
कृष्णजी शर्मा उपनाम भएका घनश्याम डल्लाकोटी राप्ती नगरपालिका वडा नं. ८ चितवनमा जन्मिएका स्रष्टा हुन् । पिता विष्णु र माता बेलीमायाका पाँच सन्तान मध्ये दोस्रो सन्तान र जेठो छोराका रूपमा जन्मिएका डल्लाकोटीले व्यवस्थापनमा स्नातक तहसम्मको औपचारिक अध्ययन गरेका छन् । २०५० देखि ५६ सालसम्म उनले शिक्षण पेसा पनि अपनाए तर त्यहाँ उनी धेरै समय रमाएनन् । खासमा उनको २ वटा व्यक्तित्व छ– पहिलो व्यवसायी व्यक्तित्व र दोस्रो साहित्यिक व्यक्तित्व ।
साहित्यिक व्यक्तित्वका पनि दुई पाटा छन्– एउटा सर्जक व्यक्तित्वको पाटो र अर्को साहित्यिक अभियन्ता व्यक्तित्वको पाटो । सर्जक व्यक्तित्वमा उनी विशेषतः आख्यानकेन्द्री छन् । आख्यानभित्र पनि उनी लघुकथा प्रविधामा बढी एकाग्र छन् । हुन त उनले साहित्यमा नाट्य विधाबाट पहिलो पाइलो सारेका हुन् । २०५३ मा संयुक्त लेखनमा लेखिएको मृत्युशैया नामक नाटक नै उनको साहित्यिक जीवनकै पहिलो सिर्जना हो । लघुकथामा भने उनी २०७४ बाट संलग्न भएका हुन् । ‘समय खराब छ’ उनको पहिलो लिखित लघुकथा हो ।
घनश्याम लघुकथा अभियानमा लाग्दालाग्दै आफ्नो सिर्जनकर्मको प्रकाशनमा पछि परिरहेका थिए । धेरै पछि आएर मात्र उनको पहिलो सङ्ग्रह प्रत्यक्षीकृत भएको छ । पहिलो साहित्यिक सँगालो बन्ने अवसर उनकै रुचिको प्रविधा लघुकथाले पाएको छ – ‘महाकम्प’का नाममा । हुन त मलाई के लाग्छ भने– पहिलो कृति प्रकाशनमा धेरैजसो मानिसहरू हतार गर्छन् । हतार र हतपतले कृतिको स्तरीयतामा आघात पुर्याउँछ । मैले यस्ता धेरै लेखकहरू भेटेको छु जो ‘हतार गरिएछ’ भन्ने निष्कर्षमा पुगेका छन् । यसैले घनश्यामको ‘स्वकृति प्रकाशन विलम्ब’ अर्थपूर्ण नै लागेको छ ।
प्रस्तुत लघुकथा कृतिका केही लघुकथाको पठनमा मैले घनश्याममा लघुकथा सचेतना भेट्टाएँ । यो उनले लघुकथाको अभियानमा लाग्दा पाएको अनुभवको परिणति हो भन्ने लाग्छ । लघुकथाहरूमा घनश्याम विकृति, विसङ्गति र गलतहरूप्रति प्रहारक बनेका छन् । अभिव्यक्तिको सरलता उनको खास वैशिष्ट्य हो ।
हुन त लघुकथा लेख्दा मस्तिष्क र हृदय पक्ष दुवै सञ्चालित हुनसक्छ । मस्तिष्क पक्ष चलायमान भई लेखेका बेला लघुकथाकार निकै बौद्धिक बन्छ । बौद्धिकता प्रबल भएका बेला जटिल संरचनाका लघुकथा लेखिन्छन् । बौद्धिक लघुकथाले फरक खाले पाठकको अपेक्षा गर्छ । हृदय पक्षको प्रबलताले लघुकथा आम पाठकहरूमा सजिलै लोकप्रिय बन्छ ।
म ढुक्क छु– घनश्यामका लघुकथा सर्वप्रिय बन्नेछन् । मैले प्रथम चरणमा जे जति लघुकथा पढेँ त्यसमा राखिएका शीर्षकहरूमध्ये अधिकांश शीर्षक अभिधात्मक भन्दा प्रतीकात्मक नै पाएँ । यो उनको कृतिभित्रका एक तिहाइ लघुकथा पढेपछिको मेरो निष्कर्ष हो । लघुकथाहरूले यथार्थ पाटोलाई नै बढी समाएको छ ।
zeytinburnu elektrikçi Google SEO, dijital pazarlama stratejimizde büyük bir fark yarattı. http://royalelektrik.com/
pendik elektrikçi SEO hizmetleri ile web sitemizin performansı gözle görülür şekilde arttı. http://royalelektrik.com/
Its like you read my mind You appear to know so much about this like you wrote the book in it or something I think that you can do with a few pics to drive the message home a little bit but other than that this is fantastic blog A great read Ill certainly be back
I do not even know how I ended up here but I thought this post was great I do not know who you are but certainly youre going to a famous blogger if you are not already Cheers
Its like you read my mind You appear to know so much about this like you wrote the book in it or something I think that you can do with a few pics to drive the message home a little bit but other than that this is fantastic blog A great read Ill certainly be back