
सिरहा, भदौ ५ गते ।
नेपाली लघुकथा साहित्य फाँटमा स्वस्तिका सिम्खडाको ‘प्राणप्रतिष्ठा’ र नन्दलाल आचार्यको ‘लौरो’ नामक दुई लघुकथासङ्ग्रहको लोकार्पण भयो । कक्षा पाँचमा अध्ययनरत आख्यानप्रेमी गजल आचार्य र अर्का पीयूष आचार्यद्वारा संयुक्तरूपमा लोकार्पण भएको थियो । उक्त दुबै कृतिको लोकार्पण समारोहको आयोजक संस्था बुढ्यौली साहित्य समाज, मधेस प्रदेश समिति र लघुकथा प्रतिष्ठान नेपाल हुन् ।
बुढ्यौली साहित्य समाज, मधेस प्रदेश अध्यक्ष लम्बोदर काफ्लेको सभाध्यक्ष, बुढ्यौली साहित्य समाज, नेपालका अभियन्ता रमेशमोहन अधिकारीको प्रमुख आतिथ्य, शब्दाङ्कुर साहित्यप्रधान मासिक पत्रिकाका प्रधान सम्पादक धीरकुमार श्रेष्ठ र पूर्व प्रधानाध्यापक तथा लघुकथा विमर्शक रमेन्द्र कोइरालाको विशिष्ट आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा, प्रगतिशील लेखक संघ सप्तरीका अध्यक्ष तथा बुढ्यौली साहित्य समाज, सप्तरीका कार्यवाहक अध्यक्ष मेघराज पौड्याल, बुढ्यौली साहित्य समाज, सिरहाका अध्यक्ष गणेश अधिकारी, साहित्यकार खगेन्द्र बस्याल, सर्लाही साहित्य समाजकी अध्यक्ष मीना देवकोटा, कल्याण पन्तलगायतका अतिथिहरूले लोकार्पित कृति बारे बोल्नुभएको छ ।
लघुकथा प्रतिष्ठान नेपालका व्यवस्थापक त्रय मनोहर पोखरेल, रचना शर्मा, मीना साह ‘एन्जल निलु’, साहित्यप्रेमी हरि आचार्य लगायतले लोकार्पण समारोह रोचक र स्मरणीय भएको बताउँदै लोकार्पित कृति बारे आआफ्ना धारणा राख्नुभएको थियोे ।
उक्त अवसरमा ‘प्राणप्रतिष्ठा’ र ‘लौरो’ लघुकथासङ्ग्रहले लघुकथाको विकासमा विशेष अर्थ राख्ने बताउँदै विशिष्ट अतिथि रमेन्द्र कोइरालाले भन्नुभयो; “स्व. सिम्खडाको एउटै पुस्तक ध्रुबतारा झैं चम्किरहने छ । एक वाक्यमा आकस्मिक उठान, एक वाक्यमा हठात् समापन, एक परिवेश एक घटना र एक उद्देश्यको विशिष्टता लघुकथाको पहिचान हो । यस कुरामा दुबै कृति हदैसम्म सचेत रहेको पाएको छु ।”
स्वस्तिका सिम्खडाकाे ‘प्राणप्रतिष्ठा’मा उनिएका लघुकथामा बिन्दुमा सिन्धु रहेको र आशावादी जीवनदृष्टि एवं सामुहिक भावनाको स्वर जगाएका छन् भन्ने विचार अतिथि खगेन्द्र बस्यालले व्यक्त गर्नुभयो । नन्दलाल आचार्यको ‘लौरो’का लघुकथाहरू आकारमा साना भए पनि सर्वाङ्ग पूर्णता रहेको विचार राख्दै बस्यालले भन्नुभयो; “यस ‘लौरो’का लघुकथाले गहन विषयलाई फरक शैलीमा व्यक्त गरेका छन् । लघुकथा रसिला, स्वादिला, कसिला, पोटिला र चोटिला बन्न सफल छन् ।”
शारीरिक अवस्था प्रतिकूल हुँदाहुँदै पनि शिक्षक जस्तो समाजको गहन जिम्मेवारी निर्वाह गरिरहेको भन्दै अतिथि मेघराज पौड्यालले भन्नुभयो; “नन्दलाल आचार्य मधेसको साहित्यिक जगतको एक गहकिलो साहित्यिक नक्षत्र हो ।”
‘प्राणप्रतिष्ठा’ लघुकथा सङ्ग्रहमा जीवनको अनुभूतिलाई कथाकथामा सजाउने सीप र सामर्थ्य रहेको बताउँदै आयोजक मनोहर पोखरेलले भन्नुभयो; “निजत्व झल्कने शैलीमा मान्यजनलाई सम्मान अनि भ्रष्ट, बिकृत मानसिकतालाई व्यङ्ग्य गरेकी छिन् स्वस्तिका सिम्खडाले । परिवार र समाजका अन्तरकुन्तरमा चियाउँदै वर्गीय विषमता र अन्तर्विरोध अनि युगीन सामाजिक जीवनको कुनाकाप्चामा निरीक्षण गर्दा प्राप्त अनुभूतिलाई संश्लेषित गरेर कथात्मक बान्की दिएकी छिन् ।”
मानवीय जीवनका विभिन्न आयामलाई सूक्ष्म रूपले निहालेका नन्दलाल आचार्यले विषमतायुक्त समाजका अन्तर्विरोध केलाउँदै बिग्रँदो अवस्थाप्रति चिन्ता जाहेर गरेर सर्जक र असल नागरिकको जिम्मेवारीबोध गरेका छन् भन्दै मनोहरले थप्नुभयो; “सामाजिक जीवनलाई सूक्ष्म रूपले छामेका आचार्यले ‘लौरौ’ लघुकथा सङ्ग्रहमार्फत सचेतनापूर्वक समानता र सकारात्मक दृष्टिकोणका साथ जीवन उतारेका छन् ।”
स्वस्तिकाले लेखेर पनि त्यसै गुम्साएर राखेका मनका वेदनालाई ‘प्राणप्रतिष्ठा’ कृतिकी सम्पादक लक्ष्मी रिजालले प्राण भरिदिने कार्य गरेको बताउँदै कार्यक्रमआयोजक सदस्य रचना शर्माले भन्नुभयो; “सूक्ष्म तथा गहन विषयबस्तुलाई मार्मिक एवम् वैचारिक तवरले उनेर तयार पारिएको स्वस्तिका सिम्खडाको लघुकथा सङ्ग्रह हो- ‘प्राणप्रतिष्ठा’ । सामाजिक विसंगति निर्मूलका लागि विद्रोह भाव बोकेको नन्दलाल आचार्यको लघुकथासङ्ग्रह ‘लौरो’ले साहित्यको धरोहर निर्माणमा कोशेढुङ्गाको काम गरेको छ ।”
स्वस्तिका सिम्खडा एउटा कुशल अनि प्रकृतिवादी आख्यानकार भएको बताउँदै एन्जल निलुले भन्नुभयो; “उनको ‘प्राणप्रतिष्ठा’ कृतिमा हृदयस्पर्शी शब्दहरूको सुन्दर संयोजन भेटेँ ।” त्यस्तै उनले नन्दलाल आचार्यको ‘लौरो’ लघुकथाकृतिमा मौलिक स्वाद र उत्कृष्ट लेखाइ रहेको बताउनुभयो ।
आचार्यको ‘लौरो’ लघुकथाकृतिमा सामाजिक विषयवस्तुलाई घनिभूत रूपमा उठाएको बताउँदै अतिथि मीना देवकोटाले स्वस्तिकाको लघुकथा लेखनको शैलीपक्ष मनमोहक रहेको बताउनुभयो । त्यस्तै ‘प्राणप्रतिष्ठा’ एउटै कृतिले स्वस्तिकालाई साहित्यमा जीवन्त पारेको मनोभावना समेत ओकल्नुभयो ।
लोकार्पण कार्यक्रममा बोल्दै लक्ष्मी रिजालले भन्नुभयो; “आफूले भोग्नुपरेको समयलाई ३३ लघुकथामा उनेकी छन् स्वस्तिकाले । अनुभूतिलाई चट्ट मिलाएर लघुकथाको फ्रेममा ढाल्न सक्ने उनमा अद्भुत क्षमता देखेकी छु मैले ।” उनले नन्दलाल आचार्यका १११ लघुकथाले समाजका अनेकन पक्षको शल्यक्रिया गरेको समेत बताउनुभयो ।
दुबै कृति एकसरो छिचोल्ने सौभाग्य पाएको बताउँदै कार्यक्रमका उद्घोषक समेत रहनुभएका हरि आचार्यले भन्नुभयो; “थोरै शब्दमा लामो कहिरन समेट्न सक्नु लघुकथाको विशेषता रहेछ । दुबै कृति यसमा चनाखो रहेको भेटेँ ।”
प्रमुख अतिथि समेत रहेका रमेशमोहन अधिकारीले लोकार्पित दुबै कृतिले साहित्यमा महत्त्व राख्ने बताउनुभएको थियोे । कार्यक्रम पौने दुई घण्टासम्म चलेको थियोे ।
(समाचार श्रोत: लक्ष्मी रिजाल, कञ्चनरूप-१२, रूपनगर, सप्तरी )


La weekly This was beautiful Admin. Thank you for your reflections.
I have been surfing online more than 3 hours today yet I never found any interesting article like yours It is pretty worth enough for me In my opinion if all web owners and bloggers made good content as you did the web will be much more useful than ever before
Mygreat learning This is my first time pay a quick visit at here and i am really happy to read everthing at one place
Simply wish to say your article is as amazing The clearness in your post is just nice and i could assume youre an expert on this subject Well with your permission let me to grab your feed to keep updated with forthcoming post Thanks a million and please carry on the gratifying work