साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ४० सम्पन्न

  • २६ कार्तिक २०८१, सोमबार १९:५६ मा प्रकाशित
  • साप्ताहिक झिल्का लेखन अभ्यासको ४० औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ ।
    साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ६० जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे । यो उत्साहपूर्वक सहभागिताका लागि सम्पूर्ण सहभागीहरूमा संयोजक म्यामराज राईले हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

    शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर नभएमा उत्तम मानिन्छ ।

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ४० मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-


    १,
    भाग्यभन्दा ठुलो कर्म
    पाखुरीमा पसिना मिलाए
    फल पाइन्छ विनासर्म ।
    २,
    उज्यालो बाटो बनाउॅंदै
    सहज, कठिन साथसाथै
    नवपुस्ताको भविष्य डोर्‍याउॅंदै ।
    ३,
    ढुङ्गा बन्छ मूर्ति
    मूर्तिमा गहिरिॅंदा ढुङ्गै
    गरिरहन्छ विश्वासको आपूर्ति ।

    • म्यामराज राई

      १,
      बालक गिलो माटो
      जस्तो बनाए त्यस्तै
      भविष्यको दह्रो पाटो।
      २,
      माइतीघर जन्मेको घर
      छोड्नु पर्ने बाध्यता
      फेरिँदै माइती थर।
    • सरस्वती श्रेष्ठ

      १,
      भाग्य ठुलो भन्छन्
      तर व्यवहारले चाहिँ
      दुर्भाग्यलाई नै गन्छन् !
      २,
      राम्रो देख्ने नयन
      कता हरायो कुन्नि !
      अहिले खोज्दै अयन ।
      ३,
      सम्झौतामा मन अडिन्छ
      खुसी बाँडेर हिॅंड्दा
      अगाडि छिटो बढिन्छ !
    • अच्युत घिमिरे, सर्पाङ, भुटान

      १,
      मायाको प्रीति गाँसौँ
      मन मिले कसैसँग
      भित्री मनले हाँसौँ ।
      २,
      जीवन‌ दिव्य उपहार
      जन्म, मृत्यु घटना
      आखिरमा जीवनकै सार ।
      ३,
      इष्टदेवलाई मनमा टासौँ
      कलह नहुनु राम्रो
      क्लेश मनबाटै नासौँ ।
    • कार्की डिबी माकुम, सुनवल-४, नवलपरासी

      १,
      कर्मले भाग्य बन्छ
      पसिना बगाउँदा मात्रै
      बल्ल फल रहन्छ।
      २,
      उज्यालो बाटो समाऊ
      नजान्नेलाई सिकाउँदै तिमीले
      ज्ञानको प्रवाह बगाऊ।
      ३,
      ज्ञानको ज्योति बाल
      भरसक त्यसैको लागि
      कर्म आजैदेखि थाल।
    • अर्जुन प्रसाद चौलागाई, रामेछापः-सुनापति-१
      हालः-क्यानडा,क्यालगरी।

      १,
      भाग्यमा छ भन्दैमा
      कोहि ठुलो हुँदैन
      पैसै पैसा गन्दैमा ।।
      २,
      मनभन्दा झन् धन
      यहाँ देशभन्दा व्यक्तिको
      ठुलो हुँदैछ मन ।
      ३,
      विश्वास हो ठुलो
      ढुङ्गालाई भगवान् सम्झेर
      बाल्न सिकाउॅंछन् चुलो ।
    • दीपा समभाव, दुबेकोल खोटाङ्ग

      १,
      अरूलाई दोष दिन्छन्
      भ्रष्टाचारी नेताले सधैँ
      स्वार्थ मात्र लिन्छन् ।
      २,
      आहा ! हरियाली ठाउँ
      चियाबारी र धुपीसल्लाको
      बिचमा सुन्दर गाउँ ।
    • कला ढकाल, झापा

      १,
      कहिल्यै हार्नु हुन्न
      अगाडि बढ्ने प्रेरणा
      जितेर कदापि छुन्न ।
      २,
      अनौठो यात्रा भए
      असल मान्छे भन्नेछन्
      शिखर चढ्न गए ।
      ३,
      बर्सेनि आकाश खस्छ
      बराबर मानेर आऊ
      तिमीमा दुनियाँ बस्छ ।
    • अम्बिका अधिकारी, झापा बिर्तामोड

      १,
      गरिब सबैको हेला
      गाँसबास नपाउनेहरू यहाँ
      दु:खमा आएर भेला।
      २,
      देश छोडेर जान्छ
      भ्रष्टाचारी नेता भएर
      पसिना बेचेर खान्छ।
      ३,
      भाषणमा चल्दैन देश
      श्रम गरौँ सबैले
      हरियाली बनाऔॅं परिवेश।
    • एवाइ प्रभात, खाल्सा छिन्ताङ सहिदभुमि, धनकुटा

      १,
      एउटा भैँसी पालौँ
      दुध बेचौँ बजारमा
      खाडीतिर फाल नहालौँ ।
      २,
      सीप हुँदैन हातमा
      ऋण खोजेर हिँड्दा
      पर्छन नेपाली घातमा।
      ३,
      पैसा बरर झर्दैन
      आफ्नो पेशा गरौँ
      बाकसमा फर्किनु पर्दैन।
    • चुडामणी देबकोटा, पुरानोनैकाप काठमाडौँ

      १,
      गाउँतिर अब मोडौँ
      गाई भैँसी पाली
      खाडी जान छोडौँ ।
    • सविता भट्टराई जनकपुरधाम

      १,
      जसले ज्यादा उचाल्छ
      काँधमा हाली उसैले
      भिरमा लगेर फाल्छ ।
      २,
      साथ दिन्छु भनेर
      हावामा बही जान्छ
      बेलुन जस्तै उड़ेर।
    • राजनारायण राई, राजदल बस्ती सोनादह

      १,
      कस्तो कालो माटो
      हिँड्न भयो गाह्रो
      कति सानो बाटो ?
      २,
      कुन होला थर ?
      जान्नु मन लाग्यो
      बनाउनु पर्‍यो घर।
      ३,
      माया प्रेममा हाँस्यौँ
      दुईदिने यो जिन्दगीमा
      परिवारको मायामा बाँचौँ ‌।
    • नीमा छिरिङ भोटिया, जलढका कालेबुङ, भारत

      १,
      सधैँको पापी मन
      इज्जत इमान फालेर
      नथुपार कालो धन ।
      २,
      देखायौ राक्षसी गति
      गर्दैछौ दानवी कर्म
      देखिएन राम्रो मति !
      ३,
      धर्मबिनाको त्यो कर्म
      अहङ्कारले भरिएको मन
      हरायो लाजघिन सर्म ।
    • ऋजु दिल्पाली (राजेन्द्र घिमिरे ), इटहरी १ सुनसरी

      १,
      देश कति सुन्दर
      छ हिमालको काखमा
      तिम्रो हाम्रो घर।
      २,
      हिमालसम्म दुष्टको नजर
      मिलेर जोगाऔॅं सम्पत्ति
      जोगिए बन्छ रहर ।
      ३,
      के गर्छौ लुटेर ?
      आफ्नै स्वाभिमान पनि
      आफैले खान्छौ भुटेर।
    • सुरेशकुमार पाण्डे, घोराही -१८, दाङ

      १,
      सौहार्दको कामना गर्दछु
      भेटघाट छैन सन्जालमा
      आत्मियताको रङ्ग भर्दछु ।
      २,
      चाडपर्वको रमाइलो याम
      फूलहरू ढकमक्क आँगन
      चेलीको चटारो काम ।
      ३,
      माइतीको इमान बढोस्
      सफलताको पाटो पछ्याउँदै
      उत्तरोत्तर प्रगति चढोस् ।
    • मोती योन्जन सुब्बा, दार्जिलिङ

      १,
      पानी भर्ने कुवा
      देशलाई बाजी थापेर
      खेलिदियो आज जुवा ।
      २,
      भर पर्छ कोचमा
      मुलुक फेर्ने कुरा
      आएन यिनको सोचमा ।
      ३,
      मुलुकको भविष्य सोचौँ
      हामी सबै मिलेर
      देशद्रोहीलाई अब कोचौँ ।
    • दीप गोले तामाङ, रौतहट

      १,
      प्रकृति छ सुन्दर
      जगत् यो जीवनमा
      अनौठो छ रहर ।
      २,
      मातापिता भगवान् राम्रा
      गर्नुपर्छ सेवा सधैँ
      हुन् जीवनदाता हाम्रा ।
    • नेत्रबहादुर श्रेष्ठ, ठुलो सिरुवारी, सिन्धुपाल्चोक-१३

      १,
      छोरी अर्काको नासो
      भन्छन् किन होला ?
      धेरैले गलाको पासो ।
      २,
      शिक्षा सीप धीरत्व
      दाइजो भन्ने कुप्रथाको
      दिन हुँदैन निजत्व ।
      ३,
      ॠणको भारी बोकेर
      महाजन भए खुसीको
      समाजमा कोही खोकेर ।
    • पृथक प्रकृति

      १,
      बेकामे जाल बुन्दैछन्
      धान खाने मुसा
      पालेर भ्यागुतो थुन्दैछन् ।
      २,
      जनताले कुरा सुन्दैछन्
      आउँछ समय पर्खनु
      उस्तालाई जस्तैले थुन्दैछन् ।
      ३,
      डाँठै डाँठ छन्
      जाली झेली धुर्तको
      साँठगाँठ धेरै झन् ।
    • रामप्रसाद पुरी, बादेल, खोटाङ

      १,
      ईश्वर आस्था हाम्रो
      नैतिक शिक्षा दिएर ,
      बनाऔॅं समाज राम्रो।
      २,
      ढुङ्गालाई मूर्तिको आकार
      कलाको गर्छौं पूजा,
      कर्मले सपना साकार ।
      ३,
      हिॅंडेमा मनको बाटो
      भेटिन्छ ईश्वर सहजै ,
      सेवा धर्मको पाटो।
    • सुस्मिता अधिकारी, काठमाडौँ

      १,
      कर्मविनाको त्यो फल
      अनिश्चित हुन्छ पक्कै
      गर्छन् भगवान्ले छल।
    • कोपिला अधिकारी, गोरखा

      १,
      समय आउँछ पर्खिॅंदैन,
      परिस्थितिले लायो पछुतो
      बहेको खोलो फर्किॅंदैन।
      २,
      आफूलाई पर सार
      बच्नलाई होला गारो
      अरूलाई खोर पार।
      ३,
      जेलजाल जानी जानी
      विरोधीलाई तह लाऊ
      क्रमश: छानी छानी !
    • विवश पारदर्शी, झापा

      १,
      सबैले भन्छन् हाम्रो
      पक्ष विपक्ष होइन
      कता खोजौं राम्रो ?
    • प्रेम थापा “मन”, बागलुङ

      १,
      कर्ममा विश्वास गर्नु
      फल मिठो हुन्छ
      भाग्यको भर पर्नु ।
      २,
      उज्यालो संसार देख्न
      धैर्यता र त्यागले
      भविष्य पर्छ लेख्न ।
      ३,
      भ्रममा पर्नु हुन्न
      मान्छेको कठोर मनले
      दुखेको दिल छुन्न ।
    • कृष्ण बजगाई, भक्तपुर

      १,
      मिहिनेतले भाग्य बन्छ
      पौरख गरेको देख्दा
      सबैले आहा भन्छ।
      २,
      ज्ञानको ज्योति छर
      सभ्य समाज बनाउनु
      सबैमा सद्बुद्धि भर।
      ३,
      विश्वास जसले गर्छ
      ढुङ्गालाई भगवान् सम्झेर
      सधैँ मख्ख पर्छ ।
    • राज कुमार राजभण्डारी खोटाङ्गे, मध्यपुर ठिमी ५ संगम कोलोनी राधे राधे भक्तपुर

      १,
      सद्भावले मनाऔॅं पर्व
      संस्कार परम्परा जोगाउन
      चाहिँदैन अर्व खर्व ।
    • मिसु श्रेष्ठ

      १,
      पीडाले देह गाल्छ
      अति भएपछि मान्छे
      मौन बस्न थाल्छ!
      २,
      सम्झन्छन् पू्र्खाको बिर्ता
      लिन जान्नेले कहिल्यै
      दिन जान्दैनन् फिर्ता!
      ३,
      धनको मुख कालो
      नगर्नु आफन्तमा कारोबार
      भाइ, भतिजो, सालो ।
    • मन्दिरा सेढाई, मलेखु, धादिङ

      १,
      सुखदु:खले दसैँ सकायो
      पछिपछि लागिरहेछ तिहार
      चाडपर्वले शरिर मकायो ।
      २,
      मखमली फुल्यो बारीमा
      दीपावली मनाउन गाउँघर
      व्यस्तता देखिन्छ नारीमा ।
    • कृष्णकुमार वैद्य, बनेपा ९, काभ्रे

      १,
      कर्म हाम्रो धर्म
      कर्म गर्न कसैले
      गर्नु हुँदैन शर्म।
      २,
      गर्वले फुल्दछन् छाती
      जब जब पुग्दछन्
      शिखरमा हाम्रो जाति।
    • बिके मुखिया, दार्जिलिङ, भारत

      १,
      दुई जोईको पोइ
      विचरो तानातान भएर
      कुनामा बसेर रोइ।
      २,
      खोज्द‌ै थियो फसाउन
      सकेन कहिल्यै उसले
      मजाले जनता हॅंसाउन।
      ३,
      जुत्ताको माला लगाउँछन्
      आजित भइसके जनता
      सर्वत्र नगर घुमाउँछन्।
    • सतीश पण्डित, भानु -६, चुँदी तनहुँ (हाल चनपा६ मातातीर्थ)

      १,
      अल्छी नबन नानी
      समय आउँछ पर्खॅंदैन
      कर्मले गर्दैनन् हानी ।
      २,
      जिज्ञासा राख ज्ञानी
      नयाँ खोज अनुसन्धान
      ज्ञानले हुन्न सानी ।
      ३,
      मर्ने एकदिनको चोला
      भ्रष्टाचार गरेर कतिन्जेल
      मित्र बाँच्ने होला ।
    • भगवती दवाडी, झापा

      १,
      माया जीवनभरिको अभिभारा
      नसकिॅंदो रहेछ प्राणी ,
      बाँच्नलाई यहाँ बिनाआहारा ।
      २,
      यहाँ बोटबिरुवालाई पनि
      चाहिने पानी घाम,
      पौष्टिकको रूपमा अनि ।
      ३,
      दाल, भात, तरकारी
      खाँदा जीवन स्वस्थ ,
      हुँदैन मासुको भारी ।
    • सीमा कार्की समर्पण, मेलचोक पर्सा

      १,
      आमाको मुटु चर्किन्छ
      कमाउन पर्देशिएको छोरो
      बाकसमा सुतेर फर्किन्छ ।
      २,
      छैनन् पेटमा हरि
      तड्पाइ तड्पाइ मार्छन्
      कठै ! सहन्छन् कसरी !
      ३,
      खेलिन्थ्यो कपर्दी छुर
      हातखुट्टामा चोट लाग्दा
      लागेन कहिल्यै झुर ।
    • शान्ता पौडेल भट्टराई, टङ्कीसिनवारी , मोरङ

      १,
      मैले गरेको माया
      तिमीलाई तीतो लागे
      तिमी घाम छायाँ ।
      २,
      जिन्दगी रहेछ चोला
      यो जीवन बाँचे
      पुन: भेट होला ।
      ३,
      मैले सपनीमा देखेँ
      तिम्रो मुहार माया
      त्यसैले स्नेहले सेकेँ ।
    • शशीश्री आचार्य, बौद्ध कुमारीगाल काठमाडौँ

      १,
      आकाश राम्रो जूनले
      ताराहरु माझ हुँदा
      धर्ती सुन्दर फूलले ।
      २,
      फुल राम्रो चमेली
      बास्ना आउँछ हरर
      भॅंवरो बस्छ खेली ।
    • बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ), कनकाई ४ झापा

      १,
      भाग्य आफै बनाउने
      अडिॅंदैन ढुङ्ग्र‍ोमा दुध
      बुझेर आफै जनाउने।
      २,
      रहरको जाल हान्दा
      स्वास्थ्यमा समस्या नपारौ
      नबुझी जाल तान्दा।
    • दुर्गा आचार्य, मोरङ

      १,
      दसैँले नेटो काट्यो
      अब बहार तिहारको
      द्यौसीभैलोले माहोल बाट्यो ।
      २,
      पिङ त मच्चिरहेछ
      गाउँ बेँसी सँगाली
      चचहुइ टुप्पो खसिरहेछ ।
    • हरिगोपाल न्हुच्छेँप्रधान, काभ्रे, साँगा बजार बनेपा -१४

      १,
      दोषीले दोषीलाई समाउँछ
      आफ्नो आङको भैँसीलाई
      आङभित्रै लुकाई खेलाउँछ।
      २,
      युवापुस्ता देख्नै नसक्ने
      धर्मराउँदै बोल्छन् बेहोसमा
      आफैमा स्थिरता नबक्ने।
      ३,
      कुहिएका सडेगलेका थुप्राहरू
      बुझ्दैनन् एक्काईसौ शताब्दी
      सत्तामा लत्पतिएका कुप्राहरू ।
    • घनश्याम पन्त, हरिवन सर्लाही

      १,
      ढकमक्क कर्म फुल्छ
      जसले बगाउँछ पसिना
      उसैले फल बटुल्छ l
      २,
      जिन्दगी कर्कलाको पानी
      मरिलानु केही छैन
      नपुर्‍याऔॅं कसैलाई हानी l
      ३,
      नगरेर ढिला सुस्ती
      नित्य गरौँ व्यायाम
      जीवन्त रहन्छ तन्दुरुस्ती l
    • बाबुराम गौतम, गुल्मी

      १,
      रात जुनेली राम्रो
      आआफ्नो व्याख्या हुन्छ
      मत राख्यौं हाम्रो ।
      २,
      शिशिरको आगमन सॅंगसँगै
      बाली भित्र्याउँछ किसानले
      किन्दा पर्छ महँगै ।
      ३,
      माया पिरती गासौँ
      मन मुटु साटेर
      पलाएको घमण्ड नासौँ ।
    • धनमाया चौधरी, कैलाली

      १,
      गर्नलाई कुनै कर्म
      पसिना बगाउन धरमा
      नमान कहिल्यै सर्म !
    • आर्त अकुलीन

      १,
      यादका झिल्काहरू बोकेर
      साथ लागेर आएँ
      जिन्दगीको यात्रा रोकेर ।
      २,
      हिॅंडेँ बाटो बनाउॅंदै
      एक्लै भएर पनि
      यात्रीको अस्तित्व जनाउॅंदै ।
      ३,
      समयको रहेछ खेल
      सकिएन बुझ्न बेलैमा
      आयो डरलाग्दो भेल ।
    • राजेशराज गड्तौला, काडाघारी, काठमाडौँ

      १,
      उतारचढाव जीवन खास
      प्रगतिका खातिर जरुरत
      उकालीमा बढ्छ सास ।
      २,
      ढाल्न लाग्दैन बेर
      निर्माणमा महिनौ लाग्ने
      काँडामा हिॅंडनु धेर ।
      ३,
      ढुंगा सालिग्राम बन्न
      निरन्तर पानीमा घस्रन्छ
      थाल्छन मानवमा गन्न ।
    • हिरालाल न्यौपाने, बानपा -८, कोटमौला, सल्यान

      १,
      समयले धेरै सिकायो
      रुनु हुँदैन भन्दा
      आँसु किन झिकायो।
      २,
      दसैँ पनि सकियो
      हाँसो रोदनको बीचमा
      गरिबको आँसु मक्कियो।
      ३,
      समयले सिकाएको खेलमा
      हारजित अवश्यै हुन्छ
      नपरौँ कहिले झेलमा।
    • विकास क्षेत्री अञ्जान, कैजले, बिजनबारी, दार्जिलिङ

      १,
      बसौँ सबैको आँखामा
      लालीगुराँसझैँ सुन्दर फुलौँ
      रङ्गीन बनी पाखामा।
      २,
      मनमा छन् चिहान
      इच्छाहरूको लास छोपेर
      आवोस् उज्यालो बिहान।
    • अन्मोल मुस्कान, तकदाह छाउनी, दार्जिलिङ

      १,
      विश्वासमा छक्याउँदै भयो
      ढाँटेर झोली भर्छन्
      जनतालाई झुक्याएर गयो ।
      २,
      एक मुठ्ठीको सास
      कहिले जाने हो
      देखाए जनतामा आस ।
      ३,
      ढाँटेरै झोली भरेका
      आफ्नो स्वार्थको लागि
      पाटी हेर्दाहेर्दै सरेका ।
    • बेदु न्यौपाने

      १,
      परिश्रमको मिठो फल
      प्राप्त हुन्छ अवश्य
      समयमा गरे मलजल ।
      २,
      भेटिन्छ यही माटोमा
      हामीले चाहेको सबै
      हिॅंडेपछि सही बाटोमा ।
      ३,
      नेपाली माटोमा उम्रेको
      मनभरि नेपालीपन मिसाएर
      साहसी, बहादुरी उफ्रेको ।
    • ईश्वर साउद (भिक्षु), रामारोशन गाउँपालिका ६ सुदुरपश्चिम अछाम

      १,
      नगर्नु गरिबलाई हेला
      पृथ्वी गोलो छ
      पछि परिन्छ फेला ।
      २,
      सद्भावमा मनाऔॅं संस्कार
      आडम्बर छोडेर मनाऔॅं
      अॅंगाल्दै सहिष्णुताको आधार ।
      ३,
      सौहार्दको कामना गर्दै
      हर्ष उल्लासका साथमा
      विश्वासको रङ्ग भर्दै ।
    • दुर्गा भट्टराई, मोरङ

      १,
      गरौँ सबैले सम्मान
      फलाउँछन् अन्न बाली
      लगाई टन्न किसान
    • चन्द्रकली राना मगर, नौबहिनी गा पा प्युठान

      १,
      भाग्यलाई दोष दिएर
      कर्म नगरी बस्छन्
      मनमा पिर लिएर ।
      २,
      भविष्यको चिन्ता गरेर
      भाग्य आफैले बनाऔॅं
      कर्ममा निरन्तर लागिपरेर ।
      ३,
      जीवन परिवर्तन गरौँ
      संसार उज्यालो बनाउन
      आफै लागि परौँ ।
    • ललिता गिरी, सिन्धुली

      १,
      सम्पत्ति पुर्खाले आर्जेको
      उपभोग गर्न नजान्दा
      विपत्ति सन्तानलाई आइलागेको ।
      २,
      जल्नेहरू सधैँ जलिरहन्छन्
      अर्काको परिश्रमले मोटाउनेहरू
      कुराको खेती गरिरहन्छन्।
      ३,
      कर्मको दीप बालौँ
      अरुको कुरा काटेर
      समय खेर नफालौँ ।
    • सुन्दरी घिमिरे खतिवडा, सङ्खुवासभा

      १,
      शरद् ऋतुमा आउने
      महान् पर्वहरूको अवसरले
      खुसीको गीत गाउने।
    • अरुण कुमार भुजेल, गोरूबथान, कालेबुङ, भारत

      १,
      राजनीतिमा देखिन्छ तनाव
      बदलासॅंगै कमाउ धन्दा
      नैतिकताको सर्वत्र अभाव ।
      २,
      बलियाको हातमा लाठी
      राजनीतिका शक्तिशाली युवा
      उमेर केवल साठी ।
      ३,
      देश बनाए कङ्गाल
      होइनन् असली पात्र
      रहेछन् साह्रै चण्डाल ।
    • जयनारायण नेपाल, इलाम हाल सूर्य विनायक २, बालकोट ,भक्तपुर

      १,
      हल्ला हल्लाउँदै आयो
      ऋणको धोक्रो ठड्याउँदै
      कुनाकाप्चा मज्जाले छायो ।
    • नन्दलाल आचार्य, बेलका-३, उदयपुर

      १,
      दसैँ आयो गयो,
      खुसी क्षणिक बनाएर,
      अहिले शून्य भयो।
      २,
      खानेकुरा मिठा खाएर ,
      खुसी दिगो नहुने,
      राम्रा लुगा लाएर।
      ३,
      स्वार्थमा पर्व चल्दैछ,
      आनन्द दया भलाइ,
      सोच्ने फुर्सद ढल्दैछ।
    • मनोहरी पौडेल, गैडाकोट १

      १,
      आफैले कर्म गरेर
      यहाँ देखाऊ सबैलाई
      उज्यालो ज्योति छरेर ।
      २,
      कर्म नगरी बसेर
      फल त्यसै पाइँदैन
      कुनै मन्दिरमा पसेर ।
      ३,
      लेखिएको सकिन्न मेट्न
      कसले सक्यो आजसम्म
      भाग्य लेख्नेलाई भेट्न ।
    • लक्ष्मण देउवा, डोटी

      १,
      मन छ डुलेको
      आउँदैछ भनी तिहार
      आँगनीमा सयपत्री फुलेको।
    • अनुग्रह राना मगर ‘पुष्प’, पाँचखपन न. पा. ६ संखुवासभा

      १,
      गर्नुपर्छ सत्य कर्म
      रगत पसिना बगाउँदा ,
      मिल्छ संस्कारमा धर्म ।
      २,
      ढुङ्गाको बन्छ मूर्ति
      पर्ला घरको मान्छेले ,
      धेरै नलगाउनु फूर्ति ।
      ३,
      दसैँपछि आउॅंछ तिहार
      जाउ साथी हो
      घुम्न भारतको विहार ।
    • श्रीकृष्ण धामी, बझाङ

      १,
      नमान आफै ठुला
      मेहनत गर देसभित्रै
      फलाऊ काउली मुला ।
      २,
      जहिले मकै मिठो
      मेहनत चलाऊ जाँगरको
      बन्नेछ अवश्य स्वादिलो ।
      ३,
      प्यारो आफ्नो माटो
      सत्कर्म गर सधैँ
      हिॅंड सत्यको बाटो ।
    • जानुका बास्कोटा, तारकेश्वर -९, काठमाडौँ

    ::::::::जय झिल्का साहित्य ! ::::::::::