साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १६२ सम्पन्न

  • ३२ असार २०८१, सोमबार २३:२० मा प्रकाशित
  • साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १६२ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ६० जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    अभ्यासका लागि राखिएको तस्बिर:

    साप्ताहिक तस्बिरमा उदक लेखन अभ्यास शृङ्खला- १६२ मा सहभागी उदकयात्रीका सुन्दर उदकहरू-

    [१]
    चाहाना
    सप्रियोस् खेतिपाती
    धान दिवसको शुभकामना !

    • वसन्त अनुभव
      [२]
      धान मेला किसानको यसपाली नबनोस् बिजोग !
    • चेतराज जैसी, हाल: UAE
      [३]
      दही
      चिउरा खाऔँ
      धान रोप्न जाऔँ !
    • सरिता सेढाई, धादिङ
      [४]
      सामना
      बनोस् खेतीपाती
      धान दिवसको शुभकामना !
    • बेदु न्यौपाने
      [५]
      चाहाना
      बोकेर मनमा
      छरौँ शुभकामना जनमा !
    • अनुग्रह राना मगर ‘पुष्प’
      पाँचखपन नपा-६, सङ्खुवासभा
      [६]
      गमलामा
      राेपियाे धान
      पर्व असार पन्ध्र !
    • ताराप्रसाद चापागाईँ
      धुनिबेसी
      [७]
      मनाऔँ
      असार पन्ध्र
      आउँछ खुसीको बहार !
    • रमा पन्त, पाल्पा
      [८]
      महिना
      असारको पन्ध्र
      दही चिउरा मुखमा !
    • भुपेन्द्र राना मगर, धादिङ
      [९]
      किसान
      अहिले बालीमा
      मंसिर लाग्दा डालीमा !
    • ऋजु दिल्पाली
      ईटहरी-१, सुनसरी
      [१०]
      स्टेज
      बिर्साउँदा खेत
      मानवमा हराउँदै चेत !
    • निरज कोइराला, इटहरी-१६
      [११]
      मनाऔँ
      असार पन्ध्र
      खाएर दही चिउरा !
    • अनिता भण्डारी, ताप्लेजुङ
      [१२]
      हिलोमा
      सुकिलो सुरुवाल
      असार पन्ध्रको रमिता !
    • ध्रुव श्रेष्ठ
      खोटाङ, हाल: काठमाडौ
      [१३]
      पन्ध्र
      धान दिवस
      खडेरीमा बाँच्न विवश !
    • सविता के.सी.
      [१४]
      धान
      राष्ट्रिय बाली
      यसैको भरमा नेपाली !
    • घनश्याम पौडेल, पोखरा
      [१५]
      असार
      सपना देख्छ
      मंसिरको धान बाला !
    • गोपेन्द्र रिजाल, पाँचथर
      [१६]
      हर्ष
      असार पन्ध्र
      दही चिउराको आनन्द !
    • आर्त अकुलीन
      [१७]
      धान
      गमलामा राेपेर
      मनाउँ असार पन्ध्र !
    • राज कुमार राजभण्डारी खाेटाङ्गे
      मध्यपुर ठिमी-५, राधे राधे,भक्तपुर
      [१९]
      छाेटाे
      मेरो भावना
      धान दिवसको शुभकामना !
    • केशवप्रसाद ढकाल ‘प्रीतबीज’
      सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा
      [२०]
      दिवस
      मनाउ कसरी
      पानी छैन आकाशमा !
    • सोमनाथ लुइटेल ‘रवि पाल्पाली’, पाल्पा
      [२१]
      सामना
      धान दिवस
      असार पन्ध्रको शुभकामना !
    • दीपा गरुङ
      [२२]
      दिवस
      असार पन्ध्र
      दही चिउराको आनन्द !
    • धनमाया चौधरी, कैलाली
      [२३]
      असार
      रोपेर सपना
      मंसिरमा उठाउनु भकारीमा !
    • एवाइ प्रभात
      सहिदभूमि, धनकुटा
      [२४]
      चाहाना
      बीउ समाउने
      रोपी धान रमाउने !
    • रुना कर्माचार्य दाहाल, चितवन
      [२५]
      वर्ष
      दिनको पर्व
      किसान हुनुमा गर्व !
    • काजल न्यौपाने, भोजपुर
      [२६]
      किसान
      खेतीमा पसेका
      फेसबुके खान बसेका !
    • चक्र शाही, कैलाली
      [२७]
      असार
      धान गमलामा
      धन्सार चुल्याउने कामना !
    • कमला देवकोटा, पाल्पा
      [२८]
      धान
      रोपेर आज
      गरौँ कृषि काज !
    • कार्की डिबी माकुम
      [२९]
      वर्षियाे
      आकाशबाट वर्षा
      असार महिना हर्ष !
    • प्रद्युम्न चालिसे
      [३०]
      असार
      रोपाइँमा जाऔँ
      खानलाई दही चिउरा !
    • सरस्वती वली
      [३१]
      रोपाइँ
      असार मास
      धान दिवस खास !
    • सुस्मिता अधिकारी, काठमाडौँ
      [३२]
      किसान
      माटोमा खेली
      पार्दैछ सपना साकार !
    • वासुदेव ज्ञवाली
      पाल्पा, तानपा-१, ध्रुवघाट
      [३३]
      विचार
      राेपेर गमलामा
      मनाइन्छ धान दिवस !
    • राेशन पराजुली, धरान
      [३४]
      धान
      धेरै फलाऔँ
      बढोस् हाम्रो सान !
    • डम्बर थामी ‘अनुपम’
      कालिन्चोक गा. पा.-६, दोलखा
      [३५]
      असार
      धान रोपाइँ
      जताततै खुसीको लहर !
    • नारायण कोइराला
      तानसेन, पाल्पा हाल: कुवेत
      [३६]
      नाटक
      जानेका कति
      गमलामा रोपेर धान ।
    • बुद्धिप्रसाद लामिछाने
      घोनपा-८, कैलाली
      [३७]
      अन्न
      प्राणीको आहुती
      दिएको प्रकृतिले धन्न !
    • होमप्रसाद नेउपाने
      धरान, सुनसरी
      [३८]
      किसान
      फलएर धान
      सधैँ रमाएर खाने !
    • अनुपम प्रकृति
      [३९]
      संस्कृति
      असार पन्ध्र
      दही चिउरा डम्म !
    • मङ्गला उपाध्याय
      [४०]
      बाहाना
      रोप्ने सम्भावना
      धान दिवसको शुभकामना !
    • भगवती दवाडी
      [४१]
      सजायौँ
      गमलामा धान
      कृषिप्रधान हाम्रो शान !
    • समुन्द्रा शर्मा, सुनसरी
      [४२]
      खेती
      किसानको धर्म
      बुलन्द बनाउछन् कर्म !
    • पृथक प्रकृति
      [४३]
      धान
      दही चिउरा
      आज असार पन्ध्र !
    • धर्मी शाक्य, बुटवल
      [४४]
      किसान
      पसिना रोप्ने
      असारको छेक छोप्ने !
    • पशपती राई, खोटाङ
      [४५]
      आषाढ
      रोपाइँको चापाचाप
      बर्सात सहने रापताप !
    • अच्युत घिमिरे, सर्पाङ, भुटान
      [४६]
      गरेर
      खान खोज्ने
      महानुभाव जतिलाई शुभकामना !
    • नन्दलाल आचार्य
      सिद्धार्थटोल, उदयपुर
      हाल- एनेलकुटी, सिरहा
      [४७]
      चहाना
      परम्परा संस्कृति
      जोगाउ सबैमा शुभकामना ।
    • दुर्गा आचार्य, मोरङ
      [४८]
      असार
      महिना खेतीपाती
      गर्नुपर्छ नभनी राती !
    • डिल्लीराज (राजेन्द्र) भुसाल
      सन्धिखर्क-२, कुर, अर्घाखाँची
      [४९]
      असार
      रोपाइँको समय
      मौसमले गर्यो घात !
    • साबित्री प्याकुरेल, धादिङ्ग
      [५०]
      आशा
      सप्रियाेस् बालिनाली
      धान दिवशकाे शुभकामना !
    • भाेलामान बर्देवा, धरान-८, सुनसरी
      [५१]
      किसान
      सधैँ बारी
      वारी कहिले पारी !
    • सुरेशकुमार पाण्डे
      दाङ, घोराही-१८
      [५२]
      किसान
      लिएर कोदाली
      खन्दै छन् खेतबारी !
    • सरिता काफ्ले
      कोहलपुर-८, पिपिरी
      [५३]
      धान
      मानाेमा मुरी
      फलाउने गर्नेछन् किसान !
    • केसर बाेहरा ‘सङ्घर्ष’
      अछाम हाल: भारत
      [५४]
      चाहना
      संस्कृति जोगाऔं
      धान दिवसको शुभकामना !
    • प्रविना प्रयासी, ओखलढुंगा
      [५५]
      फलाएर
      घरभरि असर्फी
      शुभकामना दिने चाहाना !
    • लक्ष्मी रिजाल
      रूपनगर, सप्तरी
      [५६]
      असार
      बाँझो जमिन
      कृषक मारमा पर्दै !
    • सङ्गी काली
      [५७]
      असार
      गमलामा रोपेको
      कति फलाउने सोचेको !
    • कला ढकाल, झापा
      [५८]
      धान
      रोपेर खाऊ
      पुर्खाको संस्कार जोगाऊ !
    • मन्जु बोहरा, बझाङ
      [५९]
      कृषक
      धरती पुजारी
      सबैका एक अन्नदाता !
    • कविता आचार्य, कैलाली
      [६०]
      संस्कृति
      परम्परागत पेसा
      असार पन्ध्रको शुभकामना !
    • सुरेश न्यौपाने

    Leave a Reply