मेसीले फिफा विश्वकप छनोट खेल गुमाउने

  • ४ भाद्र २०८१, मंगलवार १०:५८ मा प्रकाशित
  • अर्जेन्टिनाका स्टार फुटबल खेलाडी लियोनल मेसीले फिफा विश्वकप छनोट अन्तर्गत दुईवटा खेल गुमाउने भएका छन् ।

    सेप्टेम्बर ५ मा हुने चिलीविरुद्धको खेल र १० मा हुने कोलम्बियाविरुद्धको खेलको प्रारम्भिक छनोटमा मेसी नअटाएपछि उनले दुई खेल गुमाउने पक्का भएको हो ।

    गत महिना अमेरिकामा भएको कोपा अमेरिकाको फाइनलमा खुट्टामा चोट लागेका कारण ३७ वर्षीय मेसीलाई टिममा समावेश नगरिएको हो ।

    उनी हाल अमेरिकामा रिकभरिको प्रयासमा छन् ।

    टिममा प्रशिक्षक लियोनेल स्कालोनीले मिडफिल्डर इजेक्वेल फर्नान्डेज र स्ट्राइकर भ्यालेन्टिन क्यास्टेलानोसलाई पहिलो पटक टिममा सामेल गरेका छन् ।

    One thought on “मेसीले फिफा विश्वकप छनोट खेल गुमाउने

    Leave a Reply