“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- त्रियानब्बेऔमा हामी पुगेका छौं।
लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
मिति:- २०८१/०५/१३गते
आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: ९३[त्रियानब्बेऔं] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!
प्रशिक्षक :
सोमनाथ लुइटेल “रवि पाल्पालि
गुणनिधि घिमिरे
सुशीला पाैडेल
चित्र संकलन
सुशीला पाैडेल

संकलन
सुशीला पौडेल
दुर्गा रिजाल आचार्य
शुद्धीकरण
भवानी घिमिरे
जमुना आचार्य
पशपती राई
पुष्पा नेपाल (सुवेदी )
संरचना
अनुप्रास :- आफू खुसी
स्थायी :- आफू खुसी
अक्षर :- बराबरी
समायोजक
सोमनाथ लुइटेल “रवि पाल्पाली”
तथा
पञ्चाङ्ग साहित्य समाज नेपाल
चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]~~~~~
पञ्चाङ्ग:०१
हरियो जङ्गल बीचमा झरना खसेको छ।
हेर्दा केही तल टक्क अडिएर बसेको छ।
प्राकृतिक छटाले सुन्दर हाम्रो देश लाग्छ,
धेरैको लोभी आँखाले सुन्दरता डसेको छ।
प्रायजसो मानिस सुन्दरतामा फसेको छ।
सुशीला पौडेल
पञ्चाङ्ग:०२
जंगल बीचमा सुन्दर झर्ना झरेको छ।
हाम्रो देश रमणीय दृश्यले भरेको छ।
यहाँ प्राकृतिक छटाहरू हेर्न पाइन्छ।
यिनै सुन्दरमा सबैले आँखा तरेको छ।
रमाइला दृश्यमा धेरै डाहा गरेको छ।
✍️
बेदु न्यौपाने 🌹🌹
पञ्चाङ्ग:०३
कस्ताे सुन्दर दृश्य हाे प्रकृतिकाे हेरेर बस्दै छु म
भित्री भाव तरङ्ग जे छ मनमा केरेर बस्दै छु म
पानी छान्न सधैँ छ व्यस्त पहराे फाेहाेर फाल्ने भनी
त्यै पानी पिउने बिचार हुन गै फेरेर बस्दै छु म
राम्राे हाेस् जहिले भनेर झरना घेरेर बस्दै छु म
ताेयानाथ सुवेदी
काडाघारी
पञ्चाङ्ग-०४
हलचल नगरी तलाउमा बस्दा पनि रानी देखिन्छ
चंचल झर्ना बनी तलतिर खस्दा प्यारी सानी देखिन्छ
हेर्दा तरल रुप जस्तै उनको जिन्दगी कति सरल
कहिले ठोसमा त कहिले ग्याँसमा उहि पानी देखिन्छ
सम्पूर्ण जगतलाई जीवन दिने कति दानी देखिन्छ।
-पशपती राई खोटाङ ।
पञ्चाङ्ग:०५
नेपालको सान र मान सुन्दर झरना झर्नु राम्रो ,
हरियो बन र पाखा बीचमा छङ छङ गर्नु राम्रो
जोगाउन सके सुन्दर साझा फुलबारी स्वर्ग बन्छ,
आफ्नै देशको सन्देश विश्व भरमा ज्ञान छर्नु राम्रो
पौरख गरि खान आफ्नै पाखुरामा भर पर्नु राम्रो।
दुर्गा आचार्य
मोरङ
पञ्चाङ्ग:०६
सुन्दर झरना हेर्नु छ।
दुईचार शब्द केर्नु छ।
हेर्दा देखिन्छ रमाइलो,
यही बसी श्वास फेर्नु छ।
भए जति खुसी बेर्नु छ।
-ह्यारिस
Your writing is a true testament to your expertise and dedication to your craft. I’m continually impressed by the depth of your knowledge and the clarity of your explanations. Keep up the phenomenal work!