
साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १७१ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ३९ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
अभ्यासका लागि राखिएको तस्बिर:

साप्ताहिक तस्बिरमा उदक लेखन अभ्यास शृङ्खला- १७१ मा सहभागी उदकयात्रीका सुन्दर उदकहरू-
[१]
तिज
रक्सीको दर
संस्कृति दैवको भर !
- वसन्त अनुभव
[२]
तिज
नारीको पर्व
हुँदैन रक्सीको गर्व ! - बेदु न्यौपाने
[३]
यस्तैले
आत्महत्या गराउँदैछ
आफैलाई टुक्राटुक्रा बनाउँदैछ ! - निरज कोइराला, इटहरी
[४]
नारी
विकृतिको पहिचान
तिज आयो होसियारी ! - एवाइ प्रभात
सहिदभूमि, धनकुटा
[५]
विकृति
विपरित काम
परिमार्जित हाम्रो संस्कृति ! - सविता के.सी.
[६]
रक्सी
दरमा पर्दैन
सच्चा नारी गर्दैन ! - चक्र शाही, लम्की, कैलाली
[७]
तिज
संस्कृति भन्दा
धेरै विकृती फैलियो ! - अनिता भण्डारी, ताप्लेजुङ
[८]
संस्कृति
हाम्रो पहिचान
बचाउने सबैको काम ! - आर्त अकुलीन
[९]
तिज
पचेपछि लाज
रक्सी दर आज ! - रुना कर्माचार्य दाहाल, चितवन
[१०]
संस्कृति
नेपालीको पहिचान
नभित्र्याउँ हामीले विकृति ! - सरस्वती वली
[११]
तिज
भयो विकृति
भित्र्यायो छाडा संस्कृति ! - दीप गोले तामाङ, रौतहट
[१२]
विकार
तिजको नाम
रत्यौली बनाउने काम ! - पृथक प्रकृति, झापा
[१३]
आधुनिक
तिजको दर
रक्सीले दिन्छ भर ! - अच्युत घिमिरे, सर्पाङ, भुटान
[१४]
तिज
रोकौँ विकृति
बदलेर मनाउँदै आकृति ! - अम्बिका अधिकारी
झापा, बिर्तामोड
[१५]
कदर
छ तिजको ?
नाच गर्नुपर्छ बदर ! - नागेन्द्रप्रसाद यादव
[१६]
तिज
खाने दर
कस्ताे आयाे लहर ? - डिल्लीराज (राजेन्द्र) भुसाल
सन्धीखर्क-२, कुर, अर्घाखाँची
[१७]
तिज
नेपाली पहिचान
पूँजीपतिहरूले गर्दा गिरावट ! - प्रेम थापा ‘मन’, बागलुङ
[१९]
तिज
नारीको पर्व
नखाउँ हानिकारक चिज ! - धनमाया चौधरी, कैलाली
[२०]
तिज
चेलीहरूको हतास
छाडा संस्कृतिकाे बतास ! - रबि पाैडेल, दक्षिण भारत, पाण्डेचरी
[२१]
बिग्रेका
यिनै नारीहरू
बेइज्जती धर्तीका भारीहरू ! - सरिता सेढाई, धादिङ
[२२]
दर
रक्सी खानेको
के होला भर ? - अनुग्रह राना मगर ‘पुष्प’
पाँचखपन न.पा.-६, संखुवासभा
[२३]
कठैबर
ठाडो घाँटीमा
खाएछन् तिजको दर ! - विवश पारदर्शी, झापा
[२४]
तिज
रोपौ अब
संस्कारको अनुपम बिज ! - दीपा समभाव, खोटाङ्ग
[२५]
संस्कार
हराउँदै व्यथितिले
गाँज्यो भड्किला रीतिले ! - घनश्याम पन्त, हरिवन, सर्लाही
[२६]
तिज
महिलाको चाड
मौलिक संस्कृतिको सत्यानास ! - रघु थापा, सु न पा -१
[२७]
विकृती
कस्तो आयो
भड्किलो संस्कृति बनायो ! - मङ्गला उपाध्याय
[२८]
तिज
उच्छृङ्खल पर्व
छैन कुनै गर्व ! - पूर्णबहादुर श्रेष्ठ ‘हृदयङकृत’
पनौती न.पा-३, काभ्रे
[२९]
संस्कृति
बढेको विकृति
मासिँदै हाम्रो पहिचान ! - बुद्धिप्रसाद लामिछाने
घोनपा-८, दीपनगर, कैलाली
[३०]
तिज
नारीको खुसी
बचाऔँ हाम्रो संस्कृति ! - सुरेश न्यौपाने, लम्की, कैलाली
[३१]
तिज
नारीको नाच
मिलेर बचाऔँ संस्कृति ! - कविता आचार्य, कैलाली
[३२]
तिज
नबिर्स संस्कृति
भित्र्याउन हुँदैन विकृति ! - समुन्द्रा शर्मा, सुनसरी
[३३]
तिज
नारीको नाच
मिलेर बचाऔँ संस्कृति ! - कविता आचार्य, कैलाली
[३४]
तिज
संस्कृतिकाे बिज
नारी साैभाग्यकाे कामना ! - प्रद्युम्न चालिसे
भक्तपुर, कटुञ्जे
[३५]
तिज
भित्र्याउँदै विकृति
मदिरालाई मान्दै संस्कृति ! - राज कुमार राजभण्डारी खाेटाङे
मध्यपुर ठिमी-५, राधे राधे, भक्तपुर
[३६]
दर
दुधकाे तर
भए चेलीबेटी पर ! - भवानी घिमिरे, सर्लाही
[३७]
मानेर
परम्परागत मनाउने
तिजको संस्कृति थामेर ! - दुर्गा आचार्य, मोरङ
[३८]
तिज
राेप्दैछन् बिज
नारी अस्मिताकाे रुख ! - राेशन पराजुली, धरान
[३९]
तिज
चलेकाे चलन
सबैकाे जित पर्व ! - भाेलामान बर्देवा
धरान-८, सुनसरी
Hi, I’m Jack. Your blog is a treasure trove of valuable insights, and I’ve made it a point to visit daily. Kudos on creating such an amazing resource!