
साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १६३ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ७१ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
अभ्यासका लागि राखिएको तस्बिर:

साप्ताहिक तस्बिरमा उदक लेखन अभ्यास शृङ्खला- १६३ मा सहभागी उदकयात्रीका सुन्दर उदकहरू-
[१]
निशानी
गोर्खाली वीरताको
अदम्य साहस स्वाभिमानको !
- वसन्त अनुभव
[२]
खुकुरी
पहिचान पक्षधर
गोर्खाली सम्बन्धित कदर ! - अच्युत घिमिरे, सर्पाङ, भुटान
[३]
खुकुरी
निशानी नेपालीको
साहस गोर्खाली विरताको ! - बेदु न्यौपाने
[४]
खुकुरी
वीरको निशानी
दुश्मन नगरौँ मनोमानी ! - सङ्गीता खरेल
चन्द्रागिरी-८, काठमाडौं
[५]
खुकुरी
वीरकाे सिरानी
समयले खाेजेकाे निशानी ! - निरज कोइराला, इटहरी-१६
[६]
पहिचान
नेपाली खुकुरी
सधैँ गाेर्खालीकाे शान ! - ताराप्रसाद चापागाईँ
[७]
खुकुरी
नेपाली आखिरी
साहसी पौरखी पाखुरी ! - भगवती दवाडी ,झापा
[८]
खुकुरी
नेपालीको पहिचान
निडर वीरको सान ! - सुस्मिता अधिकारी, काठमाडौँ
[९]
मान
गोर्खालीको सान
खुकुरी हाम्रो जान ! - गुणनिधि घिमिरे अमेरिका
[१०]
खुकुरी
नेपालीको सान
एउटा छुट्टै पहिचान ! - कला ढकाल
[११]
नेपाली
शान खुकुरी
राख्थे प्रत्येक धुरी ! - सुरेशकुमार पाण्डे
[१२]
खुकुरी
देशको सान
भनेर सबैले जान ! - अनुग्रह राना मगर ‘पुष्प’
पाँचखपन नपा-६, संखुवासभा
[१३]
खुकुरी
हाम्रो सान
विश्वमै छुट्टै पहिचान ! - शान्ता पौडेल भट्टराई
टङ्कीसिनवारी, मोरङ
[१४]
खुकुरी
वीरको सान
नेपाली सौम्य पहिचान ! - आर्त अकुलीन, कैलाली
[१५]
खुकुरी
नेपालीको पहिचान
वीर गाेर्खालीकाे सान ! - राज कुमार राजभण्डारी खाेटाङ्गे
मध्यपुर ठिमी-५, संगम काेलाेनी, राधे राधे, भक्तपुर
[१६]
खुकुरी
नेपालीकाे सान
वीर गाेर्खालीकाे पहिचान ! - ईश्वर लामिछाने, धरान
[१७]
निशानी
नेपालिको सान
भिरी गर्नुहुन्न रिसानी ! - गोपेन्द्र रिजाल, पाँचथर
[१९]
खुकुरी
देशको सान
नेपालीको हो पहिचान ! - अनिता भण्डारी, ताप्लेजुङ
[२०]
खुकुरी
नेपाली पहिचान
कमायो नाम चौतर्फी ! - सन्तु खत्री
[२१]
नेपाली
सगरमाथाको शिर
साहसी वीर गोर्खाली ! - हिमाल अम्मै, घोडाघोडी, कैलाली
[२२]
सान
वीर गोर्खालीको
दुनियाँमा छुट्टै पहिचान ! - एवाइ प्रभात
सहिदभुमि, धनकुटा
[२३]
खुकुरी
घुलित ममता
सान र पहिचान ! - प्रेम थापा ‘मन’, बागलुङ
[२४]
खुकुरी
योद्धाको पहिचान
लडाइँमा गुमायो मान ! - अम्बिका अधिकारी
बझापा, बिर्तामोड
[२५]
खुकुरी
नेपालीको सान
दुश्मनलाई पछार्ने काम ! - मङ्गला उपाध्याय
[२६]
खुकुरी
नेपालीको सानले
दुश्मन काँपे थरथरी ! - डम्बर थामी ‘अनुपम’
कालिन्चोक गा.पा.-६, दोलखा
[२७]
नेपाली
खुकुरी भिर्दा
लाग्छ पक्का गोर्खाली ! - बि के बिरही, टीकापुर
[२८]
खुकुरी
जोगाएको देश
मिलिमिली लुटेका अचेल ! - बुद्धिप्रसाद लामिछाने
घोनपा-८, कैलाली
[२९]
खुकुरी
नेपालीको सान
विश्वलाई चिनाउने पहिचान ! - श्रीकृष्ण धामी, बझाङ
[३०]
नदेखाउ
खुकुरी अब
वर्चस्व भासिँदै छ ! - कमला देवकोटा, पाल्पा
[३१]
खुकुरी
दुश्मनको हार
टुप्पादेखि कौडीसम्म धार ! - रुना कर्माचार्य दाहाल, चितवन
[३२]
खुकुरी
नेपालीको सान
विश्वलाई चिनाउने पहिचान ! - केसर बाेहरा ‘सङ्घर्ष’
अछाम, हाल: भारत
[३३]
खुकुरी
एक हतियार
वीर गोर्खालीको मतियार ! - होम प्रसाद नेउपाने
धराान, सुनसरी
[३४]
खुकुरी
देशको सान
वीरहरुको सौम्य निशान ! - रघु थापा, सुनपा-१
[३५]
हाेसियार
दलालीका मतियार
खुकुरी बहादुरकाे हतियार ! - रामप्रसाद पुरी, बादेल, खाेटाङ
[३६]
खुकुरी
गाेर्खालीकाे निसान
प्रसिद्ध नेपाली हतियार ! - श्रद्धा आचार्य, पोखरा
[३७]
खुकुरी
नेपाली हतियार
सचेत रहनु सँधियार ! - दीपा समभाव
दुबेकोल, खोटाङ्ग
[३८]
खुकुरी
नेपालीको पहिचान
वीर नेपालीको सान ! - धनमाया चौधरी, कैलाली
[३९]
पहिचान
गर्भिलाे सान
पूर्वजकाे अमूल्य निशान ! - राेशन पराजुली, धरान
[४०]
खुकुरी
पुर्खाको निशानी
नेपाल नेपालीको चिनारी ! - पृथक प्रकृति, झापा
[४१]
खुकुरी
क्रान्तिवीरको निशान
विश्वमै नेपाली महान् ! - वासुदेव ज्ञवाली
तानपा-१, पाल्पा
[४२]
सिरुपाते
नेपालीको सान
गोर्खालीको वीरताको पहिचान ! - सुरेश न्यौपाने
[४३]
खुकुरी
गोर्खालीको सान
युगयुगान्त पाउने सम्मान ! - रमा पन्त, पाल्पा
[४४]
खुकुरी
देशको सान
राखेको थियो मान ! - शोभा आचार्य, गौतम, काठमाडौँ
[४५]
खुकुरी
वीरहरुको सान
नगरौ यसको अपमान ! - धर्मी शाक्य, बुटवल
[४६]
निशानी
वीरताको चिनो
सम्हाल्ने गरौँ बानी ! - दुर्गा आचार्य, मोरङ
[४७]
खुकुरी
वीरताको चिनु
पुर्खाको गाथा नबिर्सिनु ! - घनश्याम पौडेल, पोखरा
[४८]
खुकुरी
नचायो गोर्खालीले
देखायो आफ्नो बहादुरी ! - पूर्णबहादुर श्रेष्ठ ‘हृदयङकृत’
पनौती न.पा.-३, काभ्रे
[४९]
पुर्खा
वीरको भरमा
निशानी खुकुरी घरमा ! - रवि रोदन
लम्कीचुहा-४, कैलाली
[५०]
खुकुरी
गोर्खालीको सान
सधैं उच्च स्वाभिमान ! - दुर्गा भट्टराई, मोरङ
[५१]
पुर्खा
खुकुरीले लडे
अहिले सबै सडे ! - डिल्लीराज (राजेन्द्र) भुसाल
सन्धिखर्क-२, कुर, अर्घाखाँची
[५२]
हतियार
न्यायको राज्य
स्थापना गर्ने निशानी ! - नन्दलाल आचार्य
सिद्धार्थटोल, उदयपुर
[५३]
खुकुरी
बिर्ताको चिनो
सन्तती सम्झी हिँडौँ ! - चक्र शाही, कैलाली
[५४]
चिनो
हुँदै होइन
सावित भयो छिनो ! - लक्ष्मी रिजाल
रूपनगर, सप्तरी
[५५]
खुकुरी
गोर्खाली सान
विश्वमा गौरवमय मान ! - घनश्याम पौडेल
गौरीगङ्गा नपा-९, मसुरिया, कैलाली
[५६]
सरकार
बैठकमा सुन्छु
छैन हाम्रो दरकार ! - डा. देवी पन्थी
[५७]
खुकुरी
नेपाली पाराकाे
रक्षा गर्छ साराकाे ! - सुधा बाँस्कोटा ढकाल
[५८]
खुकुरी
नेपालीको पहिचान
विश्वमा गोर्खालीको सान ! - उर्मिला पन्त पाण्डेय
ज्ञानेश्वर, काठमाण्डौँ
[५९]
गोर्खाली
नेपालको सन्तान
बहादुर अनि साहसी ! - सोमनाथ लुइटेल ‘रवि पाल्पाली’
[६०]
खुकुरी
देखाउँदै छन्
वीर गोर्खालीको पहिचान ! - सरिता सेढाई धादिङ
[६१]
खुकुरी
मेटियो धार
गर्दैछ दुश्मनले कुरीकुरी ! - पशपती राई, खोटाङ
[६२]
साहसी
गोर्खालीको हातमा
खुकुरीको सान रहुञ्जेल ! - लक्ष्मी स्मृति
[६३]
खुकुरी
नेपालीको पहिचान
राख्दछ यसले सान ! - उर्मिला के.सी., धनकुटा
[६४]
खुकुरी
विश्वमा पहिचान
नेपाली वीरताकाे सान ! - टीकाराम जाेशी, टीकापुर
[६५]
खुकुरी
हाम्रो सान
वैरीको लिन्थ्यो ज्यान ! - समुन्द्रा शर्मा, सुनसरी
[६६]
खुकुरी
वीरताकाे हतियार
ढुक्कले लडाइ लडेकाे ! - भाेलामान बर्देवा
धरान-८, सुनसरी
[६७]
महान
गोरखालीको सान
नेपालीको हो पहिचान ! - सरस्वती वली
[६८]
प्रतीक
समयानुकूल गर्जने
वीरताको आवाज वर्षने ! - घनश्याम पन्त
हरिवन, सर्लाही
[६९]
मान
देशको राखौँ
किन गर्ने अपमान ! - कार्की डिबी माकुम
सुनवल-४, नवलपरासी
[७०]
खुकुरी
एक स्मारक
वीरता गौरवको संवाहक ! - कविता आचार्य, कैलाकी
[७१]
खुकुरी
वीरताकाे चिनाे
विश्वमा नेपाली पहिचान ! - प्रद्युम्न चालिसे, भक्तपुर
I loved as much as youll receive carried out right here The sketch is tasteful your authored material stylish nonetheless you command get bought an nervousness over that you wish be delivering the following unwell unquestionably come more formerly again since exactly the same nearly a lot often inside case you shield this hike
Usually I do not read article on blogs however I would like to say that this writeup very compelled me to take a look at and do so Your writing taste has been amazed me Thanks quite nice post
Hello i think that i saw you visited my weblog so i came to Return the favore Im trying to find things to improve my web siteI suppose its ok to use some of your ideas