साउदीमा संबिधान दिवस भब्यताका साथ सम्पन्न, दूतावासद्वारा समाजसेवीहरु सम्मानित

  • ५ आश्विन २०८१, शनिबार १९:४८ मा प्रकाशित
  • नेपाली महावाणिज्य दूतावास जेद्दा तथा नेपाली दूतावास रियाद साउदी अरबले संविधान तथा राष्ट्रिय दिवस २०८१ भव्यताका साथ सम्पन्न गरेको छ।
    जनताद्वारा गत  २०७२ असोज ३ गते लिखित तथा पारित भएको संबिधानको सम्मान स्वरुप  साउदी अरबको जेद्दा तथा नेपाली दूतावास रियादमा गत ४ असोज शुक्रबारका दिन भब्यताका साथ सम्पन्न भएको छ। साउदी अरबमा कृयासिल रहेका विभिन्न संघसंस्थाहरूं समाजसेवीहरु, श्रमिक नेपाली दाजुभाई तथा दिदीबहिनीहरूको बाक्लो उपस्थितिमा आयोजना गरिएको उक्त  कार्यक्रममा नेपाली महावाणिज्य दूतावास जेद्दाका प्रमुख कार्यवाहक महावाणिज्य दूत शत्रुधन पोखरेलज्यूको अध्यक्षतामा भएको थियो। महावाणिज्य दूतावास जेद्दाका श्रम सहचारी तथा महावाणिज्य दूत तम्रराज काफ्लेद्वारा सञ्चालित उक्त कार्यक्रम नेपाली राष्ट्रिय गान सहित  सञ्चालन गरिएको थियो।
    उक्त कार्यक्रममा एनआरएनए साउदी अरबका पदाधिकारीहरु, एनआरएनए आरसीसी जिद्दाका सम्पूर्ण पदाधिकारीहरु, एनआरएनए जिजानका पदाधिकारीहरू नेपाली युवा क्लबका पदाधिकारीहरू, किरात राई यायोख्या जेद्दाका पदाधिकारीहरु, नेपाली साझा मञ्च साउदीका पदाधिकारीहरु, इस्लामिक दावा सेन्टर जेद्दाका पदाधिकारीहरु, हातेमालो युवा क्लबका पदाधिकारीहरू रोल्पाली सेवा समाजका पदाधिकारीहरू, यसका साथसाथै अन्य संघसंस्थाका पदाधिकारीहरु र श्रमिक दाजुभाई तथा दिदीबहिनीहरु अन्य समाजसेवी तथा बुद्धिजीवीहरूको बाक्लो उपस्थिति रहेको थियो ।

    उक्त कार्यक्रममा विभिन्न समाजसेवी तथा संघसंस्थाका पदाधिकारीहरुलाई उहाँहरुको योगदानको उच्च  कदर गर्दै महाबाणिज्य दूतावास जेद्दाले  सम्मान पत्र प्रदान गरेको थियो । एनआरएनए आइसिसी  साउदिका पदाधिकारी राजेन्द्र अर्याल, पुर्व उपाध्यक्ष यास्मिन बेगम, समाजसेवी राजु सैयद, एनआरएनए अध्यक्ष रबिना अर्याल, एनआरएनए उपाध्यक्ष राज कुमार गिरि, आरसिसि जेद्दा, आरसिसि जिजान, नेपाली युवा क्लब जेद्दा, नेपाली हातेमालो युवा क्लब जेद्दा, किरातराई यायोख्या जेद्दा, तमु धिँ जेद्दा, रोल्पाली समाज जेद्दा, इस्लामिक सेन्टर जेद्दा, नेपाली साझा मंच जेद्दा, साथै आफ्ना भोलिएन्टर र अन्य समाजसेवि हरुलाइ सम्मान गर्दै प्रशंसा पत्र दिएइको थियो।

    कार्यक्रममा शुभकामना दिने क्रममा तमु धिं जेद्दाका अध्यक्ष बेद तमु लगायतका अन्य संघसंस्थाका पदाधिकारीहरूले संविधान दिवसको शुभकामना दिएका थिए। यसैगरी मदिनाका प्रोफेसर मोहम्मद युसुफ ले   संविधान सम्बन्धी छोटो जानकारी दिँदै शुभकामना दिएका थिए।
    यसैगरी महावाणिज्य दूतावास जेद्दाको तर्फबाट कार्यक्रमका अध्यक्ष कार्यवाहक महावाणिज्य दूत शत्रुध्वन पोखरेलज्यूले उपस्थित सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई स्वागत गर्दै संविधान दिवस २०८१ को शुभकामना प्रदान गर्नुभएको थियो ।

    Leave a Reply