साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १६५ सम्पन्न

  • ८ श्रावण २०८१, मंगलवार २२:५० मा प्रकाशित
  • साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १६५ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ५७ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    अभ्यासका लागि राखिएको तस्बिर:

    साप्ताहिक तस्बिरमा उदक लेखन अभ्यास शृङ्खला- १६५ मा सहभागी उदकयात्रीका सुन्दर उदकहरू-

    [१]
    नेता
    छन् मालामाल
    हेर देशको हाल !

    • वसन्त अनुभव
      [२]
      वाध्यता
      तुइनकाे तार
      झुन्डिएर खाेला वारपार !
    • ताराप्रसाद चापागाईँ
      धुनिबेसी, धादिङ
      [३]
      तुइनमा
      मानव बाध्यता!
      खोला वारपार जोखिममा !
    • बेदु न्यौपाने
      [४]
      तुइन
      कठिन परिस्थिति
      बाध्यताको गहिरो खाडल !
    • अनुग्रह राना मगर ‘पुष्प’
      पाँचखपन न.पा.-६, सङ्खुवासभा
      [५]
      नेता
      विदेशीका दाश
      युवाको भुटियो बास !
    • सुरेशकुमार पाण्डे
      दाङ, घोराही-१८
      [६]
      विवशता
      सयौँ वर्ष
      मनमा छैन हर्ष !
    • तेजप्रसाद खनाल
      लमही, दाङ
      [७]
      तुइन
      चुनावमा हटाए
      जनतालाई दुःख कटाए !
    • इन्दिरा देवकोटा
      कपिलवस्तु नपा-३, आनन्दवाग
      [८]
      वाध्यता
      खाेला तर्ने
      साधन केवल तुइन !
    • नवराज भट्ट, कञ्चनपुर
      [९]
      विकाश
      भाषणमा हुन्छ
      जनता तुइनामा झुडिन्छ !
    • रमा पन्त, पाल्पा
      [१०]
      तुइन
      देशको घाँडो
      भोट माग्ने भाँडो !
    • घनश्याम पौडेल, पोखरा
      [११]
      तुइन
      टुक्केको टुक्का
      जनताको मुखमा मुक्का !
    • रघु थापा, सुनपा-१
      [१२]
      यात्रा
      गर्नुपर्ने आखिर
      रहर होइन बाध्यता !
    • अनिता भण्डारी, ताप्लेजुङ
      [१३]
      तुइन
      भाषणमा विकास
      देशले पाएन निकास !
    • बुद्धिप्रसाद लामिछाने
      घोनपा-८, कैलाली
      [१४]
      भाषण
      सुन्नमा मज्जा
      जनता सबै दास !
    • एवाइ प्रभात
      सहिदभूमि, धनकुटा
      [१५]
      अप्ठ्यारो
      दुःखीलाई लाने
      नेतालाई मागी खाने !
    • निरज कोइराला
      इटहरी -१६
      [१६]
      गरेर
      सरकारले भुल
      बिजाेग नभएर पुल !
    • डिल्लीराज (राजेन्द्र) भुसाल
      सन्धिखर्क-२, कुर, अर्घाखाँची
      [१७]
      नेता
      भ्रष्टचारी देशको
      बेहालत जनता स्वदेशमा !
    • डुकछिरिङ लेपचा
      मिरिक, बसती, डुपटिन
      [१९]
      छलकपट
      आयु छोटो
      अन्तिममा नहुने भोटो !
    • कार्की डिबी माकुम
      सुनवल-४, नवलपरासी
      [२०]
      कठै
      विकटको अवस्था
      कसले बुझ्छ व्याथा !
    • सरिता सेढाई, धादिङ
      [२१]
      कठिन
      जीवनको यात्रा
      सजिलो छैन दिनप्रतिदिन !
    • सरस्वती वली
      [२२]
      सरकार
      पात जस्तै
      गर्न थाल्यो फ्यारफ्यार !
      डा. देवी पन्थी
      [२३]
      मत
      विश्वासको होईन
      स्वार्थी भ्रष्टाचार
    • घनश्याम पन्त
      हरिवन, सर्लाही
      [२४]
      उदक
      कर्णाली
      कष्टकर कथा
      बालुवाटारमा के थाहा ?
    • सङ्गीता खरेल, काठमाडौं
      [२५]
      कठै
      मेरो देश
      सुध्रिएन कहिल्यै परिवेश !
    • नागेन्द्रप्रसाद यादव, दाङ
      [२६]
      जीवन
      तुइनको रिवन
      कहिले चट्ट, झट्ट !
    • सविता के.सी.
      [२७]
      बाध्यता
      जाेखिमपूर्ण यात्रा
      भर छैन् जिन्दगीको !
    • केसर बाेहरा ‘सङ्घर्ष’
      अछाम, हाल: भारत
      [२८]
      तुइन
      मानवले चढ्नु
      एकाएक खाेला बढ्नु !
    • श्रीकृष्ण धामी, बझाङ
      [२९]
      जीवन
      जिउन कठिन
      पारी तर्न तुईन!
    • कमला देवकोटा, पाल्पा
      [३०]
      जनता
      तुईनको भर
      परेन नेताको नजर !
    • भुपेन्द्र राना मगर
      धादिङ
      [३१]
      सपना
      आकाशे फल
      मेरो माटोको पीडा !
    • आर्त अकुलीन
      [३२]
      सरकार
      केवल नामको
      जनतालाई भएनन् कामको !
    • पृथक प्रकृति
      [३३]
      नेता
      कुर्सीको लुछाचुँड
      ध्यान गएन यता !
    • धनमाया चौधरी, कैलाली
      [३४]
      नेता
      भोटको सोझो
      तिर्नुपर्छ कि कसो ?
    • अच्युत घिमिरे
      सर्पाङ, भुटान
      [३५]
      प्रगति
      विकास समृद्धी
      सरकार देशको बेइज्जती !
    • विवश पारदर्शी, झापा
      [३६]
      तुइन
      गरौँ विस्थापित
      हुन्छ गणतन्त्र स्थापित !
    • वासुदेव ज्ञवाली
      तानपा-१, पाल्पा
      [३७]
      वाध्यता
      जिम्मेवारीको भारी
      बोकेर जाँदैछु पारी !
    • कला ढकाल, झापा
      [३८]
      बाध्यता
      भोक्नेलाई खतरा
      देख्नेलाई भने जात्रा
    • सुरेश न्यौपाने, कैलाली
      [३९]
      भेल
      जनताले झेल्दै
      नेताले देखाएर खेल्दै !
    • दीपा समभाव, खोटाङ्ग
      [४०]
      हेरियो
      त्यही तुइन
      सरकार मात्रै फेरियो !
    • पशपती राई खोटाङ
      [४१]
      नेताहरू
      तिमीलाई मस्ती
      जनतालाई भयो सास्ती !
    • सुरेश चन्द्र घिमिरे, कपन
      [४२]
      कष्ट
      दुःख देख्दैनन्
      नेता छन् भ्रष्ट !
    • शोभा आचार्य गौतम
      काठमाडौँ
      [४३]
      तुइन
      कठिन यात्रा
      सरकारले बुझ्दैन ब्यथा
    • राज कुमार राजभण्डारी, खाेटाङ्ग
      [४४]
      देश
      कठिन परिस्थिति
      नेताको बिगि्रएको मति !
    • मङ्गला उपाध्याय
      [४५]
      गाल
      राजनीतिकाे हाल
      जनता तुइनमा बेहाल !
    • रामप्रसाद पुरी, बादेल, खाेटाङ
      [४६]
      नियती
      अन्धकार भोलि
      सरकार मरेको अनिभुती !
    • गोपेन्द्र रिजाल, पाँचथर
      [४७]
      राजनीति
      लाेकहित कार्य
      नेतृत्व भ्रष्टाचारमा लिप्त !
    • प्रद्युम्न चालिसे
      भक्तपुर, कटुञ्जे
      [४८]
      नदी
      विकासको गति
      दैनन्दिन मजदुरको दुर्गति !
    • पागल भिक्षुक
      जानकी-८, कैलाली
      [४९]
      नेतृत्व
      युगौँदेखि मर्दा
      तुइन सामुमा आउँछ !
    • लक्ष्मी रिजाल
      कञ्चनरूप-१२, रूपनगर, सप्तरी
      [५०]
      जनता
      छन् मारमा
      सरकार चुर्लुम्म भ्रष्टाचारमा !
    • शान्ता पौडेल भट्टराई
      टङ्कीसिनवारी, मोरङ
      [५१]
      कष्टकर
      जनताको बिजोग
      बाध्यता तुईनको भर !
    • दुर्गा आचार्य, मोरङ
      [५२]
      विकास
      गाउँमा आएन
      तुइनले आराम पाएन !
    • सुस्मिता अधिकारी, काठमाडौँ
      [५३]
      तुइन
      नगरौँ खेलवाड
      खोजौँ मिलेर निकास !
    • समुन्द्रा शर्मा, सुनसरी
      [५४]
      नेता
      आश्वासनका ढिक्का
      जनतालाई पार्दछन् फिका !
    • तोया नाथ चापागाईं
      दमक, झापा, नेपाल
      [५५]
      तुइन
      पहाडीकाे जीवनसूत्र
      नेताकाे कुर्सी मार्ग !
    • टीकाराम जाेशी, टीकापुर
      [५६]
      जीवन
      नदीझै बगेको
      पिरले तुइनमा अडेको !
    • कविता आचार्य, कैलाली
      [५७]
      सरकार
      सुनामी आउँदा
      गर्दैन अवसर पाउँदा !
    • अम्बिका अधिकारी
      झापा, बिर्तामोड

    5 thoughts on “साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १६५ सम्पन्न

    1. Somebody essentially lend a hand to make significantly articles Id state That is the very first time I frequented your website page and up to now I surprised with the research you made to make this actual submit amazing Wonderful task

    2. Hello Neat post Theres an issue together with your site in internet explorer would check this IE still is the marketplace chief and a large element of other folks will leave out your magnificent writing due to this problem

    3. Its like you read my mind You appear to know so much about this like you wrote the book in it or something I think that you can do with a few pics to drive the message home a little bit but instead of that this is excellent blog A fantastic read Ill certainly be back

    Leave a Reply