साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग- ९८

  • २३ आश्विन २०८१, बुधबार ०६:२९ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- अन्ठानब्बेऔमा हामी पुगेका छौं।
    लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
    मिति:- २०८१/०६/१७गते

    आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार तथा बड़ादसैंको शुभकामना” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: ९८[ अन्ठानब्बेऔं] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :

    सोमनाथ लुइटेल “रवि पाल्पालि
    गुणनिधि घिमिरे
    सुशीला पाैडेल

    चित्र संकलन

    सुशीला पाैडेल

    संकलन
    सुशीला पौडेल
    दुर्गा रिजाल आचार्य

    शुद्धीकरण

    भवानी घिमिरे
    जमुना आचार्य
    पशपती राई
    पुष्पा नेपाल (सुवेदी )

    संरचना

    अनुप्रास :- आफू खुसी
    स्थायी :- आफू खुसी
    अक्षर :- बराबरी

    समायोजक

    सोमनाथ लुइटेल “रवि पाल्पाली”
    तथा

    पञ्चाङ्ग साहित्य समाज नेपाल

    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
    ~~~~~
    पञ्चाङ्ग:०१
    बडादसैं घरघरमा आएको छ।
    बाढी र पहिरोले सारा खाएको छ।
    दसैं कसैको दशा नबनोस् भन्छु म,
    महलबासी हर्ष खुसी छाएको छ।
    गरीब दुःखीले दुःख नै पाएको छ।
    सुशीला पाैडेल

    पञ्चाङ्ग :०२
    बालुवा माटो जौ राखी पानी घडा थापेर यहाँ।
    नव दुर्गा पुजा गर्छन् नि जमरा राखेर यहाँ।
    दसैँ सुरुवात पहिलो दिनमा यस्तै नै गर्छन् ,
    चण्डी पाठ गर्छन् है दुर्गामा बोका भाकेर यहाँ ।
    दशमीमा टीका लगाउँछन् मासु चाखेर यहाँ।
    ✍️
    बेदु न्यौपाने 🌹🌹

    पञ्चाङ्ग:०३
    जमरा घडा भरेर बालुवा र माटो दिएर राखिन्छ बेस्सरी ,
    मीठा मीठा परिकारहरु चाखिन्छ पिलेटमा लिएर बेस्सरी ।
    हिन्दुहरुको खुसियालीको चाड रमेर आएको छ यसपालि
    नयाँ नयाँ कपडाहरु सबै परिवारलाई सिएर बेस्सरी ,
    चाडपर्वमा कोही कोही मस्त हुँदै हिड्ने गर्छन् पिएर बेस्सरी ।

    दुर्गा आचार्य
    मोरङ

    पञ्चाङ्ग:०४
    हामी गरिब वर्गलाई दशैँ आएर के गर्नु?
    भोकै प्यासै बस्नेलाई मालश्री गाएर के गर्नु?
    मीठो खाने राम्रो लाउने हाम्रो तक्दिरमा छैन।
    गरिबहरु नाङ्गै छन् धनीले लाएर के गर्नु?
    पेट खाली छ गीतको धुन बजाएर के गर्नु?


    मल्ल लक्ष्मी श्रेष्ट
    मेची किनार
    बिर्तामोड झापा

    पञ्चाङ्ग-०५
    नराख्नु आमा जमरा यसपालि त कतै राख्ने ठाउँ छैन
    शहर चुर्लुम्म डुबेको छ बाढीले बगाएर गाउँ छैन
    पारी जाने पुल लग्यो बाटोघाटो खानेपानीको मूल लग्यो
    सारा देश शोकाकुल छ आज कहिँ कतै जाउँ जाउँ छैन
    यस्तो बेला पो आयो दशैं जहाँ कसैको निसाना नाउँ छैन।
    -पशपती राई खोटाङ

    पञ्चाङ्ग:०६
    पूजा आरम्भ गरिन्छ आज
    बालुवा माटो भरिन्छ आज
    साइत थाहा नभए पनि,
    मकै जौँ धान छरिन्छ आज
    विधि नजान्ने परिन्छ आज।
    कला ढकाल झापा


    पञ्चाङ्ग:०७
    “”””””””
    ठूला झरीले दसैँकाे खुसी सबै जन हरायाे हजुर
    एक ठाउँबाट अर्काेतिर जान मन डरायाे हजुर
    नदिका किनारा खुल्ला राख्नु पर्ने पाठ सिकायाे मज्जाले
    देशभरि नै धनजनको खति झन गरायाे हजुर
    तटका घरटहरा क्षति गरिकन भरायाे हजुर ।
    प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।
    पञ्चाङ्ग:०८
    टन्न खान पाउने को पो दशैं।
    आफ्ना कहाँ धाउने को पो दशैं।
    गरीब जहाँको त्यही हो सधैं,
    नयाँ लुगा लाउने को पो दशैं।
    खुशीयाली छाउने को पो दशैं।
    ह्यारिस

    2 thoughts on “साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग- ९८

    Leave a Reply