
समर्पण रम्जान
जेद्दा साउदी अरब ! इस्लामिक दावा सेन्टर सनैया जेद्दा साउदी अरबद्वारा नेपाली महावाणिज्य दूतावास जेद्दा साउदी अरबका कार्यवाहक महावाणिज्य दूत शत्रुध्वन पोखरेलको सम्मान तथा विदाई कार्यक्रम भब्यताका साथ सम्पन्न गरेको छ।
नेपाली महावाणिज्य दूतावास जेद्दा साउदी अरबका कार्यवाहक महावाणिज्य दूत शत्रुध्वन पोखरेलको प्रमुख आतिथ्य तथा दावा सेन्टरका नेपाली बिभागका मन्जुर अलि मियाँको सभापतित्वमा रम्जान दिन मियाँद्वारा कार्यक्रम संचालन गरिएको थियो ! उक्त कार्यक्रममा बिशिस्ट अतिथिहरुमा महाबाणिज्य दूतावास जेद्दाका श्रम सहचारी तम्राराज काफ्ले, एनआरएनए साउदिका उपाध्यक्ष राज कुमार गिरि र वरिष्ठ समाजसेवी तथा तमु धिं का भिम गुरुङ रहेका थिए । अतिथिहरुमा जालियातका मुदिरहरु अबु सल्मान तथा शेक तुर्की, मदिनाका प्रोफेसर महम्मद युसुब मदनी, एनआरएनए आरसिसिका कोषाध्यक्ष राजेस काफ्ले, नेपाली युवा क्लबका सह सचिब पवन पराजुली रहेका थिए ।

मदिना युनिभर्सिटीका उमर फारुकद्वारा कुरानको स्लोक बाचन गर्दै सुरु गरिएको कार्यकममा मन्चमा आसिन अतिथि तथा बिशिस्ट अतिथिहरु द्वारा बिदाइ तथा शुभकामना मन्तब्य दिने क्रममा सत्रुध्वन सरको ४ बर्षे कार्यकालको दौरान नेपाली श्रमिकहरुलाइ दिनु भएको अमुल्य योगदान, संघ संस्था तथा श्रमिकहरु बिचको प्रगाढ सम्बन्ध, र उहाँ जस्तो असल, मिजासिलो, अत्यन्तै सहयोगी मनका निजामती कर्मचारी अहिलेसम्म साउदी अरबमा कोइ नआएको , उहाँले सबैको मनलाई जितेर मन मस्तिष्कमा बस्न सफल हुनु भएको कुराहरूलाई खुलेरै तारिफ गर्दै सबैजना भाबुक भएका थिए । त्यसैगरी उहाँ जहाँ रहेपनी उहाँको उच्च कदर, याद र सम्झना रहिरहने, उहाँलाई कहिले नबिर्षने पनि बताउनु भयो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा बिदाइका प्रमुख पात्र सत्रुध्वन पोखरेलले पनि श्रमिकहरुको भावना र समस्यालाइ बुझेर आफुले सकेको अनगिन्ती श्रमिकहरुलाइ सहयोग गरेको र साउदिमा रहेका समाजसेवीहरु तथा विविध सामाजिक संघ-संस्थाका पदाधिकारीहरु साथै यस्तै इस्लामीक सेन्टरहरुले श्रमिक समस्या समाधानमा ठूलो सहयोग गर्नु भएकोमा हार्दिक आभार व्यक्त गर्दै अहिलेको नेटवर्किङ जमानामा आफू जहाँ रहेपनी श्रमिक हक हितका लागि आफुबाट हुने हरेक सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो ।

अन्त्यमा इस्लामीक सेन्टर सनैयाद्वारा प्रमाणपत्र सहित सम्मान गर्दै उहाँले दिनु भएको योगदान को उच्च कदर गर्दै कार्यक्रम आयोजना गरिएको सभापति मन्जुर अलि मियाँले बताएका थिए। उहाँकै कारण एक आपसी मित्रता कायम रहेको एक आपसी चिनजान बढेको र श्रमिक हक हितमा श्रमिक समस्या समाधानमा टेवा पुगेको बताउदै उपस्थित सम्पुर्ण अतिथि गणहरु, समाजसेवीहरु, पत्रकार तथा सहयोगी साथिहरु साथै कार्यक्रममा उपस्थित सम्पुर्ण दाजुभाइ दिदिबहिनीहरुलाइ धन्यवाद र आभार व्यक्त गर्दै कार्यक्रम समापन गरेका थिए ।


कार्यक्रम समापन पछि उपस्थित सबैलाइ खानाको ब्यबस्था पनि गरिएको थियो ।
Thanks I have just been looking for information about this subject for a long time and yours is the best Ive discovered till now However what in regards to the bottom line Are you certain in regards to the supply