साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ३९ सम्पन्न

  • २६ कार्तिक २०८१, सोमबार १९:४६ मा प्रकाशित
  • साप्ताहिक झिल्का लेखन अभ्यासको ३९ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ ।
    साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ५१ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे । यो उत्साहपूर्वक सहभागिताका लागि सम्पूर्ण सहभागीहरूमा संयोजक म्यामराज राईले हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

    शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर नभएमा उत्तम मानिन्छ ।

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ३९ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-


    १,
    नवदुर्गाको प्रसाद लगाउॅंछु
    विजयादशमीको दिन पारेर
    जितको खुसी मनाउॅंछु ।
    २,
    हिन्दु धर्मावलम्बीहरूको पर्व
    राखेर धार्मिक सहिष्णुता
    दसैँ मनाऔॅं सगर्व ।
    ३,
    मालश्री लाग्छ कलनाद
    आभासमा महान् दसैँ
    वाह ! दक्षिणासॅंगै आशीर्वाद ।

    • म्यामराज राई

      १,
      दसैँको जमरा टीका
      आशीर्वाद लिनलाई जानु
      नहोस् कसैको फिका ।
      २,
      नवरात्रि सुरु हुँदैछ
      बाढी पहिरो गएर
      यो मन छुँदैछ ।
      ३,
      दसैँमा रमाइलो गरेर
      आशीर्वाद लिन जाने
      टीका जमरा भरेर ।
    • अम्बिका अधिकारी, बिर्तामोड, झापा

      १,
      आमाबुवाको आशिष् पाए
      मिठो मसिनो बनाएर
      टीका जमरा लाए ।
      २,
      शिरैमा जमरा झपक्कै
      रातो टीका निधारमा
      टल्केको हेर टपक्कै ।
    • साहित्य प्रेमी सुशील, धनगढी

      १,
      दसैँको रातो टीका
      शिरमा लगाएर जमरा
      कसैलाई नहोस् फिका ।
      २,
      आशीर्वाद ठुलाको पाउनू,
      मनाउँदै नेपालीको पर्व
      ज्ञानले विश्वभरि छाउनू ।
      ३,
      रमाइलो दसैँ आएको
      नवदुर्गाले रक्षा गरून्
      शुभकामना सबैमा छाएको ।
    • बेदु न्यौपाने

      १,
      दशहरा राम्ररी मनाऔॅं
      मद्यपान गरेर होइन
      जातीय संस्कृति जनाऔॅं ।
      २,
      ठूलाबडाका आशिष् पाऊन्
      निधारभरि टीका लगाई
      ससुराली घर जाऊन् ।
      ३,
      आफन्तसित सम्बन्ध सुधार्न
      चाडपर्वमा भेटघाट गर्दा
      आत्मीयताको ढोका उघार्न।
    • दिल ठकुरी, दार्जिलिङ

      १,
      थोरै खर्चमा पनि
      रमाउँन सक्छौ सबै
      यही छ कथनी।
      २,
      नराम्रोमा राम्रोको जीत
      मनको फोहोर फालौँ
      सुन्दरताकै गाउँ गीत ।
      ३,
      रातो टिका जमरा
      लगाई मनाऔॅं खुसी
      वर्ष दिनको परम्परा।
    • सुरेशकुमार पाण्डे, दाङ घोराही १८

      १,
      भयो नवदुर्गाको पूजा
      टीका लगाउने मात्र
      रह्यो बाँकी जम्मा।
      २,
      आशीर्वाद दिनुस् माता
      अज्ञानी छौँ हामी
      हजुर एकमात्रै विधाता।
      ३,
      निधारमा रातो टीका
      जमरा कानमा लगाई
      नहोस् कसैमा फिका।
    • अर्जुन प्रसाद चौलागाई, रामेछापः-सुनापति-१
      हालः-क्यानडा,क्यालगरी।

      १,
      रातो अक्षता निधारमा
      दसैँको टीकाको दिन
      खुसी छाओस् परिवारमा।
      २,
      मान्यजनबाट टीका लगाउने
      गरेर सबैसँग भेटघाट
      आपसमा सम्बन्ध बढाउने।
      ३,
      दु:खसुख रहोस मनमा
      सबै हाँसीखुसी रहून्
      नफालून् चित्त धनमा ।
    • सतीश पण्डित, भानु६ चुँदी तनहूँ (हाल चनपा ६ मातातीर्थ )

      १,
      कहीँ छैन बाटो
      घरको यादले उफृन्छ
      कुरा बुझ्दैन लाटो।
      २,
      बाढीले बेहाल बनायो
      अधिकांश डुबान पहिरो
      खोलाले उपस्थिति जनायो।
      ३,
      खोलाको साबिक ठाउॅंमा
      मान्छेले पेलेर ठड्याए
      बगायो घरहरू गाउॅंमा ।
    • चुडामणी देबकोटा, पुरानोनैकाप काठमाण्डौ

      १,
      दसैँको टीका लगाऊ
      मान्यजनको आशीर्वाद थाप्दै
      भएको मनमुटाब भगाऊ।
      २,
      परिवारमा खुसी आओस्
      दुर्गा भवानीको आशीर्वादले
      एकताको सन्देश छाओस्।
      ३,
      नखेल्नु जुवा तास
      चाडपर्वको नाममा कसैले
      हुन्छ है बनीबास।
    • कला ढकाल, झापा

      १,
      निधारमा रातो टिका
      दसैँको उज्यालो पक्ष
      लगाउन नपाए फिका ।
      २,
      मान्नेले खुसीले मनाऊ
      नमान्नेको आफ्नै ईच्छा
      दसैँ विवादित नबनाऊ ।
    • ध्रुव श्रेष्ठ, खोटाङ बजार

      १,
      दुर्गा भवानीको प्रसादले
      सकारात्मक उर्जा थपियोस्
      मनमा आशीर्वादको बर्सादले |
    • सरिता सेढाई, धादिङ

      १,
      मनाऔॅं दसैँ रमेर
      दुःखसुखको यो जिन्दगी
      घरपरिवार आपसमा जमेर।
      २,
      चाडपर्वले मनमा शान्ति
      दसैँमा मान्यजनको आशीर्वादले
      पाओस् उज्यालो कान्ति ।
      ३,
      मनमा शक्ति आओस्
      बनेर सुनौलो बिहानी
      दसैँले सद्भाव छाओस्।
    • राज कुमार राजभण्डारी खोटाङे, मध्यपुर ठिमी ५ संगम कोलोनी राधे राधे भक्तपुर ।

      १,
      टिका दसैँको सान
      लिएर आशिष् माथमा
      गरौँ अग्रजको मान ।
      २,
      सत्यको विजय हुन्छ
      दुष्ट चरित्र पालक
      सदा व्यर्थमा रुन्छ ।
      ३,
      अनास्थामा मानिस तानातान
      छन् संस्कार सनातनीको
      राम्रा नभुलौँ जानाजान ।
    • कार्की डिबी माकुम, सुनवल-४, नवलपरासी

      १,
      मन छैन थिरमा
      सन्तान सबै परदेश
      टीका जमरा शीरमा।
      २,
      आशीर्वाद छ तिमीलाई
      खुशी हुनु सधैँ
      दाहिने हुन् दुर्गामाई।
    • पुष्पा सुवेदी, नेपालगन्ज, बाँके

      १,
      दसैँ राम्रोसँग मनाउनु
      वर्ष दिनको चाड
      दसैँमा नयाँ लगाउनु।
      २,
      जाँडरक्सी खानु हुँदैन
      धनसम्पत्तिको तनको नाश
      जँड्याहालाई कसैले छुँदैन।
      ३,
      खर्च धेरै नगर
      चाहिन्छ भविष्यमा पैसो
      गलत काममा नसर।
    • नवराज भट्ट, कञ्चनपुर

      १,
      शुभकामना छ बडादसैँको
      छाओस् हर्ष उमङ्ग
      पुगोस् चाहना सबैको ।
      २,
      मनाउँदै गरौँ गर्व
      यो हो नेपालीहरूको
      दसैँ महान् पर्व।
      ३,
      मिठा परिकार खाएर
      खुसी हुन्छन् सबै
      टीका जमरा लाएर ।
    • अनिता भण्डारी ताप्लेजुङ

      १,
      दाहिने होऊन् दुर्गा
      अभावले कसैलाई पनि
      नपारोस् कदापि मुर्गा l
      २,
      राता अछेता निधारमा
      लगाएर मनाऔॅं दसैँ
      सबले आआफ्नो परिवारमा l
      ३,
      टिकासँगै थापौँ आशीर्वाद
      आजको दिनमा कसैको
      मुहारमा नहोस् अश्रुपात l
    • बाबुराम गौतम, गुल्मी

      १,
      हिन्दुहरूको महान् पर्व
      देखाउनका लागि होइन
      क्षमतानुसार मान्नु गर्व ।
    • विष्णु पङ्गेनी पाण्डे, वालिङ, स्याङ्जा

      १,
      कति सुन्दर बाटो
      कुरा नबुझेर म
      बने हजुर लाटो।
      २,
      खुसीको आर्शीवाद पाएँ
      तिमीलाई आज भेट्दाखेरि
      सॅंगसँगै टिका लाएँ ।
    • नीमा छिरिङ भोटिया, जलढका कालेबुङ, भारत

      १,
      पर्व, संस्कृति जनाउनु
      अरुको देखासिकीमा होइन
      आफ्नो हैसियतमा रमाउनु ।
      २,
      नसोचौँ कसैको अहित
      विवेकशील प्राणीको दसैँ
      बन्नुपर्छ अब हिंसारहित ।
      ३,
      निधारमा जमरा टिका
      बर्सेनि आउने पर्व
      नहोस् कसैको फिका ।
    • शान्ता पौडेल भट्टराई, टङ्कीसिनवारी, मोरङ

      १,
      राष्ट्रिय चाडपर्वहरूमा बडादसैँ
      भेट्घाट ,मेलमिलाप शुभावसर
      आफन्तहरू भेटिन्छन् जसै।
    • लोक वहादुर छेत्री लामिछाने, मोदी गापा, देउपुर, पर्वत

      १,
      टालौँ सम्बन्धको छेद
      यसपालि दसैँ पर्वमा
      हटाई आपसी मतभेद !
      २,
      बडाका घरमा आई
      आशिर्वाद ग्रहण गरौँ
      टीका जमरा लगाई !
      ३,
      फुटाएर आत्मीयताको मूल
      यस विजयादशमी पर्वमा
      बनाऔँ परिस्थिति अनुकूल !
    • वसन्त अनुभव, घोराही, दाङ

      १,
      निधारमा रातो टीका
      शिर भरी जमरा
      नहोस् दशमी फिका।
      २,
      सफल बनून् सामना
      पर्व बनोस् उल्लासमय
      विजयादशमीको हार्दिक शुभकामना।
    • तोया नाथ चापागाईं, दमक,झापा,नेपाल

      १,
      हिन्दुहरूको दसैँ पर्व
      आशीर्वादका पोका साटौँ
      मनाऔॅं सबै सगर्व ।
      २,
      सुख, शान्तिको भावना
      दसैँले ल्याओस् समृद्धि
      नेपाली जनमा शुभकामना ।
      ३,
      टीका, जमरा शिरमा
      दसैँमा होस् सबैको
      नमानौँ कसैले पीरमा ।
    • राज बहादुर बडुवाल, कनकासुन्दरी -५,जुम्ला

      १,
      मलाई टीका लगाइदिनुस्
      दक्षिणाको चिन्ता नलिई
      आशीर्वाद दिएर पठाइदिनुस् ।
      २,
      यसपालि आइयो गाउँ
      दसैँमा घुमफिर गर्दा
      भेटियो नौलो ठाउँ ।
      ३,
      आऊ नानीबाबु यता
      टीकाजमरा लगाएर मात्रै
      अनि जाऊ उता ।
    • नन्दलाल आचार्य, बेलका-२, सिद्धार्थटोल, गल्फडिया, उदयपुर ।

      १,
      निधार छ खाली
      यो कस्तो समय
      दैव पनि जाली !
    • आर्त अकुलीन

      १,
      बडादसैँको चलोस् सुवास
      मान्यजनले दिएको आशिर्वादले
      प्रगतिको मिलोस् आभास।
      २,
      बडादसैँले भरोस् लालित्य
      उर्वर देश नेपालमा
      भावनाले भरोस् साहित्य ।
    • होमप्रसाद नेउपाने, धरान,सुनसरी ।

      १,
      दसैँ आयो गयो
      कति थिएनन् खुसी
      किन यस्तो भयो ।
      २,
      गयो बाढी पहिरो
      दसैँको मुखमा हेर
      कतिलाई चोट गहिरो ।
    • बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ), कनकाई ४ झापा

      १,
      खुसी दोब्बर हुने
      अक्सर चाडपर्व आए
      परदेशीको मन रुने ।
      २,
      गाएर उमङ्गको गीत
      हामीले मेला लगायौँ
      हुनाले सत्य जित।
      ३,
      जय दुर्गा भवानी
      रक्षा गर्नुहोस् सबैको
      अज्ञानता होस् खरानी ।
    • पृथक प्रकृति ,झापा

      १,
      सबै खुसी भएर
      दुर्गा माताको आशिष्
      लागोस् दसैँ आएर।
      २,
      भाग्य सबैको चम्कियोस्
      पीडा नहोस् कसैलाई
      पाइला सफलतामा लम्कियोस्।
    • सानु जोशी, सुदुर पश्चिम दार्चुला,

      १,
      विजयादशमीको हार्दिक शुभकामना,
      दुर्गा माताको आशीर्वादले
      पूरा होऊन् मनोकामना ।
      २,
      नेपाली संस्कृति अपरम्पार
      विश्व जगत्को आकर्षण
      प्रभाव विश्वभर अपार ।
    • नबिन कुमार ढकाल, हेटौडा-९

      १,
      मिलेर गरौँ सामना
      मानवता सदैव रहिरहोस्
      विजयादशमीको हार्दिक शुभकामना ।
      २,
      सत्मार्गको बाटो खोजौं
      दम्भ अभिमान त्यागेर
      वसुधैव कुटुम्बकम् रोजौं ।
      ३,
      घमण्डले तिमी फुल्छौँ
      सम्पतिको भुतले छुँदा
      क्षणभङ्गुरको चोला भुल्छौँ ।
    • ऋजु दिल्पाली(राजेन्द्र घिमिरे), ईटहरी १ सुनसरी ।

      १,
      जहिले कहाँ पाइन्छ ?
      टीका जमरा आशिष्
      बडादसैँ पर्व चाहिन्छ ।
      २,
      वैमनस्यता दूर गरी
      नम्रताले झुक्नु पर्छ
      मान्यताले शरण परी।
      ३,
      समयमै वेग भर्नू ,
      तडकभडक छोडी सबै
      औकातमा चल्ने गर्नू !
    • विवश पारदर्शी, झापा

      १,
      टीका ग्रहण गरी
      आशीर्वाद लिने दिन
      मनमा उमङ्ग भरी।
      २,
      आफनै संस्कृति मनाऔॅं
      अगालौ आफ्नै संस्कार
      हामी नेपाली जनाऔँ ।
      ३,
      सुगन्धित जमरा लगाई
      आफ्नो सिरमा सिउरेर
      समाजको दुर्गन्ध भगाई।
    • शशी श्री आचार्य, बौद्ध कुमारीगाल काठमाडौं

      १,
      सबैका घरघरमा दसैँ
      आयो बोकेर हर्ष
      मनाऔॅं रमाउॅंदै यसै ।
      २,
      हटून् सबका पिर
      दाहिने परून् कालिका
      नझुकोस् बसैको सिर ।
      ३,
      सुख र शान्ति
      मिलोस् मनमा सबका
      हटोस् देशबाट क्रान्ति ।
    • ईश्वर साउद(भिक्षु), रामारोशन गाउँपालिका ६ सुदुरपश्चिम अछाम

      १,
      चाड मनाउने चाहना
      फजुल खर्च नगरी
      बडादसैँको हार्दिक शुभकामना ।
      २,
      दक्षिणा सकेको दिन्छन्
      फराकिलो उहाको मन
      आशिष् धेरै लिन्छन् ।
      ३,
      हातमा दक्षिणा गन्दै
      लिङ्गेपिङ सबै खेल्छन
      चचहुइ चचहुइ भन्दै ।
    • हिरामाया श्रेष्ठ

      १,
      नहोस् कतैबाट हेला
      पहिरोले बगाए घरबार
      हरे चाडपर्वको बेला ।
      २,
      कसरी धान्नु परम्परा
      लुगाफाटो अन्नपात छैन
      मात्र थुपार्‍यो कचरा ।
    • कृष्णकुमार वैद्य, बनेपा ९, काभ्रे

      १,
      दसैँ मनाऔॅं हर्षले
      कसैलाई नपरोस् दु:ख
      असत्य हटाऔॅं सङ्घर्षले ।
      २,
      निधारमा रातो टीका
      लगाइ मनाऔॅं सबैले
      कसैको नहोस् फिका ।
    • धनमाया चौधरी, कैलाली

      १,
      जताततै हुँदै रमाइलो
      चाडपर्व छायो सर्वत्र
      मनमा छाओस् घमाइलो ।
      २,
      पिङको चचहुइ छायो
      सबैको मनमनमा बसेर
      दसैँले प्रिति लायो ।
      ३,
      भोक प्यारो भएको
      पर्वले नेपाली मनमा
      उमङ्ग सर्वत्र छाएको ।
    • लक्ष्मी रिजाल, कञ्चनरूप १२, सप्तरी ।

      १,
      आयो महान् पर्व
      मितव्ययी बनी मनाउँदै
      गरौँ सबैले गर्व।
    • अरुण कुमार भुजेल, गोरूबथान कालेबुङ, भारत

      १,
      बडादसैँमा आशीर्वाद मिलोस्
      मनोकाङ्क्षा पूरा हुन्
      जीवनमा खुसी बढोस् ।
      २,
      टीका जमरा पाएर
      चाडपर्व मान्नु पर्छ
      खुसीका साथ रमाएर ।
      ३,
      बाआमाको आशीर्वाद पाएर
      भाग्यको मार्ग खुलून्
      सधैँ खुसी आएर ।
    • कृष्ण बजगाई, भक्तपुर

      १,
      आत्मियता सबैले गाँसेर
      ठुलाको आशिष् थापौँ ,
      मनका पीडालाई मासेर।
      २,
      मनमा आत्मीयता जगाई
      हटाऔॅं मनका मैला ,
      माताको प्रसाद लगाई ।
      ३,
      फैलिन्छौँ दुबो जसरी,
      मातापिताको आशिष्ले हामीलाई ,
      आउँछ खुसीयाली सधैँभरि ।
    • सीमा कार्की समर्पण, मेलचोक पर्सा

      १,
      उज्यालो घाम घमाइलो
      दसैँको यही अवसरमा
      गर्नु सबै रमाइलो ।
    • प्रेम थापा “मन”, बागलुङ

      १,
      दसैँ लागेछ आहा
      चारैतिर रमझम देखियो
      लाग्यो अति डाहा ।
      २,
      टिकाको रमझम चारैतिर
      घरघरमा जमघट टन्नै
      आफूलाई चाहिॅं पीर ।
      ३,
      दसैँको मौका पारेर
      खुसी हुँदै बसे
      माछा मासु तारेर ।
    • राजेशराज गड्तौला, कॅाडाघारी, काठमाण्डौ

      १,
      सितल शशीको सामीप्यमा
      फुर्यो रौनक दसैँको
      चचहुइ चचहुइ लिङ्गेपिङमा ।
      २,
      गगनमा चङ्गा उडेको
      आहा ! मन चन्चल
      उमङ्गले प्रकृति हाँसेको ।
    • हरिगोपाल न्हुच्छेँप्रधान, काभ्रे, साँगा बजार बनेपा १४

      १,
      मानेर सब मान्यजन
      आशिष लियौँ अपार
      पायौँ यही दिव्यधन।
      २,
      अक्षता रातो निधार
      शीरमा जमरा पहेँलो
      लाग्यो सोह्रै श्रृङ्गार।
      ३,
      खुसीले छाएको सबमा
      हरिया,निला,पहेँला
      उडेका चङ्गा नभमा।
    • सरस्वती श्रेष्ठ, रुपन्देही बुटवल

      १,
      दसैँको मनमा भावना
      संस्कृति बचाउने सबैमा
      दिॅंदैछु मनैदेखि शुभकामना।
      २,
      मान्यजनको रमाइलो भेटमा
      आशीर्वाद पाउने आसले
      मुसुक्क मुस्कुराउदै गेटमा।
    • दुर्गा आचार्य, मोरङ

      १,
      सपरिवार विजयादशमी मनाउँदै
      सारा नेपाली जगत्
      नेपाली संस्कृति जनाउँदै।
      २,
      जमरा सिउरेको कानमा
      चाड मनाउँदै सबैले
      तगारो नलागोस् मनमा ।
      ३,
      निधारमा रातो टीका
      आशीर्वाद ग्रहण गर्दै
      खुसीमा रमाउँदै बालबालिका ।
    • मोती योन्जन सुब्बा, दार्जिलिङ

      १,
      जमरा रातो टीका
      परदेशी अनुपस्थित हुँदा
      दसैँ लाग्यो फिका ।
      २,
      जुटिएन सपरिवार हामी
      आउने वर्ष पक्कै
      मनाऔॅंला विजयदशमी दामी ।
    • कोपिला अधिकारी, सिरानचोक, गोरखा

      १,
      दसैँ मनाउने रेसमा
      भएन रमाइलो खासै
      सन्तान हुनाले परदेशमा ।
    • मन्दिरा सेढाई, मलेखु, धादिङ

    ::::::::जय झिल्का साहित्य ! ::::::::::