गरिन्छ महादान 
    नत्र कसरी  समाजमा रहन्छ उँचो सान ?
    -बाबुराम गौतम, गुल्मी
    ३८)
    समाजको लागि हैन आफन्त आफन्त मिलेर मनाऊँ
    अरूले जे भने पनि रीतिरिवाज पहिले नै जनाऊँ !
    -अम्बिका अधिकारी
    झापा बिर्तामोड
    ३९)
    सच्चाइ पुरानो रीति दान पुण्य कर्म 
    ऋण काढी दान गर्न गरौँ अब शर्म ।
    -मोती योन्जन सुब्बा,  दार्जिलिङ
    ४०)
    दुनियाँलाई देखाउन गरिँदैन ऋण काढेर सान
    सादा जीवन उच्च विचार त्यहीँ नै हुन्छ नि ठूलो मान ।
    -शोभा आचार्य गौतम 
    काठमाडौँ
    ४१)
    पर्वहरू साल सालै महङ्गो हुँदै गयो
    जसरी पनि गरीब मारमा पर्ने भयो ।
    -अरुण कुमार भुजेल 
    गोरू बथान,कालेबुङ,भारत
    ४२)
    देखाए के हुन्छ फुर्तीसरि  हैसियत बरु
    एकबारको जीवन हो जेसुकै भनुन् अरू ।
    =अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹
    ४३)
    रमाइलो हाम्रो पर्व तिहार यो वर्षैपिच्छे आउँछ 
    आफ्नो स्तर अनुसार मनाउँ है तब खुसी छाउँछ ।
    -सुशीला शिखा 
    काठमाडौं कागेश्वरी
    ४४)
    ऋण काढेर देउसीलाई दिन्छ दान
    अरूको अगाडि देखाउनै पर्यो सान ।
    -दीप गोले तामाङ
    ४५)
    गर्नैपर्यो केही न केही बचाउन आफ्नो सान
    ऋण काढेर नि देउसीलाई दिनैपर्यो दान ।
    -रचना शर्मा प्रतीक्षा 
    इमाडोल, ललितपुर ।
    ४६)
    चाडपर्व तिहार हामी नेपाली 
    सेखासेखले संस्कृति रह्यो खाली ।
    -हन्नाह छेत्री, दार्जिलिङ
    ४७)
    मसलाको बढ्यो मूल्य फलफूल उसैगरी
    फलामको भयो च्युरा तिहार पनि यो घरी ।
    -रामशरण न्यौपाने, भक्तपुर
    ४८)
    विकृति धेरै ल्याएर समाजमा चाडपर्व हरायो 
    जहिले पनि अर्धनाङ्गो भई मञ्चमा धेरै करायो । 
    -विकास क्षेत्री अञ्जान 
    कैजले, बिजनबारी, दार्जिलिङ
    ४९)
    यता पनि दान उता पनि दान, देउसी भैलोले फुटायो कान
    पैसा फल्ने रुख नभएपछि, कतिलाई दिएर सक्नु सम्मान ।
    -होमप्रसाद नेउपाने
    धरान,सुनसरी ।
    ५०)
    सायद कतै भूल भएको हुनुपर्छ संस्कृतिमा हाम्रो 
    जानाजान सिको गर्दै अरूकाे संस्कार हुँदैछ नराम्रो ।
    -ईश्वर साउद
    रामारोशन गाउँपालिका  ६ सुदुरपश्चिम अछाम
    ५१)
    जसरी कमाएर भएपनि गर्नु दान
    समाजमा बढाएकै छ  हेर सानमान ।
    -प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।
    ५२)
    दिदीबहिनी तिहारमा नआउने 
    मैले भाइ टीका कसरी लगाउने ।
    -भवानी पोखरेल (बाबु बिराज)
    बाणगंगा १ चार नम्बर, कपिलवस्तु