टुक्का कविताको पाँचौँ साधारण सभा एवम् तेस्रो अधिवेशन सम्पन्न, टुक्काकार चापागाईंको अध्यक्षतामा एघार सदस्यीय कार्यसमिति गठन

  • २६ श्रावण २०८१, शनिबार १४:२८ मा प्रकाशित
  • टुक्का साहित्य समाजले टुक्का कविताको पाचौँ वार्षिकोत्सव सँगसँगै पाँचौँ साधारण सभा र तेस्रो अधिवेशन शुक्रवार सम्पन्न गरेको छ ।

    भर्चुअल माध्यमबाट अपरान्ह ५ बजेदेखि सञ्चालन गरिएको कार्यक्रम ३ घण्टा बढी चलेको थियोे । टुक्का साहित्य समाजकी केन्द्रिय सदस्य शोभा आचार्य गौतमको स्वागत मन्तव्यसँगै सुरु भएको कार्यक्रममा प्रमुख अतिथि एवम् चारु प्रवर्तक डा. देवी पन्थी, टुक्का प्रशिक्षक रामशरण न्यौपाने लगायतका महानुभावले शुभकामना मन्तव्य राख्नुभएको थियोे ।

    कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि डा.देवी पन्थीले हामीले हरेक कुरा आयात मात्र गर्नु भन्दा नेपाली भाषा साहित्यमा नै शुरुवात भएका टुक्का कविता, उदक, चारु, बाछिटा, खाेरिया, पञ्चाङ्ग, झिल्का, घुँगेत्राे जस्ता विधाहरूमा कलम चलाउँदै यसकाे विकास विस्तार गर्दै विश्वव्यापी बनाउनु पर्ने कुरामा जाेड दिनु भएकाे थियाे ।

    कार्यक्रमको विशिष्ट अतिथिमा खोरिया प्रवर्तक जनार्दन अधिकारी धड्कन, टुक्का प्रशिक्षक रामशरण न्यौपाने, दीपा गुरुङ, अच्युत घिमिरे, शोभा आचार्य गौतम, रचना शर्मा प्रतीक्षा, सुस्मिता अधिकारी, होम प्रसाद नेउपाने, पुष्पा राई, रामप्रसाद पुरी, राजेश प्रसाद गड्तौला, हन्नाह क्षेत्री, मोती सुब्बा, पुष्पा सुवेदी, भगवती दुवाडी, भेष कुमारी लामिछाने, जमुना आचार्य कोइराला, देव गाहा मगर,राजकुमार भण्डारी,ममिता भण्डारी, बि.के. मुखिया लगायत ३ दर्जन बढी टुक्काकारहरू रहनुभएकोे थियोे ।

    कार्यक्रममा टुक्का प्रवर्तक ताराप्रसाद चापागाईँले टुक्का कविता र टुक्का साहित्य समाज बारेमा जानकारी गराउनुभएको थियोे ।

    कार्यक्रममा संस्थाकी कोषाध्यक्ष रचना शर्मा प्रतीक्षाले पेश गर्नुभएको संस्थाको आयव्यय सहितको आर्थिक प्रतिवेदन र महासचिव चूडा निर्भीकले पेश गर्नुभएको साङ्गठनिक प्रतिवेदन सर्वसहमत रुपमा पारित भएको थियो ।

    नयाँ कार्यसमिति गठन

    कार्यक्रमको पहिलो सत्र समापनसँगै सुरु भएको अधिवेशनले नयाँ कार्यसमिति गठनका लागि टुक्का प्रशिक्षक रामशरण न्यौपानेको अध्यक्षतामा टुक्का प्रशिक्षक राजेशराज गड्तौला र हन्नाह छेत्री सम्मिलित ३ सदस्यीय निर्वाचन समिति गठन गरेको थियोे । उक्त निर्वाचन समितिले सर्वसम्मत रूपमा ११ सदस्यीय कार्यसमिति चयन गरेको थियोे । जसको अध्यक्षमा ताराप्रसाद चापागाई, उपाध्यक्षमा वसन्त अनुभव, महासचिवमा चूडा निर्भीक, कोषाध्यक्षमा श्री होम प्रसाद नेउपाने, सचिवमा श्री जमुना आचार्य कोइराला हुनुहुन्छ । त्यस्तै सदस्यहरूमा- बेदु न्याैपाने, शाेभा आचार्य, राम प्रसाद पुरी, पुष्पा राई, सुस्मिता अधिकारी, अच्युत घिमिरे रहनुभएको छ ।

    रचना वाचन

    कार्यक्रमको अन्तिम चरणमा टुक्का कविता वाचन कार्यक्रम राखिएको थियो । रचना वाचन गर्नेहरूमा डा.देवी पन्थी, रामशरण न्यौपाने, ताराप्रसाद चापागाईं, वसन्त अनुभव, चूडा निर्भीक, दीपा गुरुङ, भगवती दवाडी, हन्नाह छेत्री, अच्युत घिमिरे, रचना शर्मा प्रतीक्षा, शोभा आचार्य गौतम, सुस्मिता अधिकारी, होम प्रसाद नेउपाने, पुष्पा राई, रामप्रसाद पुरी, राजेश प्रसाद गड्तौला, पुष्पा सुवेदी, भगवती दुवाडी, भेष कुमारी लामिछाने, जमुना आचार्य कोइराला, ममता भण्डारी, बि.के. मुखिया लगायतले गर्नुभएको थियो ।

    टुक्का प्रवर्तक एवम् टुक्का साहित्य समाजका अध्यक्ष ताराप्रसाद चापागाईको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन समाजका महासचिव चूडा निर्भीकले गर्नुभएको थियो ।

    One thought on “टुक्का कविताको पाँचौँ साधारण सभा एवम् तेस्रो अधिवेशन सम्पन्न, टुक्काकार चापागाईंको अध्यक्षतामा एघार सदस्यीय कार्यसमिति गठन

    1. Seção atraente de conteúdo Acabei de encontrar o seu blog e na capital de acesso para afirmar que realmente gostei das postagens do seu blog. De qualquer forma, estarei assinando o seu aumento e até espero que você acesse de forma consistente e rápida

    Leave a Reply