अल कासिम साउदी अरब ! नेपाली राजदूतावास रियाद र गैरावासीय नेपाली संघ क्षेत्रीय समन्वय समिति अलकासिमको संयुक्त सहकार्यमा गत २७ सेप्टेम्बर २०२४ शुक्रबारका दिन अलकासिम क्षेत्रमा राहदानी नवीकरण घुम्ती सेवा भब्यताका साथ सञ्चालन भएको छ !
उक्त पासपोर्ट नवीकरण घुम्ती सेवाका लागि नेपाली राजदूतावास रियादका प्रथम सचिव टोप नारायण गिरी प्रथम सचिव टिकाराम उपाध्याय, सहचारी कमल कुवंर का साथमा अन्य दूतावासका कर्मचारीहरु बिहीवार बेलुकी नै अल कासिम पुगेर शुक्रबार बिहानै ७ बजेदेखि बेलुकी ६:३० बजेसम्म घुम्ती शिविरमा रहेर सेवा प्रदान गर्नुभएको थियो।
उक्त घुम्ती सिविरमा अल कासिम क्षेत्र वरिपरि रहेका अन्य स्थानहरू हाइल, जुल्फी, उनैजा लगायताका ठाउँहरुबाट नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू पासपोर्ट नवीकरण गर्नका लागि आएका थिए।
नेपाली दूतावास रियाद साउदी अरबले जारी गरेको पुर्व सूचना अनुसार ६०० जनाकालागी आवेदन फारम खुलाएको थियो। जसमध्येबाट ५४० जनाले राहदानी नवीकरण सेवा लिएका छन्। भने एकजनाको ट्रावल डकुमेन्ट बनाइएको एनआरएनए साउदी अरबका उपाध्यक्ष मनिष कोइरालाले जानकारी गराएका छन्।
उक्त पासपोर्ट नवीकरण घुम्ती शिविरमा एनआरएनए आइसिसीका सदस्य विशाल कुमार श्रेष्ठ एनआरएनए एनसीसी साउदी अरबका उपाध्यक्ष, मनिष कोइराला, सचिव ध्रुव कटुवाल तथा एनसीसी साउदी अरबका अन्य सदस्यहरू र एनआरएनए आरसीसी अल कासिमका सचीव कार्यबाहक अध्यक्ष सिद्धिलाल श्रेष्ठ प्रमुख सल्लाहकार राजकुमार श्रेष्ठ लगायतका अन्य आरसीसी अलकासिमका पदाधिकारीहरू अन्य संघसंस्थाका पदाधिकारीहरू, होटेल व्यवसायीहरू तथा समाजसेवीहरू र इस्लामिक सेन्टरका अलि उर्सिन मियाहरुले पासपोर्ट नवीकरण घुम्ती टोलीलाई धेरै सहयोग गरेका थिए।
उक्त घुम्ती सेवाबाट एकजना नेपालीले ट्राभल डक्युमेन्टको सेवा पनि लिएको कुरा कोईरालाले जानकारी दिए !
एनआरएनए आरसीसी अल कासिमले हल व्यवस्थापनदेखि लिएर आकस्मिक प्रि इनरोलमेन्ट फारम भरिदिने, फोटोकपी तथा प्रिन्टिङको सुविधा प्रदान गर्नुको साथसाथै इस्लामिक सेन्टर बुराइदाको तर्फबाट सेवाग्राहीहरुलाई निःशुल्क पानी पनि वितरण गरिएको थियो ।
रियाददेखि अल कासिम करिब ४०० किलोमिटरको दुरीमा रहेको र अलकासिमबाट श्रमिकहरू रियाद जान आउन असहज तथा खर्चिलो रहने हुँदा, श्रमिकहरूको हक हितको मध्यनजर गर्दै नेपाली दूतावास रियादले अल कासिम क्षेत्रमा उक्त घुम्ती शिविर राखेको थियो । यसरी घुम्ती शिविर राखेर अल कासिम क्षेत्र वरिपरि रहेका श्रमिकहरुलाई सेवा दिएकोमा नेपाली राजदूतावास रियादलाई एनआरएनए आरसीसी अल्कासिमले धन्यवाद तथा आभार प्रकट गरेको छ। यसैगरी उक्त घुम्ती शिविरमा सेवा गर्नुहुने समाजसेवी बुद्धिजीवी, संघसंस्थाका पदाधिकारीहरु, होटल व्यवसायीहरु, इस्लामिक सेन्टर सबै सबैमा हार्दिक धन्यवाद तथा आभार प्रकट गरेको छ।
What i do not understood is in truth how you are not actually a lot more smartlyliked than you may be now You are very intelligent You realize therefore significantly in the case of this topic produced me individually imagine it from numerous numerous angles Its like men and women dont seem to be fascinated until it is one thing to do with Woman gaga Your own stuffs nice All the time care for it up