पञ्चाङ्ग लेखन अभ्यास शृङ्खला- १०३ सम्पन्न

  • ३२ असार २०८१, सोमबार १०:५८ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग:एक सय तीन अभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन् हार्दिक अनुरोध छ:
    अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१०३ ——————————-

    विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
    मिति:- २०८१/०३/२४
    बुधबार बेलुका ०९ बजेसम्म पञ्चाङ्ग वा समपञ्चाङ्ग पठाउनु हुन् अनुरोध छ।
    ……………………………………….
    प्रशिक्षक:-
    ……………
    सोमनाथ लुइटेल
    गुणनिधि घिमिरे
    सुशीला पौडेल

    ………………………
    भाषा शुद्धीकरण:-
    ———–
    पुष्पा सुवेदी नेपाल
    भवानी घिमिरे
    जमुना आचार्य
    पशपती राई

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-

    सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================

    अक्षर सङ्ख्या:- [बराबरी]
    अनुप्रास :- आफुखुसी
    स्थायी :- अनिवार्य
    पञ्चाङ्ग:०१
    कस्तो मुसलधारे पानी पर्याे।
    रुझेर हिड्ने मेराे बानी पर्याे।
    दिएर गयाे याैटै थियाे छाता,
    आँखामा नै रहने नानी पर्याे।
    मनकारी भएकाे दानी पर्याे।
    सुशीला पाैडेल

    पञ्चाङ्ग:०२
    दुःख कष्ट हाँसो खुसी सबै कागजमा उतार्ने नि कवि
    मनमा खेल्ने तिक्त कुराहरूमा भाव उमार्ने नि कवि
    कविको श्रेणीगत विपरीतार्थक शब्द नहुँदा मात्र
    नत्र त रिस राग परिकल्पना सबै उजार्ने नि कवि
    विविध विषय एकैठाउँ सङ्ग्रहमा उधार्ने नि कवि।

    ✍️ अच्युत घिमिरे, सर्पाङ, भुटान 🇧🇹

    पञ्चाङ्ग:०३
    पराइहरू पर भए हुन्थ्याे।
    मिल्ने एउटा थर भए हुन्थ्याे।
    कति शान्त सुन्दर छ बगैचा,
    मनमा बस्ने वर भए हुन्थ्याे।
    यस्तै सुन्दर घर भए हुन्थ्याे।
    ह्यारिस
    पञ्चाङ्ग:०४
    मुसलधारे पानी परेर बिजोग भएको छ
    घरैनजिक पहिरो झरेर बिजोग भएको छ
    मध्यरातमा ढुङ्गा घर नजिक झर्न लागेपछि ,
    गड्याङ्ग गुडुङ्ग धेरै गरेर बिजोग भएको छ
    झनभन्दा झन नजिक सरेर बिजोग भएको छ।
    कला ढकाल झापा

    पञ्चाङ्ग-०५
    हजुरको जत्रो मेरो त ठुलो मन छैन
    घोचेका छन् सबैले कति नि जतन छैन
    टुलुटुलु हेर्दै उल्टै हाँसीदिन्छ मुसुक्क
    प्रहार गर्ने उसको हातमा घन छैन
    बाघ भालु मात्रै पाइने घना वन छैन।
    -पशपती राई खोटाङ ।

    पञ्चाङ्ग:०६
    तन एकातिर छ मन भने चै अर्काे तिर छ
    साेचें भन्दा फरक हुँदामा अनगिन्ती पीर छ
    साथ दिन्छु भन्नेकाे लर्कै छ तर पनि छैन भर
    माया गर्ने पनि छन् तर उसको न कुनै थिर छ
    सच्चा प्रेम गर्नेकाेमा जाउँ बाटो छेक्ने भिर छ।

        राज कुमार राजभण्डारी खाेटाङ्गे

    मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर ।

    पञ्चाङ्ग:०७

    सत्य तितो हुन्छ सदैव एक्लिएर हिँड्न रुचाउँछ
    साथ कसैको होस् नहोस् अडिग भई भिड्न रुचाउँछ
    नातावाद र कृपावादले भरिएको स्वार्थी समाजमा
    यथार्थ र सत्यताको बलियो गारो चिड्न रुचाउँछ
    दिएर खुसी छल कपट बीचमा गिँड्न रुचाउँछ ।

    ✍️भूमिका गैरे, तिमिल्सिना
    गैंडाकोट ४, नवलपुर ।

    पञ्चाङ्ग:०८
    कस्तो छ त्यता चारो हाल्दै छन् यता
    धेरै मिलेको जस्तै गाल्दै छन् यता
    रुनेको कमि छैन दिल दुखाई
    नचाहिने कुरा नि पाल्दै छन् यता
    साथी बनाई अझै ढाल्दै छन् यता ।

    सोमनाथ लुइटेल “रवि पाल्पाली”

    पञ्चाङ्ग:०९
    तनहुँमा भानुका भक्त हुँदा रहेछन्
    रामायणलाई ढोगेर छुँदा रहेछन्
    त्यो जमानामा घाँसीले घाँस बेचे पनि
    घाँस काट्न अल्छीले गाई फुँदा रहेछन्
    रामायणमा भाका हाली रुँदा रहेछन् ।
    •देवी पन्थी ////

    पञ्चाङ्ग:१०
    असार मास रोपाइँ गर्नु झरेर बेँशीमा।
    हिलाम्मे बाटो दर्केर पानी परेर बेँशीमा।
    खाएर मानो उब्जाई धान जहान पाल्नु छ,
    बिहान देखी बेलुका काम गरेर बेँशीमा।
    उर्लिदो भेल खहरे खोला तरेर बेशिमा।

    तारा घिमिरे स्वेच्छा

    One thought on “पञ्चाङ्ग लेखन अभ्यास शृङ्खला- १०३ सम्पन्न

    Leave a Reply