
काठमाडौँ । साप्ताहिक ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १६२ औँ शृङ्खला सम्पन्न भएको छ ।
अभ्यासमा नेपाल लगायत विश्वका ६० जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १६२ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
टुक्कामाथि टुक्काको १६२ औँ शृङ्खलामा सहभागी टुक्काकारहरूका सुन्दर टुक्काहरू-
_______________________
१.
मह झैँ गुलियो बोली बिस्तारै बन्दै गयो चर्को
सोच्दैथे किन होला भनी दिलमा रहेछ अर्को ।
✍️ वसन्त अनुभव
घोराही उपमहानगरपालिका १४, दाङ
_______________________
२.
सिधा नजर हेर्दै थियाे कर्के नजर हेर्याे
चर्काे बाेली बाेल्याे यता मन चाहिँ अन्तै फेर्याे ।
✍️ ताराप्रसाद चापागाईँ
_______________________
३.
सखा हुँ म भन्छ तिम्रो अवश्य
लुकाएर हिँड्छ आफ्नो रहस्य !
✍️ सागर आँसु -डोटी
_______________________
४.
छानी छानी फाइदा खोज्दै अनेक प्रीति लाएपछि
भएको त विषै हुन्छ फेरि नयाँ अर्को आएपछि ।
✍️ सुशीला शिखा
काठमाडौँ कागेश्वरी
_______________________
५. कर्खा छ्न्द
झरेको पात जसरी फ्यात्त भुइँमा झर्छ माटोमा मिल्न
मानव रूपी चोलालाई नै सिकाउँछ त मृत्युमा खिल्न।
✍️ विकास क्षेत्री अञ्जान
कैजले, बिजनबारी, दार्जिलिङ।
_______________________
६. छन्द- शिखरिणी
थियो माया साँचो हरबखत चोखो अति घना
चिसो त्यो बोलीले अलिकति बढ्यो नीरसपना ।
✍️ दीपा समभाव
दुबेकोल खोटाङ्ग
_______________________
७.
दिएकै थिएँ चोखोमाया गयो पापीले नै लुटेर
तैपनि थिलोथिलो पार्थ्यो छलिले दिनहुँ चुटेर ।
✍️ सतीश पण्डित
भानु६ चुँदी तनहूँ
हाल चनपा ६ मातातीर्थ
_______________________
८.
लाएर माया अबुझलाई भयो नि माया वेवारिसे
मनमा सजाइ के गर्नु सताउँछ अति नै आरिसे ।
✍️ पुष्पा राई, बादेल, खोटाङ
_______________________
९.
जति सोझो भए पनि गर्थ्यो मलाई झर्को र फर्को
मति बिग्रेको हुँदा घर छोडी लिएर हिँयो अर्को ।
✍️ बेदु न्यौपाने
_______________________
१०.
निष्ठुरी मन पारेर माया आफूलाई दिएन
शायद त्यो दिलभित्र नै मप्रति माया थिएन ?
✍️ अर्जुन प्रसाद चौलागाई
रामेछापः-सुनापति-१
हालः-अमेरिका,बोस्टन।
_______________________
११.
वस्तुले छेकेसम्म बन्छ त्यसको छाया
देखाउँदै हिँड्छन् हेर फेसबुके माया ।
✍️ दीप गोले तामाङ – रौतहट
_______________________
१२.
मान्छेको जातले घरीघरी रङ फेर्न बेर लाउँदैन
स्वार्थले लिप्त भएपछि बुद्धि विवेक कवै आउँदैन ।
✍️ गंगा खड्का
बूढानीलकण्ठ ,काठमाडौँ
_______________________
१३.
बाहिर एउटाभित्र अर्को रहेछ तिम्रो बोली
बोलेरै नै आखिर सबै खायौ बनाएर गोली !
✍️ आर्त अकुलीन
_______________________
१४.
खेलाएर बाहिर अर्को मलाई चेपारो घस्दै थियौ
नकचरो धोकेबाज आज आएर किन धोका दियौ ।
✍️ सरिता सेढाई, धादिङ
_______________________
१५.
सतर्क हुनुपर्छ पहिले नै आनिबानी देखेर उनको चाल
दुईदिने माया लाउँछन् फसाउनलाई रचेर अनेक जाल ।
✍️ अनुग्रह राना मगर ‘पुष्प’
पाँचखपन न. पा. ६ संखुवासभा
_______________________
१६.
मीठो बोलौँ सबैले सुन्ने खालको मन्तव्य
थाहै हुन्न कता जाने हो जोगीको गन्तव्य ।
✍️ चुडामणी देबकोटा, पुरानो नैकाप काठमाडौँ
_______________________
१७.
नानाथरी शङ्का गर्छौ तिम्रै छ बोली चर्को
च्यातिदिन्छु दिल हेर लौ तिमी छौ कि अर्को ।
✍️ पुष्पा सुवेदी
नेपालगन्ज, बॅाके
_______________________
१८.
चोखो माया गर्छु भनी गर्यो जालझेली
साख्खै बनी छुरा हान्ने कस्तो खेल खेली ।
✍️ भुपेन्द्र राना मगर
धादिङ
_______________________
१९.
बोली भने चर्को, खस्रो नजर त्यो कर्के थियो
ठिक्क त एकातिर भित्र रूप अर्कै देखियो ।
✍️ इन्दु श्रेष्ठ, चितवन
_______________________
२०.
जो यथार्थ नबुझी कुबाटोतिर पस्छ
आखिर स्वार्थले ठुलै खाडलमा खस्छ ।
✍️ प्रेम थापा “मन”बागलुङ
_______________________
२१.
पहिलो भेटमा मीठो बोलीले खुत्रुक्कै पार्यौ
अहिले अंकुशेले तानेर छाँगोबाट झार्यौ ।
✍️ रमेश दियाली
शेल्पू सिटोंग दार्जिलिङ।
_______________________
२२.
किन हुन्छ होला हाम्रो मन अर्कालाई सताउने ?
यस्ता कार्यले शेषमा कष्ट आत्मालाई कटाउने ।
✍️ कार्की डिबी माकुम
सुनवल-४, नवलपरासी
_______________________
२३.
मनमा अर्कै साथमा अलग, चरित्र छ बनेको
देखिन्छ जीवनभरमा यति पुगे, भन्दै गनेको ।
✍️ राजेशराज गड्तौला
कॅाडाघारी, काठमाण्डौ
_______________________
२४.
कसरी भयौँ तिमी यहाँ फेरि अर्काे
यसैले त होला नि तिम्रो बोली चर्को।
✍️ निमा छिरिङ भोटिया
जलढका कालेबुङ
_______________________
२५.
दुइटा मन भएपछि ~ दाेधारे त हुने भयाे
एउटासँग रिस उठ्याे भने अर्कैकाेमा गयाे ।
✍️ बाबू विराज
कपिलवस
_______________________
२६.
मुखले एउटा कुरा गर्छन्
परिआउँदा त पछि सर्छन् ।
✍️ कला ढकाल, झापा
_______________________
२७.
स्वार्थी भइहाल्छ मान्छे ठाउँ पाएपछि किन,
सधैँ एकैनास हुँदै हुँदैनन् मान्छेको दिन ।
✍️ भगवती दवाडी
_______________________
२८.
सुरूमा फकाउँछ्न् आफ्नोतिर पार्न
नजिक भएपछि दु:ख दिन्छन् मार्न ।
✍️ नेत्रबहादुर श्रेष्ठ
ठुलो सिरुवारी, सिन्धुपाल्चोक -१३
_______________________
२९.
झुटो माया लाएर यहाँ व्यर्थै रुन्छौ किन
के सही के हो गलत पहिले तिमी चिन ।
✍️ अनिता भण्डारी, ताप्लेजुङ
_______________________
३०.
नरम बोलीमा गर्यौ शङ्का अनि चर्को बोल्न थाले
चिनेनौ आफ्नै छाया भन्छौ मुटुमा अरूलाई पाले ।
✍️ सुस्मिता अधिकारी ,काठमाण्डौं
_______________________
३१.
जुन दिनदेखि लगाउन थाल्यौ तिमीले छोटा कपडा
त्यही दिनदेखि सुरू भएको हो हाम्रो घरमा लफडा l
✍️ बाबुराम गौतम, गुल्मी
_______________________
३२.
भित्र खोक्रो बनाइसक्यौ बाहिर पार्छौ ठिक्क
तिम्रो बानी व्यवहारले भइसकेँ म दिक्क ।
✍️ मन्दिरा सेढाई, मलेखु, धादिङ
_______________________
३३.
उसैले नै माया गर्छु भन्दै दिई फूल
त्यही फूल भयो आज मुटु घोच्ने सुल ।
✍️ नवशिला
नवदेव मार्ग, लालभित्ती, मोरङ।
_______________________
३४.
कानुन बिग्रन्छ त्यो कालो कोटले
नेताहरू बिग्रेका हुन् हाम्रै भोटले ।
✍️ घनश्याम पन्त, हरिवन सर्लाही
_______________________
३५.
चस्स मुटु दुख्यो जब बोल्दा लाग्यो उसलाई झर्को
अनि चाल पाए खोली फालेको मेरो प्रीतिको बर्को ।
✍️ रुना कर्माचार्य दाहाल
_______________________
३६.
चिसो मौसममा न्यानो त्यो अङ्गालो थियो जस्तै बर्को
लत्याई मेरो माया किन गयो भनेको रै’छ अर्को ।
✍️ सङ्गीता खरेल, काठमाडौं
_______________________
३७.
कस्तो स्वार्थी मानिस लाेभी हुन्छ
माया हुन्छ न ममताले छुन्छ ।
✍️ रबि पाैडेल, दक्षिण भारत पाण्डेचरी ।
_______________________
३८.
बाेली अति मिठास उस्काे शब्दमै गुलियाे घाेल्छे
स्वार्थसिद्ध भएपछि विष वमन गर्दै पोल्छे ।
✍️ हरिगाेपाल न्हुच्छेँप्रधान
काभ्रे, साँगाबजार बनेपा १४ ।
_______________________
३९.
मान्छेको जात नै स्वार्थमा अल्झेकाे हुन्छ
नातागोता सबै लाभमा बल्झेकाे हुन्छ ।
…..
वीरगञ्ज, हाल काठमाडौ -५
_______________________
४०.
बचत गरिदिएको छु, जनताको खुसी देख्न हेर
चाहेको छु समृद्ध नेपालको इतिहास लेख्न धेर ।
✍️ होमप्रसाद नेउपाने
धरान,सुनसरी ।
_______________________
४१.
भुलियौ गुलियोमा पहिले
चर्को भन्छौ आएर अहिले।
✍️ अरुण कुमार भुजेल
गोरूबथान,कालेबुङ,भारत।
_______________________
४२.
मेरै मायामा गरिरहन्थी मनोमानी
तर थाहै नपाई मलाई छुरा हानी ।
✍️ डम्बर थामी ‘अनुपम’
कालिन्चोक गा. पा. -६, दोलखा
_______________________
४३.
तिम्रै दुई नयनको बन्न मन छ नानी
तिर्खा मेटाउनलाई बन्न मन छ पानी ।
✍️ भोज विवश मगर
गैंडाकोट -३ नवलपरासी पूर्व
_______________________
४४.
मीठा मीठा बोली अनि आकाशका तारा पनि झार्ने
बिस्तारै मायामा चिसो पस्दै जाँदा अलपत्र पार्ने ।
✍️ अम्बिका अधिकारी
झापा बिर्तामोड
_______________________
४५.
अलिकति भावनात्मक बनिदिँदा केटी फस्छन्,
अनि पछि गएर वास्तविक बुझ्दा स्वाट्ट खस्छन् ।
✍️ अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹
_______________________
४६.
जिन्दगीको घामछाँया सहनु हुन्छ धेरै चर्को
तलमाथि हुन्छ कहिलेकाहीँ नमान्नु है झर्को ।
✍️ बिके मुखिया
दार्जिलिङ,भारत।
_______________________
४७.
मुखमा राम ! राम ! जपेर पिठ्युँमा हान्ने गर्छन् छुरा
बनाई अरूलाई माध्यम, आफ्ना सपना गर्छन् पूरा ।
✍️ खडक आर सि मिलन
छेडागाड नगरपालिका २ साल्मा जाजरकोट
_______________________
४८.
मुखमा राम ! राम ! त बगलीमा छुरा
छाेडिदियाै साथ स्वार्थ भएपछि पूरा ।
✍️ अनामिका
_______________________
४९.
बोली वचन मीठो रै’छ मान्छे तिमी छुच्ची
मनमा अर्कै राखेर गफ लाउँछे फुच्ची ।
✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
कनकाइ ४ झापा
_______________________
५०.
गफ नगर धेरै, तिम्रै लागि बाँचेकी थिएँ
आँखा लगायौँ अर्कैलाई तब मुटु यो सिएँ ।
✍️ शोभा आचार्य गौतम
काठमाडौँ
_______________________
५१.
नक्कली माया हाे स्वार्थकाे काेक्राे
अन्त्यमा उसले फुलायाे धाेक्राे ।
✍️ प्रद्युम्न चालिसे
भक्तपुर कटुञ्जे
_______________________
५२.
भन जे भन्नु छ मुख थुन्न सक्तिनँ
आफ्नो आङ नहेर्ने त्यो कुरा मान्दिनँ ।
✍️ लक्ष्मी रिजाल, रूपनगर, सप्तरी
_______________________
५३.
चिप्ला कुरामा चिप्लिएर सुम्पिएको हकअधिकार
बैमानी मायाको माया जालमा अक्सर पर्छ सिकार ।
✍️ प्रदीप के रिमाल
इटहरी सुनसरी।
_______________________
५४.
देखेर देशकाे यो हालत यहाँ
धुरु धुरु रुन मन लाग्छ जहाँ ।
✍️ ईश्वर साउद(भिक्षु)
रामारोशन गाउँपालिका ६ सुदुरपश्चिम अछाम
_______________________
५५.
भ्रष्टाचारीमा किन जोडेको यस्तो बदनाम
जसरी पनि सम्पत्ति आर्जनु हो हाम्रो काम !
✍️ विवश पारदर्शी
झापा
_______________________
५६.
फकाइफकाइ लियौ मनको कुरा
आखिरमा हानिछाड्यौ छातीमा छुरा ।
✍️ राज कुमार राजभण्डारी खाेटाङे
मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर
_______________________
५७.
लगाएर बोली चर्को किन तर्किने
आफ्नै गल्ती भएर नि आँसु छर्किने ।
प्रेम सुनार, दैलेख
_______________________
५८.
घरमा ठिक्क मनमा अर्को हुँदा लथालिङ्ग जीवन
त्यै भएर तुनाधरो समेत ल्याइदिँदैनौ रिबन ।
✍️ जमुना आचार्य, सिन्धुपाल्चोक
_______________________
५९.
माया विश्वासका फूलमा काँडा बिझाउने चाम्रो
कुरा काट्नेले काटुन मायामा छ विश्वास हाम्रो ।
✍️ हन्नाह छेत्री, दार्जिलिङ
_______________________
६०.
लगाएर बल किन गर्ने झर्को र फर्को
मनमा एउटा बसाई दिलमा छ अर्को ।
✍️ कृष्ण बजगाई, भक्तपुर
_____________________