
साउदी अरब – नेपाली पाककला र आतिथ्य क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका साउदी अरबस्थित केम्पिन्स्की होटलका कार्यकारी पेस्ट्री सेफ सरोज थापा ‘एनएल इन्टरनेशनल हस्पिटालिटी अवार्ड २०२४’ बाट सम्मानित भएका छन्। भव्य रूपमा युएईको दुबईको हिल्टन होटलमा सम्पन्न यस कार्यक्रममा थापालाई विशेष सम्मान प्रदान गरिएको हो। न्युजलाइन मिडियाद्वारा प्रदान गरिएको यो प्रतिष्ठित अवार्ड थापाले आतिथ्य क्षेत्रमा पुर्याएको विशिष्ट योगदानको कदरस्वरूप दिइएको हो।
नेपाली परम्परागत खानाको प्रवर्द्धन र अनुसन्धानमा समर्पित थापाले आफ्नो अनुभव र ज्ञानलाई ‘वर्ल्ड सेफ एसोसिएसन’को निर्णायक मण्डलमार्फत अन्तर्राष्ट्रिय स्तरमा पुर्याउँदै आएका छन्। थापाले नेपाली पाककलालाई विश्वमञ्चमा चिनाउन गरेको अथक प्रयासले नेपाललाई पाककला क्षेत्रमा विशेष पहिचान दिलाएको छ। यो सम्मान विजयादशमीको अवसरमा आयोजना गरिएको कार्यक्रममा प्रदान गरिएको थियो, जसमा नेपाली चाडपर्व र परम्पराको संरक्षणमा केन्द्रित सांस्कृतिक कार्यक्रमसमेत समावेश थियो। थापाको यस सफलताले सम्पूर्ण नेपाली समुदायलाई गौरवान्वित बनाएको छ। उनी मात्र एउटा प्रतिभाशाली सेफ नभएर नेपाली सांस्कृतिक र पाककला परम्पराका सच्चा प्रवर्द्धकका रूपमा उदाएका छन्। सरोज थापाको यो सम्मानले नेपाली पाककला र संस्कृतिलाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउने महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ, जसले नेपाललाई विश्वभर नयाँ पहिचान दिलाएको छ।
There is definately a lot to find out about this subject. I like all the points you made
Great information shared.. really enjoyed reading this post thank you author for sharing this post .. appreciated