साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १६४ सम्पन्न

  • ४ श्रावण २०८१, शुक्रबार ०७:५७ मा प्रकाशित
  • साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १६४ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ५२ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    अभ्यासका लागि राखिएको तस्बिर:

    साप्ताहिक तस्बिरमा उदक लेखन अभ्यास शृङ्खला- १६४ मा सहभागी उदकयात्रीका सुन्दर उदकहरू-

    [१]
    प्रेम
    सच्चा मन
    माया स्नेह आफ्नोपन !

    • वसन्त अनुभव
      [२]
      आउने
      मनभित्र कतै
      ती बालापनका यादहरू !
    • राेशन पराजुली, धरान
      [३]
      स्नेह
      कलिलो वय
      स्निग्ध शान्त देह !
    • डम्बर थामी ‘अनुपम’
      कालिन्चोक गा.पा.-६, दोलखा
      [४
      बालापन
      चञ्चल स्वभाव
      बिर्सनै नसक्ने मन !
    • धनमाया चौधरी, कैलाली
      [५]
      बालापन
      चिन्तारहित मन
      जीवनको रमाइलो क्षण !
    • नारायण कोइराला
      तानसेन, पाल्पा हाल: कुवेत
      [६]
    • माया
    • सबैको समानता
    • बालापनका यादगार दिनहरू !
    • चेतराज जैशी, कैलाली, हाल: UAE.
      [७]
      प्रेम
      कलिला बचेरा
      साना छँदाको याद !
    • डुकछिरिङ लेपचा
      मिरिक, भारत
      [८]
      प्रेम
      मायाले भरिएको
      गहिरो अनन्त सम्बन्ध !
    • अनुग्रह राना मगर ‘पुष्प’
      पाँचखपन न.पा.-६, सङ्खुवसभा
      [९]
      बालापन
      छुट्टै रमाइलो
      सुन्दर सफा मन !
    • अनिता भण्डारी, ताप्लेजुङ
      [१०]
      माया
      अनुपम सच्चा
      बालापनको यादमा झल्का !
    • बेदु न्यौपाने
      [११]
      सहयोग
      मानवीय गुण
      बालकमा मात्र देखिन्छ !
    • रमा पन्त
      [१२]
      चेतना
      मानव अस्त्र
      जन्मसिद्ध सौम्य उपहार !
    • गोपेन्द्र रिजाल
      पाँचथर, फाल्गुनन्द-६
      [१३]
      बचपन
      सग्लो जीवन
      करुणाले भरिएको मन !
    • रघु थापा, सु न पा -१
      [१४]
      बालापन
      याद आयो
      मन कटक्क खायो !
    • सरिता सेढाई, धादिङ
      [१५]
      प्रेम
      सुख, दु:खमा
      जिन्दगी जिउनु बाचुञ्जेल !
    • एवाइ प्रभात
      सहिदभूमि, धनकुटा
      [१६]
      बालापन
      सम्झनाकाे धराेहर
      मनमा अनेक रहर !
    • नवराज भट्ट, कञ्चनपुर
      [१७]
      चञ्चल
      सौम्य बालापन
      पानीझैँ कञ्चन अनुपम !
    • आर्त अकुलीन
      [१९]
      छहारी
      असारे झरी
      तिम्रो मायाको चिनारी !
    • हिमाल अम्मै, घोडाघोडी, कैलाली
      [२०]
      सधैँ
      परेको पानी
      मलाई नझिकाउनु नानी !
    • श्रीकृष्ण धामी, बझाङ
      [२१]
      बालापन
      स्वतन्त्रताको स्वर्ग
      उर्जाशील उत्साहित मन !
    • ऋजु दिल्पाली
      ईटहरी-१, सुनसरी
      [२२]
      बालापन
      निश्चल निर्मल
      नफर्कने सौम्य उमेर !
    • कमला देवकोटा, पाल्पा
      [२३]
      सुहाउँदो
      उमेरमै गरेको
      उफ्रिदै पानीमा घुमेको !
    • चक्र शाही, कैलाली
      [२४]
      अतीत
      सम्झनामा रह्यो
      हृदयमा गाढा भयो !
    • घनश्याम पन्त
      हरिवन, सर्लाही
      [२५]
      सुखद
      वर्षाको पानी
      बाढी पहिरो दुखद !
    • कार्की डिबी माकुम
      सुनवल-४, नवलपरासी
      [२६]
      खेल
      बालापनको साथी
      सबैभन्दा छन् माथि
    • नागेन्द्रप्रसाद यादव
      [२७]
      स्नेह
      आमाको माया
      बसेको‌ आँखामा छाया !
    • कला ढकाल, झापा
      [२८]
      बालापन
      मानवताको गुण
      अति सुन्दर मन !
    • सरस्वती वली
      [२९]
      बालापन
      नचाहिने धन
      दौँतरीमा आफ्नो पन !
    • बुद्धिप्रसाद लामिछाने
      घोनपा-८, कैलाली
      [३०]
      बालक
      सुन्दर बानी
      माया ममताको खानी !
    • पूर्णबहादुर श्रेष्ठ ‘हृदयङकृत’
      पनौती न.पा.-३, काभ्रे
      [३१]
      माया
      सद्भावको खानी
      दु:ख छिचोल्ने बानी !
    • पृथक प्रकृति
      [३२]
      बालापन
      अति स्वच्छ
      हुँदैन बिचलित मन !
    • प्रेम थापा ‘मन’, बागलुङ
      [३३]
      बालसुलभता
      देखिन्छ बालापनमा
      चल्लाहरुको गर्दैछ देखभाल !
    • धर्मी शाक्य, बुटवल
      [३४]
      प्रेम
      सिर्जनाको जनक
      बाल मन महान !
    • मधुसूदन शर्मा, रोल्पा
      [३५]
      माया
      बालापनका मित्र
      अनेकौँ सम्झना मनभित्र !
    • सुरेश न्यौपाने
      [३६]
      बालापन
      निश्चल प्रेम
      बाँचेर बचाउने मन !
    • सरस्वती श्रेष्ठ, बुटवल
      [३७]
      बालापन
      निश्चल माया
      जीवनको उत्तम क्षण !
    • दुर्गा भट्टराई, मोरङ
      [३८]
      बालपन
      प्रेमकाे पल्लवन
      करूणाले भरिएकाे मन !
    • डिल्लीराज (राजेन्द्र) भुसाल
      सन्धिखर्क-२, कुर, अर्घाखाँची
      [३९]
      बालकपन
      कारुणिक भावना
      सफा हुन्छ मन !
    • ज्ञानबहादुर क्षत्री
      सन्धिखर्क -२, अर्घाखाँची
      [४०]
      बालापन
      स्वच्छ मन
      याद आउँछ झनझन !
    • रामप्रसाद पुरी, बादेल, खाेटाङ
      [४१]
      दायित्व
      सद्भावना कर्तव्यनिष्ठ
      मानवीय जीवन देवत्व !
    • विवश पारदर्शी, झापा
      [४२]
      बालापन
      जति सम्झियो
      बल्झिन्छ अझै झन !
    • घनश्याम पौडेल, पोखरा
      [४३]
      बालापन
      संशयकाे पहरा
      चल्लाप्रति अविरल माया !
    • श्रद्धा आचार्य, पोखरा
      [४४]
      बचपन
      आनन्द मन
      जीवनकाे स्वर्गीय क्षण !
    • प्रद्युम्न चालिसे
      भक्तपुर, कटुञ्जे
      [४५]
      बालापन
      बुनिन्छन् अनेक
      मिठो सपना झन !
    • शोभा आचार्य गौतम
      काठमाडौ
      [४६]
      बालबालिका
      भविष्यका कर्णधार
      आशा भरोसाको उजागर !
    • अम्बिका अधिकारी
      झापा, बिर्तामोड
      [४७]
      बालापन
      सम्झिन्छ झलझल
      बितेका सुन्दर पल !
    • सुस्मिता अधिकारी, काठमाडौँ
      [४८]
      माया
      निस्वार्थ भावना
      पानीबाट प्राणीलाई जाेगाउँदै !
    • केसर बाेहरा ‘सङ्घर्ष’
      अछाम, हाल: भारत
      [४९]
      बालापन
      सुन्दर पल
      नघुम्ने अनौठो छल !
    • सन्तु खत्री
      [५०]
      महानता
      बाँच्ने अधिकार
      करुणा भाव उदार !
    • ताराप्रसाद चापागाईँ
      [५१]
      दया
      अपार सागर
      मनुको अलौकिक शृङ्गार !
    • तोयानाथ चापागाईं
      दमक, झापा
      [५२]
      माया
      कर्कलाको छाता
      ओत लाग्ने प्रयास !
    • समुन्द्रा शर्मा, सुनसरी

    6 thoughts on “साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १६४ सम्पन्न

    1. What i dont understood is in reality how youre now not really a lot more smartlyfavored than you might be now Youre very intelligent You understand therefore significantly in terms of this topic produced me personally believe it from a lot of numerous angles Its like women and men are not interested except it is one thing to accomplish with Woman gaga Your own stuffs outstanding Always care for it up

    2. Its like you read my mind You appear to know a lot about this like you wrote the book in it or something I think that you could do with some pics to drive the message home a little bit but instead of that this is fantastic blog An excellent read I will certainly be back

    3. I do believe all the ideas youve presented for your post They are really convincing and will certainly work Nonetheless the posts are too short for novices May just you please lengthen them a little from subsequent time Thanks for the post

    4. I am not sure where youre getting your info but good topic I needs to spend some time learning much more or understanding more Thanks for magnificent info I was looking for this information for my mission

    Leave a Reply