पञ्चाङ्ग लेखन अभ्यास शृङ्खला- १०६

  • २६ श्रावण २०८१, शनिबार १४:५४ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग:एक सय छ अभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन हार्दिक अनुरोध छ:
    अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१०६

    विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
    मिति:- २०८१/०४/१४
    बुधबार बेलुका ०९ बजेसम्म पञ्चाङ्ग वा समपञ्चाङ्ग पठाउनु हुन अनुरोध छ।
    ……………………………………….
    प्रशिक्षक:-
    ……………
    सोमनाथ लुइटेल
    गुणनिधि घिमिरे
    सुशीला पौडेल

    ………………………
    भाषा शुद्धीकरण:-
    ———–
    पुष्पा सुवेदी नेपाल
    भवानी घिमिरे
    जमुना आचार्य
    पशपती राई

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-

    सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================

    अक्षर सङ्ख्या:- [बराबरी]
    अनुप्रास :- आफुखुसी
    स्थायी :- अनिवार्य

    पञ्चाङ्ग:०१
    नसकिएकाे काम गर्न अघि सर्नु छ सबैमा शुभरात्री।
    कागजमा कलमले अक्षर भर्नु छ सबैमा शुभरात्री।
    हृदयमा आराध्यलाई राखेर कर्मलाई भाग्य बनाइ,
    उनै इश्वरकाे ध्यानमा अब पर्नु छ सबैमा शुभरात्री।
    अटुट विश्वास आफैं माथि नै गर्नु छ सबैमा शुभरात्री।
    सुशीला पाैडेल

    पञ्चाङ्ग:०२
    भत्ताखाने उमेरका नेता सदनमा रमाएका छन।
    कुर्सी मोहमा पालैपालो पदमात्र समाएका छन्।
    मञ्चैपिच्छे भाषणमा गाली गर्ने गर्छन् आफै नै,
    गुट उपगुट भएर कार्यभार नै जमाएका छन् ।
    लुटेको धनले ठूलाठूला महल सजाएका छन् ।।
    कला ढकाल झापा

    पञ्चाङ्ग:०३
    अहिले अनेकाैँ जाल झेल गर्दछ मानिस।
    जस्तो काम होस गर्न अघि सर्दछ मानिस।
    पैसा देख्दा तीनै नेत्र बल्नेछ क्राेधले जब,
    हत्या हिंसा गरी गिर्दै तल झर्दछ मानिस।
    सत्ताकाे बलले मात्रै बच्ने पर्दछ मानिस।

    ताेयानाथ सुवेदी

    पञ्चाङ्ग:०४
    नपर्ख भो चौतारिमा मैले बाटो नै म‍ोडि सके।
    तिम्रो बस्ती बसाउन मैले गाउँ नै छोडि सके।
    कल्पनामै भए पनि त रमाउँथे घरि घरि,
    मनभित्रका तरेलीहरु पौडिदै गोडि सके।
    सपनीमा देख्छु भनी निदरीलाई तोडि सके ।

    दुर्गा आचार्य
    मोरङ

    पञ्चाङ्ग:०५
    नपर्खेको छैन कुनै बार प्रिय
    परिवारमा परेछ मार प्रिय
    तिमी रोजगारको लागि त गयौं,
    जीवन भयो छुरीको धार प्रिय,
    तिमी बिना छैन कुनै सार प्रिय।
    शोभा आचार्य गौतम
    काठमाडौँ

    पञ्चाङ्ग:०६
    कहिले गयो बालापन दाह्रीजुँगा पलाएछ पत्तै भएन।
    साँचेर राखेको त्यो जवानी कसले चलाएछ पत्तै भएन।
    परिवर्तन नै प्रकृतिको नियम हो भन्छ आफैं स्वीकार्दैन,
    बचपनलाई सम्झी- सम्झी जीवन ढलाएछ पत्तै भएन।
    फुलेर सबै सेताम्य हुँदा पनि के फलाएछ पत्तै भएन।
    -पशपती राई खोटाङ ।

    पञ्चाङ्ग:०७
    हजारौँ विकल्प माझमा टाढिने विकल्प रोज्यौ।
    सँगै बिताएका पलहरूको अल्प अल्प रोज्यौ।
    मनको भारी बोझ हुँदा बिसाउने चौतारी झैँ,
    नहुँदा खाँचो, हुँदा सस्तो गरेर, प्रजल्प रोज्यौ।
    स-सानो कहानीको प्रलाप नजानी गल्प रोज्यौ।

    ✍️ अच्युत घिमिरे, सर्पाङ, भुटान 🇧🇹

    पञ्चाङ्ग:०८
    कुनै भनाइ संस्कार रीत हुन्छ ।
    कुनै भनाइ सामान्य गीत हुन्छ ।
    शब्दलाई यत्नले चलाउँदामा,
    जीवनमा अप्रत्याशित जीत हुन्छ ।
    हिजोको शत्रु ऊ आज मित हुन्छ ।

    भवानी घिमिरे
    सर्लाही ।

    पञ्चाङ्ग:०९
    मान्छे अनौठो तरिकाले रुप हेर्दा रहेछन्
    आफ्नो हक जताउनेले मुख फेर्दा रहेछन्
    अनौठो यहाँ तर षड्यन्त्रको बास्ना आयो
    अप्ठ्यारो दुबैलाई हुँदा काँडा बेर्दा रहेछन्
    समय आफैं बलियो छ चित्र केर्दा रहेछन् ।
    भूमिका गैरे

    Leave a Reply