झिल्का लेखन अभियानको ४० औँ शृङ्खला (महिला हिंसा विषयक) सम्पन्न

  • १४ मंसिर २०८१, शुक्रबार २०:५० मा प्रकाशित
  • झिल्का लेखन अभियानको ४० औँ शृङ्खला (महिला हिंसा विषयक) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त झिल्का लेखन कार्यक्रम सञ्चालन गरिएको थियोे ।

    झिल्का कविता लेखनको यस विशेष अभियानमा पनि विगतका शृङ्खलाहरूमाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ६६ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुन्छ तर सकभर समध्वनीक नभएमा उत्तम मानिन्छ ।

    सहभागी झिल्काकारहरूका चिन्ता विशेष उत्कृष्ट झिल्का कविताहरू-

    १)
    —————<•>—————
    १.
    रातोदिन हेर कामैकाम
    मेसिनझैँ खट्छ्न् महिला
    एकछिन छैन आराम !
    २.
    वस्तुझैँ चल्छ व्यापार
    दिनदहाडै हुन्छ नारीको
    हत्या हिंसा बलात्कार !
    -वसन्त अनुभव, दाङ
    २)
    —————<•>—————
    बाँच्नु अब देऊ
    अधिकार छ बराबर
    यसैले साथ लेऊ !
    -निमा छिरिङ भोटिया
    जलढका कालेबुङ
    ३)
    —————<•>—————
    महिला हिंसा नगरौँ
    अपराध रोक्न गाह्रो
    राज्यको भर नपरौँ
    -अम्बिका अधिकारी
    ४)
    —————<•>—————
    १.
    महिला हिंसा भयाे
    छन् धेरै पीडित
    कतिको ज्यान गयाे ।
    २.
    उठाै नारी जगाऔँ
    महिला हिंसा गर्नेलाई
    ठाउँ ठाउँबाट भगाऔँ !
    -रबि पाैडेल, दक्षिण भारत पाण्डेचरी ।
    ५)
    —————<•>—————
    जति शिक्षित भए
    तर किन महिला
    पछाडि पर्दै गए ।
    -शोभा आचार्य गौतम
    काठमाडौँ
    ६)
    —————<•>—————
    १.
    समानताको चेतना छरौंँ
    महिला हिंसा हटाउन
    मिलीजुली लागि परौँ ।
    २.
    महिला पुरुष बराबर
    एकताको माला उनौँ
    कतै नरोकी सरासर !
    -भोज विवश मगर
    गैंडाकोट -३ नवलपरासी पूर्व
    ७)
    —————<•>—————
    जिन्दावाद नारी शक्तिको
    महिला हिंसा किन ?
    निरादर हुनेझैँ भक्तिको !
    -कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी
    ८)
    —————<•>—————
    महिला हिंसा हटाऔँ
    सबैमा प्रेम गरेर
    सवैको मनमा अटाऔँ ।
    -प्रेम थापा “मन” बागलुङ
    ९)
    —————<•>—————
    बढ्दैछ हिंसा बलात्कार
    खुलेर विरोध गरौँ
    नसही कुनै अत्याचार !
    -विष्णु पंगेनी(पाण्डे )
    वालिङ -स्याङ्जा
    १०)
    —————<•>—————
    १.
    गर्नुपर्ने चुल्हो चौको
    बनेर हेलाको पात्र
    कस्तो रित अनौठो !
    २.
    समाजको बुझाई कस्तो
    महिला मारा चालचलन
    अचानोलाई खुकुरी जस्तो !
    -खडक आर सि मिलन
    छेडागाड नगरपालिका २ साल्मा जाजरकोट
    ११)
    —————<•>—————
    हिंसाको नबनाऔँ सिकार
    पुज्नेछ संस्कार नारीलाई
    हटाऔँ कलुषित विकार !
    -राज बहादुर बडुवाल
    कनकासुन्दरी -५,जुम्ला
    १२)
    —————<•>—————
    १.
    जसले छेड्छ बारबार
    समाज बटुलेर उसलाई
    पार चेली नाङ्गेझार !
    २.
    महिला हिंसा रोकौँ
    हरेक सचेत वर्गले
    सामाजिक दायित्व बोकौँ !
    -बाबुराम गौतम, गुल्मी
    १३)
    —————<•>—————
    १.
    बिहानी भएर उठ
    सबै नारीहरू मिलीजुली
    हिंसाकाे विरुद्धमा जुट !
    २.
    लक्ष्मी हुन् नारी
    संसार उज्यालो पार्ने
    सम्पूर्ण मनका आभारी !
    -नाम केसर बाेहरा ( सङ्घर्ष )
    सुदूरपश्चिम अछाम ।
    हाल भारतबाट ।।
    १४)
    —————<•>—————
    १.
    हिंसा रोकौँ महिलाको
    घरकी लक्ष्मी सम्झेर
    छोडौँ चलन पहिलाको !
    २.
    किन महिलाको व्यापार ?
    सृष्टिकर्ता हुन् तिनै
    संसार देखाउँने आधार !
    -अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हालः-अमेरिका,बोस्टन।
    १५)
    —————<•>—————
    नारी उठ जाग
    धेरै ढिला भइसक्यो
    पूरा गराऊ माग !
    -तेजप्रसाद खनाल, दाङ
    १६)
    —————<•>—————
    सत्य घटना लेख्छु
    शिक्षित परिवारमा धेरै
    महिला हिंसा देख्छु ।

    दिदीबहिनी असुरक्षित भए
    भएकोले धेरै स्वतन्त्रता
    कुलतमा फस्दै गए ।
    -कला ढकाल झापा
    १७)
    —————<•>—————
    जागौँ उठौँ जुटौँ
    महिला हिंसाको विरुद्ध
    आपसमा कहिल्यै नफुटौँ ।
    २.
    नियमले मात्र हुँदैन
    व्यवहार सफा गरौँ
    कागजले मन छुँदैन ।
    -सुरेशकुमार पाण्डे
    दाङ घोराही १८
    १८)
    —————<•>—————
    १.
    बढ अगाडि सरासर
    तोडेर महिला हिंसा
    अधिकार लेऊ बराबर !
    २.
    सम्मान व्यवहार गरौँ
    महिला हिंसा होइन
    मनमा प्रेम भरौँ !
    -अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन न. पा. ६ संखुवासभा ।
    १९)
    —————<•>—————
    बराबर हुन्छ अधिकार
    महिला हिंसा नगरौँ
    जगाऔँ प्रेमील आधार !
    -भुपेन्द्र राना मगर
    धादिङ
    २०)
    —————<•>—————
    जुटौँ नारी ममतामा
    हत्या हिंसा बलात्कारको
    प्रतिकार गर्दै समतामा !
    -भगवती दवाडी ,झापा
    २१)
    —————<•>—————
    महिला हिंसा अत्याचार
    त्यागौँ हामी सबैले
    गरिने दुष्कर्म व्यवहार !
    -ज्ञानबहादुर क्षत्री
    सन्धिखर्क – २, अर्घाखाँची ।
    २२)
    —————<•>—————
    १.
    अति भयो अत्याचार
    एक्काइसौँ शताब्दीमा पनि
    हत्या, हिंसा बलात्कार !
    २.
    सबै नारी उठेर
    अत्याचारको विरोध गरौँ
    सङ्घर्षको मैदानमा जुटेर !
    -रिमा छन्त्याल, बाग्लुङ
    २३)
    —————<•>—————
    १.
    चेतनाले ज्ञान भरौँ
    रथका दुईपाङ्ग्रा हामी
    महिला हिंसा नगरौँ !
    २.
    विकृति विसंगतिले गल्दैछ
    बलात्कार घरेलु हिंसा
    आज पनि चल्दैछ ।
    -दीप गोले तामाङ – रौतहट
    २३)
    —————<•>—————
    १.
    झुटाे आरोप लगाउने
    कोही पुरुष गर्छन्
    आफूले आफैँलाई बचाउने ।
    २.
    अक्सर गर्छन् बलात्कार
    मान्छे नगन्ने महिलालाई
    बन्द गर अत्याचार !
    -पृथक प्रकृति ,झापा
    २४)
    —————<•>—————
    १.
    किन हुन्छ बारम्बार
    महिला माथि सधैँ
    हत्या, हिंसा बलात्कार !
    २.
    सबै अघि सरौँ
    अन्त्य गर्न हिंसा
    हामी लागि परौँ !
    -अनिता भण्डारी, ताप्लेजुङ
    २५)
    —————<•>—————
    शोषकले शोषण गर्छन्
    भित्र बाहिर जताततै
    समताको भाषण छर्छन् ।
    -नागेन्द्रप्रसाद यादव
    २६)
    —————<•>—————
    हुन्छ हिंसा जताततै
    विभिन्न रूपमा देखिन्छ
    सुरक्षा छैन कतै ।
    -दीपा समभाव
    दुबेकोल खोटाङ्ग
    २७)
    —————<•>—————
    नारीमाथि अन्याय अत्याचार
    बढिरहेका छन् समाजमा
    किन होला बारम्बार ?
    -बाबुराम पाण्डे
    अर्घाखाँची
    २८)
    —————<•>—————
    बदल्नु पर्छ साेच
    मानिसले जहिले पनि
    त्यागी सङ्कीर्ण खाेच ।
    -जी.वि. घाेराही,दाङ
    २९)
    —————<•>—————
    १.
    नारी पुरुष बराबरी
    महिला हिंसा महापाप
    बुझ सबले सरासरी ।
    २.
    हत्या हिंसा बलात्कार
    आमा र दिदीबहिनीमा
    गर्नु हुँदैन अत्याचार !
    -विवश पारदर्शी
    झापा
    ३०)
    —————<•>—————
    १.
    महिला हिंसाको विरुद्ध
    डटेर सामना गरेमा
    बन्दछ सामाज समृद्ध !
    २.
    नारी पुरुष बराबर
    काँधमा काँध मिलाई
    अगाडि बढौँ सरासर !
    -सरस्वती श्रेष्ठ, रुपन्देही बुटवल
    ३१)
    —————<•>—————
    हिंसा हुन्छ घरैबाट
    नारी सुरक्षित छैनन्
    देखे लुक्छन् परैबाट !
    -धनमाया चौधरी, कैलाली
    ३२)
    —————<•>—————
    राम्रो देख्दैनन् कहिल्यै
    जति गर काम
    हेला गर्छन् जहिल्यै ।
    -अनिता कार्की
    पाँचथर
    ३३)
    —————<•>—————
    १.
    परम्परा मानिन्छ गलत
    हिंसा महिलाको हुने
    संस्कार भन्दै फगत !
    २.
    महिलामा छाप गहिरो
    पारेर पितृसत्तात्मक सोचको
    महिलाकै जीवनमा पहिरो !
    -मनोहरी पौडेल
    गैडाकोट १
    ३४)
    —————<•>—————
    १.
    सृष्टिको अस्तित्वलाई चिन
    चल्दैन संसार महिलाबिना
    फेरि हिंसा किन ?
    २.
    हत्या, हिंसा नगरौँ
    आऊ सृष्टिकर्ता नारीको
    सुरक्षामा अघि सरौँ !
    -अरुण कुमार भुजेल
    गोरूबथान,कालेबुङ,भारत।
    ३५)
    —————<•>—————
    १.
    हत्या हिंसा बढ्दैछ
    सत्ताको आडमा हत्यारा
    नीति माथि चढ्दैछ ।
    २.
    गुड्दैन एकल पाङ्ग्राले
    कानुनी कारवाही नभएमा
    बढाउँछन् हिंसा डाङ्ग्राले !
    -कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे
    ३६)
    —————<•>—————
    १.
    महिलामा जागरण आओस्
    पुरुषबाट अत्याचार भए
    कठोर सजाय पाओस् !
    २.
    महिला नहिँड कुबाटो
    कमजोरी आफूबाट हुँदा
    आफैँलाई हुनेछ घाटो !
    -होमप्रसाद नेउपाने
    धरान,सुनसरी
    ३७)
    —————<•>—————
    १.
    सहर अनि गाउँमा
    महिला हिंसा कायमै
    छैनन् निर्णायक ठाउँमा !
    २.
    दिएजस्तो गरेर देखायो
    भाषणमा चिप्लो घसेर
    आफ्नो नाम लेखायो ।
    -समुन्द्रा शर्मा
    सुनसरी
    ३८)
    —————<•>—————
    अँध्यारोमा ज्योति छरौँ
    महिला हिंसा बढ्यो
    यसलाई बन्द गरौँ ।
    -डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा.पा. -६ , दोलखा
    ३९)
    —————<•>—————
    १.
    महिलाबिना सृष्टि चल्दैन
    किन कुटेको स्वास्नी
    पुरुषको नाडी गल्दैन ?
    २.
    हिंसा गर्न अगाडि
    पुरुष देखिए यहाँ
    रहन्छन् महिला पछाडि !
    -राजेशराज गड्तौला
    कॅाडाघारी, काठमाण्डौ
    ४०)
    —————<•>—————
    १.
    गर्छन् अन्याय अत्याचार
    ती विवश नारीलाई
    एकचोटी होइन बारम्बार !
    २.
    बलात्कारका सिकार हुन्छिन्
    पिछडिएका वर्गमा धेरै
    पीडित नारी रुन्छिन् ।
    -सञ्जीवराज जोशी विवस
    कञ्चनपुर गुलरिया
    ४१)
    —————<•>—————
    महिलामाथि विभेदपूर्ण व्यवहार
    शारीरिक, मानसिक शोषणको
    अन्त्य होस् सरकार !
    -रुना कर्माचार्य दाहाल
    चितवन
    ४२)
    —————<•>—————
    १.
    नारी हिंसा बढ्दैछ
    अन्याय अत्याचारको विरोधमा
    एकजुट भएर लड्दैछ ।
    २.
    जनतामा चेतना भरौँ
    नारीलाई मुक्ति दिलाउन
    शिक्षाको सन्देश छरौँ !
    -राज कुमार राजभण्डारी खाेटाङे
    मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर ।
    ४३)
    —————<•>—————
    १.
    ज्ञान चेतनाको अभाव
    नारी हिंसा कार्यकारण
    समाजमा पर्दैछ प्रभाव !
    २.
    नारी पुरुष बराबरी
    लैंगिक हिंसा रोक्नलाई
    देऊ शिक्षा सराबरी !
    -जयनारायण नेपाल
    सूर्य विनायक २ बालकोट ,भक्तपुर
    ४४)
    —————<•>—————
    १.
    जिउँदो देवीको रूपमा
    सजाएर राखौँ नारीलाई
    नदिऔँ अनेकौँ उपमा !
    २.
    महिलाले खेपेको भार
    तर कहिले पाउँदिनन्
    सुखले बाँच्ने आधार !
    -ललिता गिरी, सिन्धुली
    ४५)
    —————<•>—————
    १.
    खुसी छैन मन
    बढ्दैछ महिला हिंसा
    सुरक्षित छैन तन !
    २.
    विभेदको याे पारा
    आखिर चल्छ कहिलेसम्म
    दुखित छन् सारा !
    -सुशीला शिखा
    कागेश्वरी काठमाडौँ
    ४६)
    —————<•>—————
    १.
    देख्नै नसक्ने मानसिकता
    अपराधी बलत्कारीको लर्को
    हराएर गयो सामाजिकता !
    २.
    खुँडा खुकुरीले सेर्नुपर्छ
    चेलीहरू एकतामा उभिई
    बलात्कारी सबैलाई घेर्नुपर्छ ।
    -घनश्याम पन्त, हरिवन सर्लाही
    ४७)
    —————<•>—————
    अपमान तिरस्कार पनि
    महिला हिंसा हुन्
    नहेप्नु निमुखा भनी !
    -पुष्पा राई, बादेल, खाेटाङ
    ४८)
    —————<•>—————
    १.
    हिंसा नगराैँ महिलाको
    अहिले सबै समान
    कुरा छाैडाैँ पहिलाको !
    २.
    महिला पुरुष बराबरी
    नगरी कसैलाई हिंसा
    रथलाई चलाओैँ सरासरी !
    -रामप्रसाद पुरी, बादेल,खाेटाङ
    ४९)
    —————<•>—————
    १.
    नारी हुन् सृष्टि
    राख्नुपर्छ करुणाको भाव
    आमा समान दृष्टि !
    २.
    नारीलाई गर अर्चमान
    हामी बनाैँ संस्कारी
    हट्दै जान्छ व्यवधान !
    -प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे
    ५०)
    —————<•>—————
    महिला हिंसा बढ्दै
    सरकार मौन बस्छ
    चिल्लो गाडी चढ्दै ।
    -बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाइ ४ झापा
    ५१)
    —————<•>—————
    हिंसाकाे एक पाटाे
    नपुरिने रहेछ कहिल्यै
    पापीले खनेकाे बाटाे !
    -दीपक दाहाल
    ५२)
    —————<•>—————
    फसेको चेलीलाई हेर
    कुविचार सबै हटाऊ
    मनलाई करुणाले बेर !
    -बिबा तामाङ, लापपञ्चर खरसाङ।
    ५३)
    —————<•>—————
    १.
    इज्जत गरौँ महिलाको
    हिंसा नहोस् नारीको
    बानी छौडौँ पहिलाको !
    २.
    सोच राखौँ राम्रो
    महिला हुन् सृष्टिकर्ता
    जन्म दिने हाम्रो !
    -अन्मोल मुस्कान
    तकदाह छाउनी, दार्जिलिङ
    ५४)
    —————<•>—————
    १.
    ममताकी खानी नारी
    आफ्नो खुसी लुकाई
    बोक्छिन् दु:खको भारी !
    २.
    जताततै गिद्धे नजर
    सुरक्षित छैनन् नारी
    गाउँघर या सहर !
    -बिमल पोखरेल
    धरान -१७,पटनाली
    ५५)
    —————<•>—————
    नारी हुन् माता
    हिंसा जसले गर्छ
    उसको कस्नुपर्छ पाता !
    -अम्बिका गिरी,विराटनगर
    ५६)
    —————<•>—————
    १.
    देखिन्छ धेरैजसो ठाउँमा
    पुरुषहरू पीडित भएको
    डिभोर्स दिने नाउँमा !
    २.
    अधिकार चाहियो भन्दछन्
    दायित्व बिर्सिदै गएर
    स्वतन्त्रताको क्षेत्र गन्दछन् ।
    -सुस्मिता अधिकारी ,काठमाण्डौ
    ५७)
    —————<•>—————
    मिलेर बस घरमा
    फरक के छ
    नारी र नरमा !
    -भाेलामान बर्देवा
    धरान ८ सुनसरी
    ५८)
    —————<•>—————
    १.
    विकट पहाडी गाउँमा
    अनाहकमा मारिन्छन् नारी
    छाउ बार्ने नाउँमा !
    २.
    सृष्टि चलाउने नारी
    सम्मानजनक व्यवहार गरौँ
    नठानौँ उनलाई भारी !
    -शान्ता पौडेल भट्टराई
    टङ्कीसिनवारी, मोरङ
    ५९)
    —————<•>—————
    १.
    वस्तुझैँ चल्छ व्यापार
    हिंसा गरिन्छ नारीको
    हत्या अनि बलात्कार !
    २.
    नारीहरू बराबर हुन्छन्
    किन गर्छौ हेला
    यिनैले शिखर छुन्छ्न् ।
    -बेदु न्यौपाने
    ६०)
    —————<•>—————
    विकृति कसरी फैलियो
    महिला परे हिंसामा
    हेर समाज मैलियो !
    -सञ्जना शर्मा
    लमही दाङ
    ६१)
    —————<•>—————
    १.
    कानुन पालना गरेमा
    महिला हिंसा हुँदैन
    सबै नियममा बसेमा !
    २.
    नगर्नू पापको कर्म
    हिंसा अपराध हो
    बुझ्नु पर्छ मर्म !
    -कृष्ण बजगाई, भक्तपुर
    ६२)
    —————<•>—————
    १.
    महिला हिंसा नगरौँ
    धर्ती हुन् यिनी
    भ्रममा कोही नपरौँ !
    २.
    अपुरो छ सृष्टि
    यहाँ महिलाबिना हेर
    लगाऔँ सोचमा दृष्टि !
    -शशीश्री आचार्य
    बौद्ध कुमारीगाल काठमाडौं
    ६३)
    —————<•>—————
    १.
    महिला हिंसा घटाउनू
    हामी सबै मिलेर
    कुरीति कुसंस्कार हटाउनू ।
    २.
    महिला शिक्षित भए
    शिक्षित हुँदा पनि
    हिंसामा पर्दै गए !
    -श्रीकृष्ण धामी, बझाङ
    ६४)
    —————<•>—————
    १.
    महिला हिंसा रोकौँ
    प्रत्येक घरबाट निस्केर
    हातमा मशाल बोकौँ ।
    २.
    पुरुष महिला समान
    भन्ने नारा लगाउँदै
    खोलौँ सबका कान !
    -पुष्पा सुवेदी
    नेपालगन्ज, बॅाके
    ६५)
    —————<•>—————
    शिक्षित प्रौढ नारी
    तर किन हजुर
    सताउँछे अबला बुहारी ?
    -ध्रुव श्रेष्ठ
    खोटाङ
    ६६)
    —————<•>—————
    १.
    वचन लाउँछ धारिलो
    सहनै नसक्ने गरि
    घाम छैन पारिलो !
    २.
    घरेलु हिंसामा पर्दा
    सहनु है भन्छन्
    अविरल आँसु झर्दा !
    -राजेश्वरी राजोपाध्याय
    ललितपुर
    —————<•>—————