
काठमाडौँ । साप्ताहिक ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १६० औँ शृङ्खला सम्पन्न भएको छ ।
अभ्यासमा नेपाल लगायत विश्वका ६४ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १६० औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
सहभागी टुक्काकारहरूद्वारा सृजित सुन्दर टुक्का कविताहरू-
~<•>~
१)
जात नै जाला जस्तो गर्छन् लेख्दा कतिपय
टुक्का अघि बढेकोमा आरिस हो कि भय ?
-वसन्त अनुभव
घोराही, दाङ
२)
टुक्का कविता छाेटाे मिठाे भावनाकाे कला
मै हुँ भन्ने घमन्डीलाई पार्न सक्छ थला ।
-ताराप्रसाद चापागाईँ
३)
निरन्तर फस्टाउँदै गइरहेको छ टुक्का
आरिस गर्नेहरू होसियार है लाग्ला मुक्का !
-भोज विवश मगर
गैंडाकोट -३ नवलपरासी पूर्व
४)
थोरै शब्द धेरै वर्णन टुक्काको आसय
पढ्दै गर्दा भाव बुझ्दा मन कवितामय !
-सागर आँसु -डोटी
५)
छोटो मिठो, चोटिलो भाव बोक्छ टुक्का
क्रान्ति बुझ्न नसक्दा खाने गर्छन् मुक्का ।
-दीपा समभाव
दुबेकोल खोटाङ्ग
६)
नबोलौँ भनेको थिएँ जबरजस्ती बोलायो
कसेर गाँठो पारेको मन समेत खोलायो।
-प्रदीप के रिमाल
७)
लेख्नु काव्य बनोस् अझै रसिलो
शब्द भण्डार बनून् झन् कसिलो ।
-भगवती दवाडी, झापा
८)
सबै विषयमा टुक्का लेख्न सकिन्छ
हिँड्न नजानेमा खुट्टाले दु:ख दिन्छ ।
-कार्की डिबी माकुम
सुनवल-४, नवलपरासी
९)
आरिसे जतिले गर्दै गरुन् रिस अनि डाहा
कस्को भविष्य कस्तो हुन्छ तिनलाई छ र थाहा ?
-अर्जुन प्रसाद चौलागाई
अमेरिका, बोस्टन
१०)
हुन्छन् समाजमा दुष्ट मान्छे कति कति
हो हुँदैन कहिल्यै त्यस्ताको राम्रो मति ।
-सतीश सिकारु
चनपा ६ मातातीर्थ।
११)
आरिसेकाे त खासै साहित्यमा छैन काम
टुक्का कविता नलेखी कहाँ आउँछ नाम ।
-राज कुमार राजभण्डारी खाेटाङ्गे
मध्ययपुर ठिमी ५ संगम काेलाेनी राधेराधभक्तपुर ।
१२)
भुक्ने कुकुर भुक्छ
दैलोमा आई ढुक्छ ।
-नागेन्द्रप्रसाद यादव ।
१३)
कहिल्यै नखोज मान
कर्मले देखिन्छ सान !
-आर्त अकुलीन
१४)
खुट्टा तान्नेहरूको कमी छैन
जे गरेपनि खुशी भने हैन ।
-कला ढकाल, झापा
१५)
पाप लाग्छ जस्तो गर्छन् पढ्दा महोदय
साहित्य नै होइन पो ! भन्छन् कतिपय ।
-होमप्रसाद नेउपाने
धरान, सुनसरी
१६)
लेख्न सजिलो र चोटिलो हुन्छ
टुक्काले समाजको मैलो धुन्छ ।
-अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹
१७)
टुक्का कविता लेखौँ हामी भाव र कला भर्दै
रिस डाहा गर्नेहरू पछिपछि लाग्छन् सर्दै ।
-बेदु न्यौपाने 🌹🌹
१८)
टुक्का लेख्दा भाव चाेटिलाे आओस् महाशय
पढ्नेले तुरुन्तै बुझाेस् नि ! यसकाे आसय ।
-नवराज भट्ट
कञ्चनपुर
१९)
लक्ष्यमा पुग्न टुक्काले गरेको देखेर यात्राको तय
शुभ चिन्तकलाई खुसीयाली छ आरिसेलाई भय ।
-पुष्पा सुवेदी
नेपालगन्ज,बॅाके।
२०)
समावेशी बनेको छ टुक्का लेखन सान्दर्भिकता लय
मुर्खको औषधि छैन आरिस गर्ने खुम्चिन्छ लेख्ने जय ।
-चुडामणी देबकोटा
पुरानोनैकाप काठमाण्डौ
२१)
चिनी राख्नुपर्छ धेरै जसो यस्तै हुन्छन् कतिपय
अडिग भै बढिरहनु गरी आफ्नो सुन्दर तय ।
-अनुग्रह राना मगर ‘पुष्प’
पाँचखपन न. पा. ६ संखुवासभा ।
२२)
दुश्मनलाई ढाल्नुछ
कुरीतिलाई फाल्नुछ ।
-दीप गोले तामाङ, रौतहट
२३)
मै हुँ भन्ने यहाँ बिगार्न थाले, लेख्दा अचेल टुक्का
बिग्रियो भनी बताउँदा, तयार हुन्छन् हान्न मुक्का ।
-राजेशराज गड्तौला
कॅाडाघारी, काठमाण्डौ
२४)
छाेटाे मीठो हुन्छ टुक्का पढ्न नि सजिलो
बाेक्ने गर्छ भाव अर्थ अति गहकिलो ।
-प्रमाेद नेपाल
वीरगञ्ज । हाल काठमाडौ -५
२५)
टोक्यो भन्दैमा कुकुरले मिल्छ र टोक्न कुकुरलाई
रोकेर कहाँ रोकिन्छ र सृजनशील हात समाई ।
-पुष्पा राई,बादेल,खाेटाङ।
२६)
जातै जाओस् तर टुक्का लेख्न छाेडिन्न
टुक्का छाेडी अन्ततिर ध्यान माेडिन्न ।
-भवानी पाेखरेल (बाबू विराज)
बाणगंगा १ चार नम्बर, कपिलवस्तु
२७)
सायद ठूला ठूला कवि भएर होला
बगाउन चाहादैनन् यो टुक्काको खोला ।
-रमेश दियाली
शेल्पू सिटोंग दार्जिलिङ भारत।
२८)
टुक्काहरू लेख्ने नलेख्ने आ-आफ्नै हो नि खुबी
डाहा र रिसले उन्नति हुन्न जाने हाे डुबी ।
-सुशिला शिखा
कागेश्वरी काठमाडौं
२९)
लेख्न न छोडौँ है चोटिलो टुक्का
आरिसेको मुखैमा हानौँ मुक्का ।
-बिके मुखिया
दार्जिलिङ,भारत
३०)
टुक्काले त भ्रष्टलाई व्यङ्ग्य हान्दछ
त्यसैले त ईर्ष्या गर्छ खुट्टा तान्दछ !
-विवश पारदर्शी
झापा
३१)
अचम्मका मान्छे यहाँ उस्तै रहेछ चलन
सधैँ अरूको प्रगतिमा गर्ने गर्छन् जलन ।
-प्रतिज्ञा प्रतिज्ञा
मेहेलकुना सुर्खेत
३२)
छोटो मीठो दुई लाइनको यो कविता
आऊ सबले लेखौँ नबनाउँ रमिता ।
-बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
कनकाई ४ झापा
३३)
कामना गर्दछु टुक्काले धरती आकाश छोओस्
आरिसे दुष्ट मोराहरू आँसुले मुहार धोओस् !
-मोती योन्जन सुब्बा, दार्जिलिङ।
३४)
देखेर मात्र पुग्दैन कि त केही काम गरौँ
भनेर मात्र हुँदैन अझ, अघि पनि सरौँ ।
-प्रेम थापा “मन”बागलुङ
३५)
सानाठूला धनी गरीब मूर्ख विद्वान् सबै यहाँ पर्छ नाच्नु
नेपाली साहित्यका आँगनमा सम्मानित नै भएर बाँच्नु ।
-रामप्रसाद पुरी, बादेल, खाेटाङ ।
३६)
भनेर मात्रै हुँदैन काम गर्दै जाऊँ
मिलेन टुक्का भने अवश्य क्षमा पाऊ ।
-रबि पाैडेल दक्षिण भारत पाण्डेचरी ।
३७)
मै मात्र हुँ कि जान्ने बुझ्ने जस्तो गर्छन् मेरै भनौदाहरू
मेरो केही नलाग्ने भएपछि भन्नुस् हजुर कसो गरुँ ?
-सुनगाभा पोखरेल
कपिलवस्तु १ बैरिया
३८)
टुक्का कविता लेख्दै गएमा धेरैले डाहा गर्छन्
साहित्य कस्तो रसपान हाे बुझ्दैनन् पछि पर्छन् ।
-नाम केसर बाेहरा ( सङ्घर्ष )
सुदूरपश्चिम अछाम ।
हाल भारतबाट ।
३९)
नलेख्नेलाई लेखौँ भन्दै कर पनि नगरौँ
टुक्कालाई मायाँ गर्ने जति सधैँ अघि सरौँ ।
-अरुण कुमार भुजेल
गोरूबथान,कालेबुङ,भारत
४०)
कति रिस गर्छन् बरै हामीले टुक्का लेख्दा
आरिसले जल्छ्न् नि टुक्का मौलाएको देख्दा ।
-अनिता भण्डारी ताप्लेजुङ
४१)
लेख्न जान्नेहरूका लागि लेख कला नै होला
टुक्का लेख्न नजान्ने आफैँ बगाउँछन् त खोला ?
-अम्बिका अधिकारी
झापा बिर्तामोड
४२)
साजबाज गरेँ धेरै, लेखूँ टुक्का मिठो भनी
बङ्गारा नै सबै झार्यो, लोहाको चिउरा बनी ।
-रामशरण न्यौपाने, भक्तपुर
४३)
टुक्का चोटिलो हुन्छ कला विम्ब र यथार्थ बोल्छ
मनमा पाप हुनेहरूलाई भतभती पोल्छ ।
-डम्बर थामी ‘अनुपम’
कालिन्चोक गा. पा. -६, दोलखा
४४)
यो मनको कुरा मनमै कति राखियो
दुःख सुखको अनुभवबाट चाखियो ।
-नीमा छिरिङ भोटिया
जलढका कालेबुङ
४५)
उसले जे जे गरि खान्छ आरिस किन गर्नू
बरु टुक्का कविता लेख्नु साहित्याकास भर्नू ।
-तिला लेकाली
४६)
साहित्य आफ्नाे भाव र भावनाका शब्दकाे मेल
दायाँबायाँ नहेरी बगाउनु सृजनाकाे भेल ।
-प्रद्युम्न चालिसे
भक्तपुर कटुञ्जे
४७)
यहाँ कसले डाहा गरेर के हुन्छ
साहित्यिक शब्द सबैको मन छुन्छ ।
-शोभा आचार्य गौतम
काठमाडौँ
४८)
आरिस गर्दा हुन्छ है आफैँमा हानी
सकेसम्म रिस कम गरौँ है जानी ।
-बिबा तामाङ
लाटपञ्चर सिटोङ खरसाङ।
४९)
जति नै खुट्टा ताने पनि ढुक्कले टुक्का अघि बढ्दैछ
अनमोल विधा यो साहित्यको आज शिखर चढ्दैछ।
-तोया नाथ चापागाईं
दमक, झापा
५०)
लेख्दा पनि घमण्ड गर्ने है ! म जस्तो कोही छैन भन्ने
हामी पनि लेख्छौँ कविता तर संज्ञा ठुटे कवि गन्ने ।
-कबिताहरी
सुन्दरहरैंचा नगरपालिका १ मोरङ
५१)
आजभोलिका शासक डाडु पन्यू समाउन पाएर आफू आफैँमा छन् दङ्ग
मन्त्रीलाई समेत फिर्ता पठाएकोले देखियो यिनका सुशासनको ढङ्ग !
-पवनकुमार बुढाथेाकी
काठमाडौँ
५२)
बुझ्न छोटो मीठो टुक्का छायो मुटु मन
गर डाहा तिमी झाँगिँदैछ रनवन ।
-इन्दु श्रेष्ठ, चितवन
५३)
टुक्का कविता लेख्दा पढ्दा जान्छ भनेर हो कि जात
बोक्रे कविले बेलाबखतमा गरिरहन्छन् घात l
-बाबुराम गौतम, गुल्मी
५४)
शब्दको भावभित्र हुन्छ जमेको
संसार यसैमा खुसीले रमेको ।
-कृष्ण बजगाई, भक्तपुर
५५)
समयलाई नफालौँ खेर
लेखौँ टुक्का सोचेर गमेर ।
-मन्दिरा सेढाई
मलेखु, धादिङ
५६)
साहित्य साहित्य हुन्छ कसैकाे हुँदैन पेवा
नबुझे टुक्का हिरो हाे बुझेमा मिष्टान्न मेवा ।
-शारदा भण्डारी काफ्ले
विराटनगर
५७)
कुन शब्द खोजेर कविता कोरौँ
मीठामीठा भाषा कहाँबाट गोरौँ ।
-घनश्याम पन्त हरिवन सर्लाही
५८)
कामपछि नाम आफैँ फैलिँदै जान्छ
काम जस्तै जिवनकाे उचाइ लान्छ ।
-ईश्वर साउद(भिक्षु)
रामारोशन गाउँपालिका ६ सुदुरपश्चिम अछाम
५९)
मौलाउँदै गएकोले पर्यो होला चोट
टुक्का कवितालाई कसले लायो खोट |
-सरिता सेढाई, धादिङ
६०)
विज्ञ छु भनेर घमण्ड गर्छौ किन ?
आफू कति पानीमा छु पहिले चिन ।
-विनोद साथी
मिरिक
६१)
चुपचाप कर्म गर्दै जानुस्
बेथितिको विष स्वाट्टै खानुस् ।
-लक्ष्मी रिजाल
रुपनगर, सप्तरी ।
६२)
कुनै दिन अवश्य लेख्ने छन् टुक्का रमाई
धन्य बन्लान् टुक्का संग्रह खुसीले समाई ।
-सुस्मिता अधिकारी ,काठमाडौँ
६३)
जान्दछु भनेर कम्मर कस्ने पनि देखियो
आफ्नै घमण्ड ईर्ष्या बाहेक के नै पो लेखियो।
-बिकास क्षेत्री अन्जान
६४)
रूप बेग्लै प्रतिभा बेग्लै गराैँ सबैकाे मान
पृथक विधाकाे सत्कार गराैँ पुराऔँ ध्यान ।
-हरिगाेपाल न्हुच्छेँप्रधान
काभ्रे,बनेपा १४ साँगा बजार

