“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- अठासीऔमा हामी पुगेका छौं।
लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
मिति:- २०८१/०४/१०गते
आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको:८८[अठासीऔं] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!
प्रशिक्षक :
सोमनाथ लुइटेल “रवि पाल्पाली
गुणनिधि घिमिरे
सुशीला पाैडेल
चित्र संकलन
सुशीला पाैडेल

संकलन
सुशीला पौडेल
दुर्गा रिजाल आचार्य
शुद्धीकरण
भवानी घिमिरे
जमुना आचार्य
पशपती राई
पुष्पा नेपाल (सुवेदी )
संरचना
अनुप्रास :- आफू खुसी
स्थायी :- आफू खुसी
अक्षर :- बराबरी
समायोजक
सोमनाथ लुइटेल “रवि पाल्पाली”
तथा
पञ्चाङ्ग साहित्य समाज नेपाल
चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]~~~~~
पञ्चाङ्ग:०१
बर्षातमा श्रावणकाे मास थियाे।
कसैकाे लागि गन्तव्य खास थियाे।
दुर्घटना ठुलाे भयाे राजधानीमा,
कतिजनालाई बाँच्ने आस थियाे।
प्लेनमा जलिरहेकाे लास थियाे।
सुशीला पाैडेल
पञ्चाङ्ग:०२
हाम्रै देशमा मात्र सधैं किन यस्तो हुन्छ हजुर
दुर्घटना र बिपत्तिले हाम्रै देश चुन्छ हजुर
न जमिनमा छ सुरक्षा न आकाश नै सुरक्षित
जताततै चित्कार आवाज कसले सुन्छ हजुर
बिलाइ हाल्छ हावामै कसलाई पो छुन्छ हजुर।
-पशपती राई खोटाङ ।
पञ्चाङ्ग:०३
हाम्रो देशमा सधैं पिडाको खात हुन्छ
नेताको देखाउने र चपाउने दाँत हुन्छ
बिपत्ति दुर्घटनामा जनता परिरहदा ,
पाइलै पिच्छे यिनको विश्वासघात हुन्छ
कवाडी थोत्रा भित्र्याउने ठूलो हात हुन्छ ।
कला ढकाल झापा
पञ्चाङ्ग:०४
हाम्रो देशमा सधैं दुर्घटनाले लास हुन्छ
नत कहिल्यै सहजै स्वर्गमा नै बास हुन्छ
दुर्घटना र बिपत्तिमा जनता पर्दा खेरि
सरकारकाे सहानुभूतिकाे न आस हुन्छ
कवाडी भित्र्याउँदा जनधनको नास हुन्छ ।
राज कुमार राजभण्डारी खाेटाङ्गे
मध्यपुर ठिमी ५संगम काेलाेनी राधे राधे भक्तपुर ।
पञ्चाङ्ग;०५
शोकमा डुब्यो त्यो देश हेर परेर सङ्कट
छातीमा बज्र बज्रियो ठूलो छरेर सङ्कट
विमान झर्यो जलेर ध्वस्त सखाप भुँइमा
कहिले टर्ला जोखिम त्यस्तो मरेर सङ्कट
सुधार गरे सप्रने थियो टरेर सङ्कट।
✍️ अच्युत घिमिरे, सर्पाङ, भुटान 🇧🇹
पञ्चाङ्ग:०६
सुरक्षित रहेन हवाई उडान आजको दसा देख्दा
पुराना थोत्रा मिति पुगेका जहाज उड्ने नशा देख्दा
कठै ! अबोध शिशु त्यत्राले ऐया भन्ननि नपाएको क्षण
उड्ने र गुड्नेको के विश्वास मानूँ खै यात्रीको कसा देख्दा
सरोकारवालाको लुछाचुडी त्यस्तै ध्यान जाओस् बसा देख्दा।
भूमिका गैरे
Its like you read my mind You appear to know so much about this like you wrote the book in it or something I think that you can do with a few pics to drive the message home a little bit but instead of that this is excellent blog A fantastic read Ill certainly be back
My brother suggested I might like this blog He was totally right This post actually made my day You can not imagine simply how much time I had spent for this info Thanks
Fantastic beat I would like to apprentice while you amend your web site how could i subscribe for a blog site The account helped me a acceptable deal I had been a little bit acquainted of this your broadcast offered bright clear concept