साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग- ८५

  • २६ असार २०८१, मंगलवार २०:२७ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- पचासीऔमा हामी पुगेका छौं।
    लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
    मिति:- २०८१/०३/२०गते

    आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको:८५[पचासीऔं] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :

    सोमनाथ लुइटेल “रवि पाल्पालि
    गुणनिधि घिमिरे
    सुशीला पाैडेल

    चित्र संकलन

    सुशीला पाैडेल

    संकलन
    सुशीला पौडेल
    दुर्गा रिजाल आचार्य

    शुद्धीकरण

    भवानी घिमिरे
    जमुना आचार्य
    पशपती राई
    पुष्पा नेपाल (सुवेदी )

    संरचना

    अनुप्रास :- आफू खुसी
    स्थायी :- आफू खुसी
    अक्षर :- बराबरी

    समायोजक

    सोमनाथ लुइटेल “रवि पाल्पाली”
    तथा

    पञ्चाङ्ग साहित्य समाज नेपाल

    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
    ~~~~~
    चित्रमा पञ्चाङ्ग

    पञ्चाङ्ग:०१
    तुइनमा झुण्डिएर खाेला पारि तरेको छ।
    आमा र बच्चाकाे ज्यान जोखिममा परेको छ।
    बाध्यता छ जिन्दगी जिउन सकसले यहाँ
    सन्त्रासको कारण आधा शरीर मरेको छ।
    खाेक्रा नाराहरूले खै दु:ख कहाँ हरेकाे छ?
    सुशीला पाैडेल

    पञ्चाङ्ग:०२
    हेर्दा त खोलाको माझ काँधमा सानो बच्चा देखिन्छ।
    तर्नु पर्ने त्यो तुईनको बाटो डोरी कच्चा देखिन्छ।
    डोरीको साथमा जोखिम मोल्दै हिड्ने साहसी नारी,
    कष्टमा जोखिम मोल्दै हिड्ने यी नारी सच्चा देखिन्छ।
    नारीमाथि सबैतिरबाट असह्य घच्चा देखिन्छ।
    ✍️
    बेदु न्यौपाने 🌹🌹

    पञ्चाङ्ग०३

    देश बनाउछु भन्नेहरु कुर्सी ताना तान गरेका छन् ,
    जनताको मतलव छैन आफै हानाहान गरेका छन्।
    तुइन भाचियोस् या जनताका छोरा छोरी बगेर मरोस्
    विकास गर्न खोज्नेलाई बेथिति बानाबान गरेका छन्
    यो त ठुला भनाउदाहरुले जाना जान गरेकम छन्।

    दुर्गा आचार्य
    मोरङ

    पञ्चाङ्ग:०४

    आजभोलि जतासुकै विकासकाे नारा छ ।
    आशामा छन् जनता नेतृत्वकाे आफ्नो पारा छ ।
    दु:खकाे सागरमा डुबेका दु:खीलाई देख्ने ,
    दिनमा घाम र रातमा आकाशकाे तारा छ ।
    भित्र चपाउने दाँत बाहिर उही दारा छ।

    भवानी घिमिरे
    सर्लाही ।
    पञ्चाङ्ग:०५
    प्रगतिको आश्वासनमा आशाको धागो फाटेको रहेछ
    न कुनै सुरक्षा छ, सिधै सरकारले ढाँटेको रहेछ
    तुइन खिएर जाला, विकास कहिल्यै नआउँने भयो
    त्यो तुइनाको साहाराले तर्न आमाले आँटेको रहेछ
    शिशुसँग कठिनाई भोगेर जीवन काटेको रहेछ।

    ✍️ अच्युत घिमिरे, सर्पाङ, भुटान 🇧🇹

    पञ्चाङ्ग:०६

    कष्ट गरि तरेको देखेँ भारी मन भयो,
    कसरी होला बच्चासँगै चिसो तन भयो,
    ठाउँ ठाउँमा कति दर्द छ मानवलाई,
    वारपार सधैं कसरी ? दुःख झन भयो,
    सरकारी बेवास्ताले पीडित जन भयो ।
    शोभा आचार्य गौतम
    काठमाडौं

    पञ्चाङ्ग-०७
    भन्न त लोकतन्त्रै छ भनिन्छ हाम्रो देशमा
    जहाँपनि आफ्नैलाई गनिन्छ हाम्रो देशमा
    अहो हेर्दा कति राम्रो मिलेको जस्तो देखिन्छ
    तर खोइरो मात्रै पो खनिन्छ हाम्रो देशमा
    सरकार चाहिँ नया बनिन्छ हाम्रो देशमा।
    -पशपती राई खोटाङ ।

    पञ्चाङ्ग:०८
    यात्रा जोखिमले गर्नु छ।
    भोको पेट पनि भर्नु छ।
    मर्ने बाँच्ने के थाहा छैन,
    तुइनको भर पर्नु छ।
    भएजति दुःख हर्नु छ।
    ह्यारिस
    👉️पञ्चाङ्ग:०९

    देशको भौगोलिक अवस्थाले गर्दा नै पीडाले सेकियो है
    मानिसले कष्ट मोल्दै नदी नतरी गन्तव्यमा टेकियो है
    भ्रष्ट भए हाम्रा नेता कुर्चीकै दाउपेचमा रमेको देख्दा
    पीडित सधैँ पीडित गुहार लगाउँने ठाउँ छेकियो है
    विकासका योजना चुनावमा कागजमा मात्र फेकियो है ।

    ✍️भूमिका गैरे, तिमिल्सिना
    गैंडाकोट ४, नवलपुर ।

    पञ्चाङ्ग:१०

    नेपालीको दु:खको सिमा कहिले छुट्छ हेरौँ
    गलत निर्णयका भारी कहिले चुट्छ हेरौँ
    खोलामा तुइनको यात्रा कहिले सम्म हुन्छ
    तुइन छोडेर पुलको विकास कहिले जुट्छ हेरौँ
    यसरी विकासको मुल कहिले फुट्छ हेरौँ ।

    ✍️सोमनाथ लुइटेल “रवि पाल्पाली” ।

    पञ्चाङ्ग:११
    नक्शामा विकासको गति देखियो
    के हो चाला नेताको मति देखियो
    यस्तो दृश्य त धेरै पुरानो भइसक्यो
    यिनै आँखाले डर लाग्दो खति देखियो
    निकास भन्दा भ्रष्टचारी अति देखियो।

    प्रभा पोखरेल
    अमेरिका
    पञ्चाङ्ग:१२
    नयाँ सरकार बनाउनु छ।
    सोझा साझालाई मनाउनु छ।
    तुइनको यात्रा हामीलाई के,
    खोक्रा नारा सधैं जनाउनु छ।
    चुनाव पछि त गनाउनु छ।
    देवी पन्थी

    Leave a Reply