
साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १६६ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ५५ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
अभ्यासका लागि राखिएको तस्बिर:
साप्ताहिक तस्बिरमा उदक लेखन अभ्यास शृङ्खला- १६६ मा सहभागी उदकयात्रीका सुन्दर उदकहरू-
[१]
असुरक्षा
यात्रामा त्रास
कसैको रहेन विश्वास !
- वसन्त अनुभव
[२]
मानिस
सदाझैँ मरणशील
आत्मा प्रभुसँग झिलमिल ! - कार्की डिबी माकुम
सुनवल-४, नवलपरासी
[३]
त्रास
बढ्दैछ यात्रामा
नहाेस् अन्तिम सास ! - ताराप्रसाद चापागाईँ
धुनिबेसी
[४]
त्रास
पुरानो जहाज
भयो अन्तिम सास ! - धनमाया चौधरी, कैलाली
[५]
दुर्घटना
आकास धर्ती
लाप्रवाही सरकारी वेसर्ती ! - सुरेशकुमार पाण्डे
दाङ, घोरिही-१८
[६]
भर
टेक्नोलोजी प्रविधिको
बोकेर हिड्नुपर्ने डर ! - अनुग्रह राना मगर ‘पुष्प’
पाँचखपन न .पा. ६ संखुवासभा ।
[७]
साधनमा
नहुँदा ध्यान
अकालमै जान्छ ज्यान ! - सरिता सेढाई, धादिङ
[८]
हतार
मानिसकाे व्यवधान
हुनुपर्छ सधैँ सावधान ! - निरज कोइराला, इटहरी -१६
[९]
विकास
अनियन्त्रित विनाश
सतर्क रहने सुझाव ! - सविता के.सी.
दक्षिणकाली-९, काठमाडौँ
[१०]
यत्रा
जोखिमपूर्ण छ
बसमा या जहाजमा ! - अनिता भण्डारी, ताप्लेजुङ
[११]
नियति
बुझ्न गार्हो
परिवारलाई भयो साह्रो ! - तेजप्रसाद खनाल, दाङ
[१२]
जहाज
यात्रा बेहाल
बनेर आयो काल ! - पूर्णबहादुर श्रेष्ठ ‘हृदयङकृत’
पनौती न.पा.-३,काभ्रे
[१३]
विज्ञान
विकाशको ढोंग
त्रासदिको अर्को नाम ! - गोपेन्द्र रिजाल, पाँचथर
[१४]
नेता
कुर्सीको खेलमा
जनता नदिको भेलमा ! - राजाराम रत्गैंया, अमौरा, कैलाली
[१५]
त्रास
नेपाली आकाश
पुरानाको भएन बिश्वास ! - रघु थापा सु न पा. १
[१६]
सास
छिनैमा सकिएर
जलेर बन्छ लास ! - राज कुमार राजभण्डारी खाेटाङ्गे
मध्यपुर ठिमी-५, राधे राधे, भक्तपुर
[१७]
यात्रा
भएन विश्वास
हुर्मत लिन्छ स्वाश !
कमला देवकोटा, पाल्पा
[१९]
दुर्घटना
कहिले अनायास
कुनै फेरि जानाजान ! - प्रेम थापा ‘मन’, बागलुङ
[२०]
मृत्यु
कसरी धाउँछ
बस जहाजमा आउँछ ! - नागेन्द्रप्रसाद यादव
[२१]
जीवन
सङघर्ष भयाे
दुर्घटनामा ज्यान गयाे ! - रवि पाैडेल
दक्षिण भारत, पाण्डेचरी
[२२]
घटना
केही लापरबाही
केही डरलाग्दो प्रकृति ! - आर्त अकुलीन
[२३]
दुर्गति
जनताको खती
सरकारको खुस्केकाे धाेती ! - रामप्रसाद पुरी, बादेल, खाेटाङ
[२४]
प्राणी
टुट्यो आसा
भयो जीवन खरानी ! - सरस्वती वली
बर्दिया, नेपाल
[२५]
यात्रा
कठिन जात्रा
देहलाई भयो खत्रा ! - तोया नाथ चापागाईं
दमक, झापा
[२६]
खै
कसरी बुझ्नुु
त्रास नै जतै! - राेशन पराजुली
[२७]
असुरक्षा
यात्रामा खास
त्रिशूलीमा रहेन लास ! - श्रीकृष्ण धामी, बझाङ
[२८]
खबर
दुर्घटना भयो ।
धेरैको ज्यान गयो ! - पृथक प्रकृति
[२९]
भाग्य
दैवको खेल
संयोगले खायो मेल ! - बुद्धिप्रसाद लामिछाने
घोडाघोडी नपा-८, कैलाली
[३०]
दुर्घटना
नभएर ज्ञान
गयाे धेरैकाे ज्यान ! - डिल्लीराज (राजेन्द्र) भुसाल
सन्धिखर्क-२, कुर, अर्घाखाँची
[३१]
अनुभव
जताततै चलाउँछन्
निमुखा जनता जलाउँछन् ! - अम्बिका अधिकारी
झापा, बिर्तामोड
[३२]
शून्यता
कर्कलाको पानी
यात्रारत मानिसको जीन्दगानी ! - हिमाल अम्मै, घोडाघोडी, कैलाली
[३३]
यन्त्र
विस्वास हरायो
झनै भय बढायो ! - भुपेन्द्र राना मगर, धादिङ
[३४]
जीवन
क्षणिक पल
असामयिक वर्षाको भल ! - सरिता काफ्ले
कोहलपुर-८ पिपिरी, बाँके
[३५]
घटना
नसोचेको कुरा
बाॅच्ने रहर अधुरा ! - घनश्याम पौडेल, पोखरा
[३६]
यात्रा
दुःखकाे आभास
मृत्यु निश्चित खास ! - केसर बाेहरा ‘सङ्घर्ष’
अछाम, हाल: भारत
[३७]
दुर्घटना
मानिस दुष्ट
प्रकृति भइन रुष्ट ! - मङ्गला उपाध्याय
[३८]
त्रास
जमिन आकाश
सदैव मृत्युको आभास ! - सरस्वती श्रेष्ठ, रुपन्देही
[३९]
असफलता
विमान दुर्घटना
डुबायो देशै शोकमा ! - अच्युत घिमिरे, सर्पाङ, भुटान
[४०]
सुरक्षा
महशुस भएन
राज्यको ध्यान गएन। - कला ढकाल झापा
[४१]
त्रास
यात्राको बेला
भगाउने कसरी होला ? - सुस्मिता अधिकारी, काठमाडौँ
[४२]
त्रास
गुडेर गर्न
यात्रा,उडेर गर्न ! - धर्मी शाक्य, बुटवल
[४३]
असुरक्षित
जोखिमपूर्ण यात्रा
बढ्दै जाँदैछ खतरा ! - सुरेश न्यौपाने
[४४]
घटना
चौतर्फी खतरा ,
सजक रहौँ पल-पलमा ! - त्रिलोक रामदाम
[४५]
नेपाल
आकास , धर्ती
दुबै यात्रा असुरक्षित ! - इन्दिरा देवकोटा
कपिलवस्तु नपा-३
[४६]
दुर्घटना
थितिलाई मासी
सधैँ भयो रुवाबासी ! - पशपती राई, खोटाङ
[४७]
भुर्लोक
पुराना दस्तावेजहरु
जोखिमपूर्ण यात्रा जनलोकमा ! - घनश्याम पन्त
हरिवन, सर्लाही
[४८]
आँसु
कसरी थाम्नु
अप्रत्याशित घटना देखेर ! - समुन्द्रा शर्मा, सुनसरी
[४९]
जाेखिम
ज्यानकाे बाजी
आकाश छेड्ने जीवन ! - टीकाराम जाेशी, टीकापुर
[५०]
दुर्भाग्य
बन्नुपर्यो सिकार
अबुझपनले बनायो शिकार ! - नन्दलाल आचार्य
सिद्धार्थटोल, उदयपुर
हाल: एनेलकुटी, सिरहा
[५१]
कस्तो
लीला दैवको
ज्यान लियो सबैको ! - लक्ष्मी रिजाल
कञ्चनरूप-१२, प्रगतिटोल, सप्तरी
[५२]
यात्रा
उकाली ओराली
जीवन मृत्यु सत्य ! - कविता आचार्य, कैलाली
[५३]
अनिष्ट
दुर्घटनाग्रस्त विमान
अकालमा गयाे ज्यान ! - श्रद्धा आचार्य, पोखरा
[५४]
छिनमै
उड्याे श्वास
एकाएक भयाे लास ! - प्रद्युम्न चालिसे
भक्तपुर, कटुञ्जे
[५५]
अचम्म
लिला दैवको
एकैसाथको मृत्यु वरण !
– दुर्गा आचार्य, मोरङ
Program iz I do not even understand how I ended up here, but I assumed this publish used to be great
Fourweekmba I just like the helpful information you provide in your articles