
साउदी अरेबियामा रहेका नेपाली समुदायले बडा दशैं हर्षोल्लासपूर्वक मनाएका छन्। घर जान नपाएका नेपाली श्रमिकहरूले कर्मभूमी साउदीमा आफ्नै शैलीमा टीका र जमरा लगाएर दशैंको उल्लास मनाएका हुन्। प्रमुख शहरहरू रियाद, जेद्दा, दम्माम, जुबेल, खोबर, अल कासिमलगायतका स्थानमा नेपाली समुदायले विशेष कार्यक्रम गरी दशैं मनाएको छ ।
यसै सन्दर्भमा, जुबेलस्थित इभेन्ट म्यानेजमेन्ट ग्रुपले शुक्रवार एक विशेष टीका कार्यक्रम आयोजना गर्यो। जुबेल हाईवेको सफ्वा क्षेत्रमा रहेको एक हलमा आयोजित यस कार्यक्रममा साउदीका नेपाली श्रमिकहरूको अभिभावक, पर्यटनदूत तथा एनआरएनए (गैरआवासीय नेपाली संघ) का मध्यपूर्व संयोजक राजेन्द्र अर्याल र उहाँकी धर्मपत्नी एनआरएनए साउदीकी अध्यक्ष रबिना अर्यालले टीका प्रदान गरेर कार्यक्रमको शुभारम्भ गरेका थिए। आयोजक रबिन गुरुङले घर जान नपाएका नेपालीहरूलाई घरको सम्झना मेट्न र आपसी भाइचारा कायम राख्न मद्दत पुर्याउने उद्देश्यले कार्यक्रम गरिएको बताए। कार्यक्रममा सहभागी साउदी अरेबियामा क्रियाशील संघसंस्थाका प्रतिनिधिहरू, सामाजिक व्यक्तित्वहरू तथा विभिन्न क्षेत्रका नेपाली दाजुभाइ-दिदीबहिनीहरूको उपस्थितिले कार्यक्रमलाई अझै उल्लासमय बनाएको थियो। नेपाली साझा मञ्च साउदीका प्रमुख सल्लाहकार अकल प्रधानले घर जान नपाएका नेपालीहरूले साउदीमा आफ्नै समुदायबाट टीका ग्रहण गर्न पाउँदा आफैं घरमै दशैं मनाइरहेको जस्तो अनुभव गर्न पाएको बताए। यसले आपसी सम्बन्ध मजबुत बनाउनुका साथै नेपाली संस्कृतिलाई जोगाइराख्न पनि महत्वपूर्ण भूमिका रहेको छ। साउदीका अन्य शहरहरूमा पनि यस्तै कार्यक्रमहरू सम्पन्न भएका छन्।
जेद्दामा नेपाली सामाजिक समूहले विशेष सांस्कृतिक कार्यक्रमसहित दशैंको टीका कार्यक्रम आयोजना गरे। रियादमा नेपाली समाजको पहलमा दशैं मनाइयो जहाँ टीका, जमरा तथा आशीर्वाद वितरणका साथै नेपाली सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको थियो। अल कासिम र दम्माममा पनि नेपाली श्रमिकहरूको बाक्लो सहभागितामा दशैं कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो। यसरी टीका र जमरा लगाएर साउदीका विभिन्न शहरमा दशैं मनाइने परम्पराले नेपाली संस्कृतिलाई बचाइराख्न महत्वपूर्ण योगदान गरेको छ। घरपरिवारबाट टाढा भए पनि, नेपाली श्रमिकहरूले आफ्नो संस्कृति र परम्परालाई कायम राख्न हरेक वर्ष यसरी हर्षोल्लासपूर्वक दशैं मनाउने गरेका छन्। यस्ता कार्यक्रमहरूले नेपाली समुदायबीचको एकता, भाइचारा, र सद्भाव बढाउने मात्र होइन, नयाँ पुस्तामा नेपाली संस्कृतिप्रतिको चेतना जगाउन पनि महत्त्वपूर्ण भूमिका खेल्छ।
naturally like your web site however you need to take a look at the spelling on several of your posts. A number of them are rife with spelling problems and I find it very bothersome to tell the truth on the other hand I will surely come again again.
Üsküdar acil su tesisatçısı Su kaçağı tespiti ve tamirinde Üsküdar’da bu kadar iyi bir hizmet bulmak çok zor. Efsane Tesisat bu işi biliyor. https://phileo.me/blogs/238140/%C3%BCsk%C3%BCdar-Su-ka%C3%A7a%C4%9F%C4%B1-tespiti