विशेष झिल्का लेखन अभियानको २५ औँ शृङ्खला (गुरुपूर्णिमा विषयक) सम्पन्न

  • ६ भाद्र २०८१, बिहीबार ०८:१२ मा प्रकाशित
  • झिल्का लेखन अभियानको २५ औँ शृङ्खला (गुरुपूर्णिमा विषयक) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त झिल्का लेखन कार्यक्रम सञ्चालन गरिएको थियोे ।

    झिल्का कविता लेखनको यस विशेष अभियानमा पनि विगतका शृङ्खलाहरूमाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने १ सय ६ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुन्छ तर सकभर समध्वनीक नभएमा उत्तम मानिन्छ ।

    सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्का कविताहरू-

    —————<•>—————
    १)
    बाआमा पहिलो गुरु
    घर मेरो पाठशाला
    गर्नलाई सिकाइ सुरु ।
    २)
    गराएर ज्ञानको पान
    सत्मार्गमा हिँड्न सिकाए
    राख्दै सबैको मान ।
    ✍️
    वसन्त अनुभव, घोराही, दाङ
    —————<•>—————
    १)
    पृथ्वी नै गुरु
    सबैले हेर्नुहोला मलाई
    गर सबैले सुरु ।
    २)
    कबाट कविता सुरु
    संसारमा सबैभन्दा पहिले
    ज्ञान नै गुरु ।
    ✍️
    नीमा छिरिङ भोटिया
    जलढका कालेबुङ
    —————<•>—————
    गुरु हाम्रा मार्गदर्शक
    सम्मान गराैँ ज्ञानकाे
    नदुखाऊँ मन भरसक।
    ✍️ ताराप्रसाद चापागाईँ
    धुनिबेसी, धादिङ
    —————<•>—————
    १)
    पृथ्वी बाआमा गुरु
    सन्सार बिचित्र रहेछ
    बल्ल बुझेँ सुरु ।
    २)
    बाआमा पहिलो गुरु
    स्कूल दोश्रो चरण
    बोलिचाली कखरा सुरु ।
    ✍️
    चुडामणी देबकोटा
    पुरानोनैकाप काठमाण्डौ
    —————<•>—————
    १)
    गुरुको चरण परौँ
    श्रद्धा अनि भक्तिसँगै
    सबैले आत्मचिन्तन गरौँ ।
    २)
    गुरुलाई सम्झी मनमा
    राखी आदरसत्कारको भावना
    छरौँ शिष्य जनमा ।
    ✍️
    मोती योन्जन सुब्बा, दार्जिलिङ निमकी डाँडा।
    —————<•>—————
    गुरु मिले गुरुवर
    मिल्यो अनमोल विद्या
    नहुने कुनै तौल ।
    ✍️
    नागेन्द्रप्रसाद यादव
    —————<•>—————
    १)
    मान्नुपर्छ गुरुका कुरा
    भइन्छ असल व्यक्ति
    हुँदैन नत्र पूरा ।
    २)
    गुरु नभए निस्सार
    छैन जगतमा केही
    सिकाउने ठूलो चमत्कार !
    ✍️
    सुनगाभा पोखरेल
    हाल: नेपालगन्ज
    —————<•>—————
    १)
    सत्मार्गमा डोराउने गुरु
    ज्ञानको ज्योति छरेर
    जिन्दगी बनायो सुरु ।
    २)
    आमाबा हुन् भगवान्
    सुन्दर संसार देखाउने
    प्रथम शिक्षक महान् ।
    ३)
    फैलाई ज्ञानको ज्योति
    हाम्रो भाग्यरेखा चम्काउने
    गुरु हुन् हिरामोती ।
    ✍️ वेल थोकर
    —————<•>—————
    १)
    उज्यालाे दिने गुरु
    लाग्नुपर्छ हामी सबै
    सम्मान गर्न सुरु ।
    २)
    खाेलेर तेस्राे आँखा
    सम्पूर्ण ज्ञान पाएपछि
    मिल्दछ जीवनकाे भाखा ।
    ✍️
    डिल्लीराज (राजेन्द्र) भुसाल
    सन्धिखर्क-२, कुर, अर्घाखाँची
    —————<•>—————
    तिमी सबैका पथप्रदर्शक
    ज्ञानका विपुल भण्डार
    हामी सबैका मार्गदर्शक ।
    ✍️
    हरिगाेपाल न्हुच्छेँप्रधान
    काभ्रे, बनेपा १४ साँगा बजार ।
    —————<•>—————
    १)
    ज्ञानमा लगाएको ताला
    बाआमा, गुरु भागिदार
    घर पहिलो पाठशाला ।
    २)
    गुरु हुन महान्
    जो जहाँ पुगोस्
    उनै हाम्रा भगवान् !
    ✍️
    अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हालः-अमेरिका,बोस्टन।
    —————<•>—————
    उत्तम शिक्षा गुरुको
    मनमा लिनुपर्छ सधैँ
    अन्तिम बिच सुरुको ।
    ✍️
    भुपेन्द्र राना मगर
    धादिङ
    —————<•>—————
    १)
    सन्सारमा तिनै सज्जन
    रित्तिएको मगजमा प्लास्टर
    मजबुत बनाउँछन् बन्धन ।
    २)
    मान्नैपर्ने विश्वभरि महान्
    सुमार्ग देखाउने अनवरत
    निस्वार्थी अनि ज्ञानवान् ।
    ३)
    निष्ठावान् विचारका धनवान्
    गुरुहरू ज्ञानका भकारी
    ईश्वर गुरु भगवान् ।
    ✍️
    घनश्याम पन्त
    हरिवन सर्लाही
    —————<•>—————
    १)
    नमो नम शिवाय
    माता पिता प्रणाम
    जय गुरु ईश्वराय !
    २)
    गुरु ढोगे चरण
    गर्छु कोटी प्रणाम
    साथ सधैँ शरण !
    ३)
    वाणी श्रुति मधुर
    देवाधि देव गुरु
    धन्य ज्ञानी हजुर !
    ✍️
    पुष्कर अथक रेग्मी, पाल्पा
    —————<•>—————
    १)
    जीवनको ज्याेति गुरु
    स्कुलबाट हुन्छ पहिले
    गुरुबाट पढाइ सुरु ।
    २)
    शिक्षामा उत्कृष्ट बनाई
    याद हुन्छ सधैँ
    गुरुजीकाे अमूल्य भनाइ ।
    ✍️
    रबि पाैडेल
    दक्षिण भारत पाण्डेचरी
    —————<•>—————
    १)
    नयाँ यात्रा सुरु
    आमाबुबा पछिको सधैँ
    बाटो देखाउने गुरु ।
    २)
    शिक्षाको ज्योति बाल्दै
    जीवन सहज बनाउने
    कुविचारको भावलाई ढाल्दै ।
    ✍️
    सङ्गीता खरेल
    चन्द्रागिरी ८ काठमाडौं
    —————<•>—————
    सत्मार्गको दिर्घ बाटो
    पहिल्याई दिने गुरु
    मेटाउदै कुमार्गको टाटो ।
    ✍️
    तोया नाथ चापागाईं
    दमक,झापा,नेपाल
    —————<•>—————
    १)
    मातापिता प्रथम गुरु
    सिकाए अनेक व्यवहार
    शिशु शिक्षा खुरुखुरु ।
    २)
    प्रणाम गुरुको चरणमा
    अन्धविश्वास हटाइदेऊ न
    आएँ हजुरको शरणमा ।
    ✍️
    कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे
    —————<•>—————
    जीवन मार्गका सुरु
    सदा अन्धकार चिर्ने
    महान् हुन् गुरु !
    ✍️
    आर्त अकुलीन
    —————<•>—————
    ज्ञानदाता गुरुलाई सम्मान
    मातापिता प्रथम गुरु
    हाम्रालागि सदा महान !
    ✍️
    इमान सिंह के.सि.
    व्यास ९ धनुवेसी कलेस्ति तनहुँ
    —————<•>—————
    १)
    ज्ञान दिनुहुन्छ गुरु
    कोटिकाेटी नमन छ
    भनेको मान्छौँ खुरुखुरु ।
    २)
    गुरु विश्वासको पात्र
    धेरै खुसी हुन्छन्
    दिँदा आभार मात्र ।
    ३)
    भविष्यको निर्माणमा साथ
    राम्रोसँग आशिर्वाद दिन्छन्
    निर्धक्क चुमेर माथ ।
    ✍️
    पृथक प्रकृति ,झापा
    —————<•>—————
    १)
    गरौँ वन्दना सुरु
    बा आमा हुन्
    हाम्रा प्रथम गुरु ।
    २)
    गुरुबाट पाईन्छ ज्ञान
    नम्र जिज्ञासु बनी
    पढ्नु लगाएर ध्यान ।
    ✍️
    अरुण कुमार भुजेल
    गोरुबथान,कालेबुङ,भारत।
    —————<•>—————
    माता पहिला गुरु
    जीवनको पहिलो पाठशाला
    जीवन हुन्छ सुरु ।
    ✍️
    कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी
    —————<•>—————
    १)
    मिल्छ गुरुबाट ज्ञान
    एकचित्त भएर सबैले
    गराैँ हरपल ध्यान ।
    २)
    दुःख हरण गर्ने
    गुरु माता पिता
    ज्ञानकाे ज्योति छर्ने ।
    ✍️ नाम केसर बाेहरा ( सङ्घर्ष )
    सुदूरपश्चिम अछाम । हाल भारतबाट
    —————<•>—————
    १)
    गुरुको चरण परौँ
    सबैजना सक्षम बनेर
    देशको विकास गरौँ ।
    २)
    गुरुलाई भगवान मानौँ
    गर्न हुँदैन हेला
    पिता सम्मान ठानौँ ।
    ✍️
    काजल न्यौपाने
    भोजपुर।
    —————<•>—————
    १)
    अँध्यारोमा प्रकाश छर्ने
    गुरु टुकी हुन्
    शिष्यमा ज्ञान भर्ने ।
    २)
    गुरुको आज्ञा मानौँ
    माने गुरुको आज्ञा
    पुगिन्छ माथि जानौँ ।
    ✍️
    सतीश पण्डित
    भानु ६ चुँदी तनहूँ । हाल चनपा ६ मातातीर्थ
    —————<•>—————
    १)
    जीवनमा खाँचो गुरु
    हुन् बाटो देखाउने
    अन्त्यमा अथवा सुरु ।
    २)
    मान्न आवश्यक एक
    देवता जस्तै पुजिने
    प्रयोग गरेमा विवेक ।
    ३)
    गुरु कठिन बन्न
    गर्नुपर्छ श्रम धेरै
    सजिलो छ भन्न ।
    ✍️
    रामप्रसाद पुरी
    बादेल, खाेटाङ ।
    —————<•>—————
    १)
    गुरुलाई सम्मान गरौँ
    श्रद्धा र भक्तिभावले
    सधैँ चरणमा परौँ ।
    २)
    शिक्षाको ज्योति छर्ने
    माता पिता गुरुलाई
    नगरौँ अपमान गर्ने ।
    ✍️
    कला ढकाल, झापा
    —————<•>—————
    १)
    कखरा सिकाइ सुरु
    पाठशाला मेरो घर
    बाआमा हुन् गुरु ।
    २)
    गुरूको चरण परौँ
    माता पिता गुरुलाई
    सधैँ सम्मान गरौँ ।
    ✍️
    प्रविना प्रयासी, ओखलढुंगा
    —————<•>—————
    १)
    बाआमाले ज्ञान दिएको
    अरूको राम्रो गर्नु
    त्यही संस्कार लिएको ।
    २)
    पहिलो पाठशाला घर
    सिकाइ सुरु गर्न
    बाआमाको हुन्छ भर !
    ✍️
    लक्ष्मण देउवा डोटी
    हाल भारत चेन्नई
    —————<•>—————
    १)
    हुन्छन् गुरु उदाहरणीय
    दिई शिक्षा दीक्षा
    लाखौँ शिष्यका पूजनीय ।
    २)
    शिष्य संस्कारी उद्यमी
    हेर्न चाहन्छन् गुरुजन
    लगनशील सदा परिश्रमी ।
    ✍️
    मनोहरी पौडेल
    गैडाकोट १
    —————<•>—————
    १)
    आमाले दिएको ज्ञान
    भन्दा ठूलो अरू
    हुँदैन केही जान ।
    २)
    हात समाई लेखाउने
    सधैँ सत्मार्गको बाटो
    बाआमा हुन् देखाउने ।
    ३)
    आमा घरको गुरु
    घर पहिलो पाठशाला
    यहीँबाट सिकाइ सुरु ।
    ✍️
    ललिता गिरी सिन्धुली
    हाल काठमाडौं नेपाल
    —————<•>—————
    १)
    गुरु ज्ञानको भण्डार
    लिए शिक्षा दीक्षा
    हुन्छ उज्ज्वल संसार ।
    २)
    गरौँ सम्मान गुरुको
    नभुलौँ असल कर्म
    यही संस्कार सुरुको ।
    ३)
    राखौँ भावना उच्च
    मानव जुनी सर्वश्रेष्ठ
    नगरौँ व्यवहार तुच्छ ।
    ✍️
    शोभा शाह थापा,
    हेटौंडा ४, मकवानपुर ।
    —————<•>—————
    १)
    गुरुकाे सम्मान गराैँ
    बाबु आमा नचिढाउँ
    स्वर्गकाे आसमा मराैँ ।
    २)
    गुरुकै दिव्य ज्ञानले
    हामी सम्मानित हुनेछाैँ
    रमाउछाैँ सभ्य ज्यानले ।
    ✍️ हिरालाल न्याैपाने
    बानपा ८,काेटमाैला, सल्यान
    —————<•>—————
    १)
    गुरु हुन् शान
    गर्नुपर्छ हामी सबैले
    भगवान् गुरुहरूको सम्मान !
    २)
    असल नाम कमाऔँ
    गुरुहरूको सम्मान गर्दै
    गुरुपूर्णिमा पर्व मनाऔँ ।
    ✍️
    अनिता भण्डारी, ताप्लेजुङ
    —————<•>—————
    १)
    गुरुप्रतिको श्रद्धा जगाऔँ
    दिएर उच्च सम्मान
    अज्ञानता भुवनबाट भगाऔँ ।
    २)
    बाेकौँ सबैले चाहना
    राखेर दिलमा गुरुहरूलाई
    दिउँ खुलेर शुभकामना !
    ✍️
    त्रिलाेचन भण्डारी
    मेचीनगर,झापा
    —————<•>—————
    १)
    मार्गदर्शक गुरु मेरा
    मातापिता समेत ती
    गाउँघर र छिमेकका ।
    २)
    गर्छन् अक्षराङ्क सिकाउने
    राम्रो लेख्न लगाई
    हात थामी डोर्‍याउने ।
    ✍️
    रसज्ञ छहरा
    —————<•>—————
    गुरु हाम्रा महान
    धर्तीको पहिलो पाठ
    गरौँ हामी सम्मान ।
    ✍️
    बिरेन्द्र कुमार चौधरी
    इटहरी, सुनसरी
    —————<•>—————
    १)
    जन्मदिने हाम्रा बाआमा
    साक्षात् दिव्य स्वरुप
    देखिन्छन् कृष्ण राधामा !
    २)
    तपस्याकाे बरदान गुरु
    प्रतिक्षाकाे फल फलाउने
    प्रतिफल दिन सुरु ।
    ✍️
    ईश्वर साउद (भिक्षु)
    रामाराेसन गाउपालिका ६ सुदुरपश्चिम अछाम
    —————<•>—————
    १)
    त्यतिकै मिल्दैन ज्ञान
    गुरुविनाको चेलामा अपूर्ण
    ज्ञान रहन्छ जान ।
    २)
    हरेकले गुरुलाई मान
    बिनासिकाई र बुझाई
    पाइदैन कतै ज्ञान ।
    ✍️
    शंकर कार्की,मकवानपुर
    —————<•>—————
    १)
    गुरुकै भरमा परेर
    सफलताको शिखर चुमेकाे
    शिक्षाको सन्देश छरेर ।
    २)
    आमाबाबु पहिलो गुरु
    असल बाटो देखाउन
    उनीहरूले गरे सुरु ।
    ३)
    श्रद्धाले शिर झुकाई
    गुरुकाे सम्मान गरौँ
    ज्ञानको भण्डार फुकाई ।
    ✍️
    राज कुमार राजभण्डारी खाेटाङ्गे
    मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर ।
    —————<•>—————
    १)
    शून्यबाट गर्छन् सुरु
    साक्षात् भगवान् हुन्
    आमाबाबु अनि गुरु !
    २)
    गुरु हुन् तरु
    श्रद्धा गरौँ सदैव
    दिनु पर्दैन अरू !
    ✍️
    बाबुराम गौतम, गुल्मी
    —————<•>—————
    अप्ठ्यारो छ गुरुलाई
    चौतर्फी गुरु हुँदा
    सम्झाउनै सकिन्न चुरुफुरुलाई ।
    ✍️
    देवी पन्थी
    —————<•>—————
    जीवनको सार बताएर
    खुसी रहन्छन् गुरुवर्ग
    शिष्यलाई बाटो देखाएर।
    ✍️
    सुस्मिता अधिकारी
    काठमाडौँ
    —————<•>—————
    १)
    आमाबाबा नै हुन्
    जीवनको पहिलो गुरु
    बिर्सनु हुँदैन गुन ।
    ✍️
    शोभा आचार्य गौतम
    काठमाडौँ
    —————<•>—————
    १)
    भगवान सरह गुरु
    अपमान गरे सधैँ
    रुनुपर्ला बसी धुरुधुरु ।

    छर्छन् शिक्षाको दीप
    आफू सरह बनाउन
    सिकाउँछन् अनेक सीप ।
    ३)
    गुरुले भनेको मानेर
    अगाडी बढौँ सबै
    भगवान् बराबर ठानेर ।

    अमृत कोइराला
    पोखरा -१८,चंखपुर
    —————<•>—————
    १)
    चेलाहरूमा ज्ञान भरेर
    गुरु तिमी महान
    भित्री दीप छरेर।
    २)
    हाम्रा गुरु महान
    संसारै उज्यालो फिजाई
    बढाउछन् विद्यार्थीको सान ।
    ३)
    आजैदेखि गरौँ सुरु
    सत्यको मार्ग चल्न
    राखी साथमा गुरु ।
    ✍️
    शशी आचार्य
    —————<•>—————
    १)
    गुरुले सबैलाई हेर्छन्
    विद्यालयमा शिक्षा दिएर
    नजान्ने विद्यार्थीलाई केर्छन् ।
    २)
    गुरुले विद्या दिए
    सबैका आँखा खाेलेर
    पढाएर के लिए ?
    ✍️
    नवराज भट्ट
    कञ्चनपुर
    —————<•>————–
    १;
    उज्यालो भविष्यको सुरु
    संसार देखाउने हामीलाई
    महान् हुन् गुरु ।‌
    २;
    ज्ञानका खानी गुरु
    भगवान रुपी बुबाआमा
    उनै अन्तिम सुरु ।
    ✍️
    मन्जु बोहरा, बझाङ
    —————<•>—————
    १)
    पहिलो पाठशाला सुरु
    घरबाटै हुन्छ सबैको
    बाबाआमा हुन् गुरू !
    २)
    क्याम्पस वा स्कुलको
    सम्मान सत्कार गरौँ
    शिक्षाको दिव्य मूलको !
    ✍️
    साबित्री प्याकुरेल, धादिङ्ग।
    —————<•>—————
    १)
    गुरु साच्चै महान्
    ज्ञानको ज्योति भर्ने
    हाम्रो लागि भगवान् !
    २)
    गुरु हजुर दीप
    जीवन अर्पेर दिन्छौँ
    ज्ञान र सीप !
    ✍️
    बाल कृष्ण श्रेष्ठ, सोलुखुम्बु
    —————<•>—————
    १)
    पहिलो गुरु बाआमा
    बिर्सनु हुँदैन कहिले
    पूजा गर्नु रामा ।
    २)
    गुरु हुन् महान्
    अज्ञानीलाई ज्ञान दिने
    बाआमा गुरु भगवान् ।
    ✍️
    बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा
    —————<•>—————
    १)
    गुरु हुन्छ ठोक्कर
    शिक्षा लिनु होला
    नबन्नु सधैँको बेघर ।
    २)
    आमा पहिलो गुरु
    सबै काम हुन्छ
    आमाबाट नै सुरु ।
    ✍️
    सुरेशकुमार पाण्डे
    दाङ घोराही १८
    —————<•>—————
    १)
    गुरुको महिमा अपार
    बुझेर उहाँको आदर्श
    आफ्नो जिन्दगी सपार ।
    २)
    अन्धकारलाई दियौ ज्योति
    यो अज्ञानीको मस्तिष्कमा
    सुम्पियौ अमूल्य मोती ।
    ✍️
    पुरुषोत्तम फुयाल
    खोटाङ
    —————<•>—————
    १)
    गुरु नै सहयोगी
    उनै हुन् भर
    दिन्छन् शिक्षा जीवनोपयोगी ।
    २)
    गुरुलाई संसार मान्नू
    यिनै हुन् उपदेशक
    यिनकै भनाइ मान्नु ।
    ✍️
    राजेशराज गड्तौला
    कॅाडाघारी, काठमाण्डौ
    —————<•>—————
    १)
    गुरु हुन् ज्ञानदाता
    सबले सम्मान गरौँ
    अटुट हाम्रो नाता !
    ✍️
    सरिता सेढाई, धादिङ
    —————<•>—————
    १)
    भविष्य सुन्दर लेखाउने
    गुरु हुन् सबैलाई
    असल मार्ग देखाउने ।
    २)
    पूर्णिमाको हार्दिक शुभकामना
    गुरुप्रति छ आदरसम्मान
    रहिरहोस् यही भावना !
    ३)
    जथाभावी सकिन्न छाउन
    असक्षम सरस्वती माता
    गुरुको महिमा गाउन ।
    ✍️
    सरस्वती श्रेष्ठ, इटहरी
    —————<•>—————
    १)
    आज्ञानुगामी रहोस् मनोभावना
    दिनानुदिन शैक्षिक प्रगतिको
    सम्पूर्णमा हार्दिक शुभकामना ।
    २)
    दिनहरू बितिरहुन् मङ्गलमय
    गुरुपूर्णिमाको छ शुभकामना
    गुरुशिष्यको होओस् जयजय ।
    ✍️
    गुणनिधि घिमिरे अमेरिका
    —————<•>—————
    १)
    गुरु ज्ञानका खानी
    सम्मान गर्न उनको
    त्यागौँ नराम्रा बानी ।
    २)
    दोस्रो भगवान् गुरु
    गरेमा अपमान उनको
    पछुताइ रुनुपर्छ धुरुधुरु ।
    ३)
    ज्ञानको ज्योति छर्ने
    गुरु हुन् महान्
    अभरमा सहयोग गर्ने ।
    ४)
    देखाऔँ सधैँ सदाचार
    मातापिता अनि गुरुलाई
    नगरौँ अभद्र व्यवहार ।
    ✍️
    शान्ता पौडेल भट्टराई
    टङ्कीसिनवारी, मोरङ
    —————<•>—————
    १)
    संस्कार दिने माता
    शिक्षा दिने गुरु
    ज्ञानका हुन् दाता ।
    २)
    उज्यालो पूर्णिमाको रात
    बन्छ मानिस विद्वान
    पाएमा गुरुको साथ ।
    ✍️
    अम्बिका गिरी, विराटनगर
    —————<•>—————
    बाआमा हुन् मार्गदर्शक
    संस्कार गुरुको शिक्षा
    नभुल्नू है भरसक ।
    ✍️
    बेदु न्यौपाने
    —————<•>—————
    १)
    दत्तात्रयका चाैबिस गुरु
    पहिलो शिक्षक आमा
    घरपरिवारबाट हुन्छ सुरु ।
    २)
    गुरुचरणमा राखे शिर
    आनन्दले हर्षित भई
    छैन मलाई पीर ।
    ३)
    गुरुवर ज्ञानको ज्याेति
    छर्ने समाजमा निरन्तर
    जानेर सँगाल्नु माेती ।
    ४)
    गुरु ज्ञानकाे भकारी
    मज्जाले ज्ञान बटुल्नू
    आदेश सबै सकारी ।
    ✍️
    प्रद्युम्न चालिसे
    —————<•>—————
    जसले गर्छ सुरु
    ज्ञान र शिक्षाको
    जानेमा सबका गुरु ।
    ✍️
    प्रेम थापा “मन”
    बागलुङ
    —————<•>—————
    १)
    गुरुदक्षिणा भनी जानौँ
    सधैँभरि आज्ञाकारी भई
    दिएको दीक्षा मानौँ ।
    २)
    बिना गुरुको ज्ञान
    कहाँ मिल्छ र
    एकाग्रता नभई ध्यान ।
    ३)
    शिष्यमा अनुशासन सुरु
    संस्कारले मान्छन् जहिले
    आमाबुबा अनि गुरु !
    ✍️
    दुर्गा आचार्य
    मोरङ
    —————<•>—————
    १)
    गर्छिन् काम खुरुखुरु
    देखाउँछिन् सही बाटो
    आमा पहिलो गुरु !
    २)
    नयनको फूल बनाउन
    मार्गदर्शन दिनुहुन्छ गुरु
    चेलालाई उच्चमा पुर्याउन ।
    ३)
    गुरुको आसिक लिएर
    हामी अघि बढेमा
    जानुपर्दैन व्यर्थै खिएर ।
    ✍️
    सीमा कार्की समर्पण ।
    मेलचोक पर्सा
    —————<•>—————
    गुरुप्रति श्रद्धा जगाऔँ
    लिएर दिव्य ज्ञान
    अचेतना सदैव भगाऔँ ।
    ✍️
    त्रिलाेचन भण्डारी
    मेचीनगर,झापा
    —————<•>—————
    १)
    अक्षर ज्ञानको सुरु
    उज्यालोको पहिलो किरण
    हाम्रा सबै गुरु ।
    २)
    असल सोच भरौँ
    नडुबाउँ आँसुमा कसैलाई
    गुरुको सम्मान गरौँ ।
    ✍️
    अन्मोल मुस्कान
    तकदाह छाउनी, दार्जिलिङ।
    —————<•>—————
    गुरु ज्ञानको सागर
    ज्ञान बुद्धि बढ्छ
    उहाँहरुलाई गर्दा आदर !
    ✍️
    दीपा समभाव
    खोटाङ्ग
    —————<•>—————
    १)
    बिहानीको प्रफुल्ल रवि
    सबै गुरुको शरणमा
    बन्छ ठूलो छवि ।
    २)
    ज्ञानगुनका हुन् खानी
    बाँड्दै हिँड्ने धरामा
    सबै आफ्नै मानी ।
    ३)
    ज्ञानको ज्योति छर्ने
    फलामको चिउरा चपाउँदै
    ज्ञानका कुरा भर्ने ।
    ✍️
    धनुष न्यौपाने” यात्री”
    जुम्ला
    —————<•>—————
    गरौँ गुरुको मान
    वेदव्यासको सम्झना गर्दै
    लिउँ सकेको ज्ञान ।
    ✍️
    सन्तु खत्री
    —————<•>—————
    १)
    गुरुकाे उपदेश मान्दा
    जीवन सफल बन्छ
    आफ्नो कर्तव्य जान्दा ।
    २)
    हुन् ईश्वर भगवान्
    आमाबाबा प्रथम गुरु
    हाम्रा लागि महान् !
    ✍️
    दुर्गा भट्टराई
    मोरङ
    —————<•>—————
    १)
    पाठशालामा सिकाइ सुरु
    सत्यको बाटोतिर लम्क
    बाआमा भगवान् गुरु !
    २)
    पुगोस् हरेक चाहना
    रहनू सदा खुसी
    गुरुपूर्णिमाकाे हार्दिक शुभकामना ।
    ✍️
    श्रीकृष्ण धामी – बझाङ
    —————<•>—————
    १)
    गर्नुहुन्न कदापि अपमान
    सत्मार्ग देखाउने गुरुको
    सम्मान गर्नुपर्छ जान ।
    २)
    आजैदेखि गरौँ सुरु
    भविष्य निर्माणको लागि
    चाहिन्छ हामीलाई गुरु ।
    ३)
    गुरु हाम्रो ईश
    कुरा बुझ्यो भने
    भाग्य विधाता जगदीश ।
    ✍️
    दीप गोले तामाङ
    रौतहट
    —————<•>—————
    गुरु विनाको चेला
    असल ज्ञानी भए
    किन गर्नु हेला ?
    ✍️
    दिल ठकुरी
    —————<•>—————
    १)
    गुरुलाई गर्छौँ मान
    शिक्षादीक्षा दिनेको हामीले
    बढाउँछौँ सधैँ शान ।
    २)
    हिन्दु धर्म ग्रन्थमा
    ज्ञान दिने गुरुलाई
    भगवान्को छ उपमा।
    ✍️
    पुष्पा सुवेदी
    नेपालगन्ज,बॅाके।
    —————<•>—————
    १)
    गुरुपूर्णिमा पवित्र दिन
    सम्मान गरी तिर्नुपर्छ
    गुरुको अथाह रिन !
    २)
    गरौँ गुरुको श्रध्दाभक्ति
    आदर गर्न सिकौँ
    निष्ठा हो शक्ति !
    ३)
    बाबुुआमा पहिलो गुरु
    घर पहिलो पाठशाला
    घरबाटै शिक्षा सुरु ।
    ✍️
    जयनारायण नेपाल
    सूर्यविनायक २, बालकोट ,भक्तपुर ।
    —————<•>—————
    १)
    नगर्नू कसैले अपमान
    अक्षर चिनाउने गुरुको
    गर्नुपर्छ सधैँ गुणगान ।
    २)
    विश्वासपूर्ण रहोस् नाता
    मार्गदर्शन गर्ने गुरु
    हुनुहुन्छ ज्ञानका दाता ।
    ✍️
    सहयात्री शाेभा अर्याल
    रुपन्देही
    —————<•>—————
    पुजौँ सबले गुरु
    चित्त नदुखाउँ उनको
    जिन्दगी बन्छ सुरु !
    ✍️
    धनमाया चौधरी, कैलाली
    —————<•>—————
    कहानी छन् लामा
    जिन्दगीको पहिलो गुरु
    नमन छ बाबाआमा !
    ✍️
    डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा.पा. -६ , दोलखा ।
    —————<•>—————
    हिम्मत दिने तिमी
    जतिसुकै देऊ गुरु
    हामी उर्वर जिमी !
    ✍️
    लक्ष्मी रिजाल
    कञ्चनरूप १२, रूपनगर, सप्तरी ।
    —————<•>—————
    गुरुकै उपदेशमा लहरी
    सत्ज्ञानमा रमाउँदै हामी
    सिउरिन्छौँ माथमा पगरी !
    ✍️
    देव मगर
    तिनाउ-१,कचल,पाल्पा
    —————<•>—————
    पाठकाे सिकाइ सुरु
    पहिलो पाठशाला घर
    बाआमा भगवान् गुरु !
    ✍️
    श्रीकृष्ण धामी -बझाङ
    —————<•>—————
    गुरुकाे महिमा बुझेर
    मनाऔँं गुरुपूर्णिमा पर्व
    उनैलाई भगवानझैँ पुजेर ।
    ✍️
    भवानी पाेखरेल (बाबू विराज)
    कपिलवस्तु
    —————<•>—————
    ज्ञान दिने गुरु
    घर पहिलो पाठशाला
    सिकाइ यहीँबाट सुरु ।
    ✍️
    अर्जुन चौलागाईं
    —————<•>—————
    गुरुलाई गर्नुपर्छ मान
    साक्षात् भगवान् हुन्
    भित्री हृदयदेखि जान !
    ✍️
    सतिश पण्डित
    —————<•>—————
    गुरुको महिमा बुझेर
    गुरुपूर्णिमा मनाऔँ सबैले
    स्मृति गङ्गामा डुबेर ।
    ✍️
    दीप गोले
    —————<•>—————
    गुरुलाई सदैव मान्नुपर्छ
    संस्कार सिकेर हामीले
    असल कर्महरू जान्नुपर्छ ।
    ✍️
    सञ्जना शर्मा
    —————<•>—————
    १)
    ज्ञानको नयन गुरु
    सबैले राखौँ मनमा
    गरौँ प्रचार सुरु ।
    २)
    ज्ञान दिने गुरु
    मनको कुरा बुझ्ने
    अज्ञानको अन्त सुरु ।
    ✍️
    नीमा छिरिङ भोटिया
    जलढका कालेबुङ
    —————<•>—————
    गुरुको आशिक लिएर
    हामी अघि बढेमा
    जानुपर्दैन हेर खिएर !
    ✍️
    सीमा कार्की समर्पण
    —————<•>—————
    गुरु हुन् ईश
    उचित शिक्षा नपाए
    धूर्त बन्छ मानिस l
    ✍️
    बाबुराम गौतम
    —————<•>—————
    १)
    गुरुलाई सम्मान गरौँ
    उनलाई भगवान् सम्झेर
    ज्ञानको झोली भरौँ ।
    २)
    उज्यालो दिन सुरु
    आफू जलेर अरूलाई
    शिक्षा दिने गुरु ।
    ✍️
    कला ढकाल झापा
    —————<•>—————
    १)
    गरौँ ज्ञानका कुरा
    सबैलाई शिक्षा देनु
    नछाड्नू काम अधुरा ।
    २)
    तलबको भन्दा माया
    शिक्षाको हुन्छ शिक्षकलाई
    सबैमा परोस् छाया ।
    ३)
    नमन् सबै गुरु
    सबैभन्दा पहिला भयो
    आमाबाटै शिक्षा सुरु !
    ✍️
    सुरेशकुमार पाण्डे
    दाङ घोराही १८
    —————<•>—————
    गुरुले भनेको मान्नुपर्छ
    अन्यथा बुझ्नुभयो नि
    मिसन चौरासी धान्नुपर्छ ।
    ✍️
    सुरेश कार्की
    —————<•>—————
    असल नाम कमाऔँ
    गुरुहरूको सम्मान गर्दै
    गुरुपूर्णिमा पर्व मनाऔँ ।
    ✍️
    अनिता भण्डारी ताप्लेजुङ
    —————<•>—————
    जय गुरु देव:
    जय जय महेश्वरा:
    जय सरस्वती सत्यमेव: ।
    ✍️
    मनोहरी पौडेल
    —————<•>—————
    १)
    गुरुको चरण परेर
    असल मान्छे बनौँ
    राम्रो काम गरेर ।
    २)
    गुरुको भर परौँ
    गुरुलाई सम्मान गर्दै
    जीवनमा रङ भरौँ ।
    ✍️
    काजल न्यौपाने
    भोजपुर।
    —————<•>—————
    ज्ञानका ज्योति गुरु
    नदेखेकाे ठाउँमा पुराउछन्
    पुज्न गराैँ सुरु ।
    ✍️
    भिक्षु ईश्वर
    अछाम
    —————<•>—————
    आमाबाबा नै हुन्
    जीवनको पहिलो गुरु
    बिर्सनु हुँदैन गुन ।
    ✍️
    शोभा आचार्य गौतम
    काठमाडौँ
    —————<•>—————
    गुरु देवतासरी हाम्रो
    सधैँभरि ज्ञान दिने
    सिकाउने शिष्यलाई राम्रो ।
    ✍️
    रामप्रसाद पुरी,बादेल, खाेटाङ ।
    —————<•>—————
    १)
    गरौँ वन्दना सुरु
    बा आमा हुन्
    हाम्रा प्रथम गुरु ।
    २)
    गुरुबाट पाइन्छ ज्ञान
    नम्र जिज्ञाशु बनी
    पढ्नु लगाएर ध्यान ।
    ✍️
    अरुण कुमार भुजेल
    गोरुबथान,कालेबुङ,भारत।
    —————<•>—————
    १)
    पहिलो चरण गरौँ
    आमाबुबा अनि गुरुमा
    नमनले ज्ञान भरौँ ।
    २)
    ज्ञान आशिस लिएर
    अगाडि बढौँ सधैँ
    गुरु सम्मान दिएर !
    ✍️
    दुर्गा आचार्य
    मोरङ
    —————<•>—————
    १)
    गुरु ज्ञानको भण्डार
    लिए शिक्षादीक्षा पक्कै
    हुन्छ उज्वल संसार ।
    २)
    गरौँ सम्मान गुरुको
    नभुलौँ असल कर्म
    यही संस्कार सुरुको ।
    ३)
    राखौँ भावना उच्च
    मानव जुनी सर्वश्रेष्ठ
    नगरौँ व्यवहार तुच्छ ।
    ✍️
    शोभा शाह थापा,
    हेटौंडा ४, मकवानपुर ।
    —————<•>—————-
    १)
    भएपछि सृष्टिको सुरु
    यहाँ समयसित सँगसँगै
    बाटो देखाइदिने गुरु ।
    २)
    गुरुको स्थान कहाँ ?
    हेर रातमा आकाश
    नक्षत्र चम्किछ जहाँ !
    ३)
    गुरुलाई सम्मान गरौँ
    जति बाँड्यो घट्दैन
    जताततै ज्ञान छरौँ ।
    ✍️
    पशपती राई, खोटाङ ।
    —————<•>—————
    ज्ञान बाड्ने गुरु
    कबाट पढ्दै गर्दा
    जीवन हुन्छ सुरु !
    ✍️
    रवि पौडेल
    —————<•>—————
    ज्ञानका खानी गुरु
    अक्षर आरम्भमा आमाबाट
    चेतना आउन सुरु !
    ✍️
    भगवती दवाडी
    —————<•>—————
    १)
    ज्ञान दिने गुरु
    घर पहिलो पाठशाला
    ज्ञान सिक्यौँ खुरुखुरु ।
    २)
    जसले गर्छ सम्मान
    बढ्छ ज्ञान उसैको
    गुरुको बढ्छ सान !
    ३)
    पुजौँ सबैले गुरु
    चित्त नदुखाउँ उनैको
    जिन्दगी बन्छ सुरु ।
    ✍️

    धनमाया चौधरी, कैलाली

    2 thoughts on “विशेष झिल्का लेखन अभियानको २५ औँ शृङ्खला (गुरुपूर्णिमा विषयक) सम्पन्न

    1. I have been surfing online more than 3 hours today yet I never found any interesting article like yours It is pretty worth enough for me In my opinion if all web owners and bloggers made good content as you did the web will be much more useful than ever before

    Leave a Reply