साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १७७ सम्पन्न

  • २७ आश्विन २०८१, आईतवार ०७:५५ मा प्रकाशित
  • साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १७७ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ४१ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
    साप्ताहिक तस्बिरमा उदक लेखन अभ्यास शृङ्खला- १७७ मा सहभागी उदकयात्रीका सुन्दर उदकहरू-

    उदक अभ्यास १७७ मा अहिलेसम्म सहभागी उदक यात्रीका सुन्दर उदकहरू –

    [१]
    दसैँ
    साँस्कृतिक पर्व
    समग्र हिन्दुहरूको गर्व !

    • वसन्त अनुभव
      [२]
      दसैँ
      वर्षको चाडपर्व
      मान्नुपर्छ सबैले गर्व !
    • दुर्गा आचार्य, मोरङ
      [३]
      दसैँ
      सांस्कृतिक रीतिरिवाज
      टीका जमरा आशिर्वाद !
    • अम्बिका अधिकारी
      झापा, बिर्तामोड
      [४]
      दसैँ
      हिन्दुकाे पर्व
      गर्दछन् नेपालीले गर्व !
    • राज कुमार राजभण्डारी खाेटाङे
      मध्यपुर ठिमी-५, राधे राधे, भक्तपुर
      [५]
      दसैँ
      मनाउँ रमाएर
      दुःख पीडा भगाएर !
    • कला ढकाल, झापा
      [६]
      दसैँ
      संस्कार संस्कृति
      टीका जमराकाे रीति !
    • भवानी घिमिरे, सर्लाही
      [७]
      दसैँ
      महान पर्व
      सबैको त्यसैमा गर्व !
    • सुरेश न्यौपाने, लम्की, कैलाली
      [८]
      पर्व
      विजया दशमी
      सत्यको जितमा हर्ष !
    • सरस्वती श्रेष्ठ, रुपन्देही
      [९]
      दसैँ
      खुसी मनाउने
      वर्ष दिनमा रमाउने !
    • सानु जाेसी
      सुदूर पश्चिम, दार्चुला
      [१०]
      दसैँ
      हिन्दुहरूकाे पर्व
      सबैलाई लाग्छ गर्व !
    • केसर बाेहरा ‘सङ्घर्ष’
      अछाम हाल: भारत
      [११]
      दसैँ
      महान चाड
      असत्यमाथि सत्यको विजय !
    • पशपती राई, खोटाङ
      [१२]
      दसैँ
      महान चाड
      खर्चमा राखौँ आड !
    • दीपा समभाव
      दुबेकोल, कोटाङ्ग
      [१३]
      निधार
      रातो टीका
      आशिषविना सबै फिका !
    • कार्की डिबी माकुम
      सुनवल-४, नवलपरासी
      [१४]
      दसैँ
      हराउन नहुने
      एउटा महत्त्वपूर्ण चाड !
    • ध्रुव श्रेष्ठ, खोटाङ बजार
      [१५]
      दसैँ
      टीका लगाएर
      मनाऔँ खुसी जगाएर !
    • सरिता सेढाई, धादिङ
      [१६]
      दसैँ
      गरौँ गर्व
      हिन्दुहरूकाे महान पर्व !
    • नवराज भट्ट, कञ्चनपुर
      [१७]
      दसैँ
      हराउँदै संस्कृति
      रौनक आचारसंहिता मौलिकता !
    • अगस्टीन राई
      मरिया कागे, भारत
      [१९]
      दसैँ
      हर्षको तारो
      कहिले तताउँछ कन्पारो !
    • अच्युत घिमिरे, सर्पाङ, भुटान
      [२०]
      दसैँ
      आफन्त भेटघाट
      ठुलाबाट प्रशस्त आशीर्वाद !
    • अनुग्रह राना मगर ‘पुष्प’
      पाँचखपन नपा-६, संखुवासभा
      [२१]
      एकासी
      बडादसैँ पर्व
      नसरोस् कोही बसाइँ !
    • दुर्गा अधिकारी भमरकोटे, कपन
      [२२]
      दसैँ
      मनाऔँ खुसीले
      करले होइन रहरले !
    • धनमाया चौधरी, कैलाली
      [२३]
      दसैँ
      नेपालीहरूको पर्व
      मनाउँ गर्दै गर्व !
    • अनिता भण्डारी, ताप्लेजुङ
      [२४]
      दसैँ
      पुर्खाको रित
      मनाऔँ सबैले हिंसारहित !
    • शान्ता पौडेल भट्टराई
      टङ्कीसिनवारी, मोरङ
      [२५]
      कामना
      शुभ भावना
      विजया दशमीको शुभकामना !
    • हिमाल अम्मै
      घोडाघोडी कैलाली
      [२६]
      दसैँ
      देवीको उपासना
      सत्य सन्देशको वासना !
    • गोपेन्द्र रिजाल, पाँचथर
      [२७]
      दसैँ
      हाम्रो संस्कृति
      चलनसँग नित्य प्रकृति !
    • बुद्धिप्रसाद लामिछाने
      घोडाघोडी नपा-८, कैलाली
      [२८]
      दसैँ
      गरिबीको आर्तनाद
      भाग्यले ठगिएका निधारहरू !
    • आर्त अकुलीन
      [२९]
      दसैँ
      नवदुर्गाकाे पूजा
      आसुरी शक्तिकाे नाश !
    • प्रद्युम्न चालिसे
      भक्तपुर, कटुञ्जे
      [३०]
      आयो
      दशै पर्व
      यसैमा लाग्छ गर्व !
    • रमा पन्त, पाल्पा
      [३१]
      दसैँ
      महान पर्व
      हिन्दु हुनुमा गर्व !
    • तोया नाथ चापागाईं
      दमक, झापा
      [३२]
      दसैँ
      शक्तिको पर्व
      गर्छन् हिन्दुहरूले गर्व !
    • विवश पारदर्शी, झापा
      [३३]
      दुर्गा
      मात्रै होइन
      शासकले दुष्टमुक्त बनाओस् !
    • नन्दलाल आचार्य
      बेलका-२, सिद्धार्थटोल, गल्फडिया, उदयपुर
      [३४]
      दसैँ
      उत्सवको दिन
      अफसोच कसैलाई ऋण !
    • पृथक प्रकृति, झापा
      [३५]
      दसैँ
      खुसीको पर्व
      मेचीदेखि कालीसम्म गर्व !
    • कविता आचार्य, कैलाली
      [३६]
      दसैँ
      भेटघाटको मौसम
      खुसियाली रहन्छ अनुपम !
    • होमप्रसाद नेउपाने
      धरान, सुनसरी
      [३७]
      दसैँ
      उत्साहले मनाउनू
      रिसराग सबै भगाउनू !
    • सङ्गीता खरेल, काठमाडौं
      [३८]
      दसैँ
      दुर्गा भवानी
      रक्षा गरुन् सबैमा !
    • सरस्वती वली, बर्दिया
      [३९]
      नवदुर्गा
      भवानी माताले
      दिऊन् अथाह उर्जा !
    • घनश्याम पन्त, हरिवन, सर्लाही
      [४०]
      मौलिक
      सम्पत्ति हाम्रो
      दसैँ न्यायको प्रतीक !
    • लक्ष्मी रिजाल
      कञ्चनरूप-१२, रूपनगर, सप्तरी
      [४१]
      दसैँ
      मानेकाे चाड
      मनाऔँ खुशीसाथ रमाइ !
      -भाेलामान बर्देवा ‘बैरागी माईलाे’
      बधरान-८, सुनसरी

    Leave a Reply