लघुकथाकाे कसीमा इज्जत लघुकथासङ्ग्रह(परिचयात्मक समीक्षा)

  • ८ आश्विन २०८१, मंगलवार ०६:३० मा प्रकाशित
  • सर्जक: ज्यो. नानी बिवु
    समीक्षक: डा.शंकरप्रसाद गैरे

    इज्जत' लघुकथासङ्ग्रहकी लेखिका नानी बिवु पेसाले ज्याेतिष हुन् । ज्याेतिषशास्त्रमा स्नातक गरी यही पेसामा आवद्ध भएकी बिवु साहित्य लेखनमा विशेष सक्रिय छन् । २०७६ सालमाअनुक्राेश´ उपन्यास प्रकाशित गरेपछि घनश्याम डल्लाकाेटीकाे सुझाव र सल्लाहमा लघुकथा लेखनमा लागेकी बिवु आख्यान लेखनमा विशेष सक्रिय देखिन्छिन् । `इज्जत´ लघुकथासङ्गग्रह उनकाे दाेस्राे प्रकाशित कृति हाे ।

    ३२ वटा लघुकथा समाविष्ट गरेर तयार पारिएको प्रस्तुत `इज्जत´ लघु आकारको कृति हाे । समान आकारका लघुकथा समाविष्ट यस कृतिका लघुकथाहरू विषयगत दृष्टिले विभिन्न प्रकारका छन् । बालबालिकादेखि वृद्धवृद्धासम्मका विविध अवस्था विषय सन्दर्भलाई प्रस्तुत गरिएको यस कृतिका रचनामा प्रेमप्रणय, प्रेममा हुने धाेका, प्रेमकाे देखावटीपन, लैङ्गकि विभेद, आर्थिक विभेद र सामन्ती चरित्र, बालमनाेविज्ञान, याेग्यताकाे अपहेलना गर्दै भनसुनका आधारमा काम दिनेलिने प्रवृत्ति, भ्रमपूर्ण बुझाइका कारण हुने घटना/दुर्घटना, विभिन्न दिवसका नाममा चलेका फेसन र विकृति जस्ता विषयलाई बिवुले प्रभावकारी रूपमा प्रस्तुत गरेको पाइन्छ । काेराेना र प्रणयसन्दर्भ, सरकारी कर्मचारीकाे जिम्मेवार नहुने प्रवृत्ति, कुनै पनि विषयलाई एकपक्षबाट मात्र हेरिनु हुँदैन भन्ने सन्देश, अरूका कुरा काट्ने तर आफ्नो कमजोरी नदेख्ने प्रवृत्ति, सङ्कटका बेला अनावश्यक सञ्चय गर्नाले निम्तिने समस्या, सङ्कीर्ण बुझाई र दृष्टिकोण, लाेभ, उपदेश, विशिष्ट र महान् व्यक्तिको परिचय, संस्कृतिमा देखिएकाे भड्किलो पन, दाइजो प्रथाप्रतिकाे लेखकीय दृष्टिकोण र असन्तुष्टि, लैङ्गकि विभेद, हीनताबोध, पश्चात्ताप, ईर्ष्या, अपाङ्गताका विभिन्न पक्ष प्रस्तुत कृतिमा समाविष्ट रचनाले प्रस्तुत गरेका विषय हुन् । विकृति विसङ्गतिलाई प्रस्तुत गर्नु, नैतिक उपदेश दिनु, सामाजिक यथार्थकाे प्रस्तुति गर्नु बिवुका लघुकथाकाे उद्देश्य देखिन्छ ।

    लघुकथा साधनामा निरन्तर लागिपरेकी बिवु सम्भावना बाेकेकी लघुकथाकारका रूपमा देखापरेकी छन् । व्यङ्ग्यकाे प्रधानता नरहे पनि सन्देश सम्प्रेषणका दृष्टिले यिनका लघुकथा महत्त्वपूर्ण देखिन्छन् ।

    कृति : इज्जत
    स्रष्टा : ज्याे. नानी बिवु
    प्रकाशन वर्ष : २०८१ वैशाख
    प्रकाशक : नमस्ते आधुनिक लघुकथा मञ्च
    मूल्य : २०५/-

    Leave a Reply