साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ४२ सम्पन्न

  • २६ कार्तिक २०८१, सोमबार २०:०९ मा प्रकाशित
  • साप्ताहिक झिल्का लेखन अभ्यासको ४२ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ ।
    साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ५० जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे । यो उत्साहपूर्वक सहभागिताका लागि सम्पूर्ण सहभागीहरूमा संयोजक म्यामराज राईले हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

    शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर नभएमा उत्तम मानिन्छ ।

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ४२ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-


    १,
    आइपुग्यो चाड तिहार
    झिलिमिली लिएर घरआँगनमा
    मानौँ, एक चमत्कार ।
    २,
    बोकेर नवीकरणको खाता
    चेली माइतीको बन्यो
    आहा ! सौन्दर्यमा भाइटीका ।
    ३,
    शरद्ले फूल फुलायो
    सयपत्री, मखमली रङ्गीचङ्गी
    मनलाई पुलकित बनायो ।

    • म्यामराज राई

      १,
      शरद्मा फूल फुल्यो
      मखमली सयपत्री गालाभरि
      वर्षमा एकदिन खुल्यो ।
      २,
      सुधार्नु छ सरकारलाई
      नाराबाजी गर्दै भएपनि
      बुझा नेपाली दाजुभाइ ।
      ३,
      विदेशी भाइहरू तिहारमा
      रुन्छ होला धरधरी
      सम्झी दिदी परिवारमा ।
    • एवाइ प्रभात
      खाल्सा छेन्ताङ सहिदभूमि, धनकुटा

      १,
      तिहारको आयो पर्व
      झिलिमिली गाउँ शहर
      संस्कृतिमा लाग्छ गर्व ।
    • ताराप्रसाद चापागाईँ

      १,
      धुमधामसॅंग चल्दैछ तिहार
      यसपाली पनि आफ्नो
      खाली हुन्छ निधार।
      २,
      मिल्दैन विदेशको ठाउॅं
      छैनन् यहाँ दिदीबैनी
      सम्झेर भएन गाउँ।
      ३,
      हुनेले लगाउनु होला
      कतिपय दिदीबहिनी नहुनेको
      मन कति रोला।
    • अर्जुन प्रसाद चौलागाई
      अमैरिका,बोस्टन।

      १,
      लक्ष्मीको बास होस्
      हजुर हाम्रो घरमा
      दु:खकष्ट कसैलाई नपरोस्।
      २,
      तिहारमा उमङ्ग छरी
      देउसी भैलो खेलेर
      गरिन्छ रमाइलो गाउँभरि।
      ३,
      बाँचुन्जेल हाँसेर रमाई
      यही त हो
      जीवनको अमूल्य कमाइ।
    • सतीश पण्डित
      भानु -६, चुँदी, तनहूँ (हाल चनपा – ६, मातातीर्थ)

      १,
      तिहार सामाजिक मेला
      देउसी आयो भैलो
      ठाउँ ठाउँमा भेला।
      २,
      भाइबहिनीको चोखो माया
      अटुट नाता हुन्छ
      नलागोस् दुष्टको छायाँ।
      ३,
      सामाजिक पर्वमा आफ्नोपन
      सबैले मनाऔॅं मिली
      एकताको हुन्छ इञ्धन ।
    • सुरेशकुमार पाण्डे
      घोराही – १८, दाङ

      १,
      तिहार रमाइलो पर्व
      सयपत्री, मखमली फूलहरूको
      भाइटीकामा ठुलो गर्व ।
    • बेदु न्यौपाने

      १,
      गोवर्धन पूजा चलाएका
      जगमा श्रीकृष्णले आफै
      इन्द्रको सेखी ढलाएका ।
      २,
      चलेको अनेकौं रीति
      पञ्चाङ्ग अनुसार हामी
      पालौँ पर्वकै मिति ।
      ३,
      खेतमा अनाज फलायौँ
      गोरुको मद्दतले यहाँ
      गोवर्धनमा दियो जलायौँ ।
    • कार्की डिबी माकुम
      सुनवल-४, नवलपरासी

      १,
      सुख, शान्ति छरिन्छ
      धनकी देवी लक्ष्मीको
      आशीर्वादले खुशी भरिन्छ।
      २,
      आफ्नो क्षमता हेरेर
      चाडपर्व मनाउनु पर्छ
      इच्छा चाहना फेरेर।
      ३,
      राजनीतिमा जस्तै देखिन्छ
      साहित्य क्षेत्र भित्र
      गुट उपगुट भेटिन्छ ।
    • कला ढकाल
      झापा

      १,
      तिहारमा बच्चाको खैलोबैलो
      दिदीबहिनी दाजुभाइको भेट
      दीपावली देउसी भैलोको ।
      २,
      फूलहरूको विशेष पर्व
      काग, कुकुर सम्झिएर
      संस्कृतिको बडो गर्व।
      ३,
      दिदीबहिनीबाट सप्तरङ्गी टिका
      मखमली सयपत्रीको माला
      कोही नहुन् फिका ।
    • चुडामणी देबकोटा
      पुरानोनैकाप काठमाडौँ

      १,
      फूलको माला लाएर
      रमाइलो गर्ने तिहारमा
      देउसिरे गीत गाएर।
      २,
      तिहार हाम्रो पर्व
      रमाइलो गर्न पाउँदा
      लाग्दछ सबैलाई गर्व।
      ३,
      आउॅंलान् माइती भनेर
      बाटो हेरी बसेको
      फूलको माला गनेर।
    • राज कुमार राजभण्डारी खोटाङे
      मध्यपुर ठिमी -५, सङ्गम कोलोनी राधे राधे भक्तपुर

      १,
      निधारमा होस् टीका
      मनाऔँ तिहार सबैले
      नहोस् कसैको फिका।
      २,
      पुगोस् मनाका चाहना
      मेरो भाइ तिमीलाई
      दीर्घायुको हार्दिक शुभकामना।
      ३,
      घाम लाग्यो घमाइलो
      तिहारमा देउसी खेल्दै
      गरौं सबैले रमाइलो ।
    • अनिता भण्डारी
      ताप्लेजुङ

      १,
      हजुर देखासिखी नगरौं
      काढेर भारी ऋण
      खोक्रो सान नभरौं ।
      २,
      हैसियतको ख्याल राखौं
      सधैं आउँछन् पर्वहरू
      ठिक्क मात्र चाखौं ।
      ३,
      छाती फुलोस् गर्वले
      संस्कृतिको बाटो रोजोस्
      हामीले मान्ने पर्वले ।
    • त्रिलोचन भण्डारी
      मेचीनगर झापा

      १,
      आइपुग्यो आँगनमा तिहार
      सेल पकाउँदैछन् घरघरमा
      मनमा माइतको विचार।
      २,
      जताततै फूलका माला
      बजार भरिएको छ
      हातभरि सुनका बाला।
      ३,
      तिहारमा बहिनी आउँछिन्
      टीका लगाउन भनेर
      मनग्य दक्षिणा पाउँछिन्।
    • नवराज भट्ट
      कञ्चनपुर

      १,
      सुन्दर मनले मनाऔॅं
      हाम्रो आफ्नो संस्कृतिलाई
      सबैलाई महत्त्व जनाऔॅं ।
      २,
      चारैतिर शान्ति छरौं
      एकताको परिभाषा बनाउँदै
      माया प्रेममा भरौं ‌।
    • निमा छिरिङ भोटिया
      जलढका कालेबुङ, भारत

      १,
      देखासिकी नगरी अब
      मनाऔं हाम्रो परम्परा
      छोडेर आडम्बर सब ।
      २,
      लक्ष्मीको बास होस्
      घर समाजमा सब
      कसैलाई दु:ख नपरोस् ।
    • दुर्गा भट्टराई
      मोरङ

      १,
      तिहारको यो मेला
      उत्सव उमङ्ग छायो
      शरद्को मिठो बेला ।
      २,
      पूजा आराधना गर्दै
      लक्ष्मीको सदा आशीर्वाद
      हामी शरणमा पर्दै ।
      ३,
      देउसी भैलो खेलेर
      मनाऔं सबैले चाड
      हैसियत आफ्नो हेरेर ।
    • कमल प्रसाद बगाले रेग्मी
      वालिङ्ग बजार स्याङ्जा !

      १,
      सकिन्छ संस्कृतिलाई बचाउन ?
      पश्चिमी सभ्यताको अतिक्रमण
      विश्वलाई खिल्लीमा हँसाउन ।
      २,
      पवित्रताको प्रतीक भाइटीका
      दुष्कर्मले दानवता झल्काउँछ
      दुर्ब्यसनले बिग्रन्छ युवापिडिका।
      ३,
      चाडपर्वमा विवाद नआओस्
      जातबाट बचाउ जातित्वलाई
      दाजुभाइमा भाँजो नछाओस् ।
    • दिल ठकुरी
      दार्जिलिङ, भारत

      १,
      आयो तिहार पर्व
      सप्तरङ्गी टीका लगाउँदा
      लाग्छ सबैलाई गर्व ।
      २,
      सबैले मनाऔॅं तिहार
      सयपत्री, मखमली मालासॅंगै
      खाली नहोस् निधार ।
    • मन थापा
      पोखरा – २१, बक्रेक

      १,
      तिहारको बेला आयो
      भेट्न सबैलाई पाउँदा
      मनमा उमङ्ग छायो ।
      २,
      दिदीलाई तिहारमा भेट्नुछ
      गरेर मनका कुरा
      वर्षौंको तिर्सना मेट्नुछ ।
    • प्रेम थापा “मन”बागलुङ

      १,
      चलनहरू कता जाँदैछ ?
      तिहार दीपको पर्व
      देउसी विकृतितिर जाँदैछ।
      २,
      रङ्गीचङ्गी कागजका फूल
      हरायो मखमली सयपत्री
      देउसीमा -यापका हुल।
      ३,
      यथार्थहरू परपर सर्दैछन्
      कर्महरू मौलिकतामा होइन
      देखासिकीमा कर्महरू गर्दैछन्।
    • घनश्याम पन्त हरिवन सर्लाही

      १,
      चलनचल्ती कता जादैछ ?
      आफ्नो संस्कार छोडी
      विकृतितिर अब लाँदैछ ।
      २,
      नेता भए भ्रष्ट
      जनता मात्रै झुक्याउने
      बुझ्ने सबै प्रष्ट ।
    • बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
      कनकाई ४ झापा

      १,
      भित्रियो अब तिहार
      सजिउन् दाजूभाइ दिदीबहिनीका
      सप्तरङ्गि टिकाले निधार l
      २,
      ओढेर मुस्कानको छाता
      आउँछिन् चेली माइत
      लगाउन भनेर भाइटिका l
      ३,
      मौलिक परम्परा जोगाऔॅं
      मिसावटयुक्त मसला खाएर
      आफ्नो शरीर नरोगाऔॅं l
    • बाबुराम गौतम, गुल्मी

      १,
      रमाइलोसँग मनाऔॅं तिहार
      आफ्नै संस्कार संस्कृतिमा
      माइतीको रङ्गिन्छ निधार ।
    • बिबा तामाङ्

      १,
      लाएका फूलका माला
      देउसी भैलो खेल्दै
      रमाइलो तिहार जाला ।
      २,
      दु:खलाई सुखले जेलौं
      आउनुहोस् भेला भई
      जम्मा भएर खेलौं ।
      ३,
      चेली माइतीको उपहारले
      सम्बन्ध प्रगाढ बनाउँछ
      आनन्द ल्याउँछ बहारले ।
    • रामप्रसाद पुरी
      बादेल, खोटाङ ।

      १,
      सप्तरङ्गी टीका लगाई
      यमपञ्चकको पूजा गर्दछौं ,
      रमाउॅंछौं अँध्यारो भगाई ।
    • सुस्मिता अधिकारी
      काठमाडौँ

      १,
      शरद्ले ल्यायो बहार
      आँगनमा फूलको फूल
      भाइको गलामा हार !
      २,
      दिदीभाइको पवित्र पर्व
      परम्परादेखि चलेको यो
      गर्नु पर्छ गर्व !
      ३,
      तिहार गाउॅंदेखि शहरसम्मै
      देउसी भैलीको गुञ्जन
      मिलेर खेल्छन् जम्मै !
    • धनमाया चौधरी
      कैलाली

      १,
      रमाएर तिहारको पाला,
      खुसी देखिए दाजुभाइ
      लगाएर फूलको माला !
    • आर्त अकुलीन

      १,
      सितल बहार बनेर
      मुस्कुराउॅंदै छ तनमन
      पर्खिरहे उसैलाई भनेर।
      २,
      कार्तिकमा गर्दा दान
      फलिफाप हुन्छ भन्छन्
      परम्परालाइ सबैले मान।
    • सुनगाभा पोखरेल
      कपिलवस्तु -१, बैरिया

      १,
      छायो तिहारको रौनक
      मनाऔॅं आपसमा मिलेर
      नमानौं संस्कृतिमा धक।
    • हरिगोपाल न्हुच्छेँप्रधान
      काभ्रे, साँगा बजार बनेपा १४ ।

      १,
      तिहार मनाउनु पर्छ
      सुख शान्ति समृद्धि
      देशैभरि खुशीयाली छर्छ ।
      २,
      मखमली सयपत्री टीका
      मिलेर मनाउन है
      नहोस् कसैको फिका ।
    • अम्बिका अधिकारी
      झापा बिर्तामोड

      १,
      सयपत्री फुल्यो आँगनभरि
      सुखको आयु थपियोस्
      यमको आशीर्वाद उपहारसरि ।
      २,
      सेलरोटीको सुवासना आउँदैछ
      दु:ख सबैले भुलेर
      मादलको तालमा गाउँदैछ ।
      ३,
      संस्कृति हाम्रो गाईतिहार
      परदेशमा हुने माइतीको
      नरहोस् खाली निधार ।
    • मोती योन्जन सुब्बा
      दार्जिलिङ।

      १,
      रमाइलो चाडमा उत्साहित सयपत्री, मखमली सतरङ्गी मनै हुन्छ प्रफुल्लित ।
    • शरद ओझा

      १,
      फूल बोकी आइन्
      तिहारको बेलामा बहिनी
      मिठो भैली गाइन् ।
      २,
      निधार खाली होला
      नहुँदा साथमा चेली
      दाजुभाइको मन रोला ।
      ३,
      तिहारको देखियो भडक
      घरघरमा रमझम अचाक्ली
      सेलमा स्वाद कडक ।
    • राजेशराज गड्तौला
      काँडाघारी, काठमाण्डौ

      १,
      ढकमक्क सयपत्री फुलेछ
      देउसी भैलो खेल्ने
      तिहारको मौसम खुलेछ।
      २,
      झिलिमिली बत्ती बालेर
      लक्ष्मीपूजा तिहारमा गरेको
      मनको मैलो फालेर !
      ३,
      पर्न नदिनु छायाँमा
      टीका माला लाउनू,
      दिदी भाइको मायामा।
    • विवश पारदर्शी
      झापा

      १,
      आँगनमा आयो तिहार
      चेली माइती मिली
      गर्नु पर्छ विहार।
    • अरुण कुमार भुजेल
      गोरू बथान,कालेबुङ,भारत।

      १,
      मखमली सयपत्री हजारी
      घर आँगन झिलिमिली
      दियो फूलले सिॅंगारी।
    • सरस्वती श्रेष्ठ
      रुपन्देही बुटवल।

      १,
      निधारमा टीको टालौँला
      आशीर्वाद पाएर चेलीको
      ग्रहदशा सबै फालौँला ।
      २,
      शरद् ऋतु रमाइलो
      मन्दमन्द सितल हावा
      घाम लाग्दछ घमाइलो।
    • होमप्रसाद नेउपाने
      धरान,सुनसरी ।

      १,
      रङ्गिचङ्गी फूल हेर
      तिहारमा माला गासौँ
      नजाओस् सुकेर खेर।
    • शोभा आचार्य गौतम
      काठमाडौँ

      १,
      सामाजिक, संस्कृति, संस्कार
      दाजुभाइ दिदीबहिनीको मेलमिलाप
      माइती चेलीकोको संसार ।
      २,
      बत्ती, फूल , सेलरोटी
      देउसी , भैलो , भाइटीका
      वर्षमा तिहार एकचोटि ।
    • ममता पौडेल
      बुढीगङ्गा – २ मोरङ

      १,
      जताततै फूलको होली
      मिली खेलौ भैलो ,
      बनाई मिठो बोली ।
      २,
      खुसीले चाडपर्व मनाऔॅं
      नगरौँ फजुल खर्च ,
      घरमा भएको खाऔॅं ।
      ३,
      झिलिमिली फूलको तिहारमा
      बढ्दो महगी भएकोले ,
      जनता परे मारमा ।
    • सीमा कार्की समर्पण,
      मेलचोक पर्सा

      १,
      मनमा छैन हर्ष
      माला सुकेर नै
      जान्छ हरेक वर्ष।
      २,
      फुलिसके हजारी फूल
      आखाँमा भने सधैँ
      हुन्छ आसुँको मुल।
    • सानु जोशी
      सुदुर पश्चिम दार्चुला,

      १,
      गलामा मखमली माला
      निधारमा टीका सप्तरङ्गी
      तिहार खुसीले जाला ।
      २,
      तिहारमा खुसी भेटिन्छ
      पर्व चेली माइतीको
      देउसी भैलो खेलिन्छ ।
      ३,
      गच्छे अनुसार मान्नु
      रमाइलो चाड तिहार
      दान गर्न जान्नु ।
    • कृष्ण बजगाई भक्तपुर

      १,
      तिहार एक चाडपर्व
      हामी सबैलाई लाग्छ
      हाम्रो चाडपर्वप्रति गर्व ।
      २,
      देउसी भैलोले छायो
      रमाइलो गर्दै दाजुभाइ
      अब आँगनसम्म आयो ।
      ३,
      आयो भोलि भाइटीका
      लगाएर खुसी हुनु,
      नहोस् आँसु ढिका ।
    • श्रीकृष्ण धामी
      बझाङ

      १,
      तिहारको रमाइलो बेला ।
      गाउँ सहर झिलिमिली
      दाजुभाइ दिदीबहिनी भेला।
      २,
      खेलौं देउसी भैलो
      कसेर एकताको गाँठो
      उघारेर मनको दैलो ।
      ३,
      दीपावलीले समृद्धि ल्याउने
      विकृतिलाई सबै हटाएर
      उल्लास सबैमा छाउने ।
    • प्रद्युम्न चालिसे
      भक्तपुर कटुञ्जे ।

      १,
      आएर गयो तिहार
      आपसमा बढ्दै हामीले
      दिदीबहिनी दाजुभाइको प्यार ।
      २,
      रक्षा गरून् सरस्वती
      दिदिबहिनी दाजुभाइ सबैलाई
      सप्रियो नेताको मति ।
      ३,
      हर्ष र उल्लास
      सप्तरङ्गी टीका लगाई
      तिहार हुन्छ खास ।
    • ईश्वर साउद(भिक्षु)
      रामारोशन गाउँपालिका ६ सुदुरपश्चिम अछाम

      १,
      ज्यादा नहुनु अविवेकी
      विरूप हुन्छ स्वरूपवान्
      पङ्ख नभएका केकी ।
      २,
      अर्थपूर्ण छ अलङ्कार
      जसले सजाउँछ ठाउँमा
      अन्यथा बेसुर झङ्कार ।
    • कृष्णकुमार वैद्य
      बनेपा ९, काभ्रे

      १,
      तिहार रमाइलो पर्व
      माईती चेलीको मिलन
      गरौं हामी गर्व ।
      २,
      हाम्रो चाडपर्व मनाऔॅं
      फजुल खर्च घटाई
      मिलेर विकृति हटाऔॅं ।
      ३,
      इज्जत प्रतिष्ठा कमाइ
      आफ्नो पनमा बसौं
      बाँच्न सधैं रमाइ ।
    • जयनारायण नेपाल
      इलाम ,हाल सूर्य विनायक २ , बालकोट २ भक्तपुर ।

      १,
      हर्षमय बनोस् तिहार
      दाजुभाइ एवम् दिदीबहिनीको
      खाली नरहोस् निधार !
      २,
      नरहुन् कोही भोको
      महान् चाड तिहारमा
      पुगोस् सबैको धोको !
    • वसन्त अनुभव

      १,
      तिहार चाड रसिलो
      बिदा भयो हामीबाट
      बनाएर सम्बन्ध कसिलो ।
      २,
      भुल्दै संस्कृतिको पाटो
      घन्कियो डिजे गाउँघरमा
      देउसी भट्याउनको साटो ।
    • शान्ता पौडेल भट्टराई
      टङ्कीसिनवारी, मोरङ

    ::::::::जय झिल्का साहित्य ! ::::::::::