साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १७२ सम्पन्न

  • २२ भाद्र २०८१, शनिबार २१:३५ मा प्रकाशित
  • साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १७२ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ६२ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
    साप्ताहिक तस्बिरमा उदक लेखन अभ्यास शृङ्खला- १७२ मा सहभागी उदकयात्रीका सुन्दर उदकहरू-

    [१]
    तिज
    सांस्कृतिक पर्व
    मौलिकतामा गरौँ गर्व !

    वसन्त अनुभव
    [२]
    तिज
    सांस्कृतिक साधना
    चाडपर्वमा मिल्यो घना !

    अम्बिका अधिकारी
    झापा, बिर्तामोड
    [३]
    तिज
    जताततै रमाइलो
    दर खाने प्रविधि !

    केसर बाेहरा ‘सङ्घर्ष’
    अछाम हाल- भारत
    [४]
    तिज
    नारीको पर्व
    संस्कृतिमा गरौँ गर्व !

    बेदु न्यौपाने
    [५]
    तिज
    मौलिकता घट्यो
    विकृति विसङ्गति बढ्यो !

    रमा पन्त, पाल्पा
    [६]
    तिज
    नाचेर मनाऔँ
    अनुशासित जीवन बनाऔँ !

    रबि पाैडेल, दक्षिण भारत, पाण्डेचरी
    [७]
    तिज
    असजिला सारी
    महिलालाई हुँदैन भारी !

    डिल्लीराज (राजेन्द्र) भुसाल
    सन्धिखर्क-२, कुर, अर्घाखाँची
    [८]
    तिज
    नाचगान रमाइलो
    अचेल विकृति भाँडभैलो !

    नारायण कोइराला
    तानसेन, पाल्पा हाल-कुवेत
    [९]
    तिज
    पटुका कस्नलाई
    काम छोडी बस्नलाई !

    डा. देवी पन्थी
    [१०]
    तिज
    रमाइलो पर्व
    जसको अरबौँ अर्थ !

    अच्युत घिमिरे, सर्पाङ, भुटान
    [११]
    तिज
    लगाई सारी
    रमाउँछन् नाचेर नारी !

    रचना शर्मा प्रतीक्षा, ललितपुर
    [१२]
    मौलिकता
    हराउँदै गयो
    संस्कार उदास भयो !

    सङ्गीता खरेल, काठमाडौं
    [१३]
    संस्कृति
    जाेगाउने तिज
    बिग्रँदै गयाे तजबिज !

    ताराप्रसाद चापागाईँ, धुनिबेसी
    [१४]
    तिज
    मिलन हाम्रो
    भब्य झनै राम्रो !

    सुरेशकुमार पाण्डे
    दाङ घोराही-१८
    [१५]
    तिज
    भड्किलो बन्दैछ
    संस्कार संस्कृती घट्दैछ !

    दीपा समभाव
    दुबेकोल, खोटाङ्ग
    [१६]
    तिज
    गरि भेटघाट
    मनाऔंं सबैले एकसाथ !

    अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन न.पा. ६ संखुवासभा
    [१७]
    तिज
    पर्व महान
    माइती चेलीको शान !

    कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी
    [१९]
    संस्कृति
    माैलाउँदै बिकृति
    नअगाँलाैँ छाडा प्रवृति !

    निरज कोइराला , इटहरी
    [२०]
    तिज
    देखिए विकृति
    समाजले दिन्न स्वीकृति !

    नवराज भट्ट, कञ्चनपुर
    [२१]
    चाड्पर्व
    मौलिकतामा विकृती
    धरापमा नेपाली संस्कृति !

    राजाराम रत्गैंया, अमौरा, कैलाली
    [२२]
    तिज
    जताततै देखियो
    सञ्जालमा रातो भेटियो !

    कला ढकाल, झापा
    [२३]
    तिज
    हिन्दु पर्व
    नत्यागौँ आफ्नो सर्म !

    सविता के.सी.
    [२४]
    तिज
    मिलन हाम्रो
    नारीलाई सारी राम्रो !

    श्रीकृष्ण धामी, बझाङ
    [२५]
    तिज
    महिलाको पर्व
    सबैले गरौँ गर्व !

    अनिता भण्डारी, ताप्लेजुङ
    [२६]
    संस्कार
    गयो वाइनमा
    तिज होटल लाइनमा !

    घनश्याम पन्त, हरिवन, सर्लाही
    [२७]
    तिज
    भएको भड्किलो
    गरौँ सबैले तजबिज !

    केन्द्रप्रकाश बराल, इलाम
    [२८]
    तिज
    महत्व जानौँ
    संस्कृति ठूलो ठानौँ !

    सुस्मिता अधिकारी, काठमाडौँ
    [२९]
    तिज
    कतै रमाइलो
    कतै अगचको गर्त !

    प्रेम थापा ‘मन’, बागलुङ
    [३०]
    तिज
    मौलिक पर्व
    मौलाउँदै साँस्कृतिक हर्ष !

    आर्त अकुलीन
    [३१]
    तिज
    रमाउने दिन
    कसैलाई नलागोस् रिन !

    नन्दलाल आचार्य
    सिद्धार्थटोल, उदयपुर
    [३२]
    तिज
    रमाइलो पर्व
    नेपालीलाई लाग्छ गर्व !

    शोभा आचार्य गौतम, काठमाडौँ
    [३३]
    तिज
    शिवको उपसना
    संसार कल्याणको कामना !

    कमला देवकोटा, पाल्पा
    [३४]
    संस्कृति
    नाचेर उत्ताउलो
    भित्रियो धेरै विकृति !

    नागेन्द्रप्रसाद यादव
    [३५]
    तिज
    खस्किँदै गयो
    संस्कृति विकृत भयो !

    सुरेश न्यौपाने
    [३६]
    मनाेरञ्जन
    संस्कृति व्यञ्जन
    नगरेकोमा राम्रो अतिरञ्जन !

    रामप्रसाद पुरी, बादेल, खाेटाङ
    [३७]
    तिज
    माइतीघर जाने
    स्वतन्त्र उत्सव मनाउने !

    पृथक प्रकृति ,झापा
    [३८]
    तिज
    नपाइने चिज
    गर्दै आफ्नो तजबिज !

    गोपेन्द्र रिजाल, पाँचथर
    [३९]
    तिज
    मौलिकता मासेर
    रोपिदैछ बिकृतिको बीज !

    ऋजु दिल्पाली (राजेन्द्र घिमिरे)
    ईटहरी-१, सुनसरी
    [४०]
    तिज
    साँस्कृतिक पर्व
    उदाङ्गो हुँदैछ मर्म !

    त्रिलोक रामदम
    [४१]
    तीज
    देखासिकी भो
    आफ्नै संस्कृति त्यागेर !

    दीप गोले तामाङ, रौतहट
    [४२]
    तिज
    मनाऔँ उमङ्गले
    हिन्दु नारीको पर्व !

    धनमाया चौधरी, कैलाली
    [४३]
    तिज
    मासियो बीज
    हरायो असली चिज !

    पशपती राई, खोटाङ
    [४४]
    तिज
    रातो साडी
    सजिएकी छन् नारी !

    बुद्धिप्रसाद लामिछाने
    घोनपा-८, कैलाली
    [४५]
    तिज
    विकृति हटाऔँ
    संस्कृतिकाे जगेर्ना गराैँ !

    श्रद्धा आचार्य, पोखरा
    [४६]
    तिज
    सांस्कृतिक पर्व
    मानि राखे गाैरव !

    भाेलामान बर्देवा
    धरान-८, सुनसरी
    [४७]
    तिज
    पुरूष कमाउने
    महिला माइत रमाउने !

    घनश्याम पौडेल, पोखरा
    [४८]
    संस्कृति
    हाम्रो जोगाउ
    आउन थाल्यो विकृति !

    दुर्गा आचार्य, मोरङ
    [४९]
    तिज
    मौलिकता हरायो
    नारीले विकृति निम्त्यायाे !

    राज कुमार राजभण्डारी खाेटाङे
    मध्यपुर ठिमी-५, राधे राधे, भक्तपुर
    [५०]
    तिज
    नारीकाे पर्व
    संस्कार संस्कृतिमा गर्व !

    प्रद्युम्न चालिसे
    भक्तपुर, कटुञ्जे
    [५१]
    तिज
    मौलिकतामा रमाउने
    संस्कार सस्कृति जोगाउने !

    सरस्वती वली
    [५२]
    तिज
    भिन्नभिन्न चलन
    एउटै धर्ममा फरक !

    सुरेशचन्द्र घिमिरे
    [५३]
    हरितालिका
    सृष्टिकर्ता जन्मदाता
    आधा संसारका मालिक !

    दुर्गा अधिकारी भमरकोटे
    [५४]
    तिज
    माइतीसँग भेट
    रमाउने संस्कार जोगाउने !

    कविता आचार्य, कैलाली
    [५५]
    तिज
    नाच्नु गाउनु
    विकृति यसमा नल्याउनु !

    समुन्द्रा शर्मा, सुनसरी
    [५६]
    तिज
    झाङ्गिदै विकृति
    परनिर्भरमा पर्यो संस्कृति !

    शान्ता पौडेल भट्टराई
    टङ्कीसिनवारी, मोरङ
    [५७]
    तिज
    नारीहरुकाे पर्व
    मनाएर गराैँ गर्व !

    उर्मिला के.सी., धनकुटा
    [५८]
    तिज
    रमाइलो पर्व
    रमाउन नमान्ने सर्म !

    सरिता काफ्ले
    कोहलपुर-८, पिपरी, बाँके
    [५९]
    मौलिकता
    झल्किनु राम्रो
    चाडपर्वमा संस्कृति हाम्रो !

    होमप्रसाद नेउपाने
    धरान, सुनसरी
    [६०]
    तिज
    एक परम्परा
    विकृतिले भरियो धरा !

    तोया नाथ चापागाईं
    दमक, झापा, नेपाल
    [६१]
    तिज
    दरलाई सलामी
    विकृति भोजको मलामी !

    ऋजु दिल्पाली

    ईटहरी-१, सुनसरी

    ६२.
    पर्व
    हरितालिका तिज
    हाम्रो संस्कृति सजीव!

    • हिमाल अम्मै, घोडाघोडी, कैलाली

    One thought on “साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १७२ सम्पन्न

    Leave a Reply