साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १७५ सम्पन्न

  • २१ आश्विन २०८१, सोमबार ०८:२६ मा प्रकाशित
  • साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १७५ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ६० जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
    साप्ताहिक तस्बिरमा उदक लेखन अभ्यास शृङ्खला- १७५ मा सहभागी उदकयात्रीका सुन्दर उदकहरू-

    [१]
    सन्तान
    उठाउँछन् भार
    बाआमाको नमानी हार !

    • वसन्त अनुभव
      [२]
      जिम्मेवारी
      काँधमा आएपछि
      साहारा बन्न पाएपछि !
    • सङ्गीता खरेल, काठमाडौं
      [३]
      सन्तान
      बाबुआमाकाे सार
      हुन्छ सधैं अपार !
    • रवि पाैडेल
      दक्षिण भारत, पाण्डेचरी
      [४]
      सन्तान
      थाम्छ भार
      प्यार सधैं अपार !
    • पशपती राई, खोटाङ
      [५]
      बाेकेर
      बाँधमा भारी
      सम्हाल्छन् सन्तानले जिम्मेवारी !
    • ताराप्रसाद चापागाईँ, धुनिबेसी
      [६]
      सेवामा
      सन्तान तल्लीन
      नहुने भविष्य मलिन !
    • कार्की डिबी माकुम
      सुनवल-४, नवलपरासी
      [७]
      सन्तान
      बोक्छन् भारी
      बा-आमाको लिएर जिम्मेवारी !
    • बेदु न्यौपाने
      [८]
      सन्तान
      कहिले जिम्मेवारी
      कहिले बोक्छन् भारी !
    • दीपा समभाव
      दुबेकोल, खोटाङ्ग
      [९]
      बालक
      कर्तव्यबोध गरी
      उठायाे काँधमा बाेझ !
    • प्रद्युम्न चालिसे
      भक्तपुर, कटुञ्जे
      [१०]
      सन्तान
      जन्माऔं धेरै
      भोलि जन्मेलान् थोरै !
    • डा. देवी पन्थी
      [११]
      अटुट
      सन्तानको माया
      ढुङ्गा माटोको सम्बन्ध !
    • अनुपम प्रकृति
      [१२]
      सन्तान
      सधैँ ठान्नु
      बाबाआमा ज्यूँदा भगवान् !
    • रमा पन्त, पाल्पा
      [१३]
      झ्याम्मिरहने
      मेरो नाती
      सबैका पियारा सन्तान !
    • गुणनिधि घिमिरे, अमेरिका
      [१४]
      जिम्मेवारी
      कर्तव्यको भारी
      बोक्छ्न् अभर नपारी !
    • गोपेन्द्र रिजाल, पाँचथर
      [१५]
      सन्तान
      मायाको पेवा
      कठिनमा सहयोगी टेवा !
    • अनुग्रह राना मगर ‘पुष्प’
      पाँचखपन न.पा.-६, संखुवासभा
      [१६]
      सन्तान
      कर्तव्यमा हुन्छ
      बझे शिखर छुन्छ !
    • सुरेशकुमार पाण्डे
      दाङ, घोराही-१८
      [१७]
      सन्तान
      बा-आमाको माया
      बन्नुपर्छ सधैँ छाया !
    • कला ढकाल, झापा
      [१९]
      सन्तान
      बाबा आमाको
      गलाको सुन्दर हार !
    • सरस्वती श्रेष्ठ, इटहरी
      [२०]
      सन्तान
      बाेक्छन् भारी
      पूरा गर्छन् जिम्मेवारी !
    • राज कुमार राजभण्डारी खाेटाङे
      मध्यपुर ठिमी-५, राधे राधे, भक्तपुर
      [२१]
      बैशाखी
      असहायको साहारा
      सन्तान जत्तिकै पियारा !
    • घनश्याम पौडेल, पोखरा
      [२२]
      सन्तान
      बाबा आमालाई
      मान्छन् साक्षात् भगवान् !
    • केन्द्रप्रकाश बराल, इलाम
      [२३]
      सन्तति
      काँधमा जिम्मेवारी
      दुखको अन्तिम चौतारी !
    • राजाराम रत्गैंया, अमौरा, कैलाली
      [२४]
      सन्तति
      गर्दैनन् भूल
      बन्छन् अप्ठारोको पुल !
    • ऋजु दिल्पाली (राजेन्द्र घिमिरे)
      ईटहरी-१, सुनसरी
      [२५]
      जवानी
      बिस्तारै ढल्छ
      सुनिन्छन् अनेकौं कहानी !
    • नवराज भट्ट, कञ्चनपुर
      [२६]
      सन्तान
      अनुपम तारा
      आखिर दिन्छन् साहारा !
    • आर्त अकुलीन
      [२७]
      बाबा
      प्रेरणाका स्रोत
      सन्तानमा ममताले ओतप्रोत !
    • प्रेम थापा ‘मन’, बागलुङ
      [२८]
      सन्तान
      सुखदुःखको कान
      जिम्मेवारीको ठूलो मैदान !
    • अच्युत घिमिरे, सर्पाङ, भुटान
      [२९]
      सन्तान
      सेवामा तल्लीन
      भविष्यमा हुनेभए शालीन !
    • एवाइ प्रभात
      सहिदभुमि-३, कोङलाङ, धनकुटा
      [३०]
      पहिलो
      पाठशाला घर
      दिइरहने बैशाखीले भर !
    • हिरामाया श्रेष्ठ
      गजुरी-१, धादिङ
      [३१]
      सन्तान
      सानोका आशा
      हुर्केपछि ल्याउँछन् निरासा !
    • होमप्रसाद नेउपाने
      धरान, सुनसरी
      [३२]
      सन्तान
      बाेकेर भार
      बाआमाकाे बाेके भार !
    • भाेलामान बर्देवा
      धरान-८, सुनसरी
      [३३]
      सन्तान
      परेमा सबुत
      बनाउँछन् कुल मजबुत !
    • घनश्याम पन्त
      हरिवन, सर्लाही
      [३४]
      सन्तान
      बोक्छ जिम्मेवारी
      रगतको नाता जिवनभरी !
    • धनमाया चौधरी, कैलाली
      [३५]
      सन्तान
      जिन्दगीको भारी
      काँधमा उठाउँछन् जिम्मेवारी !
    • केसर बाेहरा ‘सङ्घर्ष’
      सुदूरपश्चिम, अछाम
      [३६]
      सन्तान
      बलियो खम्बा
      पीडित बाबाको सहारा !
    • साहित्य प्रेमी सलिन
      [३७]
      सन्तान
      आँखाका तारा
      साहारा पाउने बिश्वास !
    • मङ्गला उपाध्याय
      [३८]
      सन्तान
      भविष्यको काध
      छोड्दै उनले साथ !
    • दीप गोले तामाङ, रौतहट
      [३९]
      सन्तति
      आँखाका नानी
      बुढेसकालमा नपारुन् दुर्गति !
    • दुर्गा भट्टराई, माेरङ
      [४०]
      सन्तान
      आँखाका तारा
      हुन जिउने साहारा !
    • अनिता भण्डारी, ताप्लेजुङ
      [४१]
      सन्तान
      सुखदुःखकाे साथी
      बाआमाकाे राख्छन् मान !
    • बलराज गिरी
      जानकी गा.पा.-८ कैलाली
      [४२]
      सन्तान
      अभिभावकको सहारा
      बन्नेछन् भविष्यमा नहारी !
    • सुस्मिता अधिकारी, काठमाडौँ
      [४३]
      सन्तान
      भएमा सन्ताप
      हट्ने आश हुन्छ ।
    • लक्ष्मी रिजाल
      कञ्चनरूप १२, रूपनगर, सप्तरी
      [४४]
      सन्तान
      आमाबाबाका प्यारा
      एक्लोपनमा हुन्छन् साहारा !
    • सरस्वती वली
      [४५]
      सन्तान
      बनोस् संस्कारी
      पूरा गर्छ जिम्मेवारी !
    • बुद्धिप्रसाद लामिछाने
      घोनपा-८, कैलाली
      [४६]
      सन्तान
      चम्किला तारा
      अप्ठ्यारो अवस्थामा सहारा !
    • शान्ता पौडेल भट्टराई
      टङ्कीसिनवारी, मोरङ
      [४७]
      कष्ट
      मानव जीवन
      छोराको सहयोगी साथ !
    • चक्र शाही, लम्की, कैलाली
      [४८]
      मियो
      सन्तान भयो
      सहारा राम्रोसँग दियो !
    • पृथक प्रकृति, झापा
      [४९]
      सन्तान
      जीवनको आधार
      दुखित बुबाको संसार !
    • भगवती दवाडी
      [५०]
      सन्तान
      गर्नु मान
      मान्नु ज्युँदा भगवान् !
    • सम्झना कुँवर
      [५१]
      सन्तान
      हृदयको स्पन्दन
      बलिष्ठ कर्तब्य जिम्मेवारी !
    • कमला देवकोटा, पाल्पा
      [५२]
      सन्तति
      सहाराको रथी
      हाम्रो भविष्यको सारथि !
    • रामप्रसाद पुरी, बादेल, खाेटाङ
      [५३]
      सन्तान
      दु: खको सहारा
      हरपल दिन्छन् पहरा !
    • सरिता काफ्ले
      कोहलपुर-८, पिपरी, बाँके
      [५४]
      सन्तान
      बुढ्यौलीको सहारा
      थाम्छ कूलको अभिभारा !
    • विवश पारदर्शी
      [५५]
      सहारा
      दिए अहिले
      सुखी हुन्छौ पहिले !
    • नन्दलाल आचार्य
      सिद्धार्थटोल, उदयपुर
      हाल- एनेलकुटी, सिरहा
      [५६]
      सहयाेगी
      संस्कारी सन्तति
      विकलाङ् अभिभावककाे सम्पत्ति !
    • टीकाराम जाेशी, टीकापुर
      [५७]
      अन्तत:
      सन्तानको आस
      फूलझैँ छरेमा सुवास !
    • कविता आचार्य, कैलाली
      [५८]
      सन्तान
      मुटुका टुक्रा
      अन्त्यका उनैको सहारा !
    • दुर्गा आचार्य, मोरङ
      [५९]
      सन्तान
      पलपलको सहारा
      छेक्छ फोड्छ अवरोध !
    • राम न्यौपाने, कैलाली
      [६०]
      सन्तान
      जीवनको सार
      प्रकृतिले दिएको उपहार !
    • भवानी घिमिरे, सर्लाही

    3 thoughts on “साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १७५ सम्पन्न

    1. GlobalBllog naturally like your web site however you need to take a look at the spelling on several of your posts. A number of them are rife with spelling problems and I find it very bothersome to tell the truth on the other hand I will surely come again again.

    Leave a Reply