साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १६९ सम्पन्न

  • ५ भाद्र २०८१, बुधबार ०८:४६ मा प्रकाशित
  • साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १६९ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ५५ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    अभ्यासका लागि राखिएको तस्बिर:

    साप्ताहिक तस्बिरमा उदक लेखन अभ्यास शृङ्खला- १६९ मा सहभागी उदकयात्रीका सुन्दर उदकहरू-

    [१]
    करेला
    ईश्वरीय स्वरूप
    श्री गणेशाय नम: !

    • वसन्त अनुभव
      [२]
      करेला
      साैन्दर्य आकर्षक
      गणेश भगवान मुर्ति !
    • केसर बाेहरा ‘सङ्घर्ष’
      अछाम, हाल भारत
      [३]
      करेला
      हरियो रूप
      गणेशको छ स्वरूप !
    • बेदु न्यौपाने
      [४]
      सर्वत्र
      फैलिएकाे शक्ति
      सधैँ भगवान‌्काे भक्ति !
    • ताराप्रसाद चापागाईँ
      धुनिबेसी
      [५]
      गुणकारी
      मीठो तितेकरेला
      प्रकृतिको अनुपम उपहार !
    • रमा पन्त, पाल्पा
      [६]
      करेला
      गणेशकाे रूप
      गुणस्तरीय अचुक ओखती !
    • राज कुमार राजभण्डारी खाेटाङ्गे
      मध्यपुर ठिमी-५, राधे राधे, भक्तपुर
      [७]
      करेला
      अनौठो कला
      गरोस् सबैको भला !
    • सविता के.सी.
      [८]
      करेला
      स्वाद तितोपन
      रोग निवारण देन !
    • अनुग्रह राना मगर ‘पुष्प’
      पाँचखपन न. पा.-६, संखुवासभा
      [९]
      करेला
      निकै गुणकारी
      मधुमेहमा धेरै उपकारी !
    • कार्की डिबी माकुम
      सुनवल-४, नवलपरासी
      [१०]
      प्रकृति
      खुसीको मेला
      गुणले भरिपूर्ण करेला !
    • पृथक प्रकृति, झापा
      [११]
      तितो
      देख्दा हरियो
      करेला स्वास्थ्यको राजा !
    • हिमाल अम्मै, घोडाघोडी, कैलाली
      [१२]
      करेला
      खादा तितो
      तर फाइदा धेरै !
    • अनिता भण्डारी, ताप्लेजुङ
      [१३]
      कलाकार
      करेलाकाे गणेश
      आजकाे उदक विशेष !
    • नवराज भट्ट, कञ्चनपुर
      [१४]
      भगवान्
      करेला स्वरूप
      पुज्ने हो तमाम !
    • एवाइ प्रभात
      सहिदभुमि, धनकुटा
      [१५]
      करेला
      स्वादिलो तरकारी
      स्वस्थ जीवननै मनकारी !
    • सरीता काफ्ले
      कोहलपुर-८, पिपिरी, बाँके
      [१६]
      करेला
      स्वादमा तितो
      स्वास्थ्य खातिर मिठो !
    • आर्त अकुलीन
      [१७]
      कला
      सृजनशील मन
      खुशी हरपल जन !
    • रुना कर्माचार्य दाहाल
      चितवन
      [१९]
      श्रीगणेश
      जुनसुकै रूपमा
      सजाएर राख्छु मनमा !
    • घनश्याम पौडेल, पोखरा
      [२०]
      करेला
      गणेशजीको स्वरूप
      अत्यन्तै स्वादिलो तरकारी !
    • सुरेश न्यौपाने
      [२१]
      करेला
      स्वादमा तितो
      बनाउँछ मुख मिठो !
    • शान्ता पौडेल भट्टराई
      टङ्कीसिनवारी, मोरङ
      [२२]
      बारीमा
      फलेका करेला
      जस्तै गणेशका परेला !
      डिल्लीराज (राजेन्द्र) भुसाल
      सन्धिखर्क-२, कुर, अर्घाखाँची
      [२३]
      बुझे
      हरेक पातपातमा
      ईश्वरको वरदान छ !
    • चिरञ्जीवी श्रेष्ठ
      [२४]
      सृष्टि
      प्रकृति एक
      स्वरुप अनेक अनेक !
    • ऋजु दिल्पाली
      ईटहरी-१, सुनसरी
      [२५]
      करेला
      स्वादमा तितो
      खानमा अति मीठो !
    • धनमाया चौधरी, कैलाली
      [२६]
      भगवान्
      रूप सर्वत्र
      ईश्वरको वर्णन अलपत्र !
    • अम्बिका अधिकारी
      झापा, बिर्तामोड
      [२७]
      करेला
      स्वादमा तितो
      हात सबैको रित्तो !
    • श्रीकृष्ण धामी, बझाङ
      [२८]
      करेला
      औषधिय गुण
      अग्र पङ्क्तीका गणेश !
    • कमला देवकोटा, पाल्पा
      [२९]
      सर्वव्यापी
      ईश्वर जगतमा
      व्याप्त कण कणमा !
    • सुधा बाँस्कोटा, ढकाल
      [३०]
      करेला
      तितो जात
      गणेश रूप प्रख्यात !
    • अच्युत घिमिरे, सर्पाङ, भुटान
      [३१]
      तरकारी
      तिते करेला
      देखियो गणेशको परेला !
    • पूर्णबहादुर श्रेष्ठ ‘हृदयङकृत’
      पनौती न.पा.-३, काभ्रे
      [३२]
      गणेश
      रूप भगवान्
      औषधि रूप करेला !
    • भाेलामान बर्देवा
      धरान-८, सुनसरी
      [३३]
      साक्षात्
      गणेशको भान
      कलाको उच्च सम्मान !
    • सरिता सेढाई, धादिङ
      [३४]
      करेला
      सत्य छोपिन्छ
      असत्य पनि निहुरिन्छ !
    • डा. देवी पन्थी
      [३५]
      करेला
      तीतो गुण
      धर्मको कुरा सुन !
    • पशपती राई, खोटाङ
      [३६]
      करेला
      जस्तै नबनाउनु
      बिझाउने ती परेला !
    • नागेन्द्रप्रसाद यादव
      [३७]
      करेला
      औषधीय फल
      उत्कृष्ट ईश्वरीय वरदान !
    • गोपालप्रसाद पौड्याल
      [३८]
      करेला
      खाँदा तितो
      फाइदा हुने छिटो !
    • तेजप्रसाद खनाल, दाङ
      [३९]
      करेला
      स्वादमा तितो
      जीवनको उपयोगीता छिटो !
    • सरस्वती वली
      [४०]
      झस्कायो
      तिते करेलीले
      गणेशको मूर्ति बनी !
    • चक्र शाही, लम्की, कैलाली
      [४१]
      करेला
      झ्याम्म लहरा
      गणेशको आकृति परेर !
    • मङ्गला उपाध्याय
      [४२]
      परिश्रम
      गमलामा करेला
      कर्म ईश्वरीय रूप !
    • सरस्वती श्रेष्ठ
      रुपन्देही, बुटवल
      [४३]
      तितेकरेला
      प्रकृतिको वरदान
      भाेज्य साथै ओखती !
    • प्रद्युम्न चालिसे
      भक्तपुर, कटुञ्जे
      [४४]
      तितो
      खादा नमिठो
      तर काम मिठो !
    • दीपा गुरुङ्ग
      दुबेकोल, खोटाङ्ग
      [४५]
      श्रीगणेश
      रूप करेला
      नझिम्कियोस तर परेला !
    • भगवती दवाडी, झापा
      [४६]
      भगवान्
      पाइन्छ घरीघरी
      ईश्वरको वरदान वरिपरि !
    • कला ढकाल, झापा
      [४७]
      करेला
      खाइन्थ्याे खुब
      देखियाे गणेशकाे रूप !
    • रवि पाैडेल, दक्षिण भारत, पाण्डेचरी
      [४८]
      आकृति
      भगवान् गणेश
      संकट मोचनका अडेस !
    • सन्तु खत्री
      [४९]
      स्वरूप
      ईश्वरीय आकृति
      हेर्ने दृष्टिकोणमा आधारीत !
    • सुस्मिता अधिकारी, काठमाडौँ
      [५०]
      करेला
      तितो गुण
      गणेशको रूपमा दर्शन !
    • समुन्द्रा शर्मा, सुनसरी
      [५१]
      करेली
      हितकारी तरकारी
      गणेश जस्तै प्रिय !
    • इन्दिरा देवकोटा
      [५२]
      करेला
      तितो ओखती
      सयौँ गुणले सम्पन्न !
    • कविता आचार्य
      [५३]
      करेला
      औषधीय गुण
      यसमा छ प्रचुर !
    • प्रेम थापा ‘मन’, बागलुङ
      [५४]
      बुट्टेदार
      तितो मीठो
      पर्परी भुटेर ट्वाक्क !
    • रचना शर्मा प्रतीक्षा, ललितपुर
      [५५]
      बिहानै
      सूर्यको दर्शन
      पहिले पाइला लम्कन !
    • घनश्याम पन्त
      हरिवन, सर्लाही
      ——–=——–

    6 thoughts on “साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १६९ सम्पन्न

    1. Simply wish to say your article is as amazing The clearness in your post is just nice and i could assume youre an expert on this subject Well with your permission let me to grab your feed to keep updated with forthcoming post Thanks a million and please carry on the gratifying work

    Leave a Reply