
काठमाडौँ । साप्ताहिक ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १६१ औँ शृङ्खला सम्पन्न भएको छ ।
अभ्यासमा नेपाल लगायत विश्वका ५२ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १५९ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
१.
तिमी हानेजस्तो गर्नू म गरुँला रोएजस्तो
भ्रम छर्न दुनियाँ सामु आँसु झार्नेछु सस्तो ।
✍️
वसन्त अनुभव
घोराही, दाङ
२.
बुझी नसक्नु रहेछ नाटक पनि यो कस्तो
नबुझ्नेलाई विश्वास गर्ने मै पागल जस्तो ।
-दीपा समभाव
दुबेकोल खोटाङ्ग
३.
भ्रमको दुनियाँमा कस्तो यो चाल
देखिँदैन किन बिच्छाएको जाल ।
-सङ्गीता खरेल, काठमाडौँ
४.
भ्रमित पार्न सिपालु तिमी म पनि साथ दिउँला
हातमा हात मिलाएर सधैँ सँगसँगै जिउँला ।
-रचना शर्मा प्रतीक्षा, महालक्ष्मी नगरपालिका, ललितपुर, नेपाल ।
५.
देखावटी र बनावटी दुनियाँ भर पाे ! गर्नु खै कस्काे फेरि
अनेकाैँ जालहरू रचेका छन् यहाँ मौका अनि फाइदा हेरी ।
-सुशीला शिखा
कगेश्वरी काठमाडौँ
६.
आँखामा किन हाल्दैछौँ छारो ?
अन्तिममा श्वास फेर्न गारो ।
-कार्की डिबी माकुम
सुनवल-४, नवलपरासी
७.
भ्रम छर्दै दुनियाँलाई झुक्याउने कला राम्राे
नाटक गर्दै सधैँभरि रमाउने पालाे हाम्राे ।
-ताराप्रसाद चापागाईँ
८.
अन्धविश्वासमा नपर्नु है भर्म
कलीयुगमा छैन कसैको धर्म ।
-बिबा तामाङ
लाटपञ्चर सिटोङ खरसाङ
९.
सुन लुकाएर पित्तललाई कसी लाउँदैमा सुन भनिँदैन
हुँडारहरूलाई बाघको छाला ओढाउँदैमा बाघ गनिँदैन ।
-बेदु न्यौपाने
१०.
देशको शासन के हो र फुटबलको खेल जस्तै
कहिले उसको कहिले मेरो हात लाग्छ प्रशस्तै ।
-पुष्पा राई, बादेल, खोटाङ ।
११.
लुटेर खायौ भुटेर खायौ यो देश तिमीहरूले मिलेर
जनताको सामु पक्ष विपक्ष एकापसमा बस्छौ भिडेर ।
-ध्रुव श्रेष्ठ, खोटाङ
१२.
भ्रम छर्दै आँखामा छाराे किन पाे ! हाल्ने
विकृति र कुसंस्कार कतिञ्जेल पाल्ने ?
-त्रिलाेचन भण्डारी
मेचीनगर, झापा
१३.
हामीलाई पुनः खोज्छौ बेवकुफ बनाउन
कर्तुत जनले बुझेपछि अनि पर्ला रुन ।
-अर्जुन प्रसाद चौलागाई
हालः-अमेरिका,बोस्टन
१४.
फट्याइँ मात्र जान्दछ, सक्दैन ऊ केही गर्न
तर पनि खप्पिस छ, समाजमा भ्रम छर्न ।
-ज्ञानबहादुर क्षत्री
सन्धिखर्क – २, अर्घाखाँची
१५.
पात्र तिनै प्रवृत्ति त्यही खाली फरक व्यवस्था
आस गर्ने ठाउँ छैन जन्ताको नाजुक अवस्था ।
-सतीश पण्डित
भानु६ चुँदी तनहुँ । हाल चनपा ६ मातातीर्थ
१६.
आलापालाे राज्य सत्ता चलाई देश कङ्गाल बनाउने
भ्रष्टाचारको कालाेदाग मेटाउन जनता कनाउने ।
-राज कुमार राजभण्डारी खाेटाङे
मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर ।
१७.
भ्रम छर्ने बानी नराम्रो कसैले गर्नुहुन्न
अरू कुवामा हाम फाल्दैमा आफू मर्नुहुन्न ।
-प्रमोद नेपाल
वीरगञ्ज । हाल काठमाडौ – ५
१८.
यो दुनियाँ सब देखावटी भयो
सत्य बोल्नेहरूको जमाना गयो ।
-बाबुराम पाण्डे, अर्घाखाँची
१९.
बाहिर गरेर मीठा बात
तिनैले गर्दैछन् ठूला घात !
-आर्त अकुलीन
२०.
खराब कुरा मिल्काएर बनाउनु राम्रो सुन्दर चरीत्र
राखेर इज्जत कुरा गर्नु बरु हुन्छ बेस हृदय भित्र ।
-अनुग्रह राना मगर ‘पुष्प’
पाँचखपन न. पा. ६ संखुवासभा
२१.
बाहिर बाहिर लोकाचार गर
भित्र पसेपछि आफ्नै पेट भर ।
-भगवती दवाडी ,झापा
२२.
म रोएझैँ गरिदिउँला तिमीले कुटेजस्तो गर्नु
भित्रभित्रै मिलीभगत गर्न यतै बसाई सर्नु ।
-नवशिला
नवदेव मार्ग, लालभित्ती, मोरङ
२३.
देश रोयो आँसु झर्यो र पोखियो बगरमा
पात्र त्यही व्यवस्था उही गिर्दैछन् नजरमा ।
-सन्तु खत्री
२४.
छुट्टै महत्व हुन्छ दुध दही मोहीको
पानीमा आँसु झर्छ रे त्यो दुष्ट गोहीको ।
-चुडामणी देबकोटा, पुरानोनैकाप काठमाण्डौ
२५.
नेताले माइकको अघि म्या म्या गर्दै छरिरहे भ्रम
जनताले पनि भ्या भ्या गरिरहने केही छैन श्रम !
-प्रेम थापा “मन”बागलुङ
२६.
बाहिर झुत्रेझाम्रे भित्र व्यवस्थापन राम्रो
यसरी नै बिग्रिएको छ नेपाल देश हाम्रो ।
-अम्बिका अधिकारी
झापा बिर्तामोड
२७.
कसलाई देखाउन खोजेको, गोहीको आँसु झारेर
पत्याउने कसले, जब आएका छौ जनता मारेर ।
-राजेशराज गड्तौला
कॅाडाघारी, काठमाण्डौ
२८.
जो छ यहाँ भ्रष्टाचारको मालिक
कठै उसकै बन्छ ठूलो सालिक ।
-भोज विवश मगर
गैंडाकोट -३ नवलपरासी पूर्व
२९.
तिमी ताली लगाउँदै गर्नु म भ्रमित गीत गाउँदै गर्छु
नखोज मलाई माथितिर म पोका बोकेर तल्तिरै झर्छु ।
-रमेश दियाली
शेल्पू सिटोंग दार्जिलिङ भारत
३०.
अन्तरकुन्तर भक्कानिएर निस्केको तिमी भन्छौ सस्तो आँसु
तिमी नै पक्का चालबाजी रहेछौ, त्यो तस्बिर कहाँ लगी टाँसु ।
-मोती योन्जन सुब्बा, दार्जिलिङ
३१.
नाटक अभिनय कला सिक्नू
ढाटेरै भएपनि सधैँ टिक्नू !
-विवश पारदर्शी, झापा
३२.
कोही कुटे जस्तो त कोही रोए जस्तो गर्छन्
जनताको आँखामा सधैँ भ्रम मात्र छर्छन् ।
-अनिता भण्डारी, ताप्लेजुङ
३३.
सत्तामा पुगेका छन् निर्दोष मारेर
आज नाटक देखाए आँसु झारेर ।
-कला ढकाल, झापा
३४.
महिलाको कुकुर मरेको पोस्टमा कमेन्ट गर्छन् गुरु
हाम्रा रचना राख्दा पनि नहेरी किन भाग्छन् खुरुखुरु ।
-तिलक गाउले
३५.
आँखामा छाराे हाली खेती गर्दछ भ्रमकाे
मरेर खेती गर मिल्दैन पैसा श्रमकाे ।
-शालिकराम दाहाल
चा न पा ३ झाैखेल, भक्तपुर
३६.
नाटक गरेर दुनियाँ झुक्याउ बनाउ आगोलाई पानी
साच्चै रुनुपर्ने छ एकदिन आफ्नै कर्ममा पछुतो मानी ।
-पुष्पा सुवेदी
नेपालगन्ज,बॅाके।
३७.
जनता दलको पुजारी बनाैँ र बसाैँ फुलाङ्गाे छरेर
उनीहरू खान्छन् मिली हामी आपसमा झगडा गरेर ।
-रामप्रसाद पुरी, बादेल, खाेटाङ ।
३८.
षड्यन्त्रभित्र हामी आफैँ नाटक गरेर टारौँ
उम्किनु हो मुख्य कुरो, दुनियाँलाई लठ्ठ पारौँ ।
-अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹
३९.
तिमी मिलीभगत भएर नौनी खाने
हामी ढुङ्ग्रो पखालेर रुँदै रुँदै जाने ।
-खर्गबहादुर कौसिक
४०.
कुटेजस्तो म गरुँला, तिमी रोएजस्तो गर
दुनियाँको सामु तिमीले भ्रम मज्जाले छर ।
-बुद्धिमान दनुवार (सुरुङ्गेली कान्छो )
कनकाई ४ झापा
४१.
यहाँ दुनियाँ नाटकमा रमाउँछ
मौका मिल्यो भने कठालो समाउँछ ।
-दीप गोले तामाङ – रौतहट
४२.
राजनीति भयो हाम्रो भ्रमको खेती गर्ने थलो
कहिले हुने हो नेताज्यु देश ,जनताको भलो ।
-रुना कर्माचार्य दाहाल
चितवन
४३.
जे जे गर्नु छ हाम्रो अभिनयले गर्छ
यस्तै भ्रम अब सधैँ छरिराख्नु पर्छ |
-सरिता सेढाई, धादिङ
४४.
देखिन्छन् नि जताततै देशघातीका टोली
तर पनि मिलाउँछन् त्यही लोलीमा बोली ।
-डम्बर थामी ‘अनुपम’
कालिन्चोक गा. पा. -६, दोलखा
४५.
पसिनाको कमाईमा नै जिउँला
तिमीले मागे म जीवन दिउँला ।
-नीमा छिरिङ भोटिया
जलढका कालेबुङ
४६.
सुहाउँदो गरेमा पो ! राजनीती भन्नु
यिनका अवतार हेरी पागल बन्नु ।
-जानुका बास्कोटा
काठमाण्डौं तारकेश्वर ९
४७.
गाउँदेखि बसाइँ सरेझैँ पुग्यौ तिमी सत्तामा
राजनीति गर्छौ जहिले वृद्धवृद्धाको भत्तामा ।
-कबिताहरी
सुन्दरहरैंचा नगरपालिका १ मोरङ
४८.
के छ र काम भेडाको चर्छन् देशमा लाम लागेर
गोठाला जन बनेपछि जादैनन् कहिल्यै भागेर ।
-सुस्मिता अधिकारी ,काठमाडौँ
४९.
यस्तै त छ चलेको चलन
जे गरे नि हुँदैन जलन ।
-अरुण कुमार भुजेल
गोरूबथान,कालेबुङ ।
५०.
यी नेताले जनता झुक्याउने गर्छन्
निमुखा जन उनकै सरण पर्छन् ।
-दुर्गा भट्टराई
माेरङ
५१..
अहिलेलाई चैँ झगडा जस्तो गरौँ
मौका आएपछि मिलेर पेट भरौँ ।
-घनश्याम पन्त हरिवन सर्लाही
५२.
देशभक्तिको नारा लगाउनेले कालो धन जमाएर
चिप्ला कुराले जनता भुलाउँदै बसेका छन् रमाएर ।
-कृष्ण बजगाई भक्तपुर
५३.
साङ्लोमा नै बाँधिएपछि गर्जन्छ उ बाघ
लाग्दैन कहिलै त्यहाँ घाम महिना माघ ।
-रबि पाैडेल दक्षिण भारत पाण्डेचरी
५४.
हामी दुवै उस्तै नै हौँ नौटंकी वाज
तैपनि हाम्रै समर्थनमा आवाज ।
-प्रदीप के रिमाल
५५.
आलोपालोले सत्ता चलाउछौँ प्रयोग गरी सामदाम दण्डभेद
बाहिर देखावटी झगडा गरे पनि छैन हामी बिच कुनै छेद l
-बाबुराम गौतम, गुल्मी
५६.
संसार चलाउनु छ जे जसरी ढल्छ
ढाँटी, छली, रोएर नि घुमीफिरी चल्छ ।
-इन्दु श्रेष्ठ, चितवन
५७.
हुन्छ भने हुन्छ भन हुँदैन भने हुँदैन नै भन
देश, ठाउँ राम्रो हुन त सफा नै हुनुपर्छ है मन !
-पवनकुमार बुढाथेाकी, काठमाडौं
५८.
बिचाैलिया तस्करहरू जति किन लाउँछाै अगि अगि
एउटै डुङ्गाका यात्रु सबै पुरिनेछन् है भेलमा बगी ।
-हिरालाल न्याैपाने, बानपा ८ काेटमाैला सल्यान
५९.
म रोएको कस्ले देख्छ ? न त तिमी रुँदा
डाहा मात्रै गर्छन् यहाँ, हामी खुसी हुँदा ।
-मन्दिरा सेढाई
मलेखु, धादिङ
६०.
हाल्नसम्म हाल्छन् काले भ्रष्टाचारमा जुठो
हिरासतबाट चोख्याउँछन् पैसाको मुठो ।
-भुपेन्द्र राना मगर
धादिङ
६१.
आँसुको मूल्य नै छैन, हाम्रो नेपालमा रती
तीन करोडको आँसु, महाकाली बग्यो कती ?
-रामशरण न्यौपाने, भक्तपुर
६२.
आज हामीले हाे गाउने सुन गीत
सङ्ख्या पुगे भाेलि तिमी गाउनु मीत ।
-प्रद्युम्न चालिसे
भक्तपुर कटुञ्जे
६३.
मिले सबै भ्रष्टाचारी र पालैपालो खाए
अख्तियार लाग्ने डरले रोइलो मच्चाए ।
-पद्मा काश्यप पाण्डे, मोरङ
६४.
भित्र पित्तल भरेर बाहिर सुन भरेको देखिन्छ
भ्रष्टाचारले देश खान्छ अझ कानुन कडा लेखिन्छ ।
-खडक आर सि मिलन
छेडागाड नगरपालिका २ साल्मा जाजरकोट
६५.
सुन भनी पित्तल बेच्नेदेखि किन हाँसु ?
रूनलाई नयनभित्र चाहिने भाे आँसु ।
-जी.वि.
घाेराही,दाङ
६६.
भ्रमको खेती गर्न लौ कति जानेका
अगाडि ठिक्क पछाडि छुरी हानेका ।
-शोभा आचार्य गौतम
काठमाडौँ
६७.
उनीहरू सडकमा आएर कराउँछन् म सुन्दै सुन्दिनँ
सत्यवादी मानिस हुँ म त कुकर्मको जालो बुन्दैबुन्दिनँ ।
-होमप्रसाद नेउपाने
धरान,सुनसरी
६८.
जिम्मेवारी र जिन्दगी पनि नाटकीय ढङ्गले चलाए
पजेरोमा सवार हुनेले गरीबको झुपडी जलाए ।
-राजेश्वरी राजाेपाध्याय
पाटन, ललितपुर