साताका उत्कृष्ट झिल्काहरू- २५

  • ३२ श्रावण २०८१, शुक्रबार २२:१६ मा प्रकाशित
  • साताका उत्कृष्ट झिल्का कविताको २५ औँ शृङ्खला सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त शृङ्खला हरेक हप्ता सञ्चालन गर्ने गरिन्छ । झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले यस शृङ्खलाको सुरुवात गरिएको यसका परिकल्पनाकार एवम् प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

    यस शृङ्खलाका लागि हरेक हप्ताको आइतवारदेखि शुक्रवार अपरान्हसम्म झिल्का कविता फेसबुक समूहको भित्तोमा प्रेषित गरिएका झिल्का कविताहरू मध्ये उत्कृष्ट तीन जना झिल्काकारहरूका ३/३ झिल्काहरू छ्नोट गरी प्रकाशन गर्ने गरिन्छ । जसको संयोजन झिल्काकार एवम् झिल्का कविता अभियन्ता धनुष न्यौपानेले गर्दै आउनुभएको छ ।

    साताका उत्कृष्ट झिल्का कविता शृङ्खला- २५ का लागि झिल्काकारत्रय अमृत कोइराला, अन्मोल मुस्कान र सन्तु खत्रीका उत्कृष्ट झिल्का कविताहरू छनोटमा परेको संयोजक न्यौपानेले बताउनुभयो ।

    साताका उत्कृष्ट झिल्काहरू


    [१]
    १.
    नहुदाँ पनि पार
    हिम्मत जुटाउँछु सधैँ
    नहोस् भनेर हार ।
    २.
    उर्लेको देखेर छाल
    डरायो माझी पनि
    सम्झेर आफ्नो काल ।
    ३.
    होस् बरु सानो
    केही हुँदैन घर
    नचुहिने होस् छानो ।
    ✍️ अमृत कोइराला
    पोखरा


    [२]
    १.
    झरीमा जमिन धस्कियो
    बढ्दै गयो चोट
    मुटु झन् चस्कियो ।
    २.
    पानीको के गल्ती
    त्यस्तै छ मौसम
    भरियो डरको खल्ती ।
    ३.
    प्रकृति होइन निन्दनीय
    ईश्वरको सृष्टि सधैँ
    हुन्छ धेरै बन्दनीय ।
    ✍️ अन्मोल मुस्कान
    तकदाहको, दार्जिलिङ


    [३]
    १.
    बेलैमा सचेत हुनुपर्छ
    बाढी पहिरोको मौसममा
    तबमात्र विनास टर्छ l
    २.
    तीनै लोकका स्वामी
    महादेव, शिव शङ्कर
    पर्छौ शरणमा हामी ।
    ३.
    हुनसम्म कष्ट भयो
    घमाइलो होला भन्दा
    दिन बिग्रँदै गयो ।

    ✍️ सन्तु खत्री

    Leave a Reply