‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १६० सम्पन्न

  • २५ कार्तिक २०८१, आईतवार २२:०३ मा प्रकाशित
  • काठमाडौँ । साप्ताहिक ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १६० औँ शृङ्खला सम्पन्न भएको छ ।
    अभ्यासमा नेपाल लगायत विश्वका ६४ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
    टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १६० औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    सहभागी टुक्काकारहरूद्वारा सृजित सुन्दर टुक्का कविताहरू-


    ~<•>~
    १)
    जात नै जाला जस्तो गर्छन् लेख्दा कतिपय
    टुक्का अघि बढेकोमा आरिस हो कि भय ?
    -वसन्त अनुभव
    घोराही, दाङ
    २)
    टुक्का कविता छाेटाे मिठाे भावनाकाे कला 
    मै हुँ भन्ने घमन्डीलाई पार्न सक्छ थला । 
    -ताराप्रसाद चापागाईँ
    ३)
    निरन्तर  फस्टाउँदै   गइरहेको   छ  टुक्का
    आरिस गर्नेहरू होसियार है लाग्ला मुक्का !
    -भोज विवश मगर
    गैंडाकोट -३ नवलपरासी पूर्व
    ४)
    थोरै शब्द धेरै वर्णन टुक्काको आसय  
    पढ्दै गर्दा भाव बुझ्दा मन कवितामय !
    -सागर आँसु -डोटी
    ५)
    छोटो मिठो, चोटिलो भाव बोक्छ टुक्का
    क्रान्ति बुझ्न नसक्दा खाने गर्छन् मुक्का ।
    -दीपा समभाव 
    दुबेकोल खोटाङ्ग
    ६)
    नबोलौँ भनेको थिएँ जबरजस्ती बोलायो
    कसेर गाँठो पारेको मन समेत खोलायो।
    -प्रदीप के रिमाल
    ७)
    लेख्नु काव्य बनोस् अझै  रसिलो
    शब्द भण्डार बनून् झन् कसिलो ।
    -भगवती दवाडी, झापा
    ८)
    सबै विषयमा टुक्का लेख्न सकिन्छ 
    हिँड्न नजानेमा खुट्टाले दु:ख दिन्छ ।
    -कार्की डिबी माकुम 
    सुनवल-४, नवलपरासी
    ९)
    आरिसे  जतिले  गर्दै  गरुन्  रिस  अनि  डाहा
    कस्को भविष्य कस्तो हुन्छ तिनलाई छ र थाहा ?
    -अर्जुन प्रसाद चौलागाई
    अमेरिका, बोस्टन
    १०)
    हुन्छन् समाजमा  दुष्ट मान्छे कति कति
    हो हुँदैन कहिल्यै  त्यस्ताको राम्रो मति ।
    -सतीश सिकारु
    चनपा ६ मातातीर्थ।
    ११)
    आरिसेकाे त खासै साहित्यमा छैन काम
    टुक्का कविता नलेखी कहाँ आउँछ नाम ।
    -राज कुमार राजभण्डारी खाेटाङ्गे
    मध्ययपुर ठिमी ५ संगम काेलाेनी राधेराधभक्तपुर ।
    १२)
    भुक्ने कुकुर भुक्छ 
    दैलोमा आई ढुक्छ ।
    -नागेन्द्रप्रसाद यादव ।
    १३)
    कहिल्यै नखोज मान
    कर्मले देखिन्छ सान !
    -आर्त अकुलीन
    १४)
    खुट्टा तान्नेहरूको कमी छैन 
    जे गरेपनि  खुशी भने  हैन ।
    -कला ढकाल, झापा
    १५)
    पाप लाग्छ जस्तो गर्छन् पढ्दा महोदय
    साहित्य नै होइन पो ! भन्छन् कतिपय ।
    -होमप्रसाद नेउपाने
    धरान, सुनसरी
    १६)
    लेख्न सजिलो र चोटिलो हुन्छ
    टुक्काले समाजको मैलो धुन्छ ।
    -अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹
    १७)
    टुक्का कविता लेखौँ हामी भाव र कला भर्दै  
    रिस डाहा  गर्नेहरू पछिपछि  लाग्छन्  सर्दै ।
    -बेदु न्यौपाने 🌹🌹
    १८)
    टुक्का लेख्दा भाव चाेटिलाे आओस् महाशय
    पढ्नेले  तुरुन्तै  बुझाेस् नि ! यसकाे  आसय ।
    -नवराज भट्ट
    कञ्चनपुर
    १९)
    लक्ष्यमा पुग्न टुक्काले गरेको देखेर यात्राको तय
    शुभ चिन्तकलाई खुसीयाली छ आरिसेलाई भय ।
    -पुष्पा सुवेदी
    नेपालगन्ज,बॅाके।
    २०)
    समावेशी बनेको छ टुक्का लेखन सान्दर्भिकता लय
    मुर्खको औषधि छैन आरिस गर्ने खुम्चिन्छ लेख्ने जय ।
    -चुडामणी देबकोटा
    पुरानोनैकाप काठमाण्डौ
    २१)
    चिनी राख्नुपर्छ धेरै जसो यस्तै हुन्छन् कतिपय 
    अडिग  भै बढिरहनु  गरी आफ्नो  सुन्दर  तय ।
    -अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन न. पा. ६ संखुवासभा ।
    २२)
    दुश्मनलाई ढाल्नुछ
    कुरीतिलाई फाल्नुछ ।
    -दीप गोले तामाङ, रौतहट
    २३)
    मै हुँ भन्ने यहाँ बिगार्न थाले, लेख्दा अचेल टुक्का
    बिग्रियो भनी बताउँदा, तयार हुन्छन् हान्न मुक्का ।
    -राजेशराज गड्तौला
    कॅाडाघारी, काठमाण्डौ
    २४)
    छाेटाे मीठो हुन्छ टुक्का पढ्न नि सजिलो 
    बाेक्ने गर्छ भाव अर्थ अति गहकिलो ।
    -प्रमाेद नेपाल
    वीरगञ्ज । हाल काठमाडौ -५
    २५)
    टोक्यो भन्दैमा कुकुरले मिल्छ र टोक्न कुकुरलाई
    रोकेर  कहाँ  रोकिन्छ  र  सृजनशील  हात  समाई ।
    -पुष्पा राई,बादेल,खाेटाङ।
    २६)
    जातै जाओस् तर टुक्का लेख्न छाेडिन्न
    टुक्का छाेडी अन्ततिर ध्यान माेडिन्न ।
    -भवानी पाेखरेल (बाबू विराज)
    बाणगंगा १ चार नम्बर, कपिलवस्तु
    २७)
    सायद ठूला ठूला कवि भ‌एर होला
    बगाउन चाहादैनन् यो टुक्काको खोला ।
    -रमेश दियाली 
    शेल्पू सिटोंग दार्जिलिङ भारत।
    २८)
    टुक्काहरू लेख्ने नलेख्ने आ-आफ्नै हो नि खुबी 
    डाहा र रिसले  उन्नति हुन्न जाने हाे डुबी ।
    -सुशिला शिखा 
    कागेश्वरी काठमाडौं
    २९)
    लेख्न न छोडौँ है चोटिलो टुक्का
    आरिसेको मुखैमा हानौँ मुक्का ।
    -बिके मुखिया
    दार्जिलिङ,भारत
    ३०)
    टुक्काले त भ्रष्टलाई व्यङ्ग्य हान्दछ
    त्यसैले त  ईर्ष्या गर्छ  खुट्टा तान्दछ !
    -विवश पारदर्शी 
    झापा
    ३१)
    अचम्मका मान्छे यहाँ उस्तै रहेछ चलन 
    सधैँ अरूको प्रगतिमा गर्ने गर्छन् जलन ।
    -प्रतिज्ञा प्रतिज्ञा
    मेहेलकुना सुर्खेत
    ३२)
    छोटो मीठो दुई लाइनको यो कविता
    आऊ सबले लेखौँ नबनाउँ रमिता ।
    -बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा
    ३३)
    कामना गर्दछु टुक्काले धरती आकाश छोओस्
    आरिसे दुष्ट मोराहरू आँसुले मुहार धोओस् !
    -मोती योन्जन सुब्बा,  दार्जिलिङ।
    ३४)
    देखेर मात्र पुग्दैन कि त केही काम गरौँ
    भनेर मात्र हुँदैन अझ, अघि पनि सरौँ ।
    -प्रेम थापा “मन”बागलुङ
    ३५)
    सानाठूला धनी गरीब मूर्ख विद्वान् सबै यहाँ पर्छ नाच्नु 
    नेपाली साहित्यका आँगनमा सम्मानित नै भएर बाँच्नु ।
    -रामप्रसाद पुरी, बादेल, खाेटाङ ।
    ३६)
    भनेर मात्रै हुँदैन काम गर्दै जाऊँ
    मिलेन टुक्का भने अवश्य क्षमा पाऊ ।
    -रबि पाैडेल दक्षिण भारत पाण्डेचरी ।
    ३७)
    मै मात्र हुँ कि जान्ने बुझ्ने जस्तो गर्छन् मेरै भनौदाहरू
    मेरो केही नलाग्ने भएपछि भन्नुस् हजुर कसो गरुँ ?
    -सुनगाभा पोखरेल
    कपिलवस्तु १ बैरिया
    ३८)
    टुक्का कविता लेख्दै गएमा धेरैले डाहा गर्छन् 
    साहित्य कस्तो रसपान हाे बुझ्दैनन् पछि पर्छन् ।
    -नाम केसर बाेहरा ( सङ्घर्ष )
    सुदूरपश्चिम अछाम ।
    हाल भारतबाट ।
    ३९)
    नलेख्नेलाई लेखौँ  भन्दै कर पनि नगरौँ
    टुक्कालाई मायाँ गर्ने जति सधैँ अघि सरौँ ।
    -अरुण कुमार भुजेल 
    गोरूबथान,कालेबुङ,भारत
    ४०)
    कति रिस गर्छन्  बरै हामीले टुक्का लेख्दा
    आरिसले जल्छ्न् नि टुक्का मौलाएको देख्दा ।
    -अनिता भण्डारी ताप्लेजुङ
    ४१)
    लेख्न जान्नेहरूका लागि लेख कला नै होला
    टुक्का लेख्न नजान्ने आफैँ बगाउँछन् त खोला ?
    -अम्बिका अधिकारी
    झापा बिर्तामोड
    ४२)
    साजबाज गरेँ धेरै, लेखूँ टुक्का मिठो भनी 
    बङ्गारा नै सबै झार्‍यो, लोहाको चिउरा बनी ।
    -रामशरण न्यौपाने, भक्तपुर
    ४३)
    टुक्का चोटिलो हुन्छ कला विम्ब र यथार्थ बोल्छ
    मनमा   पाप  हुनेहरूलाई  भतभती   पोल्छ ।
    -डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा. पा. -६, दोलखा 
    ४४)
    यो मनको कुरा मनमै कति राखियो 
    दुःख सुखको अनुभवबाट चाखियो ।
    -नीमा छिरिङ भोटिया 
    जलढका कालेबुङ
    ४५)
    उसले जे जे गरि खान्छ आरिस किन गर्नू
    बरु टुक्का कविता लेख्नु साहित्याकास भर्नू ।
    -तिला लेकाली
    ४६)
    साहित्य आफ्नाे भाव र भावनाका शब्दकाे मेल
    दायाँबायाँ नहेरी बगाउनु सृजनाकाे भेल ।
    -प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे
    ४७)
     यहाँ कसले डाहा गरेर के हुन्छ 
    साहित्यिक शब्द सबैको मन छुन्छ ।
    -शोभा आचार्य गौतम 
    काठमाडौँ
    ४८)
    आरिस गर्दा हुन्छ है आफैँमा हानी
    सकेसम्म रिस कम गरौँ है जानी ।
    -बिबा तामाङ
    लाटपञ्चर सिटोङ खरसाङ।
    ४९)
    जति नै खुट्टा ताने पनि ढुक्कले टुक्का अघि बढ्दैछ
    अनमोल विधा यो साहित्यको आज शिखर चढ्दैछ।
    -तोया नाथ चापागाईं
    दमक, झापा
    ५०)
    लेख्दा पनि घमण्ड गर्ने है ! म जस्तो कोही छैन भन्ने 
    हामी पनि लेख्छौँ कविता तर संज्ञा ठुटे कवि गन्ने ।
    -कबिताहरी 
    सुन्दरहरैंचा नगरपालिका १ मोरङ
    ५१)
    आजभोलिका शासक डाडु पन्यू समाउन पाएर आफू आफैँमा छन् दङ्ग 
    मन्त्रीलाई समेत फिर्ता पठाएकोले देखियो यिनका सुशासनको ढङ्ग !
    -पवनकुमार बुढाथेाकी
    काठमाडौँ
    ५२)
    बुझ्न छोटो मीठो टुक्का छायो मुटु मन
    गर डाहा तिमी झाँगिँदैछ रनवन ।
    -इन्दु श्रेष्ठ, चितवन
    ५३)
    टुक्का कविता लेख्दा पढ्दा जान्छ भनेर हो कि जात
    बोक्रे कविले बेलाबखतमा  गरिरहन्छन् घात l
    -बाबुराम गौतम, गुल्मी
    ५४)
    शब्दको भावभित्र हुन्छ जमेको
    संसार यसैमा खुसीले रमेको ।
    -कृष्ण बजगाई, भक्तपुर
    ५५)
    समयलाई नफालौँ खेर
    लेखौँ टुक्का सोचेर गमेर ।
    -मन्दिरा सेढाई
    मलेखु, धादिङ 
    ५६)
    साहित्य साहित्य हुन्छ कसैकाे हुँदैन पेवा
    नबुझे टुक्का हिरो हाे बुझेमा मिष्टान्न मेवा ।
    -शारदा भण्डारी काफ्ले
    विराटनगर
    ५७)
    कुन शब्द खोजेर  कविता कोरौँ
    ‌मीठामीठा भाषा कहाँबाट गोरौँ ।
    -घनश्याम पन्त हरिवन सर्लाही
    ५८)
    कामपछि नाम आफैँ फैलिँदै जान्छ 
    काम जस्तै जिवनकाे उचाइ लान्छ ।
    -ईश्वर साउद(भिक्षु) 
    रामारोशन गाउँपालिका ६ सुदुरपश्चिम अछाम
    ५९)
    मौलाउँदै गएकोले पर्यो होला चोट
    टुक्का कवितालाई कसले लायो खोट |
    -सरिता सेढाई, धादिङ
    ६०)
    विज्ञ छु भनेर घमण्ड गर्छौ किन ?
    आफू कति पानीमा छु पहिले चिन ।
    -विनोद साथी 
    मिरिक
    ६१)
    चुपचाप कर्म गर्दै जानुस्
    बेथितिको विष स्वाट्टै खानुस् ।
    -लक्ष्मी रिजाल 
    रुपनगर, सप्तरी ।
    ६२)
    कुनै दिन अवश्य लेख्ने छन् टुक्का रमाई 
    धन्य बन्लान् टुक्का संग्रह खुसीले समाई । 
    -सुस्मिता अधिकारी ,काठमाडौँ
    ६३)
    जान्दछु भनेर कम्मर कस्ने पनि देखियो
    आफ्नै घमण्ड ईर्ष्या बाहेक के नै पो लेखियो।
    -बिकास क्षेत्री अन्जान
    ६४)
    रूप बेग्लै प्रतिभा बेग्लै गराैँ सबैकाे मान
    पृथक विधाकाे सत्कार गराैँ पुराऔँ ध्यान ।
    -हरिगाेपाल न्हुच्छेँप्रधान
    काभ्रे,बनेपा १४ साँगा बजार